जब पन्तियस पिलातसको औँठीले आलोचकहरू माैन भए

जब पन्तियस पिलातसको औँठीले आलोचकहरू माैन भए?

Author:Sangam Shrestha.

        Facebook   Facebook Page   YouTube  Twitter

        

 


पन्तियस पिलातसको औँठीः[1]

                केही विद्धानहरुले येशूको ऐतिहासिक प्रमाणलाई मात्र अस्वीकार गरेनन् तर रोमी शासक पन्तियस पिलातसको ऐतिहासिकतामा पनि शंका गरेका थिए । पछिल्लो समयमा पुरातत्वविद्या सम्बन्धी खोजहरुले ती विद्धानहरुको यस कुरालाई अप्रमाणित गरिदिएको छ । “पिलातस रोमी प्रान्त यहूदामाथि ख्रिस्टाब्द २६–३६ सम्म बडाहामिक थिए ।”[2]  पुरातत्वविद्याका खोजहरूबाट आलोचकहरूको मुख बन्द मात्र गरेको छैन तर धेरै व्यक्तिहरूले परमेश्वर माथि भरोसा पनि गरेका छन् । ख्रिस्टाब्द १९६१ म ‘पिलातसको ढुङ्गा’ को खोजले आलोचकहरुको मुख बन्द गरेको हो । अझै यस्तै पिलातसको अर्को ऐतिहासिकता प्रमाणित गर्ने खोज पत्ता लागेको छ जसलाई ‘ पन्तियस पिलातसको औँठी’ भनेर नामकरण गरिएको छ । हेरोडिएममा उत्खन्न गर्दा पुराना औठी जस्तो केही बस्तु भेटियो पछि यसलाई अनुसन्धान गर्दा त्यो औँठीमा चित्र र पिलातस नाम कुदेको पाइयो । यस खोजलाई इस्राएल अन्वेक्षण लेखको अन्तिम अंकको र्शीर्षक अन्तर्गत घोषणा गरिएको थियो । इस्राएलमा पन्तियस पिलातसको बारेमा पत्ता लागेको यो दोस्रो पुरातत्वक सामाग्री हो जसले पन्तियस पिलातस वास्तवमा नै ऐतिहासिक व्यक्ति थिए भन्ने प्रमाण दिदछ । यस औँठी पिलातसको होइन भन्ने केही व्यक्तिहरूले दावी गरेका पनि थिए तर पछि यो औँठी पन्तियस पिलातसको नै हो भन्ने प्रमाणित भएको थियो । पन्तियस पिलातसको यस औँठी दक्षिणी बेथलेहेमको वेस्ट ब्याङ्क मा फेला पारेका थिए । यस औठीमा क्रेटर भनिने वाइन भाडाको परिपरि ग्रीक भाषमा ‘पिलातस को’ लेखिएको थियो ।

Top Ten Discoveries in Biblical Archaeology of the Decade (2010-2019) – Bible Archaeology Report





[1] Bryan Windle, Top Ten Discoveries in Biblical Archaeology of the Decade (2010-2019), Accessed DateMay 19, 2021, Published Date January  3, 2020, https://biblearchaeologyreport.com/2020/01/03/top-ten-discoveries-in-biblical-archaeology-of-the-decade-2010-2019/

 

[2] कमल अधिकारी, येशू को हुनुहुन्छ ? (काठमाण्डौँःसमादान प्रकाशन,२०१८),५१ ।

[3]The New Work Times, Pontius Pilate’s Name Is Found on 2,000-Year-Old Ring, Accessed Date May 24, 2021, Publics Date November 30,2018, https://www.nytimes.com/2018/11/30/world/middleeast/pontius-pilate-ring.html#:~:text=It%20reads%20%E2%80%9Cof%20Pilates%2C%E2%80%9D,of%20that%20time%20and%20place 

 

जब पन्तियस पिलातसको औँठीले आलोचकहरू माैन भए  जब पन्तियस पिलातसको औँठीले आलोचकहरू माैन भए Reviewed by Sangam Shrestha on January 06, 2022 Rating: 5

No comments:

Powered by Blogger.