Author:Sangam Shrestha.
Facebook Facebook Page YouTube Twitter
संसारमा करिब ४,३०० धर्महरू रहेको पाइन्छ ।[1] यी धर्महरूमा प्रमुख धर्महरू ख्रीष्टियान, इस्लाम, हिन्दु, बुद्धिष्ट र यहुदी धर्म मानिन्छ । संसारमा ख्रीष्टियन ३३ प्रतिशत, इस्लाम २१ प्रतिशत, हिन्दु १४ प्रतिशत, बौद्ध ५ प्रतिशत र यहुदी ०.२२ प्रतिशत रहेको पाइन्छ ।[2] हेरक धर्मको आफ्नो आस्था अनुरुपको आफ्नै धर्मशास्त्र हुने गर्दछ । ख्रीष्टियानको बाइबल, इस्लामको कुअरान, हिन्दुको वेद, बुद्धिष्टको त्रिपिटक र यहुदीको तालमुड नै उनीहरूको धर्मशास्त्र हो । बिशेषगरी धर्मशास्त्रले त्यस धर्मका अनुयायीहरूलाई धार्मिक कुराहरूको बारेमा सिकाउँने गर्दछ र समाजमा एक चरित्रवान नैतिक व्यक्तिको रुपमा स्थापित गर्न सिकाउँछ । साथै उनीहरूले गर्ने विश्वास र परम्पराको बारेमा पनि धर्मशास्त्रले बताउँछ । साथै धर्मशास्त्रले ईश्वरको अस्तित्वको बारेमा पनि केही हद सम्म जानकारी दिने गर्दछ ।
बाइबलको परिचयः
बाइबल एक धार्मिक पुस्तक होइन । न त यो
ईसाइहरूको मात्र पुस्तक हो । बाइबल ६६ वटा पुस्तकहरूको संग्रह हो, जसलाई
विभिन्न ठाउँमा चालिसभन्दा बढी व्यक्तिहरूले १५०० वर्षको अवधिभित्र लेखे ।
उनीहरूमध्ये कोही साधारण व्यक्ति थिए, कोही राजाहरू थिए, कोही
माझिहरू थिए, कोही दासहरू थिए भने कोही पढेका र कोही अनपढ
थिए । उनीहरूमध्ये धेरै जसो गरीब अवस्थाका थिए । परमेश्वरको आत्माले उनीहरूलाई
अगुवाई गर्नुहुदाँ उनीहरू परमेश्वरको वचन लेख्थे तर धेरै जसो समय उनीहरूलाई यो
कुरा थाहा हुदैनथ्यो र आफूले के लेखिरहेका
छन् भन्ने कुरा उनीहरू बुझ्दैनथे ।[3]
“बाइबल नाम ग्रीक शब्द बिब्लियाबाट
आएको हो जसको अर्थ “धेरै पुस्तकहरू” भन्ने हुन्छ । बाइबल ४० जनाभन्दा बढी
लेखकहरूद्वारा धेरै भूमिहरूमा १४००–१६०० वर्षको अवधिमा लेखिएको थियो । बाइबलमा
भएका ६६ वटा पुस्तकहरू विभिन्न भाषाहरू र भिन्न–भिन्न परिस्थितिहरूमा लेखिएका थिए
र पनि त्यहाँ एउटा मात्र महान् पुस्तक र एउटा मात्र मुख्य विषयवस्तु छ । यी विभिन्न लेखाइहरूको एउटा मात्र मुख्य सन्देश
भएको तथ्यले यही कुराको प्रमाणित गर्छ कि बाइबलको स्रोत मानिसकम होइन तर
परमेश्वरमा छ । यसको अस्तित्वले नै यही तथ्यको साक्षी दिन्छ । यो अरु सबैभन्दा
भिन्न पुस्तक हो ।”[4]
बाइबलको परिचयको बारेमा लेखक दिल बहादुर तामाङ
लेख्छन्,
“बाइबल शब्द ल्याटिन भाषाको शब्द
बिब्लिया (Biblia)
बाट लिइएको हो, जसको अर्थ ‘पुस्तकहरू’ भन्ने हुन्छ । ल्याटिन
भाषाको शब्द बिब्लिया (Biblion) बहुवचन शब्द भएकोले बाइबललाई पुस्तकहरूको
पुस्तक भनेर भनिन्छ । त्यसैगरी ग्रीक भाषाको बिब्लियोन (Papyrus) शब्दबाट भने
पपिरस (एबउथचगक) मा लेखिएको कुनै पनि लिखत भन्ने हुन्छ ।”[5]
तसर्थ बाइबल भन्ने शब्द ल्याटिन र ग्रीक शब्द
बाट आएको हो जसको अर्थ चाहिँ पुस्तक भन्ने हुन्छ । बाइबल कुनै एक धार्मिक पुस्तक
होइन यो ईशाइहरूको मात्र पुस्तक पनि होइन तर यो त मानव जातीले कसरी मुक्ति पाउन
सक्छ भनी सबै मानव जातीको लागि लेखिएको जीवित पुस्तक हो । बाइबल ६६ वटा
पुस्तकहरूको संग्रह हो । जसलाई २ भागमा बिभाजन गरिन्छ । १. पुरानो करार,जसमा
३९ वटा पुस्तकहरू छन् । २. नयाँ करार, जसमा २७ वटा पुस्तकहरू छन् । यी ६६ वटा
पुस्तकहरूको संगालो नै पवित्र बाइबल हो । यी पुस्तकहरूलाई बिभिन्न स्थानहरूमा करिब
४० भन्दा बढी व्यक्तिहरूले विभिन्न काल खण्डमा करिव १५०० बर्षको अवधीमा लेखेका
हुन् । यी लेखकहरू कोही राजाहरू थिए ( राजा दाउद, सोलोमन) कोही
माझीहरू (पत्रुस,यूहन्ना), कोही दासहरू
(दानिएल, एज्रा, नेहेम्याह) कोही गोठालाहरू ( मोशा) कोही पाल
बन्ने (पावल), कोही अगमबक्ता (यशैया, यर्मिया,इजकिएल),
कोही
डाक्टर (लूका) थिए । यसमा कोही पढेका व्यक्तिहरू र कोही नपढेका व्यक्तिहरू थिए ।
बाइबल बिशेष गरी ३ भाषामा लेखिउको छ । ग्रीक, आरमेइक, हिब्रू
भाषामा लेखिएको थियो । बिशेष गरी बाइबल एशिया, अफ्रिका र यूरोप
देशहरूमा लेखिएको थियो ।
“बाइबल एक धार्मिक पुस्तक होइन । न त यो ईशाइशरूको मात्र पुस्तक हो । बाइबल ६६ वटा पुस्तकहरूको संग्रह हो, जसलाई विभिन्न ठाउँका चालिसभन्दा बढी व्यक्तिहरूले १५०० वर्षको अवधिभित्र लेखे । उनीहरूमध्ये कोही साधारण ब्यक्ति थिए, कोही राजाहरू थिए, कोही माझिहरू थिए , कोही दासहरू थिए भने कोही पढेका र कोही अनपढ थिए । उनीहरूमध्ये धेरै जसो गरीब अवस्थाका थिए । परमेश्वरको आत्माले उनीहरूलाई अगुवाई गर्नुहुदाँ उनीहरू परमेश्वरको बचन लेख्थे तर धेरै जसो समय उनीहरूलाई यो कुरा थाहा हुदैनथ्यो र आफूले के लेखिरहेका छन् भन्ने कुरा उनीहरू बुझ्दैनथे ।”[6]
बाइबल
परमेश्वरको वचन हो । यसमा ६६ वटा पुस्तकहरू, ११८९ वटा
अध्यायहरू र ३१,१७३ ओटा पदहरू छन् । बाइबलमा परमेश्वरको मन,
मानिसको
वृतान्त र अवस्था, मुक्तिको मार्ग र विश्वासीहरूको साँचो आनन्दको
कुरा पाइन्छ । बाइबलमा उल्लेख गरिएका इतिहास र ऐतिहासिक विवरणहरू पूर्ण रुपमा सत्य
छन् । यस्तै वचनले मानिसलाई साँचो मार्गमा निर्देशन गर्नुका साथै पढ्नेहरूको निम्ति
यो आत्मिक भोजन, सान्त्वनाको स्रोत र आत्मिक बृद्धिको स्रोत पनि
सावित भएको छ । “ संसारमा सबभन्दा बढी पढिएका पुस्तकहरूमध्ये बाइबल एउटा हो ।
प्रसिद्ध नास्तिक दाशनिक भोल्टेयर बाइबललाई होच्याउँदै करिब एक शताब्दीभित्रै इसाइ
मत पतन हुनेछ भनी भबिष्यवाणी गरेका थिए । त्यही घर जहाँ भोल्टयर रहेका थिए,
त्यहाँ
नै फ्रान्स बाइबल सोसाइटी भण्डार हुनुपुग्यो जहाँ हजारौ बाइबलहरू वितरण भएका छन्
।” [7]
"सम्पूर्ण पवित्र–शास्त्र परमेश्वरको प्रेरणाबाट
भएको हो, र यो सिकाउँनलाई, अर्ती दिनलाई, सच्याउनलाई,
धार्मिकतामा
तालिम दिनलाई लाभदायक हुन्छ ।"
[1]https://www.google.com/search?client=opera&q=how+many+religions+are+there+in+the+world&sourceid=opera&ie=UTF-8&oe=UTF-8,7/21/2020,10:04.
[2] शर्मा, बाल कृष्ण, विश्वका धर्महरु
(काठमाण्डौँःआई.आई.टि.ई.ईं.एन्, २०१५) पेज,१ ।
[3] पुस्तकः र्इश्वर सृष्टि, मानिस,पाप,मृत्यु र मोक्षसँग सम्बन्धित जवाफ,प्रकाशकः शिष्यश्राम,नेपाल,लेखक
शिष्य थोम्प्सन, पेज,१३,१४।
[4] हावार्ड,सि.रिक,पालहरु,मन्दिरहरु र दरवाहरु पुरानो करारको
निरीक्षण (काठमाण्डौँःआई.सी.ई युनिभर्सिटी, २००४)पेज, २०,२१।
[5] तामाङ, दिलबहादुर, बाइबल अध्ययन सहयोगी (ललिपुरःदिल
पव्लिकेशन प्राइभेट लिमिटेड, २०१२)पेज,३९८।
[6] पुस्तकः
र्इश्वर सृष्टि, मानिस,पाप,मृत्यु र मोक्षसँग सम्बन्धित जवाफ,प्रकाशकः
शिष्यश्राम,नेपाल,लेखक शिष्य थोम्प्सन, पेज,१३,१४
[7] डेल
रोटन.विश्वासको प्रमाण,(काठमाण्डौः सत्यबाटो
प्रकाशन, २००४),पेज नं. ३६
No comments: