जातीय भेदभाव र हिन्दू धर्म (Caste discrimination and Hinduism) Author By Sangam Shrestha

जातीय भेदभाव र हिन्दू धर्म




“हिन्दु वर्णाश्रमका आधारमा सानो–ठूलो, तल्लो र उपल्लो भनेर छुट्ट्याइने समूहलाई जात भनिन्छ । हिन्दू वर्ण व्यवस्थाअनुसार ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी ४ वर्ण र त्यस अन्तर्गत विभिन्न जात पर्दछन् ।”[1]  यस्तै जातको बारेमा लोक बहादुर कार्की लेख्छन्, “जात शब्द “संस्कृत” को “जातः” बाट आएको हो । जातः को अर्थ हुन्छ जन्मिने या जन्म लिने । मान्छे, जनावर, किरा–फतेंग्र जुन योनि मा जन्म लिन्छन त्यसैलाई “जीव” को सरिर धारण गर्ने जातः(जाती) भनिन्छ । [2]  “धेरैलाई लाग्न सक्छ जात र थर एउटै हो । तर यी फरक फरक शव्द र अर्थ पनि हुन् । जात भनेको नेपालको ११ औ जनगणना २०६८ अनुसार १२५ जातजातीको नेपालमा बसोबास रहेको छ भने थर यति नै छन् भनेर आज सम्म कुनैै यकिन तथ्याङ्क भएको थाहा छैन । सवै समुदायका आ–आफ्नै थरहरु रहेका छन् । बाह्रमण, क्षेत्री, कामी ,दमाई, नेवार, मगर आदी जात हुन् भने खनाल ,कोइराला, श्रेष्ठ, वि.क ,परियार ,थापा ,कार्की, मण्डल, दास आदी थरहरु हुन् ।” [3]


    
        ख्रीष्टियान विश्वासको आलोचनामा गरेर सुरेन्द्र गौतम र नवराज पनेरुले एक पुस्तक लेखेका छन्, उनीहरुले यो दावी गर्दछन् कि मनुस्मृतिमा जातीय भेदभाव छैन भन्ने तर्क राखेका छन् । उनीहरु लेख्छन्, “विभिन्न राजनीतिकर्मीहरु जो विशेष गरी तल्लो जातको मुद्दा उठाइरहेका छन्ः उनीहरुले विशेष गरी हिन्दूधर्मको ग्रन्थ मनुस्मृतिको कडा आलोचना गर्दछन् र यो आरोप लगाउँछन् कि मनुले जन्मका आधारमा ब्राह्मण, क्षेत्रीय, वैश्य, शुद्र गरी बर्ग विभाजन गरेका थिए ।”[4] यदि उनीहरुले गरेका दावी साँच्चै सत्य हो भनेता किन अहिले सम्म पनि हिन्दू समाज भित्र यतिका जातीय भेदभाव छ । यदि उनीहरुले भने झै मनुले जातीय भेदभाव सिकाउँदैन भने किन हिन्दू समाज भित्र भित्र नै मदभेद छ । “विश्व इतिहासमा आज पनि जातीय दङ्गाको कारण लाखौँले जीवन गुमाएका छन् । धेरै ठाउँहरुमा गृहयुद्धहरु छेडिएका छन् । हाम्रो देशलगायत नजिकको देश भारतमा कयौँ पटक जातीय युद्धहरु चर्किएका छन् । आसाम, मणिपुर र नागाल्याण्डका युद्धहरुलाई लिन सक्छौँ । भारतमा भएको दलित आन्दोलन र धार्मिक हस्तक्षेप अर्काे उदाहरण हो । लाखौँ दलितहरु सामुहिक रुपमा हिन्दूबाट बौद्ध धर्ममा प्रवेश गरेका उदाहरणहरु के जातीय विभेद होइन ।”[5]

    
    “नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा भेदभाव विरूद्धको हकको उल्लेख गरिएको छ । जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ कार्यान्वयनमा रहेको छ । संविधान तथा कानूनबमोजिम भेदभाव तथा छुवाछुत विरुद्धका अधिकारहरू स्थापित गरिएका छन् । साथै भेदभाव तथा छुवाछुत कार्यलाई कसूरको रूपमा परिभाषित गरी दण्ड सजायको व्यवस्था समेत गरिएको छ ।”[6] नेपालकाे संविधान ले जातिय भेदभावलाइ अपराध भनेता पनि जातीय भेदभाव हटेको भने छैन् । “ वितेको असार महिनामा सप्तरी सोनापुरको मन्दिरमा पुजा गरेको निहुमा दलित लिलाधर दास स्थानीयवाट कुटिए । त्यस्तै घटना भोजपुरमा पनि घट्यो । दलित भएकी कारण घरपरिवारले वुहारीको रुपमा स्विकार नगरेपछि गाउवाट एक दलित महिलालाई वहिस्कार गरेको घटना सेलाएको छैन । भदौ २७ गते मात्र अन्तरजातीय विवहा को निहुमा सुर्खेत दमारमा दलित परिवारमाथी कुटपिट गरियो । दलित समुदाय सँग जोडिएका यस्ता सामाजिक विभेद तथा उत्पिडनका घटनाहरु दैनिकजसो हामीले समाचार पढिरहेका हुन्छौ सुनिरहेका हुन्छौ ।”[7] रूकुम घटनालाइ हामीले भुल्न सकेका छैन । नेपालबाट जातीय भेदभाव हट्यो भन्नु निकै लाजमर्दो कुरा हो किनकि देखेर पनि अन्धो जस्तै बन्नु कति लादमर्दो कुरा हो भन्ने कुरा हामीलाइ थाहा छ ।

    हिन्दू धर्म भित्र जातीय भेदभाव छैन भन्नु चाहिँ देखेर पनि नदेखे जस्तो गर्नु मात्र हो । 'आर्यहरुको प्रवेशले मात्रै जाति

वादी प्रथाको आरम्भ भएको हो ।'[8]


नेपालमा जातीवादको थालनीः[9]


 “नेपालको जातपातको व्यवस्था भारतीय उपमहाद्वीपमा विकसित जातपातको व्यवस्था हो । उत्तर भारतमा एघारौँ शताब्दीमा भएको मुस्लिम आक्रमणपछि ठूलत्त सङ्ख्यामा भएको बसाई–सराईबाट नेपालमा हिन्दू धर्मले प्रवेश गरेको हो ।” लेखक तारा लामगादे नेपालमा जातपातको बारेमा लेख्छन् कि “आर्यहरुको प्रवेशले मात्रै जातिवादी प्रथाको आरम्भ भएको हो । आर्यमतको विशेषता भनेको पुरोहितवाद, ब्राम्हणवाद, गुरुवाद, सति प्रथा, क्रुर धर्म नीति हो । करिब ७ सय बर्ष पहिले नेपाल (उपत्यका) प्रवेश गरेका बाहुनहरुले राजा जयस्थिति मल्लमार्फत १४ औँ शताब्दी (सन् १३८२–१३९५) छुवाछुत र जातप्रथा कायम गराउन वर्णवादी व्यवस्था भित्र्याएका हुन् ।” यसरी हेर्दा जातीवादको सुरु गर्ने चाहिँ हिन्दू आर्यहरु नै भएको इतिहासका पानाहरुले हामीलाई जानकारी दिदछ । जब नेपालमा हिन्दू धर्मको फैलावट भयो त्यही अनुपातमा जातीय भेदभाव तिब्र रुपमा बढेको पाइन्छ । यो कुनै मनगढन्ते कुरा होइन किनकि यो इतिहासको वास्तविक दस्ताबेज हो । यो इतिहासको सत्य कालो चित्र हो जसले मानिसलाई मानिस नसोचेर जातको आधारमा विभेद गरिन्छ । संसारमा विभिन्न प्रकारको विभेद छन् जस्तैः रङ्गका आधारमा काला र गोला बीचमा विभेद, आर्थिकको आधारमा धनी र गरिब बीच बिभेद भएको पाउँछौँ तर जातको आधारमा चाहिँ नेपाल र भारतमा मात्र त्यही पनि हिन्दू धर्म भित्र मात्र छ । अब यसलाई हिन्दू धर्मको उपज भन्न मिल्छ या मिल्दैन भन्ने कुरा भनि रहन पदैन होला । यस्तै जातीय प्रथालाई अझै बढाउनको लागि गोरखाका राजा पृथ्वी नारायण शाहले गरेको पाइन्छ । “पृथ्वी नारायण शाहले असली हिन्दुस्तान बनाउने रणनीतिसहित ४ वर्ण, ३६ जातमा विभाजन गरे ।” यहि कुप्रथालाई निरन्तरता दिने काम प्रधानमन्त्री जंगबहादुर राणाले गरेको पाइन्छ । “...उनले वि.सं. १९१० मा जारी गरी वर्णवादी हिन्दू व्यवस्थालाई संस्थागत गरे ।” उनले १९१० मा मुलुकी ऐन जारी गरेर नेपालीहरुलाई चार वर्णको आधारमा विभाजन गरे । ती जात व्यवस्थाको विभाजन निम्नि छन् ः

 १.तागाधारी वा द्विजवर्ण ः उपाध्याय बाहुन, पूर्वीया, कुमाई, राजपुत, जैसी, क्षेत्री ।

 २.मतवाली ः नमासिने र मासिने

 ३.पानी नचल्ने ः छोइछिटो हाल्नु नपर्ने 

 ४.पानी नचल्ने ः छोइछिटो हाल्नुपर्ने ।

         काठमाण्डौँमा जात प्रथाको सुरुवात जयस्थिति मल्लको समय देखि सुरु भएको पाउँछौँ भने नेपालको सन्दर्भमा भने हिन्दू धर्मको आडमा निमार्ण भएको वि.सं. १९१० को मुलुकी ऐनसँगै भएको पाइन्छ ।

 

यसैले जातीय भेदभाव पुर्ण रूपमा हट्नको लागि कि त हिन्दूवादीहरू सुध्रिनु पर्छ कि त धर्म परिवर्तन गर्नु पर्छ ।




Footnote

[1] Jat Vaneko k ho?,Access DateFebruary 24, 2021, https://www.facebook.com/188352901503324/posts/241304159541531/.

[2] Lok Bahadur Karki, What is caste What is Thar? How did you stay in Nepal?, Accessed date February 24, 2021, Publics date 8 April, 2019, https://www.mundhumstar.com/2019/04/08/7185/.

[3] Jhabindra Wishwakarma, What is caste and surname?, Accessed Date February 24, 2021, Publics Date January 8, 2018, https://dalitonline.com/archives/4344.
[4] Surendra Gautan, Nawaraj Paneru, Wikhyanako Najarma
Ved r Bible (Kathamandu: Widhyarthi Pustak Bhandar,2018), pg.103.
[5] Lajaras Thulung, Ethical Issues of Christian Life,
(Kathamandu:Samdan Publishers, 2018),pg.86.
[6] Concerning the right and treatment against caste discrimination
and untouchability, Accessed Date February 24,
2021,http://supremecourt.gov.np/court/public/media/2020_01/2c131dd605caff4cbf59500fb82d911d.pdf.
 [7]Awatar Rai, The problem of caste discrimination and
untouchability in Nepal, Accessed Date February 24, 2021,
https://www.deshkonews.com/archives/38576.
[8] Tara Lamgade, Who is Dalit (Dharan:Mahapratibha Rastiya Saptahik, 2020),pg.4.
[9] Tara Lamgade, Who is Dalit (Dharan:Mahapratibha Rastiya Saptahik, 2020),pg.4-6.

About Author
Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com




जातीय भेदभाव र हिन्दू धर्म (Caste discrimination and Hinduism) Author By Sangam Shrestha जातीय भेदभाव र हिन्दू धर्म (Caste discrimination and Hinduism) Author By Sangam Shrestha Reviewed by Sangam Shrestha on February 25, 2021 Rating: 5

No comments:

Powered by Blogger.