पलिश्तीहरू क्रेटबाट आएका थिए (पुरातत्विक रूपमा प्रमाणित) ||PHILISTINE DNA STUDY SUPPORTS THE BIBLE||

पलिश्तीहरू क्रेटबाट आएका थिए (पुरातत्विक रूपमा प्रमाणित) ||PHILISTINE DNA STUDY SUPPORTS THE BIBLE||



नयाँ डि.एन.ए को अध्ययनबाट यो पत्ता लागेको छ कि पलिश्तीहरु क्रेट बाट आएका थिए[i]

केही पुरातत्विविदहरुले अश्कलोनको चिहानमा खोज गरिरहेका थिए । उनीहरुले त्यहाँ केही कङ्कालहरु पाए । उनीहरुले त्यस कङ्कालको अनुसन्धान गर्दा त्यसको डी.एन.ए मा उनीहरुले एक नयाँ कुरा पत्ता लागाए । त्यो हो पलिश्तीहरु क्रेट भन्ने क्षेत्रबाट यस क्षेत्रमा बसाई सकेका हुन् । अर्थात पलिश्तीहरु पहिला क्रेट भन्ने क्षेत्रमा बसोबास गर्थे भन्ने कुरा पत्ता लगाए ।सुन्दा अचम्म लाग्दा । यो कसरी हुन सक्छ भन्ने प्रश्न मनमा आउनु स्वभाविक नै हुन् । यसको उत्तर दिने कोसिस हामी गर्ने छौँ ।



त्यहाँ अनुसन्धान गरिरहेका व्यक्तिहरुले दात र कानबाट १० वटा हड्डीका टुक्राहरु निकाल्न सफल भए  । उनीहरुले त्यस हड्डीहरुबाट डि.एन.ए निकाल्ने काममा जुटे र त्यसमा सफल पनि भए । डी.एन.ए लिनको निम्न लिइएको हड्डीहरु बिभिन्न उमेरका मृत मानिसको कङ्कालबाट लिइएको थियो ।४ जना शिशुहरुको कङ्कालबाट हड्डी परिक्षणको लागि लिएको थियो । ती शिशुहरुलाई घरको मुनी गाडिएको थियो ।  यस परिक्षणबाट पत्ता लग्यो कि २५ देखी ७० प्रतिशत सम्म डि.एन.ए त्यहा बस्ने एईजेअन(Aegean) मानिसहरु र वरपरका क्षेत्रका मानिसहरु सँग मिल्दथियो । उनीहरुको अनुसन्धानबाट यो कुरा स्पष्ट रुपमा पत्ता लाग्यो कि त्यहाँ वरपर भएको ४३ प्रतिशत मानिसहरु जो ग्रीकहरु थिए उनीहरुको पूखौलीहरु क्रेटहरु थिए । उनीहरुले त्यहाँ बस्ने मानिसहरुसँग पनि डि.एन.ए परिक्षण गरे । त्यस परिक्षणले के पत्ता लाग्यो भने उनीहरुले लिएको डि.एन.ए यहाँका स्थानीय लेभान्टिन (Levantine) मानिसहरुसँग मिल्दथियो ।[ii]


                          A Philistine infant burial. (Credit: Robert Walch, Leon Levy Expedition to Ashkelon)

                पलिश्तीहरुले त्यहाँका स्थानीय बासिन्दाहरुसँग अन्तरजातिय विवाह गरेका थिए भन्ने कुरा यस अनुसन्धानले पत्ता लागेको छ । बाइबलमा पनि पलिश्तीहरुले अनन्तजातिय विवाह गर्नको लागि अनुमत्ती दिएको कुरा हामी थाहा पाउँछौँ । जस्तै न्यायकर्ता शिमशोनको विवाह ।

A burial in the Philistine cemetery from later the Iron Age, carbon-dated to around 900 BC. (Credit: Tsafrir Abayov, Leon Levy Expedition)

यसले बाइबलको कुरालाई पुष्टि गर्दछ । पलिश्तीहरु क्रेटमा बस्दथे भन्ने कुरा बाइबलमा पनि लेखिएको छ । यर्मिया ४७ः४ मा लेखिएको छ “किनभने पलिश्तीहरुको नाश हुने दिन आएको छ । बाँचेकाहरुमध्ये टुरोस र सीदोनलाई सहायता गर्न सक्नेहरु सबै नष्ट हुनेछन् । परमप्रभुले पलिश्तीहरुलाई नाश गर्न लाग्नुभएको छ, कप्तोरका (क्रेट) किनारहरुका बाँकी रहेकाहरुलाई ।” यस पदमा उल्लेख भएको कप्तोर भन्ने स्थान क्रेट हो ।

    Excavation of skeletal remains at the Philistine Cemetery at Ashkelon. (Credit: Melissa Aja, Leon Levy Expedition to Ashkelon)



अधिक जानकारीकाे लागि

About Author

Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com


B.Th., M.Div.(Running), BSW (Running) Founder of Apologetics Faith's Channel and बाइबल र यसका सत्यता, and Also Author of  ख्रीष्टियान विश्वास, बाैद्धिक विश्वास ।

[i] https://biblearchaeologyreport.com/2019/12/27/top-ten-discoveries-in-biblical-archaeology-in-2019/

[ii] https://patternsofevidence.com/2019/07/20/philistine-dna-study-supports-bible/

पलिश्तीहरू क्रेटबाट आएका थिए (पुरातत्विक रूपमा प्रमाणित) ||PHILISTINE DNA STUDY SUPPORTS THE BIBLE|| पलिश्तीहरू क्रेटबाट आएका थिए (पुरातत्विक रूपमा प्रमाणित) ||PHILISTINE DNA STUDY SUPPORTS THE BIBLE|| Reviewed by Sangam Shrestha on June 07, 2021 Rating: 5

No comments:

Powered by Blogger.