यस बलत्कारीको कारण हिन्दु धर्म माथि आँच नपरोस् । अपारधीको धर्म हुदैन । (लेख)


यस बलत्कारीको कारण हिन्दु धर्म माथि आँच नपरोस् । अपारधीको धर्म हुदैन । 




अपराधीको कुनै पनि धर्म हुदैन किनकि उसमा कुनै मानवता हुदैन । जसमा मानवता छैन त्यसको कुनै धर्म प्रति आस्था हुदैन । जसमा कुनै आस्था छैन त्यो मानव होइन तर दानव हो ।
अर्जुन शिवाकोटी नाम गरेको बलत्कारी अपराधीको कारणले केही दिन देखि हिन्दु धर्म माथि प्रश्न उठ्न थालेको छ । धेरैले उनलाई विश्व हिन्दु महासंघको महासचिवको रुपमा चिनिएको हुनाले उनको कारणले हाम्रा हिन्दु दाजु भाई दिदि बहिनीको आस्थामाथि आँच परेको छ ।

को हो नरपशु कुख्यात अपराधी बलत्कारी अर्जुन शिवाकोटी ? 

यो व्यक्ति विश्व हिन्दु महासंघको महासचिव हुन् । उनले Making Nepal Youtube Channel पत्रकारको परिचयको रुपमा चिनि आएको थियो । उनले १२ र १३ बर्षका कलिला नानिहरुलाई विगत १४ महिना देखि यौन शोषण गर्दै आइरहेको थियो । यस कुरा जनता जान्न चाहान्छ भन्ने कार्यक्रमबाट बाहिर ल्याइएको थियो ।
मेरो व्यक्तिगत विचार अनसुार अपराधीको कुनै धर्म नै हुदैन । हो, त्यो व्यक्ति हिन्दु धर्मसँग सम्बन्धीत भएता पनि उनको कारणले पुरै हिन्दु धर्म नै खराब हो भन्न मिल्दैन । उसले गरेको नरपशु झै व्यवहारको कारण कसैको आस्थामाथि चोट पुराउने काम नहोस् ।
म हिन्दु होइन, मलाई हिन्दु धर्म प्रति आस्था पनि राख्दिन तर यसको मतलब यो होइन कि म अरुको आस्थामाथि प्रहार गर्दछु । यदि खराब छ भने त्यस विषयमा केही समय देखि लेखि रहेको छु तर पनि यो मुद्दामा हिन्दु धर्मको कुनै पनि दोष छैन ।
यो त नरपशु जस्तै सोच भएको निच व्यक्तिको सोच र व्यवहार हो । कुनै पनि व्यक्तिले गलत काम गर्दछ भने त्यसको अर्थ यो हुदैन कि यसको धर्म र आस्थाले त्यही कुरा सिकाउँछ । हरेक धर्मको आफ्नै प्रकारको नियम हुन्छ तर त्यसलाई पालना गर्ने वा नगर्ने स्वतन्त्र इच्छा उसमा हुन्छ । यसमा कुनै पनि धर्म, आस्था वा विश्वासको दोष हुदैन । किनकि हरेक विश्वास, धर्म र आस्थामा स्वतन्त्र इच्छा दिइएको छ । हिन्दु धर्म प्रति कोध नगरौँ ।
यसैले यस्ता कुख्यात अपराधी अर्जुन शिवाकोटीलाई हिन्दु धर्म सँग नजोडिदियोस् । यस व्यक्तिले गरेर कुनै हिन्दु धर्ममाथि विश्वास राख्ने व्यक्तिहरुमाथि आँच नआओस् । अर्जुन भन्ने व्यक्ति नरपशु भएता पनि हिन्दु धर्म प्रति आस्था राख्ने व्यक्तिहरुलाई दोष नलगाईयोस् ।
यस्ता नरपशुलाई, बलत्कारीलाई धर्म सँग जोड्नु नै धर्मको निन्दाको कुराको हो । यस्ता व्यक्तिलाई धर्म सँग नजोडियोस् । यस्तालाई मानवता हराएको कुख्यात अपराधीको रुपमा हामीले चिन्नु पर्छ कुनै धर्म सँग सम्बन्धीत भएर होइन ।
          मैले यहाँ लेख्दै गर्दा कसैको धर्मलाई सर्मथन गरेको होइन तर मैले यहाँ भन्न र लेख्न खोजेको कुरा यहि हो कि अपराधीको कुनै धर्म, आस्था, विश्वास सँग जोडिएको हुदैन । किनकि तिनीहरु मानव होइन तर मानवको रुपमा दानव र नरपशु हो ।
यो अपराधी हो त्यो भन्दा बढी केही होइन । भोलीको दिनमा उनलाई कस्तो कारवाही हुन्छ या हुदैन थाहा छैन तर उ अपराधी भन्दा माथि कहिल्यै पनि माथि उठ्न सक्दैन ।
त्यस कार्यक्रममा हेर्दा मलाई एउटा कुरा चाहिँ स्पष्ट रुपमा बुझे कि जनतामा अझै राज्यको कानुन माथि विश्वास छ । नेपालमा अझै न्याय मरेको छैन, अझै पनि जनतामा आशा छ कि मलाई यो सरकारले न्याय दिन्छ । म यस लेखबाट यहि भन्न चाहान्छु , जनतामा भएको यो आशालाई निराशमा परिवर्तन नगरि दिनुहोस् । हामी न्याय मरेको देशमा पनि झिनो आशा सहित बाचि रहेका छौँ बिन्ती यो आशालाई पनि मार्नु भयो भने पछिको पुस्ताले एक रत्ती भर पनि विश्वास गर्ने छैन । परपशु अपराधीलाई हदै सम्म कारबाही होस् ।

थप जानकारीको लागि तलकाे भिडियो हेर्न सक्नु हुन्छ ।





यस बलत्कारीको कारण हिन्दु धर्म माथि आँच नपरोस् । अपारधीको धर्म हुदैन । (लेख) यस बलत्कारीको कारण हिन्दु धर्म माथि आँच नपरोस् । अपारधीको धर्म हुदैन । (लेख) Reviewed by Sangam Shrestha on July 02, 2020 Rating: 5

4 comments:

  1. होईन महाशय, blog को नाम एक काम अनेक। अर्थात नाम बाईबल बाट गुणगान अरु कसैको । । होसियार बसौं मत्ती 6:24 यस्ता कार्य गर्नेहरुका लागि ठिक भन्छ।

    ReplyDelete
    Replies
    1. मेरा प्रिय मित्र, मलाइ थाहा छैन हजुरले मलाइ यस्तो भन्नु भएको मनाशय के हो । तर मैले यहाँ अरूको गुणगान गाएको कुरा हजुरले कसरी देख्नु भयो होला । के मैले गलत भने र ? तपाइको एक एपोलोजेटिक्स हुनु हुदो रहेछ तर मलाइ दुःख लाग्यो कि तपाइ जस्तोले पनि यस्तो कुरा गर्नु हुदाँ । एपोलोजेटिक्स व्यक्तिलाइ कसैको गुणगान गरेको हो वा होइन अध्धयन बाट हजुरले थाहा पाउनु पर्थ्यो । मैले यहाँ लेखेको कुराको अर्थ तपाइले बुझ्नु भएको हो वा मैले बुझाउन नसकेको हो सो मलाइ थाहा भएन तर फेरी पनि म एक पटक भन्छु । यदि हजुले बाइबललाइ असल तरिकाले अध्धयन गर्नु भएको छ भने बाइबलमा काही पनि एक अर्काको बिरूद्धमा उठ्न सकाएको छैन। बाइबलले भन्दछ, परमेश्वर प्रेम हुनुहुन्छ तर हामीले अरूलाइ यस्तो व्यवहार गरे भने परमेश्वरको प्रेम देखाउन सकिन्छ र ? तपाइले यहाँ मत्ती ६:२४ पद प्रयोग गर्नु भएको रहेछ । एपोलोजेटिक्स जस्तो व्यक्तिले पनि यो पदको गलत व्याख्या गरेको देखेर दुःख लाग्यो । दुइ मालिकको सेवा होइन मित्र यो । म एक सानो व्यक्ति हुँ । सायद हजुर जति बुद्धिजीवि छैन होला । हजुरले जति पढेको पनि छैन होला । हजुर जति अनुभवी पनि छैन होला तर म यति भन्छु कि हामीलाइ कसैको धर्ममाथि प्रहार गर्ने अधिकार बाइबलले काही पनि दिएको छैन । अपराधीको कुनै धर्म हुदैन भन्दा के बाइबल बिरूद्ध भयो र ? अपराधी को कुनै धर्म र मानवता हुदैन । सानो मानिस ठुलो मुख गरे होला । माफ गर्नु होस् , यहाँ मैले कुनै पनि धर्मको पक्ष लिएको छैन । मैले त सत्यता बाहिर ल्याएको हो । यदि हामीले अरूको अास्थालाइ सम्मान गर्न सक्दैनाैँ भने अरूले हाम्रो अास्था र विश्वासको सम्मान गर्नु पर्छ भन्ने अधिकार पनि छैन । यसैले एक अर्का अालोचना गर्न बन्द गराैँ । असल बाताबरण सृजर्ना गराैँ । सायद हजुरलाए मेरो बिचार मन नपर्ला तर यही नै सत्य हो । गल्ती भए माफ गरिदिनु होस् ल ।

      Delete
  2. नत्र नाम परिवर्तन गरि अरु कुनै राखौ

    ReplyDelete
  3. व्यक्तिगत विचारलाई व्यक्तिगत नाम खुलेको बल्गबाट कमेन्ट गर्दा राम्रो होला।

    ReplyDelete

Powered by Blogger.