विज्ञान माथि बाइबलको प्रकाश

विज्ञान माथि बाइबलको प्रकाश

Writer:Sangam Shrestha.



Fackbook

             जुन समयमा आधुनिक विज्ञानको उदय नै भएको थिएन त्यो सयममा बाइबलका सबै पुस्तकहरु पूर्ण रुपमा लेखिसकिएको थियो । यसैले समयको दृष्टिकोणले हेर्ने हो भने विज्ञान भन्दा बाइबल अगाडी लेखिएको थियो । यसैले आधुनिक विज्ञानको लागि बाइबल एक मार्गदर्शक जस्तै भएको थियो भन्दा फरक नपार्ला किनकि बाइबल सम्बन्धी धेरै खोज तथा अनुसन्धानहरु आधुनिक विज्ञानले गरेको छ । बाइबल कुनै विज्ञानको पुस्तक होइन तर पनि बाइबलसँग सम्बन्धी धेरै खोज तथा अनुसन्धानहरु भएका छन् । अचम्म लाग्दो कुरा त के हो भने, बाइबलमा उल्लेख भएको विवरण भन्दा फरक विवरण आधुनिक विज्ञानले अहिले सम्म पत्ता लगाउन सफल भएको छैन । चाहे त्यो भौतिक विज्ञान सँग सम्बन्धी होस, वा खगोल विज्ञान सँग होस् वा जीव विज्ञानसँग साथै चिकित्सात्मक विज्ञान जुन सुकै विज्ञानहरु बाझेने प्रकारको तथ्य आज सम्म वैज्ञानिकहरु वा विज्ञानले पत्ता लगाउँन सकेको छैन । पुरातत्त विज्ञान अन्तर्गत हेर्ने हो भने जति बाइबलमा उल्लेख भएका स्थान, बस्तु तथा जीवनशेषहरु अहिले पनि दिनानु दिन पत्ता लागि रहेको छ ।

यहाँ हामीले विज्ञान माथि बााइबलले कसरी प्रकाश गरेका छ वा विज्ञानले पत्ता लागउनु भन्दा कयौँ बर्ष अगाडी नै बाइबलले कसरी आधुनिक विज्ञानको बारेमा बताएको छ भन्ने कुराहरु यहाँ उल्लेख गर्ने प्रयास गरेका छौँ ।

१.बाइबल बैज्ञानिक वा विज्ञानको रूपमा सत्यताले भरिएको छ ।

 कति मानिसहरूले बाइबलमा बैज्ञानिक रूपमा गल्ती छ भन्ने कुराहरू उल्लेख गर्दै बाइलबको बिभिन्न पदहरूलार्इ उल्लेख गर्दै बाइबल गलत छ भन्ने कुरा गर्दछन् । बिशेष गरी उत्पत्तिको पुस्तकमा मानिस र सृष्टिको बारेमा बिभिन्न व्यक्तिहरूले दोष लेखाउछन् । जसले जे दोष लगाए पनि बाइबल बैज्ञानिक रूपमा पनि सहि रहेको छ । बिज्ञान भन्दा पहिला बाइबलको सुरू भएको हो । बिज्ञानले जे भने पनि बाइबल कुनै पनि हालतमा गलत हुनै सक्दैन । विज्ञानले परमेश्वर बनाएको हैन तर परमेश्वरले दिनुभएको ज्ञानको अधारमा विज्ञानको सुरू भएको हो । विज्ञानको सुरू हुनु भन्दा पहिला नै परमेश्वर हुनुहुन्थ्यो । अब हामी बाइबलमा वैज्ञानिक सत्यता वा विज्ञानको सत्यता बारेमा हेर्ने छैँ 

२.अयूब २६:७ मा उल्लेख गरिएको छ ,... शुन्यतामा पृथ्वीलार्इ भुण्डयाउनुहुन्छ ।

बाइबलको यो सत्य बचन अहिले सत्य प्रमाणित भएको छ कि पृथ्वी शुन्यतामा नै झुण्डिएको छ । यस भन्दा अगाडी मानिसहरू सोच्दथे , पृथ्वी ठूलो कछुवा माथि अडिएको छ । कसै कसैले सोच्दथे कि पृथ्वी ठूलो माछाले अड्याइरहेको छ । कसै कसैले त यो पनि सोच्दथे कि पृथ्वीलार्इ ठूलो मानिसले काधमा बोकि रहेको छ तर अज भन्दा ३५०० बर्ष अधि नै अयूबको पुस्तकमा उल्लेख गरिएको थियो कि पृथ्वी सुन्यतामा झुण्डिएको छ । यो कुरा पत्ता लगाउन बैज्ञानिकहरूलार्इ ३५०० बर्ष लाग्यो तर बाइबलमा पहिले नै लेखिएको थियो । यसैकारण बाइबल विज्ञानको नजरमा पनि सही छ


३.बाइबले भन्छ सुर्य पनि घुम्छ
      यहोशु १०:१२-१३ मा यहोशुले सूर्यलार्इ अकाशमा स्थिर गराएको वा रोकेको पाइन्छ , कति व्यक्तिहरूले बाइबल गलत छ किनकि सूर्य घुम्दैन तर पृथ्वी मात्र घुम्छ भन्ने बिचार राख्दथे र केही समय अगाडी सम्म वैज्ञानिकहरूले पनि यहि विश्वास गर्दथे तर अहिले यो प्रमाण भएको छ कि सूर्य पनि घुम्छ । यसैले हामी यो भन्न सक्छ कि बाइबल सत्यताले भरिएको छ ।



४.बाइबलले पृथ्वीको भित्रको संरचनाको बयान गरेको छ ।

    अयूब २८:३ मा ३५०० बर्ष अगाडी नै लेखिएको थयो कि, ।।। पृथ्वीको गहिरो भित्र अध्यारोमा खनिजको खोजी गर्छ । यसले यही भन्छ पृथ्वीको भित्रि भागमा खनिज पदार्थहरू पाइन्छ । यो सत्य हो पृथ्वीको भित्रि भागमा बिभिन्न खनिज पदार्थहरू रहेको पाइन्छ । यसको खोजी वैज्ञानिकहरूले गरेको पाइन्छ ।




५.बाइबलमा चलचक्रको बारेमा उल्लेख गरिएको छ ।

    धेरै मानिसहरूले यो बिचार गर्दथे कि कसरी पानी पर्दछ तर यस कुराको कुराको उत्तर बाइबलले ३५०० बर्ष पहिले नै दिएको थियो । अयूब ३६:२७ र २८ पदले यो कुराको स्पष्ट रूपमा हामीलार्इ बताउदछ कि कसरी पृथ्वीमा पानी पर्दछ भनेर उहाँ लेखिएको छ, उहाँले समुन्द्रबाट पानीको थोपा खिच्नुहुन्छ र आफूले बनाउनुभएको मेघबाट झरी बर्साउनुहुन्छ । यहाँ स्पष्ट रूपमा उल्लेख गरिएको छ कि पृथ्वीमा कसरी पानि पर्दछ भनेर । पृथ्वीमा भएको पानी बास्फिकरण भर्इ माथि गर्इ मेघ गर्जनको रूपमा पानि पर्दछ भनेर बाइबलले बताउदछ र विज्ञानले पनि यही भन्दछ ।


६.ब्राम्मण्डमा असंख्या ताराहरू छन् । 

    केही समय अगाडीको मानिसहरूले भन्दथे कि ताराहरू गन्न सकिन्छ । कति बैज्ञानिकरू यो विश्वास गर्दथे कि जम्मा ११००० ताराहरू छन् भनी विश्वास राख्दथे तर अहिले वैज्ञानिकहरूले यो पत्ता लगाएका छन् कि अकाशमा ताराहरू असंख्या मात्रमा रहेको छन् । यस कुरालार्इ बाइबलले धेरै समय अगाडी नै प्रमाणित गरिसकेको थियो कि ताराहरू असंख्या मात्रामा छन् । यर्मिया ३३:२२ ले भन्दछ, आकाशका तारा गन्न नसकिने।।।। । यसको अर्थ यही हुन्छ कि ताराहरू असंख्या मात्रामा छन् । 






विज्ञान माथि बाइबलको प्रकाश  विज्ञान माथि बाइबलको प्रकाश Reviewed by Sangam Shrestha on November 04, 2021 Rating: 5

No comments:

Powered by Blogger.