ख्रीष्टियानहरूले येशूलाई किन परमेश्वर भन्छन् ?

ख्रीष्टियानहरूले येशूलाई किन परमेश्वर भन्छन् ?

Author:Sangam Shrestha.


        Facebook   Facebook Page   YouTube  Twitter

         प्राय विश्वका प्रमुख धर्महरुले[1]  र झुटा शिक्षाका समुहहरुले येशूको ईश्वरत्वको सिद्धान्तलाई इन्कार गर्छन् । जसले दाबी गर्दछ कि येशूको ईश्वरत्व चौथो शताब्दीमा नाइसरिया परिषद्बाट प्रमाणित गरेको हो ।[2]  र सुरुका मण्डलीहरुले येशूको ईश्वरत्वमा विश्वास गरेका थिएनन ।[3]  येशू ख्रीष्टको जीवनलाई गहन रुपमा अध्ययन गर्दछौँ भने येशू ख्रीष्ट मानिस मात्र हुनुहन्न भन्ने तथ्य निस्कन्छ । उहाँलाई मानवको रुपमा मात्र सिमित राख्न मिल्दैन । उहाँले गर्नुभएको कार्यहरु, उहाँका दाबीहरु, उहाँका चेलाहरुका परिवर्तनहरु, उहाँका शिक्षाहरुले उहाँलाई मानिसमा मात्र सिमित राख्न सकिदैन । येशूको सम्पूर्ण जीवनीलाई गहिरो रुपमा अध्ययन गर्छँ भने एउटा निष्कर्षमा पुग्छौँ त्यो हो, येशू मानव मात्र होइन तर परमेश्वर पनि हुनुहुन्छ । ईश्वरशास्त्री वेन ग्रुडम भन्छन्, येशू ख्रीष्टबारे बाइबलीय शिक्षा पूरा गर्नलाई, उहाँ पूर्ण रुपमा मानिस मात्र होइन, तर उहाँ पूर्ण रुपमा परमेश्वरीय पनि हुनुहुन्थ्यो भनी हामी पुष्टि गर्नैपर्दछ ।[4]  यसैले येशू मानवको रुपमा संसारमा आउँनु भयो तापनि उहाँ पूर्ण रुपमा मानव रुपी जीवनमा ईश्वरीय जीवन जिउनु भयो ।

प्रभु येशू ख्रीष्ट सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ भनेर म साँच्चै विश्वास गर्दछु भने निश्चय म उहाँलाई दण्डवत् गर्नेछु, उहाँलाई प्रेमपूर्वक भक्ति चढाउँनेछु । उहाँ प्रभु हुनुहुन्छ भनेर म साँच्चै विश्वास गर्दछु भने, म उहाँको सेवा गर्नेछु र उहाँका आज्ञाहरू पालन गर्नेछु । येशू झूटा हुन् भन्ने व्यक्तिले के उहाँमाथि भरोसा राख्न सक्छ वा उहाँका वचनमाथि विश्वास गर्न सक्छ ? येशू पागल हुन् भन्ने व्यक्तिले के उहाँलाई मुक्तिदाताको रूपमा विश्वास गर्न सक्छ ? उहाँलाई असल गुरु मात्र मान्नेले उहाँका भनाइलाई सुन्नेछ तर उसले अन्य शिक्षकहरूका भनाइलाई पनि सुन्नेछ र विश्वास गर्नेछ । ख्रीष्टलाई भविष्यवक्ता मात्र मान्नेले परमेश्वरको बाटो देखाउने अन्य भविष्यवक्ताहरूलाई पनि उत्तिकै मान्यता दिनेछ । येशू २००० वर्ष अघि मर्नुभएको केवल एउटा मानिस मात्र हुनुहुन्थ्यो भने उहाँ मरेको मरै हुनुभयो र उहाँले कसैको जीवनमा खास परिवर्तन ल्याउन सक्नुहुन्न ।[5] 

डोल रोटन भन्छन्, येशू परमेश्वर हुनुहुन्छ  अनि सधै जीवित हुनुहुन्छ । तर पनि इतिहासको कुनै एक निश्चित समयमा उहाँले मावन रुप लिनुभयो । अनि परमेश्वरको शक्तिद्धारा कन्या मरियमको कोखबाट जन्मिनु भयो । उहाँले एक पाप रहित जीवन जीउनु भयो ।”[6]  वास्तवमा येशूको ईश्वत्वलाई ख्रीष्टियानहरुले स्वीकारको कारण यो हो कि धर्मशास्त्रले नै येशूको ईश्वरत्वको निष्कर्षमा पुराउँछ । बाइबलले स्पष्ट बताउँछ कि यदि हामीले येशूको ईश्वरुत्वलाई इन्कार गछौँ भने हामीहरुसँग पिता परमेश्व पनि हुनहुन्न् । १यूहन्ना २:२३ ले भन्छ,पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न । जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता हुनुहुन्छ ।”[7]

                यूहन्ना १:१ अनुसार आदिमा बचन हुनुहुन्थ्यो, बचन परमेश्वर हुनुहुन्थ्यो, अनि बचन परमेश्वर हुनुहुन्थ्यो ।  यहाँ बचन परमेश्वर हुनुहुन्थ्यो भन्नुको अर्थ हो कि येशू पनि परमेश्वर हुनुहुन्छ । यहाँ येशूलाई बचनको रुपमा प्रस्तुत गरिएको छ । यही बचन नै हाम्रो येशु ख्रीष्ट हुनुहुन्छ (यशैया ५५:११,प्रकाश १९:१३)। येशू कुनै संयोग वा आश्चर्यपूर्ण तरिकाले परमेश्वर हुनु भएको होइन तर उहाँलाई परमेश्वरको दर्जा बाइबलले नै दिने गर्दछ ।



[1] slam, Judaism, Hinduism, Buddhism and others.

[2] This myth has been popularized by Dan Brown’s book (and film) The Da Vinci Code.

[3] This claim is clearly contradicted not only by the Scripture but by the statements of the early Church. For example, the early church Father Ignatius Bishop of Antioch (AD 35–108, who was a disciple of John the Apostle) taught the divinity of Jesus: “There is one Physician who is possessed both of flesh and spirit; both made and not made; God existing in flesh; true life in death; both of Mary and of God; first possible and then impossible, even Jesus Christ our Lord. . . . But our Physician is the only true God, the unbegotten and unapproachable, the Lord of all, the Father and Begetter of the only-begotten Son. We have also as a Physician the Lord our God, Jesus the Christ, the only-begotten Son and Word, before time began, but who afterwards became also man, of Mary the virgin.” The Epistle of Ignatius to the Ephesians (Chapter VII “Beware of False Teachers,” http://www.earlychristianwritings.com/text/ignatius-ephesians-longer.html

[4] Wavne Grudem, Systematic Theology (Kathamandu: Wachan Prakashan, 2016) pg.720.

[5] æख्रीष्टको संक्षिप्त जीवनLÆ Accessed date November 30, 2021, https://wordoftruth.com.np/life-of-christ

[6] डेल रोटन,विश्वासको प्रमाण. काठमाण्डौः सत्यबाटो प्रकाशन, २००४,पेज नं. ७

[7] "Answer in Genesis" Accessed date November 29, 2021, Publice date  August 8, 2017 https://answersingenesis.org/jesus/jesus-is-god/10-biblical-reasons-jesus-is-god/

 

 

ख्रीष्टियानहरूले येशूलाई किन परमेश्वर भन्छन् ?  ख्रीष्टियानहरूले येशूलाई किन परमेश्वर भन्छन् ? Reviewed by Sangam Shrestha on December 30, 2021 Rating: 5

No comments:

Powered by Blogger.