यदि येशूको सुरुवात छ भने उहाँ कसरी परमेश्वर हुनुभयो ?

यदि येशूको सुरुवात छ भने उहाँ कसरी परमेश्वर हुनुभयो ?

Author:Sangam Shrestha.


  Facebook page

            यूहन्ना ८:४२ ले भन्दछ, “...किनभने म परमेश्वरबाट निस्कआएँ ।” । यस्तै कलस्सी १:१५ मा लेखिएको छ, “सारा सृष्टिको ज्येष्ठ हुनुहुन्छ ।” हिब्रू १:५ “तिमी मेरा पत्रु हौँ, मैले नै आज तिमीलाई जन्माएको छुँ... आफ्नो प्रथम जन्मेकालाई संसारमा ल्याउनुहुदाँ उहाँ फेरी भन्नुहुन्छ, ।” के यी पदहरुले येशूको सुरुवात छ भन्न खोजेको हो त ?

कलस्सी १:१५ “सार सृष्टिका ज्येष्ठ हुनुहुन्छ ।” “यो वाक्यांशको अर्थ ख्रीष्ट सृष्टि गरिनुभएको थियो भन्ने लाग्दैन । बरु, “ज्येष्ठ” भन्नाले पुरानो करारको अर्थ छः “ओहोदामा पहिलो,” “उत्तराधिकारी” वा “सर्वाेच्च” जस्तैः प्रस्थान ४:२२, यर्मिया ३१:, भजनसंग्रह ८९:२७ । दाऊदको शासनको निम्ति “जेठो” शब्द प्रयोग गरिएको छ, यद्यपी दाऊद जेठो छोरा थिएनन् । ख्रीष्ट अनन्त पुत्रको रुपमा सारा सृष्टिका उत्तराधिकारी र शासक हुनुहुन्छ । कलस्सी १:१८ “उहाँ शरीर, अर्थात मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ मरेकाहरुबाट जीवित हुनेहरुमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वच्च होऊन् । हिब्रू १:१–२ “...पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो ।”[1]   हिब्रू १:५ मा परमेश्वर भन्नुहुन्छ “तिमी मेरा पुत्र हाँै, मैले नै आज तिमीहरुलाई जन्माएको छु...।” एक तर्फबाट हेर्दा यहाँ परमेश्वर पिताले येशू ख्रीष्टलाई जन्माउनु भएको जस्तै लाग्छ । तर हिब्रू १:६ ले बताउँछ, “आफ्नो प्रथम जन्मेकालाई संसारमा ल्याउनुहुदाँ उहाँ फेरी भन्नुहुन्छ...।” परमेश्वरले प्रथम जन्मेकालाई संसारमा ल्याउनु हुदाँ भन्ने वाक्यले येशू सृष्टि गरिनु भएको हो भन्ने अर्थ लाग्दैन तर उहाँ कन्या मरियमको कोखमा मानवको रुपमा धारणा गर्नु भएको हो भन्ने कुरा बुझिन्छ । ख्रीष्ट, अनन्त परमेश्वर मानव बन्नुभयो । फिलीप्पी २:५–९ पदले भन्दछ, “... परमेश्वरको स्वरुपमा (रुपमा) भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटन पव्रिmराख्ने बस्तुजस्तो ठान्नुभएन । तर आफैलाई  रित्त्याईकन कमाराको रुप (स्वभाव) धारण गरेर मनुष्य भएर जन्मनुभयो । स्वरुपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै आज्ञाकारी रहनुभयो । त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँ भन्दा उच्च छ ।”

                यसैले हामी भन्न सक्छौँ कि येशू सृष्टि गरिएको होइन तर उहाँ त अनन्त देखी नै हुनुहुन्छ । (यूहन्ना १:१–३, प्रकाश १:,१८,२२:१३) । येशूलाई कसैले सृष्टि गरिएको होइन तर उहाँ त अनन्त देखी नै अस्तित्वमा हुनुहुन्थ्यो, हुनुहुन्छ र भईरहनुहुनेछ । “पवित्र आत्माद्वारा गर्भमा उत्रिनहुने येशूको मानिसको रुपमा शुरुवात छ, तर परमेश्वरको रुपमा प्रभु येशूको न त शुरुवात छ, नत अन्त नै ।”[2]

 




[1] स्टाम्स्, सी. डोनाल्ड, पूर्ण जीवन अध्ययन बाइबल, (काठमाण्डौः लाईफ पब्लिसर इन्टरनेसनल,२०१७),पेज,२५८९।

[2] डग्लस, अल्बान, वचनबाट सयपाठ (काठमाण्डौँः बरदान प्रकाशन, २००४), पेज,४४।

यदि येशूको सुरुवात छ भने उहाँ कसरी परमेश्वर हुनुभयो ? यदि येशूको सुरुवात छ भने उहाँ कसरी परमेश्वर हुनुभयो ? Reviewed by Sangam Shrestha on December 14, 2021 Rating: 5

No comments:

Powered by Blogger.