बाइबलको प्रभावले आधुनिक विज्ञानको उदय गरायो ।

बाइबलको प्रभावले आधुनिक विज्ञानको उदय गरायो ।

Writer:Rebika Shrestha.


 Facebook

            आधुनिक विज्ञानको उदयमा बाइबलको निकै प्रभाव छ । बाइबल द्वारा र बाइबल माथि विश्वास  गर्ने व्यक्तिहरूले नै आधुनकि विज्ञानको उदय गरेका थिए । चाहे उ कोपरनिकस होस वा अल्वर्ट  आइन्सटाइन वा लुई पास्चर नै यी सबै बाइबलबाट प्रभावित भएका व्यक्तिहरू हुन् । बाइबलले पनि  आधुनिक विज्ञानको खोज तथा अनुसन्धानमा विशेष भुमिका खेलेको छ । चाहे त्यो पृथ्वीको सन्दर्भमा  होस् वा जलचक्रको बारेमा । बाइबलले नै आधुनिक विज्ञानको र वैज्ञानिकहरू जन्मायो भन्दा फरक  नपर्ला ।विश्वको इतिहासको बारेमा हामीलाई उत्पत्ति १:१ ले बताउँछ । “आदिमा परमेश्वरले आकाश र  पृथ्वी सृष्टि गर्नुभयो ।” बाइबलमा रहेका थुप्रै वैज्ञानिक तथ्यहरू वैज्ञानिक खोजद्वारा पत्ता लगाइनुभन्दा  कयौँ शताब्दी अगाडी लेखिएका थिए । बाइबलमा हामी वैज्ञानिक तथ्यहरू मात्र पाउँदैनौँ तर बाइबलमाथि  विश्वास गर्नेहरूले नै आधुनिक विज्ञानको उदय गराउनमा उल्लेखनीय भूमिका निवार्ह गरेका थिए भनी साक्षीहरूले देखाउँछन् ।द्दद्द अय्युब २६:७ ले पृथ्वी शून्यतामा झुन्डिएको छ भनेर बताउँछ । आधुनिक  खगोल विज्ञानले हामीलाई बताउँछ कि पृथ्वी कुनै पनि थोक वा बस्तुमा अडिएको छैन । पृथ्वीको  गु:रुत्वाकर्षण शक्तिको कारण पृथ्वी सूर्यको वरिपरि आफ्नो छुट्टै कक्षमा कसैको हस्तक्षेपविना नै शून्यतामा  परिक्रमा गर्छ । यति मात्र होइन बाइबलले पृथ्वी गोलाकार छ भनेर पनि यशैया ४०:२२ मा बताएको  छ । जियोडसी विज्ञानको एउटा शाखा हो जसद्वारा वैज्ञानिकहरूले पृथ्वीको आकार, गुरुत्वाकर्षण र  घुमाइको मापन गर्छ । जियोडसीको मापनले यो पृथ्वी गोलो छ भन्ने देखाउँदछ । अन्तरिक्षबाट लिइएका  चित्रहरूले पनि पृथ्वी चन्द्रमाजस्तै गोलो छ भनी देखाउँछ ।द्दद्ध बाइबलले आकाशमा ताराहरू अनगिन्ती  छन भनेर पनि बताउँछ (यर्मिया ३३:२२) । यसरी आधुनिक विज्ञानको सुरुवात हुनु भन्दा पहिला नै  बाइबलमा यी कुराहरूको बारेमा उल्लेख गरिएको थियो । यही कुराहरूलाई नै आधुनिक वैज्ञानिकहरूले  आधुनिक विज्ञानको उदय गराएका थिए ।

            यसरी नै आधुनिक विज्ञानको उदय गराउनको लागि ख्रीष्टियान वैज्ञानिकहरूको विशेष भुमिका  छ । लुई पास्चरले रेविज रोगको बिरुद्धमा खोप निमार्ण गरेर लाखौ मानिसहरूको ज्यान बचाए । यति  मात्र होइन शुन्यताबाट केही आउँदैन भन्ने तथ्य पनि प्रमाणित गरेर चाल्र्स डार्विनको विकासबाद सिद्धान्तलाई अप्रमाणित पनि गरेका थिए । पास्चर पनि बाइबलबाट प्रभाव परेको व्यक्तिका साथै ख्रीष्टका  चेला थिए । अल्वर्ड आइन्सटाइन जसले गुरुत्वकार्षणको नियम पत्ता लगाए उनी पनि बाइबललाई मन  पराउने व्यक्ति थिए । माइमल फराडे, सर आइज्याक न्यूटन, थोमथ अल्वा एडिसन, लुई पास्चर, रोवर्ट  बोइले, जोहनन केप्लर आदी सबै बाइबललाई प्रेम गर्ने व्यक्तिहरू र बाइबलबाट प्रभावित भएका आधुनिक  वैज्ञानिकहरू थिए जसले आधुनिक विज्ञानको उदयमा विशेष योगदानको भुमिका निर्वाह गरेको छ ।

x

बाइबलको प्रभावले आधुनिक विज्ञानको उदय गरायो । बाइबलको प्रभावले आधुनिक विज्ञानको उदय गरायो । Reviewed by Sangam Shrestha on November 02, 2021 Rating: 5

No comments:

Powered by Blogger.