सियोन चर्च कसरी झुटा हो ? बाइबलीय आधार र उनीहरूको विश्वास

सियोन चर्च कसरी झुटा हो ? बाइबलीय आधार र उनीहरूको विश्वास



 

झुटा शिक्षा सियोन चर्च मातापरमेश्वरका संस्थापक आङ सान होंगु यस अर्थमा ख्रीष्ट हुन सक्दैनन् ।

यस लेखमा संसारका विभिन्न देशहरूका साथसाथै नेपालमा पनि विस्तारै विस्तारै फैलँदै गरेको झुटा शिक्षा “वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड” अर्थात् माता परमेश्वर मान्नेहरूको वारेमा छोटो विवरण प्रस्तुत गर्ने जमर्को गरेका छौं । सुरुमा हामी त्यस समुहको सामान्य परिचय तर्फ लाग्नेछौं ।

उनीहरू सन् १९१८ मा कोरियाको एक बुद्धिष्ट परिवारमा जन्मेर ३० बर्षको उमेरमा अर्थात् सन् १९४८ मा सेभेन्थ डे एडभेन्टिष्ट चर्चमा बप्तिस्मा लिएका एक जना कोरियन नागरिक आङ सान होंगलाई नै दोस्रोपटक आउनुभएका ख्रीष्ट भनेर मान्छन् । त्यस्तै उनकी अवैधानिक श्रीमती झाङ्ग गिल जाहलाई माता परमेश्वर भनेर मान्छन्, जबकी झाङ्ग पहिले अर्कै पुरुषसँग विवाह गरी विवाहबिच्छेद गरेर आङ सान होंगसँग अर्को विवाह गरेकी महिला हुन् । उनीहरू आफ्नो चर्चलाई सियोन भन्छन् अनि प्रार्थना गर्दा प्रार्थनाको अन्त्यमा स्वर्गीय पिता आङ सान होंगको नाममा आमेन भन्छन् । उनीहरूले पिता–यहोवे, पुत्र–येशू अनि पवित्र आत्मा भनिएका आङ सान होंगको नाममा बप्तिस्मा दिन्छन् । उनीहरू क्रिसमस मान्नुहुदैन भन्छन् तर आङ सान होंगको जन्मदिन चाँहि धुमधामका साथ मनाँउछन् । मण्डलीमा क्रुस राख्नु हुँदैन, यो मुतिर्पुजा हो भनेर घमण्ड गर्छन् तर आफ्नो सियोनको भित्तामा माता परमेश्वर भनिएकी महिला झाङ्ग गिल जाहको फोटो झुण्ड्याँउछन् । हामीलाई थाहा भए अनुसार उनीहरुले अहिलेसम्म ३ पटक सन् १९६७, १९८८ र २०१२ मा संसारको अन्त हुने झुटो भविष्यवाणी गरेका छन् ।

अब हामीहरू बाइबलबाट केहि यस्ता प्रमाणहरु हेर्नेछौं, जसले सिधै आङ सान होंग दोश्रो पटक आउनुभएका ख्रीष्ट हुन सक्दैनन् भनेर बताउछन ।

प्रमाण १ः येशूको दोश्रो आगमन कसरी हुन्छ रु बाइबलले यस बारेमा के भन्छ अनि आङ सान होंगले त्यो अगमवाणी पुरा गरे या गरेनन् रु 

यो कुरालाई हामी तुलनात्मक ढंगले हेर्नेछौं । बाइबलले भन्दछः “येशू जसरी जानुभएको थियो, त्यसरी नै आउनुहुनेछ ।” हामी एकपटक प्रेरित १:११ हेरौं । येशू आकाशमा उचालिनुभएर बादलमा तिनीहरूका दृष्टिबाट लोप हुनुभएपछि आकाशतिरै हेरेर बसेका गालीलका मानिसहरूलाई दुईजना स्वर्गदुतहरूले भनेका कुरा यो पदमा उल्लेख गरिएको छ । यहाँ यसरी लेखिएको छः “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ रु यहि येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ ।”

यो खण्डबाट हामी जान्न सक्दछौं कि जुन येशू स्वर्गमा उचालिनुभएको थियो, त्यहि येशू नै आउनुहुनेछ । उहाँ जसरी स्वर्गतिर उचालिनुभएको थियो त्यसरी नै अर्थात आकाशको बादल हुदैं फेरि आउनुहुनेछ । मत्ती २४:२७ मा यसरी लेखिएको छः “किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ ।”

प्रकाश १:७ ले त झन् ख्रीष्टको दोश्रो आगमनमा उहाँ हरेक आँखाले देख्ने गरि आउनुहुनेछ भनेर भन्दछ ।

नता आङ सान होंग उही उचालिनुभएका ख्रीष्ट हुन्, नता उनी येशू उचालिनुभएझैं गरि आकाशको बादल हुदैं आए, नता उनी पूर्व पश्चिमका सबैका आँखाले देख्ने वा सबैले थाहा पाउने गरि आए । त्यसकारण हामी यो जान्न सक्दछौं कि आङ सान होंग ख्रीष्ट होइनन् ।

प्रमाण २: के परमेश्वरले मूर्तिपूजा गर्नुभयो त रु के स्वर्गका परमेश्वरले पनि कहिल्यै मूर्तिपूजा गर्नुहोला त रु 

हामी बाइबलबाट एउटा खण्ड हेर्नेछौं । प्रस्थान २०:३ मा यसरि लेखिएको छः “म बाहेक अरु कुनै देवता–देवीहरू नमान्नू । मूर्तिहरूको सामु ननिहुरनु, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका डाह गर्ने परमेश्वर हुँ ।” 

आङ सान होंग २९ बर्षको उमेरसम्म बुद्धिष्ट थिए । उनको परिवार एउटा कट्टर बुद्धिष्ट परिवार थियो ।

उनले यस अवधिमा थुप्रै पटक बुद्धको पुजा पनि गरेका थिए । अब हामी सहजै अनुमान लगाउन सक्दछौं, के स्वर्गका परमेश्वरले कोरियामा आएर बुद्धको पुजा गर्नुभयो होला त रु अवश्य गर्नुभएन । त्यसकारण आङ सान होंग पिता वा पुत्र वा पवित्र आत्मा कोही पनि हुन सक्दैनन् ।


प्रमाण ३: ख्रीष्टले पनि बिवाह गरेर घरजम गर्नुहोला त? 

ख्रीष्टले संसारमा आएर बिवाह गर्नुहुनेछ भनेर बाइबलमा कहीं कतै उल्लेख गरेको छैन । यसै अनुसार येशू प्रभुले पनि विवाह गर्नुभएन । यसको ठ्याक्कै उल्टो आङ सान होंगले बहुबिवाह गरे । यस बिचमा उनले ब्याभिचारको कारण बाहेक पनि विवाह बिच्छेद गरे । जब कि मत्ती १९:९ मा येशू प्रभुले सिधै भन्नुभएको छ कि व्याभिचारको कारण बाहेक सम्बन्ध बिच्छेद गर्ने जो कसैले पनि व्याभिचार नै गर्दछ । पहिलो आगमनमा यस्तो कुरा गर्ने येशू आफैंले दोश्रो आगमनमा चाहीं व्याभिचारको कारण बिना नै पनि बिवाह बिच्छेद गर्नुभयो होला त रु मत्ती २२:३० मा येशूले भन्नुहुन्छः किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन्, न गरिदिन्छन् तर तिनीहरू स्वर्गका स्वर्गदूतहरू जस्ता हुन्छन् । यदि आङ सान होंग नै मृतकबाट बौरिउठ्नुभएका ख्रीष्ट हुन्थे भने त उनले पनि विवाह नगर्नुपर्ने होईन ररु स्वर्ग र पृथ्वी बितेर जानेछन् तर मेरा बचन कहिल्यै बित्नेछैनन् भनेर उहाँले भन्नुभएको होइन र रु यहि कारणले गर्दा पनि हामी स्पष्ट हुन सक्दछौं कि आङ सान होंग ख्रीष्ट होइनन् ।

प्रमाण ४: ख्रीष्टलाई पनि कुनै रोग लाग्ला त रु के ख्रीष्टले पनि आँखा कमजोर भएर चस्मा लगाउनुपर्ने अवस्था आउला त ?

सुसमाचारको पुस्तकहरूको बिभिन्न खण्डहरूमा हामी देख्न सक्दछौंः येशूले हजारौं हजारलाई रोगमुक्त गराउनुभएको, जन्मैको अन्धालाई दृष्टि दिनुभएको अनि मरेको मान्छेलाई पनि जीवित पार्नुभएको कुरा । आङ सान होंगको उपलब्ध सबै फोटोहरुमा हामी देख्न सक्दछौं कि उनी चस्मा लगाँउथे । उनको आँखा निकै नै कमजोर भएका कारण उनले उच्च पावरको चस्मा लगाउनुपरेको थियो । उनको मृत्यु उच्च रक्तचापको समस्याको कारणले भएको थियो । बाइबलले त उही पहिलाको शक्तिशाली येशू अझैं शक्तिशाली भएर आउनुहुने अगमवाणी गरेको होइन र रु के आङ सान होंग नै ख्रीष्ट भएको भए साच्चैं ख्रीष्टले चस्मा लगाउनुपर्ने भएकै होला त रु के ख्रीष्टलाई पनि उच्च रक्तचापको समस्याले सतायो होला त रु के ख्रीष्टको मृत्युको कारण पनि कुनै रोग भयो होला त रु अवश्य भएन । त्यसैकारण हामी सजिलै भन्न सक्दछौं कि आङ सान होंग ख्रीष्ट हुन सक्दैनन् ।

प्रमाण ५: के ख्रीष्टको दोश्रो आगमनमा उहाँको मृत्यु हुन्छ रु कि उहाँ एकपटक मरेपछि फेरि मर्नुहुन्न ?

पवित्र धर्मशास्त्र बाइबलको रोमी ६:९ मा यसरी लेखिएको छ, “हामी जान्दछौं कि ख्रीष्ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुनेछैन । अब उसो उहाँमाथि मृत्युको राज्य हुँदैन ।”

त्यसैगरी प्रकाश १:१७-१८ मा येशू प्रभु स्वयमले यसरी भन्नुभएको छः “नडराउ, आदि र अन्त्य म नै हुँ । म मरेको थिएँ । हेर, म सदा सर्बदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरु म सँग छन् ।”

ख्रीष्ट येशू एकपटक मर्नुभएपछी अब उप्रान्त कहिल्यै पनि मर्नुहुनेछैन भनेर बाइबल धर्मशास्त्रका माथि उल्लेखित खण्डहरुले स्पष्टसँग बताएका छन् । यदि त्यसो हो भने सन् १९८५ मा ६७ बर्षको उमेरमा अर्थात बुढेसकालमा रोग लागेर मरेका कोरियन नागरिक आङ सान होंग ख्रीष्ट हुन सक्छन त रु जो कसैले पनि सहजै अनुमान लगाउन सक्छः पक्कै सक्दैनन् । स्मरण रहोस आङ सान होंगको मृत शरीर आज पनि चिहानमा नै छ । उनको चिहान आज पनि देख्न सकिन्छ ।

माथि उल्लेख गरिएका यी पांच अकाट्य प्रमाणहरूले यो प्रमाणित गर्दछन् कि आङ सान होंग कुनै पनि अर्थमा ख्रीष्ट हुन सक्दैनन् । उनी त बरु बाइबल धर्मशास्त्रले अगमवाणी गरेका झुटा ख्रीष्टहरू मध्येका एक हुन् । यदि धर्मशास्त्रलाई खोतल्दै जाने हो भने आङ सान होंग दोश्रो ख्रीष्ट हुन् भन्ने गलत तर्कलाई खारेज गर्ने अरु दर्जनौं प्रमाणहरु भेटिन्छन् ।


निस्तार चाडको सम्बन्धमा

उनीहरू दावी गर्छन् कि हिब्रु क्यालेन्डर अनुसार निसान महिनाको चौधौं दिन ९लेवी २३स्५० मा निस्तार चाड नमनाउने कसैले पनि उद्धार मुक्ति प्राप्त गर्दैनन् । तर पुरानो नियममा उल्लेखित यस चाड यहुदीहरूको निम्ति मात्रै हो भनेर पुरानो नियमका साथसाथै नयाँ नियमले पनि स्पष्ट बताँउदछ यूहन्ना ६:४० ।

निस्तार चाड नमान्दासम्म मुक्ति पाउन असम्भव छ भन्ने उनीहरूको तर्क सम्पूर्ण हिसावले अबाइबलिय छ । ख्रीष्ट येशूले क्रूसको अति दर्दनाक पीडा सहेर उहाँमाथि विश्वास गर्नेहरूलाई कसैले हरण गर्न नसक्ने उद्धार-मुक्तिको प्रबन्ध गरिसक्नुभएको छ भनेर धर्मशास्त्रका विभिन्न खण्डहरूमा उल्लेख गरिएको छ ।

अब हामीहरू बाइबलबाट केहि यस्ता खण्डहरू हेर्नेछौं, जुन खण्डहरूले बताँउदछन् कि येशूले क्रूसको मृत्युद्वारा सबै पुराना बिधिबिधानहरू रद्द तुल्याउनुभएको कारण उहाँमाथि विश्वास गर्ने हरेकले निस्तार चाड बिना नै पनि उद्धारमुक्ति प्राप्त गर्न सक्दछन् ।

प्रेरित १६:३१

अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईंले उद्धार पाउनुहुनेछ– तपाईं र तपाईंका परिवारले ।”

झ्यालखानाको हाकिमले पावल र सिलाससँग उद्धार पाउने उपायबारे सोध्दा उनीहरूले निस्तार चाड मान्नुस् अनि उद्धार पाउनुहुनेछ भनेर भन्दैनन् तर प्रभु येशूमा विश्वास गर्न सल्लाह दिन्छन् । यदि माता मान्नेहरूले दावी गरेजस्तै उद्धार मुक्ति प्राप्त गर्नलाई निस्तार चाड मान्नु अनिवार्य नै भएको भए पवित्र आत्माको प्रेरणाद्वारा बाइबल लेख्ने महान अबशर प्राप्त गरेका पावलले त्यसै अनुरुपको सल्लाह दिंदैनथे ररु तल उल्लेखित खण्डहरू पनि हेर्नुहोलाः

गलाती ४:१०-११ र कलस्सी२:१४-१६र हिब्रु ९:१२ र एफिसी २:८-९ र यूहन्ना ५:२४ र यूहन्ना ६:४० र यूहन्ना ६:४७ यसरी हामी प्रष्ट हुन सक्दछौं कि मुक्ति पाउनलाई निस्तार चाड मान्नैपर्ने उनीहरूको दाबी इश्वरीय दाबी होइन ।

अक्सर सोधिने प्रश्नहरु

प्रभुको मृत्युको सम्झनाको भोज अर्थात प्रभु भोजमा बर्षमा एकपटक सहभागी हुने कि पटक पटक ?

उनीहरुले दावी गर्छन्ः पुरानो नियमको आधारमा बर्षमा एकपटक हिब्रु क्यालेन्डर अनुसार निसान महिनाको १४ औं दिनमा मात्र प्रभुको मृत्युको सम्झनामा रोटी भाँच्ने र कचौराबाट पिउने काम गरिनुपर्छ, पटक पटक सहभागी हुनुहुंदैन । 

तर बाइबल धर्मशास्त्रको १ कोरिन्थी ११:२५ मा यसरी लेखिएको छ,  जहिले जहिले तिमीहरु यो पिंउछौ मेरो सम्झनामा यो अक्सर गर ।

यो अक्सर शब्दको अर्थ बिश्वबिख्यात विक्सनेरीले “प्रायः” वा “धेरैजसो” भनेर लगाएको छ । यसबाट हामी प्रष्ट हुन सक्दछौं कि बर्षमा एकपटक मात्रै सहभागी हुनपर्ने भन्ने उनीहरुको दावी बाइबल बिपरित छ ।

प्रकाश २२:१७ मा उल्लेखित “दुलही” ले कसलाई जनाँउछ रु 

उनीहरु दावी गर्दछन् कि प्रकाश २२:१७ मा भएको “दुलही” ले परमेश्वरको श्रीमतीलाई जनाँउछ । यो पनि दावी गर्दछन् परमेश्वरकी श्रीमती अहिले कोरियामा जीवित रहेकी झाङग गिल जाह हुन्, जो ख्रीष्ट भनिएका आङ सान होंगकी अबैधानिक श्रीमती थिइन् ।

तर बाइबलले स्पष्ट अर्थमा बताँउछ की ख्रीष्टकी दुलही चाँहि कोहि एक महिला नभएर मण्डली हो । पढ्नुहोसः २ कोरिन्थी ११:२-४

क्रिसमस वा इष्टर मान्न मिल्ने की नमिल्ने ?

उनीहरुले भन्छन्ः क्रिसमस वा इष्टर मान्नु बाइबल बिपरित छ, यो मान्नु मूर्तिपूजा गर्नुजस्तै हो । मर्कुस ९:३८–४० लाई छलफल गर्ने हो भने हामी बुझ्न सक्दछौं की येशूको शिक्षाको बिरोध नगर्ने कुराहरूलाई येशूले कहिल्यै पनि रोक्नुहुन्न । त्यसप्रकारका कुराहरूलाई उहाँले सहजै स्वीकार गर्नुहुन्छ । येशूले अह्राउदै नअह्राउनुभएको ब्यक्तिले येशूको नाममा भुत धपाँउदा उहाँले त्यसलाई नरोक्न भन्नुभयो किनकि त्यस कामबाट पनि प्रभुको नै महिमा हुनेवाला थियो । त्यसरी नै बाइबलमा स्पष्ट नलेखिएकै भए पनि सारा मानवलाई पापमुक्त गराउने परमेश्वरको अद्भुत र प्रेमपूर्ण योजनाको सम्झनामा हामीहरु उहाँकै महिमाको निम्ति क्रिसमस वा इष्टर मनाउछौं । हामीले मुक्ति पाउनको निम्ति नभएर परमेश्वरको महिमाको निम्ति मात्रै यी उत्सवहरू मनाँउछौ । मुक्ति पाउने आधार क्रिसमस वा इष्टर मान्नु नभएर हाम्रो विश्वास र परमेश्वरको अनुग्रह हो भन्ने कुरामा पनि हामी स्पष्ट छौं ।


मातापरमेश्वरवादीहरुलाई सोध्नु पर्ने सात प्रश्नहरुस्:

यदि परमेश्वरलाई सृष्टिको निम्ति पत्निको जरुरत परेको हो भने किन परमेश्वरले आदमलाई माटोबाट रचना गर्नु पर्यो उत्पत्ति २-७ ?

प्रभु येशू ख्रीष्ट कन्या मरियमको कोखबाट जन्मिनु भएको बाइबलले खुलासा गर्छ १ कोरियाली आङ साङ हुङको श्रीमती जाङ्गिल झा कसरी मातापरमेश्वर बन्न पुगिन मत्ती १:१८:२५० ?

बाइबलले परमेश्वर इस्राएलको यरुशलेमबाट आउनुहुन्छ भनेको छ । मातापरमेश्वर कोरियामा जन्मिन्छिन भनी गरिएको एउटा मात्र पनि भबिस्यबाणी बाइबलमा कहाँ छ मत्ती २:६ ?

येशू ख्रीष्टलाई पुनरुथान हुन्हुभएको प्रभु र मुक्तिदाता भनी नस्वीकारी मुक्ति छैन भन्छ बाइबलले । माताबाट मुक्ति पाइन्छ भनी कहाँ लेखेकोछ रोमी १०:९-१०?


गलाती ४:२६ र प्रकाश २१:१-४ ले नयाँ येरुशलेमलाई रुपक दृष्टान्तको रुपमा माता भनेको छ । के त्यही नयाँ येरुशलेम पिता र पुत्र दुबैका पत्नी हुन रु स्वर्ग कसरी मातापरमेश्वर हुन सक्छ र?

स्वर्गमा बिवाहवारी नै हुदैन भनी प्रभु येशूले सिकाउनु भयो । कसरी परमेश्वरको पनि पत्नी हुन सक्छ मत्ती २२:२३-३३, मर्कूस १२:१८-२७, लूका २०:२७-४० र?

पिता, पुत्र, पवित्रआत्मा त्रीएक परमेश्वरलाई अल्मल्याउन पवित्रआत्मालाई स्त्रीलिङ्ग परमेश्वरको संज्ञा दिने रु बाइबलले पवित्रआत्मालाई कहाँ माता भनी सम्बोधन गरेको छ ?


सियोन चर्च कसरी झुटा हो ? बाइबलीय आधार र उनीहरूको विश्वास  सियोन चर्च कसरी झुटा हो ? बाइबलीय आधार र उनीहरूको विश्वास Reviewed by Sangam Shrestha on June 29, 2021 Rating: 5

No comments:

Powered by Blogger.