कट्टर नास्तिकताबाट ईश्वरको अस्तित्वमा विश्वास गरेका लि स्ट्रोबेल || बाइबल र यसका सत्यता ||

कट्टर नास्तिकताबाट ईश्वरको अस्तित्वमा विश्वास गरेका लि स्ट्रोबेल || बाइबल र यसका सत्यता ||

Author:Sangam Shrestha.

        Facebook   Facebook Page   YouTube  Twitter

 

 


          कट्टर नास्तिकबादबाट ख्रीष्टियानमा परिवर्तन भएका व्यक्तिहरु मध्ये प्रख्यिात व्यक्तिको रुपमा चिनिने अमेरिकन व्यक्ति हुन् लि स्ट्रोबेल । उनको जन्म ख्रीस्टाब्द १९५२ जनावरी २५ मा अमेरिकामा भएको थियो । पेशागत दृष्टिकोणले उनी पत्रकार थिए । उनले आफ्नो पत्रकारिताको डिग्री मिसौरी विद्यालय र कानूनमा स्नातकोत्तर याले ल स्कूलबाट गरेका थिए ।[1]  सिकागो ट्रिब्यूनमा पत्रिकामा कानुनी सम्पादक साथै अन्य विभिन्न पत्रपत्रिकामा करिब १४ बर्ष भन्दा पत्रकारको रुपमा काम गरेका थिए । आफ्नी पत्नी ख्रीष्टमा रुपान्तरण भएपछि ख्रीष्टको बारेमा बाइबलीय दावीकोबारेमा अनुसन्धान गर्दा गर्दै अन्त्यमा उनले पनि ख्रीष्टमा विश्वास गरेका थिए ।

 

लि स्ट्रोबेल एक नास्ति थिए, जसले गर्दा उनी कुनै पनि ईश्वरको अस्तित्व माथि विश्वास गर्दैन थिए । उनले परमेश्वर प्रेमिलो र सर्वशक्तिमान हुनुहुन्छ र येशू ख्रीष्टको पुनरुत्थान केवल भ्रम हो भन्ने कुरामा विश्वास गर्दथे । उनको श्रीमती लज्जीले ख्रीष्टमा विश्वास गर्ने निर्णय सँगै उनले ख्रीष्टबारे गलत धारणाको विकास गरेका थिए किनकि उनी नास्तिक थिए । यसैकारण स्ट्रोबेलले वैवाहिक सम्बन्धमा समाप्त गर्ने निर्णय सम्म पुगेका थिए ।

           ख्रीष्टमा विश्वास गरेपछि उनको श्रीमतीमा केही सकरात्मक परिवर्तन आएको महसुस गरे । विशेषतः उनको श्रीमतीको चरित्रमा परिवर्तन, छोराछोरीहरु प्रति गर्ने व्यवहार आदी कुरामा परिवर्तन आएको देखेर स्ट्रोबेल आश्चर्यमा थिए । आफ्नो श्रीमतीम आएको परिवर्तनले गर्दा उनी पनि एक दिन मण्डली जाने निर्णय गरे । वास्वतमा ख्रीष्टमा विश्वास गर्ने उद्देश्य नभई जाँच गर्ने दृष्टिकोण र आफ्नी श्रीमतीलाई त्यस मण्डलीबाट छुटाउनको निम्ति गएका थिए । मण्डली गएपछि उनले विशेषत रुपमा येशू ख्रीष्टको बारेमा सुने । परमेश्वरले सित्तैँको उपहार येशू ख्रीष्ट हामीहरुको पापको निम्ति दिनुभयो जसले गर्दा येशू हाम्रो लागि मर्नुभयो र हामी उहाँ सँगै अनन्त जीवन विताउँने छौँ भन्ने कुराहरु स्स्ट्रिोबेलले सुने, त्यसपछि उनको जीवनमा प्रश्नै प्रश्न खडा भयो । तिनले सोचे, “यदि यो साँचो हो भने यसले मेरो जीवनमा बृहत् प्रभाव पार्दछ ।”[2]  त्यस पछि आफ्नो पत्रकारिताको अनुभव र कानुनको ज्ञानले ख्रीष्टियान विश्वास सहि छ या छैन भनी स्वः अनुसन्धान गर्न थाले ।

          करिव १ बर्ष ९ महिनाको लागि अनुसन्धान पछि लि स्ट्रोबेलले ख्रीष्टमा विश्वास गरे । ख्रिस्टाब्द १९९१ नोभेम्बर ८ मा उनले येशू ख्रीष्टमा विश्वास गरी येशू ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाताको रुपमा स्वीकार गरे । “ख्रिस्टियनमतको पक्षमा साक्षी यति प्रबल थियो कि तिनको लागि ख्रीष्टियान हुनुभन्दा नास्तिक हुनको लागि बेसी विश्वास चाहिने भयो । साक्षीले तिनलाई ख्रीष्टियान विश्वासको सत्यतातिर डो¥याएकोले तिनले  त्यसलाई इन्कार गर्न सकेनन् ।”

          ख्रीष्टमा विश्वास गरेपछि उनको बानी व्यवहार, मूल्य मान्यता, चरित्र र जीवनको उद्देश्यमामा विस्तारै रुपान्तरण आउन थाल्यो । उनी बर्तमान समयमा जिवित रहेका प्रख्यात रक्षाशास्त्री र पाष्टर हुन् । उनले आफ्नो अनुसन्धानमा पत्तालगाएका स्रोतहरुलाई समेटिएर एउटा पुस्तक लेखे जसको नाम ‘द केस फर क्राइस्ट’ हो । यो ख्रीष्टियान जगतका साथै यूरोयिन जगतमा निकै प्रख्यात पुस्तक हो । यसको साथै उनले ‘द केस फर रेजुरेक्सन’, ‘द केस फर फेथ’, ‘द केस फर अ क्रियटर’, ‘द केस फर इस्टर’, ‘द केस फर ख्रीष्टमस’ आदी विभिन्न पुस्तकहरु लेखेका छन् ।[3]  उनी पाष्टर, पत्रकारका साथै ख्रीष्टयान जगतमा जिवित रहेका रक्षाशास्त्री हुन् ।


Also Visit our YouTube Channel

Apologetics Faith Channel 




[2] कलम अधिकारी, येशू को हुनुहुन्छ (काठमाडौँः समादान प्रकाशन, २०१८,पेज, ६३) ।

[3] Lee_Strobe, Accessed dateJuly 3, 2022, https://en.wikipedia.org/wiki/Lee_Strobel#cite_note-5

कट्टर नास्तिकताबाट ईश्वरको अस्तित्वमा विश्वास गरेका लि स्ट्रोबेल || बाइबल र यसका सत्यता || कट्टर नास्तिकताबाट ईश्वरको अस्तित्वमा विश्वास गरेका लि स्ट्रोबेल || बाइबल र यसका सत्यता || Reviewed by Sangam Shrestha on August 21, 2022 Rating: 5

No comments:

Powered by Blogger.