नासरत भन्ने स्थान के वास्तवमा नै थियो त ? ||पुरातत्त्वविद्या र बाइबल|| Author-Sangam Shrestha|| बाइबल र यसका सत्यता ||
येशू नासरतमा हुर्कनुभयो भनी बाइबलमा घरीघरी उल्लेख भए तापनि येशूको समयमा नासरत भन्ने ठाउँ नै थिएन भनी बाइबलका आलोचकहरूले दाबी गरे । यस विषयमा पुरात्त्वविद्याले के भनेको छ ?
नासरत
भन्ने स्थान वास्तवमा नै थियो[1]
नयाँ करारमा नासरत भन्ने स्थानको
बारेमा (मत्ती:२३, ४ः१३,२१, मर्कूस
१ः२४,१०ः४७, लूका ४ः१६,१८ः३७, यूहन्ना
१ः४७,१८ः५, प्रेरित
२ः२२) आदी स्थानहरुमा उल्लेख गरिएको छ । तर कति बाइबल बिरोधीहरुले इतिहासमा यो
स्थान काही पनि थिएन भनेर बाइबलमाथि आलोचना गरे । ऐतिहासिक रेकर्डमा नासरत भन्ने
स्थान उल्लेख नभएको कारणले केही आलोचकहरुले बाइबलको र येशूको अस्तित्व माथि पनि
प्रश्न उठाए । तर ख्रीष्टाब्द २००९ मा इस्राएलको पुरात्त्वविद्हरुले एक जमिनमा
उल्खनन् गरी रहेका थिए त्यहाँ उनीहरुले पहिलो शताब्दीमा एक घरको फेला पारे त्यो स्थान
नासरत थियो । त्यस उल्खनन्को निर्देशक वा प्रमुख व्यक्ति यार्डन एक्लेक्जान्ड्रे (Yardenna
Alexandre) थिए । उनले भने कि “यो खोज एकदम महत्वको छ किनकि यो पहिलो
पटक यहूदी नासरतको गाउँबाट आएको घरबाट प्रकट हुन्छ र यसैले येशूको समयको
जीवनशैलीमा प्रकाश पार्छ । हामीले भेट्टायौं भवन सानो र सजिलो छ र यो त्यस अवधिमा
नासरतको निवासहरूका लागि बिशेष प्रकारको हो ।”[2]
हामीहरूसँग जोडिनको लागि साथै यस्तै रोचक जानकारीहरूकाे लागि हाम्रो च्यानललाइ सस्क्रइब गर्न सक्नु हुनेछ ।
अधिक जानकारीकाे लागि
About Author
Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
sthasangam333@gmail.comPhone: 9861310079Blogger: https://sangamshresth.blogspot.com
[1] https://www.premierchristianity.com/Past-Issues/2017/March-2017/9-archaeology-finds-that-confirm-the-New-Testament
[2] https://www.premierchristianity.com/Past-Issues/2017/March-2017/9-archaeology-finds-that-confirm-the-New-Testament
नासरत भन्ने स्थान के वास्तवमा नै थियो त ? ||पुरातत्त्वविद्या र बाइबल|| Author-Sangam Shrestha|| बाइबल र यसका सत्यता ||
Reviewed by Sangam Shrestha
on
May 29, 2021
Rating:
No comments: