बाइबलीय पुरातत्त्वविद्या भनेको के हो ?

What is The Biblical Archaeology?

                        -Sangam Shrestha








बाइबलीय पुरातत्त्वविद्या भनेको के हो ?


संसारका प्रायः सबै मानव इतिहासका हरेक पुस्ताहरुले आउदो पुस्ताको लागि जीवनको बिषयमा ज्ञान प्राप्त गरुन भन्ने उद्देश्यले पुराना बिभिन्न प्रकारका बस्तुहरु छोडेर गएका हुन्छन् । प्राचीनकालका बस्तुहरुको खोज तथा अनुसन्धानसित सम्बन्धित पुरातत्तविद्याले बाइबलीय युगको इतिहास, संस्कृति, धर्महरुका साथै भाषाहरुको बिषयमा हामीलाई जान्न सहायता पु¥याउँछ । हामीले जान्नु पर्ने महत्वपूर्ण कुरा के हो भने पुरातत्त्वविद्याले बाइबलका सत्यताहरु यस्ता खोजीहरुमाथि निर्भर छैन तर पनि पुरातत्त्वविद्याले बाइलबलमा लेखिएका कुराहरुको वास्तविकतालाई पुष्टि गर्दछ ।त्यसैले बाइबलमा उल्लेख भएका स्थानहरु, संस्कृतिहरु र पुराना ऐतिहासिक बस्तुहरुको खोजी तथा अनुसन्धान गर्ने कार्यलाई नै बाइबलीय पुरातत्त्वविद्या भनिन्छ, जसमा कुनै निश्चित स्थानमा उत्खनन गरेर वा अनुसन्धान गरेर बाइबलमा उल्लेख भएको बिवरणहरु सत्य हो या होइन भन्ने तथ्य बाहिर निकालिन्छ ।

 

बाइबलीय पुरातत्त्वविद्याको महत्वः

जेटर वाकर आफ्नो पुस्तकमा लेख्छन् ‘प्राकृतिक सांस्कृतिकलाई अध्ययन गर्ने विज्ञान वा पुरातत्वले पत्ता लगाएका पाण्डुलिपीहरु र प्राचीन वस्तुहरुले बाइबलमा लेखिएका कुराहरु सत्य हुन भनी प्रमाणि गरेका छन् ।’

साथै अर्को महत्वपूर्ण कुरा पुरातत्त्वविद्याले पवित्र धर्मशास्त्र बाइबलको विश्वासनीयतालाई पनि पुष्टि गरिरहेको छ । डेल रोटन आफ्नो पुस्तक ‘विश्वासको प्रमाण’ नामक पुस्तकमा लेख्नुहुन्छ, “पुरातात्विक खोजहरुले धर्मशास्त्रको विश्वासनीयतालाई पुष्टि दिइरहेकै छन् । बाइबलमा उल्लेख गरिएका नपत्याउने खालको घटनाहरु देखेर नास्तिकहरु हास्ँछन् । तर नयाँ–नयाँ पुरातात्विक आविष्कारहरुले बाइबल घटनालाई पुष्टि दिँदा तिनीहरको हाँसो रोकिदै आएको छ ।”

बर्तमान समयमा बाइबलीय पुरातत्त्वविद्या निम्ति महत्वपूर्ण मानिन्छ । बर्तमान समयमा धेरै मानिसहरुले बाइबलमाथि आलोचना गर्ने उद्देश्यले बाइबलमा उल्लेख गरिएका प्राचीन स्थान, बस्तु र व्यक्तिहरुको बारेमा प्रश्न सोधेर बाइबललाई नकरात्मक दृष्टिकोणबाट व्याख्या गरी बाइबल एक दन्ते कथा मात्र हो भन्ने कुरा गरिरहेका छन् । उनीहरुलाई बाइबलीय पुरातत्त्व सम्बन्धि कुरा बुझाउँन र बाइबल सत्य छ भन्ने कुरा प्रमाण दिनको निम्ति धेरै महत्वपूर्ण मानिन्छ । तर यो भन्दा पनि महत्वपूर्ण कुरा के हो भने बाइबलमा लेखिएका कुराहरु सत्य छन् भन्ने बिभिन्न प्रमाण मध्ये यो पनि एक हो । यसले बाइबलको सत्यतालाई प्रमाणित गर्ने कार्य गर्दछ । या भन्दै गर्दा हामीले जान्नु पर्ने महत्वपूर्ण कुरा पनि छ त्यो हो बाइबलको समयको विषयमा जान्नलाई पुरातत्त्वविद्याले हामीलाई जतिसुकै सहयोग पु¥याएपनि यसले बाइबलको सत्यतालाई न पूर्ण रुपले प्रमाणित गर्न सक्छ न त अप्रमाणित नै गर्न सक्छ । कति हद सम्म यसले सत्य कुराको स्पष्ट रुपमा जानकारी दिन्छ भन्न पनि सकिदैन र सत्य कुराको जानकारी दिन सकिदैन भन्न पनि मिल्दैन । यो भन्दै गर्दा अहिले सम्म अनुसन्धान गएको वा खोजी गरेको बस्तु, स्थान अप्रमाणित छन् भन्न खोजेको होइन तर यसमा केही अन्तरविरोधहरु छन् भन्न खोजेको हो । जस्तैः उदाहरणको लागि पुरातत्त्वविद्याले “दाऊदको घरना”  कुँदिएको पत्थर फेला पार्न सक्छ तर दाऊदले परमेश्वरमा कति भरोसा गरेका थिए भन्ने कुराको प्रमाण दिन सक्दैन । तर जहाँसम्म यो सत्य हो कि बाइबलीय पुरातत्त्वविद्या अन्तर्गत केही बिरोध भएता पनि यसले बाइबलको सत्यतालाई केही हदसम्म सत्यतामा प्रमाणित गरेका छन् । जस्तैः प्यालेसटाइनमा पुरातात्विक सामग्रीकहरु अरु स्थानहरुमा भन्दा धेरै भेटिएका छन् । यी सामग्रीहरु नयाँ करारको समयसँग मिल्दछ । यो सामग्रीहरु बिभिन्न थरिको छ । जस्तैः हेरोद महानले बनाएका भवनदेखि लिएर दिन प्रतिदिन प्रयोग गरिने बस्तुहरु, मुद्राहरु, भाडाकुडाहरु आदी । यस्तै प्यालेस्टाइन भन्दा बाहिर रहेको सिरिया, एसिया माइनर, ग्रीस अनि नयाँ करारमा उल्लेख भएको बिभिन्न स्थानहरु पुरातत्त्वविदहरुले इतिहास, भूगोल, संस्कृति, भाषा र राजनितीको सन्दर्भमा उल्लेखनिय तथ्थहरुलाई पुष्टि गरेको छ जुन नयाँ करारमा आधारित छ ।

बाइबलीय पुरातत्त्वविद्या सम्बन्धी जान्नु पर्ने १० कुराहरुः

१. बाइबलीय पुरातत्त्वविद्याले बाइबलको संस्कृतिलाई अझ असल तरिकाबाट बुझ्न मदत गर्दछ ।

२. बाइबलीय संस्कृतिको ज्ञानले हामीलाई बाइबलको राम्रोसँग व्याख्या गर्न मद्दत गर्दछ ।

३. परातत्त्वविद्याले ऐतिहासिक घटनाहरु र व्यक्तिहरुलाई बुझ्नको लागि सहयोग पुराउँछ ।

४. बाइबलको सबै ऐतिहासिक स्थानहरु र बस्तुहरु पत्ता लगिसकेको छैन, यसैले धैर्यवान हुनुहोस, अझै खोजको काम निरन्तर भई रहेको छ ।

५. पुरातत्त्वविद्या मानिसको मुक्ति सँग सम्बन्धित छैन तर यसले परमेश्वर माथिको विश्वास र उहाँले गर्नुभएको उदेकको काम माथिको विश्वास सँग सम्बन्धित छ ।

६.बाइबलीय पुरातत्त्वविद्याले बाइबलमा उल्लेखित भएको व्यक्ति, स्थान र संस्कृति वास्तवमा नै छ कि छैन भने अनुसन्धान गर्ने क्षेत्र हो जहाँ वास्तविकता, भेटिएका र लेखिएका कुराहरुलाई आधार मानि बाइबललाई दाजिन्छ र बाइबलको वास्तविकतालाई प्रदर्शन गरिन्छ । तर अचम्मको कुरा बाइबलमा उल्लेख गरिएको भन्दा बेग्लै इतिहास आज सम्म भेटिएको छैन ।  यसैले पुरानो नियमबारे बिशिष्ट पुरातात्विकहरुमध्ये एकजना, डब्ल्यू.एफ अल्ब्राइट लेख्नुहुन्छ, “पुरानो नियम कथाहरुको निम्ति पुरातात्विक ठोस प्रमाण पाइएको कारण शंका गर्ने कुनै ठाउँ छैन ।”

७.पुरातत्त्वविद्याले बाइबल सत्य छ भनी प्रमाणित गर्दैन र अप्रमाणित पनि गर्दैन ।

८.पुरातत्त्वविद्याबाट प्राप्त हुने मुख्य फाइदा ख्रीष्टियान विश्वासीहरुलाई बाहिरी स्रोतबाट केही सहायता पु¥याउँछ भन्ने होइन । बरु यसले बाइबलमा उल्लेख गरिएका मानिसहरु र घटनाहरुभन्दा हजारौँ बर्षपछि जिउने मानिसहरुलाई बाइबलीय समयको जीवनबारे बुझ्न सहायता पु¥याउँछ ।

९. पुरातत्तवविद्याले बस्तु, स्थान, भाषा, संस्कृतिको अनुसन्धान गर्न सक्छ तर त्यस समयमा मानिसहरुले परमेश्वर माथि कसरी विश्वास राखेका थिए भन्ने कुरा अनुसन्धान गर्न सक्दैन । –जस्तै पुरातत्वविद्याले राजा दाउदको शासनकाल, स्थान, उनले प्रयोग गरेका बस्तु र उनको लेखहरु प्राप्त गर्न सक्छ तर दाऊदले कसरी र कति परमेश्वरमाथि विश्वास गरेका थिए भन्ने कुराको प्रमाण दिन सक्दैन ।

१०.बाइबलीय पुरातत्त्वविद्याले बाइबलको सत्यतालाई प्रकट मात्र गर्दैन तर बाइबल बिरोधीहरुको मुख र हाँसो पनि बन्द गर्छ र बाइबलीय एक विश्वासनीय पुस्तक हो भन्ने कुरा साबित गर्दछ ।

 

सन्दर्भ सामाग्री

वाकर जेटर,तपाईंको बाइबल,आई.सी.आई प्रकाशन, काठमाण्डौँः पेज,९५

डेल रोटन, विश्वासको प्रमाण (काठमाण्डौँः सत्यबाटो प्रकाशन,२००४)पेज,३९ ।

कमल अधिकारी,प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरु (काठमाण्डौँःसामदान प्रकाशन,२०१६), पेज,११४।

डेल रोटन, विश्वासको प्रमाण (काठमाण्डौँः सत्यबाटो प्रकाशन,२००४)पेज,४१ ।




यदि यस लेखमा केही त्रुटी र भुलचुक भएमा म फेरी सच्चाउनको निम्ति तयार हुनेछु । हामी सबै मिलेर परमेश्वरको राज्य विस्तार गर्ने काममा हालेमालो गर्ने छाैँ ।



   अधिक जानकारीको लागीः

Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com

Youtube Channel

Reviewed by Sangam Shrestha on January 17, 2021 Rating: 5

2 comments:

  1. I read completely your article
    That's so nice
    But you should improve accuracy of word
    Check again
    In word😎

    ReplyDelete
  2. Thank you so much sir your comment i will improve my accuracy word.thank you once agian.

    ReplyDelete

Powered by Blogger.