यदि परमेश्वर मानिस होइन भने येशू कसरी परमेश्वर हुनुभयो ?

यदि परमेश्वर मानिस होइन भने येशू कसरी परमेश्वर हुनुभयो ?

Author:Sangam Shrestha.


                येशू ख्रीष्ट परमेश्वर हुनुहुन्न किनकि उहाँ मानिस हुनु भयो र अहिले पनि मानिस नै हुनुहुहुन्छ भन्ने तर्फ कति मानिसले गर्ने गर्दछन् । येशूको मानव शरीर थियो तर पनि उहाँ परमेश्वर हुनुहुन्थ्यो हुनुहुन्छ र भईरहनु हुनेछ । होशे ११:९ मा लेखिएको छ, “...किनकि म परमेश्वर हुँ, मानिस होइनँ...” यहाँ परमेश्वर म मानिस जस्तो व्यवहार गर्दिन भन्ने प्रसंगमा यस कुरा गर्दै हुनुहुन्छ । यस्तै इजकिएल २८:२ ले भन्दछ, “हे मानिसको छोरो, टुरोसको शासकलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तेरो हृदयको घमण्डमा तँ भन्छस्, ‘म एक देवता हुँ । म समुन्द्रको बीचमा एउटा देवताको सिंहासनमा बस्तछु !’ तर तँ त एक जना मानिस मात्र होस्, देवता होइनस्, यद्यपि तैंले आफैलाई एक देवता जत्तिकै बुद्धिमान् सम्झन्छस् ।’” यस पदमा परमेश्वरले टुरोसका राजालाई उसको घमण्डको बारेमा भन्दैहुनुहुन्छ । सम्पूर्ण बाइबलमा काँही पनि परमेश्वरले भन्नु भएको छैन कि ‘परमेश्वर मानिस बन्न सक्दैन ’ । मानिस परमेश्वर बन्न सक्दैन भन्ने कुरा लेखिएको छ तर परमेश्वर मानिस बन्न सक्दैन भन्ने कुरा लेखिएको छैन । यदि परमेश्वर मानिस भएमा के परमेश्वर हुनुहुन्न त? यो कदापि हुदैन । परमेश्वर मानिस भएतापनि परमेश्वर, परमेश्वर नै हुनुहुन्छ । “मानिसको रुप धारण गर्नु अघि पनि येशू पिता परमेश्वरसित समान परमेश्वर हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ अनि सधै भरी हुनुहुनेछ ।”[1]  “उहाँ आफै मानिसको रुप धारण गर्नुभयो । ...मानिसको रुपमा संसारमा आउनुभएर मानिसहरुलाई परमेश्वरको परिचय दिनुभयो । यस कुराले उहाँ संसारमा जन्म लिनुभयो अघि परमेश्वरको रुपमा हुनुहुन्थ्यो भन्ने कुरा देखाउँछ, किनकि त्यही व्यक्तिले मात्र परमेश्वरको परिचय दिनसक्थ्यो जो अघिबाट परमेश्वरको साथमा हुनुहुन्थ्यो ।”[2]  तसर्थ “परमेश्वरले मासु र हाड्डीको रुपमा मानिसको शरीर धारण गर्न सक्नुहुन्न भनी होशेले भनेका छैनन् । उहाँको निम्ति कुनै कुरा असम्भव छैन, यर्मिया ३२:१७,१८, यसैकारण उहाँ मानिसको शरीरमा प्रकट हुन सक्नुहुन्छ ।”[3]




[1] डग्लस, अल्बान, वचनबाट सयपाठ (काठमाण्डौँः बरदान प्रकाशन, २००४), पेज,४४।

[2] फ्लेमिङ, डन्, ब्रीज सचित्र बाइबल शब्दकोश (काठमाण्डौँः जी.एफ.ए प्र्रकाशन,२०१४)पेज,५४८।

[3] डग्लस, अल्बान, वचनबाट सयपाठ (काठमाण्डौँः बरदान प्रकाशन, २००४), पेज,४४।

यदि परमेश्वर मानिस होइन भने येशू कसरी परमेश्वर हुनुभयो ? यदि परमेश्वर मानिस होइन भने येशू कसरी परमेश्वर हुनुभयो ? Reviewed by Sangam Shrestha on December 09, 2021 Rating: 5

No comments:

Powered by Blogger.