येशूलाई दाउदको पुत्र किन भनियो ?

येशूलाई दाउदको पुत्र किन भनियो ?

Author:Sangam Shrestha.

        Facebook   Facebook Page   YouTube  Twitter

 


            

        नयाँ करारमा धेरै पटक ख्रीष्टलाई धेरै खण्डहरुमा दाऊदको पुत्र  भनी उल्लेख गरिएको छ । नयाँ करारको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदमा नै येशूलाई दाऊदको पुत्र भनी सम्बोधन गरिएको छ । “अब्राहामको पुत्र, दाऊदको पुत्र, येशू ख्रीष्टको वंशावली :” मत्ती १२:२३, मत्ती १५:२२, मत्ती २१:, मर्कूस १०:४८, मर्कूस १२:३५, यूहन्ना ७:४२, रोमी १:, २ तिमोथी २:, प्रकाश ५:५ आदी खण्डहरुमा येशू ख्रीष्टलाई दाऊदको पुत्रको नाम चिनाइएको छ । “किनकि येशू मानव इतिहासको सबै भन्दा बढी प्रभावकारी व्यक्ति हुनुहुन्छ । शताब्दीऔँ देखी उहाँको नाम सर्वव्यापी भएकोमा छक्क मान्नु पर्दैन । संसारका सबै संस्कृतिका मानिसहरुलाई थाहा छ येशू को हुनुहुन्छ र उहाँले गर्नुभएको कार्यद्वारा परिवर्तन गर्नुभयो । नयाँ करारमा येशू नामले त्यति नचिनिएकोले हल्का छक्का लाग्दो कुरा हुन सक्छ । तर आश्चर्य लाग्दो कुरा धेरै पटक मानिसहरुले बिशेष शिर्षकहरुमा उहाँको नाम प्रयोग गरेका छन् । ती नामहरु मध्ये एक हो, दाऊदको पुत्र ।”[1]  “नयाँ करारका येशूलाई १४ पटक “दाऊदको पुत्र” भनी सम्बोधन गरिएको छ । १२ पटक चाहिँ मुख्य रुपमा प्रयोग गरिएको छ भने २ पटक चाहिँ मुख्य रुपमा प्रयोग गरिएको छैन (मत्ती १:, १२:२३) बाइबलमा छोराको धेरै अर्थहरु हुन सक्छ । यसले शारीरिक रुपमा जन्मेको छोरालाई पनि बुझाउन सक्छ वा संसारीक बुबाको हालमा भएको छोरा पनि बुझाउन सक्छ र त्यस भन्दा अरु पनि बुझाउन सक्छ । सिधा रुपमा बुझ्ने हो भने छोरा हुनको लागि वंशज अनुसारको हुनु पर्दछ । योसेफ, जो मरिएको श्रीमान हुन् उनीलाई पनि दाऊदको पुत्र भनिएको छ (मत्ती १:२०) । यसको अर्थ यही हुन्छ कि योसेफ दाऊदको वंशका मानिस थिए र दाऊद योसेफका पूर्खा थिए । यो पनि सत्य हो कि मरियम पनि दाऊदकै वंशका थिए (लूका ३) अनुसार हेर्दा येशू दाऊदका पुत्र थिए ।”[2]  “मत्तीले दाऊदको घरनाका योसेफको वंशावली पछ्याएर येशू दाऊदका वैधानिक सन्तान हुनुभएको पुष्टि गरेका छन् । यद्यपी येशू पवित्र आत्माद्वारा गर्भाधान हुनुभएको भए तापनि यहाँ औपचारिक रुपमा योसेफका पुत्र । वैधानिक रुपमा दाऊदका पुत्रका रुपमा दर्ता गरिनुभएको थियो । लूकाले लेखेका वंशावली (लूका ३:२३) येशूको वंशावली मरियमको वंशका पुरुषलाई पछ्याएर तयार गरिएको छ (तिनी पनि दाऊदको वंशबाट थिइन्) । लूकाले येशू मरियमका मासु र रगत (अर्थात–सन्तान) भनी जोड दिएका छन् र त्यसैले उहाँ हामीमध्ये एक हुनुहुन्छ । यसरी, सुसमाचारका लेखकहरुले वैधानिक र जन्मजात दुवै हिसाबले येशूको मसीह हुने अधिकार भएको दाबी गरेका छन् ।”[3]

                  

                   येशु ख्रीष्टलाई बाइबलमा दाउदको पुत्र भनी उल्लेख गरिएको छ । पुरानो करारमा परमेश्वरले दाउद राजा सँग करार बाध्नु भएको बमोजिम नै येशु ख्रीष्टको जन्म भएको थियो । येशु ख्रीष्टलाई अनन्तको सिंहासनमा बस्नको लागि अधिकार छ भनी भनिएको छ (२ शमूएल ७:१६) । “२ शमुएल ७ मा “करार” शब्द उल्लेख नगरिएको भए तापनि परमेश्वरले दाऊदसँग करार स्थापना गरिरहुनभएको थियो भन्ने कुरा २ शमूएल ७:१६ ले स्पष्ट पार्छ । उदाहरणको लागि भजनसंग्रह ८९:३–४ मा परमेश्वर भन्नुहुन्छ, “मैले मेरो चुनेकोसँग करार बाँधेको छु, मेरो दास दाऊदसित मैले यो शपथ खाएको छुः म तेरो सन्तानलाई सदाको निम्ति स्थापना गर्नेछु  र तेरो सिंहासन सारा पुस्तासम्म स्थिर बनाउँनेछु ”। परमेश्वरका मानिसहरुका सिंहासन दाऊदका सन्तानबाट सदाको निम्ति स्थापना गर्नेछु भन्ने यो प्रतिज्ञा परमेश्वरले दाऊदसित २ शमूएल ७ मा गर्नुभएको प्रतिज्ञा थियो भन्ने स्पष्ट हुन्छ । साथै पछि दाऊदले २ शमूएलमा आफूसित परमेश्वरले “अनन्त करार” बाँध्नुभएको थियो भन्ने सन्दर्भमा उल्लेख गर्छन् । (२ शमूएल २३:५), निःसन्देह त्यस सन्दर्भले २ शमूएल ७ को विषयमा बताउँछ ।”[4]  “दाऊदको राज्य सदाको निम्ति स्थिर रहनेछ भन्ने दाऊदसँग परमेश्वरको करारको एउटा पक्ष शर्तरहित थियो ।

 

१.परमेश्वरको प्रतिज्ञाको मुख्य कुरा दाऊदको वंशबाट मसीह र अनन्तका राजा आउनुहुने थियो । यी राजाले इस्राएलका विश्वासयोग्यहरु र सारा जातिहरुमाथि शासन गर्नुहुने थियो (यशैया ९:६–७, ११:,१०, मीका ५:,४) । उहाँ बेथलेहेम शहरमा जन्मनु हुनेथियो (मीका ५:,४), र उहाँको राज्य सारा पृथ्वीभरी विस्तार हुने थियो (जकरिया ९:१०) । उहाँ “परमप्रभु हाम्रा धार्मिकता” कहलाइनुहुनेछ (यर्मिया २३:५–६) र उहाँले पापबाट उद्धार ल्याउनुहुनेछ (जकरिया १३:१) । दाऊदलाई दिएको प्रतिज्ञा येशू ख्रीष्टको जन्मबाट पूरा हुन सुरु भयो, उहाँको जन्मको विषयमा दाऊदका घरनाकी भक्त छोरी मरियमलाई  गब्रिएल स्वर्गदूतले बताएका थिए (लूका १:३०–३३, प्रेरित २:२९–३५) ।

 

२.यो प्रतिज्ञा उत्पति ३:१५ मा दिइएको करारको विस्तार थियो, जसमा हव्वाको सन्तानद्वारा शैतानको हारको विषयमा भविष्यवाणी गरिएको थियो । साथै यो अब्राहाम र तिनका सन्तानलाई दिइएको प्रतिज्ञाको निरन्तरता थियो ।

 

३. यो प्रतिज्ञाचाहिँ मृत्युबाट येशूको पुनरुत्थान र स्वर्गमा परमेश्वरको दाहिने बाहुलीपट्टि उहाँ विराजमान हुनु भएको घटनामा पूरा भएको थियो (प्रेरित २:२९–३३), जहाँबाट अहिले उहाँले राजाहरुका राजा र प्रभुहरुका प्रभुको रुपमा राज्य गर्नुहुन्छ । उच्च पारिनुभएको प्रभुको रुपमा ख्रीष्टको पहिलो काम आफ्ना मानिसहरु माथि पवित्र आत्मा खन्याउनु थियो (प्रेरित १:, :,३३)

 

४.सबै मानिसहरुलाई पापबाट पश्चतापसहित फर्केर ख्रीष्टलाई प्रभु र उद्धारकर्ताको रुपमा ग्रहण गर्न र पवित्र आत्मा प्राप्त गर्न दिइएको बोलावट ख्रीष्टको राज्यकीय राज्यको चित्रण गरेको छ ।

 

५.ख्रीष्टको अनन्त राज्यसत्तामा निम्नि कुराहरु समाहित छन्ः

                   क.परमेश्वरको राज्यमाथि उहाँको वर्तमान शासकत्व र मण्डलीमाथि उहाँको शिरत्व

                   ख. जातिहरुमाथि उहाँको हजार वर्षको भावी राज्य (प्रकाश २:२६–२७, २०:४) र

                   ग.नयाँ स्वर्ग र नयाँ पृथ्वीमा उहाँको अनन्त राज्य (प्रकाश २१–२२ अध्याय) ।”[5]



[3]   पूर्ण जीवन बाइबल अध्ययन, पेज १८६८

[4]   पूर्ण जीवन बाइबल अध्ययन, पेज ६००

[5] Ibid.pp.600-601.

 

येशूलाई दाउदको पुत्र किन भनियो ? येशूलाई दाउदको पुत्र किन भनियो ? Reviewed by Sangam Shrestha on January 23, 2022 Rating: 5

1 comment:

  1. प्रतिक्रियाको अपेक्षा गर्दछौं

    ReplyDelete

Powered by Blogger.