वैज्ञानिक ग्यालिलिया ग्यालिलि जसले परमेश्वरको अस्तित्वमा विश्वास गर्थे । - बाइबल र यसका सत्यताहरू (Sangam Shrestha)

वैज्ञानिक ग्यालिलिया ग्यालिलि जसले परमेश्वरको अस्तित्वमा विश्वास गर्थे ।

https://www.universetoday.com/48756/galileo-facts/


            ग्यालिलिया ग्यालिलिको जन्म ख्रीष्टाब्द १५६४ फेब्रुअरी १५ मा इटालीको ओस्लो सहरमा भएको हो । ग्यालिलियो ग्यालिली, लाई सामान्यतया ग्यालिलियोको नामले चिनिन्छ । यिनी इटालीका भौतिकविज्ञानशास्त्री, गणितज्ञ, खगोलशास्त्री र दार्शनिक थिए जसले वैज्ञानिक क्रान्तिमा प्रमुख भूमिका निभाए । उनले टेलिस्कोपको विकास गरेर अन्तरिक्षको अवलोकनका साथै कपर्निक्यानिज्मको लागि सहयोग गरेका थिए ।  
सत्रौँ शताब्दीको वैज्ञानिक क्रान्तिमा मुख्य भूमिका खेलेको कारण उनलाई “वैज्ञानिक विधिका पिता” भनेर चिनिन्छ । अन्तरिक्षको अध्ययनमा दूरदर्शक यन्त्रको प्रयोग गर्ने प्रथम वैज्ञानिक ग्यालिलि हुन् । उनले नै चन्द्रमामा धरातलमा बेँसी र पर्वतहरु छन् भनेका थिए । यसको साथै चन्द्रमाको आफ्नो प्रकाश हुदैन यसैले सूर्यको प्रकाशलाई परावर्तन गरेर चन्द्रमा उज्यालो हुन्छ भनेर उनले बताएका थिए । उनको यस खोजले अन्तरिक्षको खोजमा व्रmान्ति नै ल्याएको थियो । उनले कोपरनिकसले विकास गरेका पृथ्वी केन्द्रित सिद्धान्तलाई गणितीय साथै व्यावहारिक तथ्यहरु द्धारा प्रमाणित गरिदिए । 
उनी वैज्ञानिक मात्र थिएनन तर परमेश्वर माथि विश्वास राख्ने ईश्वर भक्त पनि थिए । उनले बाइबललाई परमेश्वरको बचन हो भनी विश्वास गरेका मात्र थिएन तर बाइबलका परमेश्वर माथि पनि भरोसा राखेका थिए । उनले भनेका थिए, “स्वर्ग कसरी जाने भनी हामीलाई देखाउन बाइबल लेखियो, स्वर्गहरु कस्ता छन् भनी बताउँन बाइबल लेखिएको होइन ।”  हामीले यो स्वीकार गर्नु नै पर्छ कि उनी माथि क्याथोलिक मण्डलीले अन्याय गरेको हो । तर हामीले यो पनि बुझ्नु पर्छ कि “ग्यालिलियो र मण्डलीबिच भएको द्वन्द्वलाई धर्म र विज्ञानकोबिचको कलहको रुपमा अपव्याख्या गरिएको छ तर यो कुरा बुझेको हुनुपर्छ कि मण्डली र ग्यालिलिबिचको कलह विज्ञान र धर्मबिचको झगडा थिएन । यो त अरस्तुले बुझेको विज्ञान र ग्यालिलियोले देखेको विज्ञानबिचको द्वन्द्व थियो ।” 
यसैले ग्यालिलि बाइबलमाथि विश्वास गर्ने ख्रीष्टियान थिए , उनले बाइबलमाथि मात्र होइन तर बाइबलका परमेश्वरमा पनि विश्वास गर्थे ।


सन्दर्भ सामाग्रीः

1.https://www.britannica.com/biography/Galileo-Galil

2 अधिकारी, कमल, इतिहासमा आज, काठमाण्डौँः सामदान प्रकाशनei,२०१९ ।



अधिक जानकारीकाे लागि

About Author

Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com

YouTube: A.F Channel

Facebook

B.Th., M.Div.(Running), BSW (Running) Founder of Apologetics Faith's Channel and बाइबल र यसका सत्यता, and Also Author of  ख्रीष्टियान विश्वास, बाैद्धिक विश्वास ।






वैज्ञानिक ग्यालिलिया ग्यालिलि जसले परमेश्वरको अस्तित्वमा विश्वास गर्थे । - बाइबल र यसका सत्यताहरू (Sangam Shrestha)  वैज्ञानिक ग्यालिलिया ग्यालिलि जसले परमेश्वरको अस्तित्वमा विश्वास गर्थे । - बाइबल र यसका सत्यताहरू (Sangam Shrestha) Reviewed by Sangam Shrestha on August 19, 2021 Rating: 5

No comments:

Powered by Blogger.