नयाँ करार भएका ५ जना याकुबहरुः

नयाँ करार भएका ५ जना याकुबहरु

Writer:Sangam Shrestha.

 नयाँ करारको समयमा भएका बाइबलका भएका ५ जना याकुबहरु



१.याकुब 

१२ प्रेरितहरु मध्ये एक थिए । उनका पिताको नाम जब्दीया थिए । उनका बुबाले माछा मार्ने काम गर्थे । याकूबको आमाको नाम सलोमी हुन् । अक्सर येशूको दैनिक आवश्यकीय खाँचोहरुको व्यवस्था गरिदिन्थिइन  (मत्ती२७ः५०, मर्कूस १५ः४०–४१) । येशुका १२ प्रेरितहरुमा याकुब र उनका भाई यूहन्ना सधै अर्काे दुई दाजु भाई पुत्रस र आन्द्रीयास मिलेर ४ समुह बनाउथे । याकूबको सम्बोधन उनका भाई यूहन्ना बिना काहि पनि भएको पाइदैन । याकूबको मृत्युमा समेत यूहन्ना उल्लेख भएको पाउछौँ (प्रेरित १२ः२) । जब सुसमाचारको पुस्तकमा यी दाजु भाईको कुरा आउछ तब सबै भन्दा पहिला याकूबको नाम पहिला उल्लेख भएको पाउछौँ । हुन सक्छ याकूब अवस्य नै यूहन्नाको दाजु थिए । तर पत्रुस सँगको मेलले येशु ख्रीष्टको पुनरुत्थान पछि यूहन्ना मुख्य बने (प्रेरित ३ः१, ८ः१४) । हेरोद अग्रिपा फस्ट जो हेरोद महानको नााति थिए । उनी द्धारा सन् ४२–४४ को बीचमा याकूब मारिए । याकूब १२ प्रेरितहरुमा पहिलो शहिद र जुन प्रेरितको पुस्तकमा नै उल्लेख भएको छ (प्रेरित १२ः२) । याकूब र यूहन्ना दुबैका गुणका कारण येशुले उनीहरुलाई गर्जनका छोराहरु भन्नुभयो (मर्कुस ३ः१७) । एक समय जब सामरी गाउँका मानिसहरुले येशुलाई स्वागत गरेनन् तब यी दुई दाजुभाईले एलियाले झैँ आगो झारी बदला लिउ भने (लूका ९ः५४–५६, २ राजा १ः१०–१२) । अर्काे समयमा पनि येशुको दायाँ बायाँ बस्ने सवालमा आफ्नो सँगी साथीहरुलाई रिस उठाए (मत्ती २०ः२०–२८, मर्कूस १०ः३५–४५) । येशुका ३ मुख्य चेलाहरुमा याकूब एक थिए पत्रुस, याकूब र यूहन्ना जसलाई येशु प्रभुले गोप्य रुपमा ३ मुख्य समयमा लिएर हिड्नु भएको थियो । पहिलो घटनाः याइसरको छोरीलाई निको पार्दा (मर्कूस ५ः३७, लूका ८ः५१) । दोस्रो घटनाः येशुको रुप परिवर्तन हुदा (मत्ती १७ः१, मर्कूस ९ः२, लूका ९ः२८) । तेस्रो घटना ः येशु गेतसमनी बगैचामा शोकित हुदाँ –मत्ती २६ः३७, मर्कुस १४ः३३)


२. दास्रो याबूकः

याकुब अल्फायसको छोरा थिए । उनी पनि १२ प्रेरित मध्ये एक थिए । यो याकूबको बारेमा धेरै कुरा उल्लेख गरिएको छैन तर १२ प्रेरितको सुचीको सवालमा ९ औँ स्थानमा उनका नाम उल्लेख गरिएको पाइन्छ (मत्ती १०ः३, मर्कूस ३ः१८,लूका ६ः१५,प्रेरित १ः१३) । 


३.तेस्रो याकूबः

जो मरियमको छोरा हुन् (येशुकी आमा होइन) । योसेफको दाई (मत्ती २७ः५६, मर्कूस १६ः१,लूका २४ः१०) यो याकूबलाई सानो याकुब भनेर पनि चिनिन्छ –मर्कूस १५ः४०) । ग्रीक शब्द ःष्पचयक ले सानो भन्ने बताउँछ । यसर्थ यी याकूब होचो थिए तर सानो याकूब भन्ने प्रचलन थियो ।


चौथो याकूबः

यहुदाको पिता –लूका ६ः१६, प्रेरित १ः१३, । यहुदा इस्करियोत जो १२ प्रेरित मध्येमा एक थिए । 


पाचौँ याकूबः 

यो याकूब येशुका भाई थिए । येशुका ४ भाई मध्ये याकूब जेठा थिए (मत्ती १३ः५५, मर्कूस ६ः३)  येशुका ४ भाईहरु याकूब, योसेफ, यहुदा,सिमोन ।


नयाँ करार भएका ५ जना याकुबहरुः  नयाँ करार भएका ५ जना याकुबहरुः Reviewed by Sangam Shrestha on October 25, 2021 Rating: 5

No comments:

Powered by Blogger.