"पन्तियसको शिलालेखले आलोचकहरू स्तव्ध भए"

"पन्तियसको शिलालेखले आलोचकहरू स्तव्ध भए"

Author:Sangam Shrestha,B.Th, Mdiv(Running).



            नयाँ करारका अतिरिक्त यहूदी लेखकद्वय योसिफस र फाइलोसाथै रोमी लेखक टासिटसका रचनाहरूमा पिलातसका सन्दर्भहरू उल्लेख भए तापनि वर्षौंसम्म आलोचकहरूले पिलातसको साँचो अस्तित्वमाथि नै प्रश्न गर्दै आएका थिए ।[1]  ख्रिस्टाब्द १९६१ को जुन महिनामा इटालीका पुरातत्त्वविद् डा. एन्टोनिओ फ्रोभाको नेतृत्वमा गएको टोलीले कैसरिया मरितिमा नामक प्राचीन सहरमा हेरोद महान्द्वारा निर्मित प्राचीन रङ्गशालाको उत्खनन गरिरहेका थिए ।[2]  उनको समुहले त्यहाँ एउटा शिलालेख फेला पारियो । त्यस शिलालेखमा ‘पन्तियस पिलातस’ को नाम उल्लेख गरिएको थियो ।[3]  उनीहरुले त्यस शिलालेखको अनुसन्धान गरे पछि पत्ता लाग्यो कि पन्तियस पिलातसले कैसरियामा एउटा मन्दिर निर्माण गरेका थिए जुन तिनले रोमी सम्राट् तिबेरिअस (ख्रिस्टाब्द १४–३७ ख्रिस्टपूर्व) को नाउँमा अर्पण गरेका थिए । यसलाई ख्रिस्टाब्द २६–३७ को बिचमा तयार पारिएको देखिन्छ ।[4]  इतिहासअनुसार पिलातस ख्रिस्टाब्द २६–३६ सम्म यहूदियाका हाकिम भएका थिए । रोमी सम्राट् टाइबेरियसले पिलातसलाई इ.सं. २६ मा यहूदिया प्रान्तको बडा हाकिम नियुक्त गरेका थिए ।[5]  तिनी यहूदियाका पाँचौँ हाकिम थिए । यहूदियाको रोमी राजधानी कैसरिया मरितिमामा तिनले आफ्नो कार्यालय बनाएका थिए ।[6]  तिनकै समयमा येशू क्रुसमा टाँगिनुभएको थियो । हाल यस शिलालेख यरूशलेमस्थित इजराएल सङ्ग्रहालयमा सुरक्षितसाथ राखिएको छ । त्यस शिलालेख ८२ सेन्टिमिटर लमाइ र ६५ सेन्टिमिटर चौडाइ आकारको छ ।[7]  त्यस शिलालेखमा लेखिएको थियो, “यहूदियाका हाकिम पन्तियस पिलातसले तिबेरिअसको नाउँमा यसलाई अर्पण गरेका छन् ।”  यो लेख ल्याटिन भाषामा लेखिएको थियो ।[8]

                अन्त्यमा, नयाँ पुरातत्त्वक खोजहरुले बाइबलमा उल्लेख भएका विवरणहरु सत्य हुन् भन्ने प्रमाणहरु अधिक रुपमा दिएका छन् र बाइबलको विश्वासनीयतालाई पुष्टि गरिदिएको छ । “पुराततत्त्वक खोजहरुले धर्मशास्त्रको विश्वासनीयतालाई पुष्टि गरिरहेकै छन् ।”[9]  पुरातत्त्क खोजहरुले नयाँ करारको ऐतिहासिकक सच्चाइलाई थप पुष्टि गरिदिएको छ । “... पुरातत्त्वकले पत्ता लगाएका प्राचीन वस्तुहरुले बाइबलमा लेखिएका कुराहरु सत्य हुन् भनी प्रमाणित गरेका छन् ।”[10]  यसैले पुराततत्त्वविद्या वैज्ञानिक रुपमा पनि सत्य सावित भएको छ ।




[1] कमल अधिकारी, फेला पर्‍यो पन्तियस पिलातसको शिलालेख, Accessed Date May 31, 2021, Publics Date August 10, 2020, https://kamaladhikari.com.np/1491/

[2] Williams, Archaeology and the Historical Reliability of the New Testament, Accessed Date May 28, 2021, Archaeology and the Historical Reliability of the New Testament - bethinking.org

[3] पन्तियस पिलातस, ,Accessed Date May 31, 2021, Publics  January 27, 2018, https://m.facebook.com/parmeshorkobachan/photos/a.1874238336169393/2249990511927505/?type=3&source=57&__tn__=EH-R

[4] कमल अधिकारी, फेला पर्‍यो पन्तियस पिलातसको शिलालेख, Accessed Date May 31, 2021.

[5] पन्तियस पिलातस तिनी को थिए?,Accessed Date May 31, 2021, https://wol.jw.org/ne/wol/d/r56/lp-np/2005683

[7] The archaeological evidence of Pontius Pilate, Accessed Date May 31, 2021, Publics Date June 15,2018, https://aleteia.org/2018/06/15/archaeological-evidence-of-pontius-pilate-corroborates-gospel/  

[8] कमल अधिकारी, फेला पर्‍यो पन्तियस पिलातसको शिलालेख, Accessed Date May 31

[9] डेल रोटन, विश्वासको प्रमाण,२००४, पेज ३९ ।

[10] एल, जेटर, तपाईंको बाइबल, (काठमाण्डैः आई.सी.आई. २००४),९५।

"पन्तियसको शिलालेखले आलोचकहरू स्तव्ध भए" "पन्तियसको शिलालेखले आलोचकहरू स्तव्ध भए" Reviewed by Sangam Shrestha on November 23, 2021 Rating: 5

No comments:

Powered by Blogger.