अनुग्रहको बाइबलीय अर्थ

अनुग्रहको बाइबलीय अर्थ

Writer:Sangam Shrestha.

    


            ‘एउटा व्यक्ति दिनको ८ घण्टा काम गरेर आफ्नो भुक्तानी पाउँदा भने त्यो ज्याला हो,एक व्यक्तिले प्रतिद्वन्द्वीसित प्रतिस्पर्धा गरी ट्रफि हात पार्दछ भने त्यो पुरस्कार हो, एउटा व्यक्तिले लामो समय सम्म सेवा गरी उपयुक्त पहिचान प्राप्त गर्दछ भने त्यो इनाम हो, तर एउटा व्यक्ति ज्यालाको लागि असम्भव छ, यसले पुरस्कार पनि जित्न सक्दैन र उ इनामको लागि पनि योग्य छैन र पनि उसले उपहार पाउँछ भने त्यो अनुग्रह हो ,उद्वार ज्याला होइन, न यो पुरस्कार हो, न यो इनाम हो, त्यसैले उद्वारलार्इ सित्तैमा प्राप्त गर्ने उपहार भएको हो, जुन अनुग्रह द्वारा मात्र पाइन्छ ।(कमल अधिकारी, आजको मन्न (०३,०५) बाट, साभार गरिएको )

पमरेश्वरले मानिसहरूलार्इ दिनुहुने प्रेम र दया चाहिँ अनुग्रह हो । यो अनुग्रह चाहिँ परमेश्वरले मानव जातिलार्इ सित्तैँमा दिनुहुन्छ । अनुग्रह भनेको चाहिँ आफूले पाउन नसक्ने तर पायौँ भने त्यो अनुग्रह हो ।

उदाहरणको लागिः कुनै बिद्यार्थीले ५ नम्बरले असलफ भयो तर शिक्षले सफल होस भनेर ५ नम्बर थपेर दिन्छ भने त्यो अनुग्रह हो । तसर्थ अनुग्रह भनेको पाउँन नसक्ने कुरा कसैद्वारा प्राप्त गर्दछौँ भने त्यो अनुग्रह हो ।

परमेश्वर अनुग्रह दिनुहुने परमेश्वर हुनुहुन्छ । उहाँले  हामीलार्इ प्रेम गर्नुहुन्छ । हामी परमेश्वरको प्रेम र दया पाउन योग्यका थिएनौँ तर परमेश्वरले हामीलार्इ दया र प्रेम गर्नुभयो ।  रोमी ५:८ ले भन्दछ, ‘तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो ।’

यसैले परमेश्वरको अनुग्रह द्वारा हामीलार्इ उद्धार पाएका छौँ । रोमी २:८ ‘किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौँ ....’ ‘परमेश्वरको अनुग्रह द्वारा मात्र उद्घार पाउन सक्छौँ जनु ख्रीष्टमा विश्वासबाट सम्भव छ भनी घोषणा गरी र्इशार्इहरूमा जागृति ल्याउने र परमेश्वरको अनुग्रहद्वारा विश्वासमामात्र मुक्ति छ भन्ने  व्यक्तिहरू मध्ये हिरोको रूपमा मार्टिन लुथर लार्इ लिइन्छ । जसले रोमन क्याथोलिकबाट मण्डलीमा भएको अबाइबलीय विधी र नियमहरूको खण्डन गरे ।

अनुग्रह चाहिँ छाडा पन होइन । तर योग्य नभएको व्यक्तिलार्इ दिइन्छ जसले त्यसलार्इ पाउने तिब्र इच्छा राख्दछ ।

तितस २:११ ले भन्दछ, किनकि सबै मानिसहरूका मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ ।

       परमेश्वरले हामीलार्इ यसैकारण हामीलार्इ मुक्ति दिनुहुन्छ किनकि यो परमेश्वरको अनुग्रह हो । परमेश्वरले हामीलार्इ अनन्त जीवन दिन चाहानुहुन्छ यसैले हामीलार्इ अनुग्रह गर्नुभयो । योना ४:२ ले भन्दछ, ‘....तपार्इं अनुग्रकारी र करूणामय। रीस गर्नमा धैर्यवान्, दयामा प्रशस्त, र दुःख दिनुमा बेखुशी हुनुहुने परमेश्वर हुनुहुन्छ भनी मैले जानेको थिएँ ।’

 

अनुग्रह परमेश्वरले दिनुहुने सित्तैको वरदान हो भनी बाइबलले भन्दछ । कति मानिसहरूले अनुग्रहको गलत व्याख्या पनि गरेको पाइन्छ । कति मानिसहरूले भन्दछ, परमेश्वरको सित्तैको अनुग्रह छ यसैले जति पाप गरे पनि उहाँले क्षमा दिनु भर्इ हाल्छ नी भन्दछ । तर यस बिषमा पावलले भन्दछ, रोमी ६:१ मा ‘अब हामी के भनौं ? के अनुग्रह प्रशस्त मात्रामा होस् भनेर पापमा लागिरहौँ त ? त्यो नहोस् हामी पापको लेखी मर्यौँ, त कसरी हामी अझै त्यसमा जिउनु ?’ पावललार्इ अनुग्रहको प्रचारक भनिन्छ । उनले परमेश्वरको अनुग्रहको बारेमा धेरै ठाउँहरूमा उल्लेख गर्दछन् । अनुग्रहको बारेमा प्रचार गर्ने महान प्रचारक पावल ले भन्दैछन् यहाँ, अनुग्रह प्रशस्त छ भनेर पाप गरी रहनु हुदैन किनकि यो त हाम्रो पूरानो जीवनको कुरा हो भन्ने कुरा यहाँ गर्छन् । यसैले अनुग्रह प्रशस्त छ भन्दैमा पाप जानी जानी पनि पाप गरिरहनु हुदैन ।

परमेश्वरले सित्तैमा दिनुभएको अनुग्रहलार्इ कति प्रभुमा जनहरूले गलत व्याख्या गरिरहेका छन् । यस्तो नगरौँ, अनुग्रह सित्तैमा छ भन्दैमा पाप गरिरहनु हुदैन । १ यूहन्ना ३:६ र ९ ले भन्दछ, ‘उहाँमा रहने कसैले पनि पाप गरिरहदैन । पाप गरिरहने कसैले पाप उहाँलार्इ नता देखेको छ न चिनेको नै छ । परमेश्वरबाट जन्मेको कसैले कसैले पनि पाप गरिरहदैन, किनभने त्यो परमेश्वरबाट जन्मेको हो ।’

अनुग्रहको बाइबलीय अर्थ अनुग्रहको बाइबलीय अर्थ Reviewed by Sangam Shrestha on October 31, 2021 Rating: 5

No comments:

Powered by Blogger.