धर्म परिवर्तनले मात्र जातिय भेदभाव हट्दैन । ||Sangam Shrestha||

धर्म परिवर्तनले मात्र जातिय भेदभाव हट्दैन


             संसारमा विभिन्न प्रकारका विभेदहरु रहेको पाइन्छ । काही रङ्गको आधारमा गरिने विभेद, काही, धर्मको आधारमा गरिने विभेद, काहि धनी र गरिव बर्ग बीच गरिने विभेद भने काहीँ जातको नाममा गरिने विभेद । जन्मको आधारमा नै गरिने विभेदलाई जातीय विभेद भनिन्छ । अठारौँ–उन्नाइसौँ शताब्दीका भारतका कविसाथै लेखक रवीन्द्रनाथ ठाकुरले भनेका थिए, “यदि हिन्दु धर्मोन्मत्त विधर्मीहरूको घातक आक्रमणबाट आफ्नो रक्षा गर्न चाहन्छौँ भनेदेखि जातपातलाई सर्वथा त्याग गरेर आफन्तहरूलाई सङ्गठित गर्नुपर्छ ।” 

  जातको कारणले कति मानिसहरु कुटिए, पिटिए, शोषित भए, कतिलाई मारे भने कतिलाई मानसिक दवाब दिएरको घटनाहरु हाम्रा समाजमा निकै सुन्न पाइन्छ । कति पय व्यक्तिहरुले यस जातीय भेदभावलाई आफ्नो संस्कृति वा पराम्पराको रुपमा मान्दछन् 

वर्तमान समयमा जातिय छुवाछुत कसरी हटाउने भन्ने विषयमा निकै बहस चलेको पाइन्छ । अनुपातको आधारमा पहिला भन्दा केही हदसम्म जातिय भेदभाव हटेको हो । तर कल्पना गरे अनुरुप जातिय भेदभाव हट्न भने सकेको छैन । जातिय छुवाछुत हटाउनको लागि विभिन्न बिषयहरुमा बहस भएको पाइन्छ र धेरै पद्धतीहरूलाई प्रयोग गरिएको छ । जस्तैः समाजमा जनचेतना फैलाउँने, अन्तरजातिय विवाह गर्ने, जातिय भेदभाव विरुद्धमा विभिन्न अभियानहरू संचालन गर्ने, शिक्षा सबैको पहुँचमा पुराउँने, सरकारी कार्यलय वा गैर सरकारी कार्यलयहरुका अनिवाय रुपमा दलित व्यक्तिहरूको सहभागीता तथा सदस्यता राख्ने जस्ता विभिन्न कार्यहरू भई रहेका छन्् । ती मध्ये सबै भन्दा बढी रुपमा अपनाईएको पद्धती भनेको धर्म परिवर्तन हो । अधिकाशं जातको कारणले नै धर्म परिवर्तन गरि रहेका छन् । हिन्दू धर्मबाट इसाइ, मुस्लिम,बुद्धिष्ट तथा अन्य धर्ममा विश्वास गरेका छन् साथै कोही नास्तिक भएका छन् । 

तर धर्म परिवर्तनले मात्र जातिय भेदभाव हट्दैन । जातिय भेदभाव हट्नको लागि पहिला आफ्नो मस्तिष्कबाट जातिय वर्ण व्यवस्थाको र जातिय विभेद हट्नु पर्छ । जातिय भेदभाव त्यस बेला मात्र हट्छ जब हामीले जातको आधारमा होइन मानवताको आधारमा एक अर्कालाई हेछौँ । धर्म परिवर्तनले जातिय भेदभाव हटेको छ तर कसमा मात्र हटेको छ ? भन्ने प्रश्न आउँछ । जातिय कुरा त्यस व्यक्तिमा मात्र हटेको छ जसले धर्म परिवर्तन गरेको छ । तपाईंको छिमेकीले तपाईंलाई विभेद गरि नै रहेको छ । तपाईंको बिचार र व्यवहारबाट जातिय भेदभाव हट्यो तर तपाइंको परिवारको वा अग्रज वर्गको मस्तिष्कबाट पनि के जातिय भेदभाव हट्यो त? तपाईले धर्म परिवर्तन गर्नु भयो तपाईंको नजरमा अब कुनै जात छैन तर यो समाज जसले अझै पनि त्यही जात प्रथालाई नै अगाडी बढाई रहेको छ । जो अझै पनि जातिय प्रथालाई हटाउन चाहादैन । 

हामी त उच्च जातको व्यक्तिहरु हौँ । तल्लो जात भएको व्यक्ति सँग विवाह गर्न हुदैन है । हामी त यो जातको हौँ यसैले विवाह चाहिँ जात मिल्नै सँगै गर्नु पर्छ  भन्ने वाक्य सायद तपाईंले पनि सुन्नु भयो होला । तपाईंले धर्म परिवर्त गर्नु भयो तपाईलाई जातिय भेदभाव अपराध हो भन्ने थाहा छ तर तपाईंको परिवार त अझै पनि त्यही पुरानै विचारमा बाचिँ रहेको छ । त्यसको लागि तपाईंले कुनै पनि विद्रोह गर्नु हुन्न किन ? तैले हाम्रो धर्म त छोडिस तर विवाह चाहिँ आफ्नै जातको विवाह गर है । यो भनाई त पक्का सुन्नु भयो होला ।

यस्तो अवस्थामा तपाईं के गर्नुहुन्छ र भन्नु हुन्छ ? याद गर्नुहोस् तपाईं परिवर्तन हुनु भएको हो तपाईंको परिवार र समाज होइन । जातिय भेदभाव विरुद्धमा खुलेर बोल्न सक्नु हुन्छ त के तपाईं ? कि विवाह त आफ्नै जात सँगै गर्नु पर्छ भनेर सोचि रहनु भई रहेको छ ? 

धर्म परिवर्तनले मात्र जातिय भेदभाव हट्दैन । तपाईं परिवर्तन हुनु भयो तर परिवार र समाज त होइन नि । तपाईले सबै मानिसलाई जातको आधारमा होइन मानवताको नजरले हेर्नु हुन्छ तर तपाईंको परिवार तथा समाज त हेर्दैनन् ।

यसैले पहिला परिवार भित्रै बाट जातिय भेदभावको बिरुद्धमा कुरा गर्न, छलफल गर्न सुरु गर्नु होस् । तपाईं परिवर्त हुनु भयो अब परिवारलाई परिवर्त गर्नुहोस् । तपाईको नजरले देख्नु भएको मानव अब तपाईंको परिवारलाई पनि देखाउँनु होस् । 

म एक इसाइ हुँ, र म गर्भ साथ भन्न सक्छु कि मेरो परिवारमा कुनै जातिय भेदभाव छैन । फरक यति हो कि म इसाइँ हुँ र मेरो परिवार हिन्दू । तपाईं परिवर्तन हुनु भयो सबै समस्याको समाधान हुन्छ भन्ने भ्रम हटाउनु होस् अब तपाईंको काँधमा जिम्मेवारी थपिएको छ परिवार र समाजलाई परिवर्तन गर्ने । धर्मलाई मुख्य आधार नबनाउँनु होस् । मानवतालाई आधार बनाउँनु होस् । 

मैले त मेरो परिवारलाई परिवर्त गर्न सके तपाईंले पनि सक्नुहुन्छ । मैले गरि देखाए कि परिवर्तन सम्भव छ अब पालो तपाईंको । हरेक परिवारबाट नै जातिय भेदभावको विरुद्धको एक जना व्यक्ति मात्र बोल्छौँ र सुधार गर्ने प्रयास गर्छौै भने सम्भवत केही समय पछि यो कु्प्रथा अन्त्य होला । नत्र म अरु कुनै बाटो देख्दिन । ज्ञान अब दिमागमा मात्र होइन मन र व्यवहारमा ल्याउँन आवश्यक छ । 

जातिय भेदभावको विरुद्धमा आफ्नो परिवारमा खुलेर बोलौँ । मानिसले मानिस होइन तर सोच परिवर्तन गर्न आवश्यक छ । यो पुस्ता बिते पछि परिवर्तन भई हाल्छ भन्ने भ्रम हटाउनु होस् । आज नगरे कहिले गर्ने र हामीले नगरे कसले गर्ने । 


अधिक जानकारीकाे लागि

About Author

Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com


B.Th., M.Div.(Running), BSW (Running) Founder of Apologetics Faith's Channel and बाइबल र यसका सत्यता, and Also Author of  ख्रीष्टियान विश्वास, बाैद्धिक विश्वास ।




धर्म परिवर्तनले मात्र जातिय भेदभाव हट्दैन । ||Sangam Shrestha|| धर्म परिवर्तनले मात्र जातिय भेदभाव हट्दैन । ||Sangam Shrestha|| Reviewed by Sangam Shrestha on June 27, 2021 Rating: 5

No comments:

Powered by Blogger.