आदिमा परमेश्वरले नर र नारी नै गरी मानिस सृष्टि गर्नु भयो । परमेश्वरले मानिस बनाउँने प्रकृयामा कुनै जात छुट्याउनु भएन केवल पुरुष र स्त्री मात्र बनाउनु भयो अर्थात परमेश्वरले त्यहाँ कुनै जातको मानिस बनाउनु भएन । मानिसको कुनै जात हुदैन । मानिसको जात हुन्छ भने त्यो जात हो “मानिस” मानिस बाहेक यहाँ अरु कुनै जात छैन । बाइबलले कहिले पनि जातको आधारमा मानिसलाई विभाजन गरेको छैन् । तर हामीले यो भुल्नु हुँदैन कि बाइबलमा विभिन्न जातिहरुको बारेमा भने उल्लेख गरिएको छ । जात र जाति बिल्कुलै फरक कुरा हो । जात र जाति एउटै होइन । नेपाली बृहत् शब्दकोशले जातिको बारेमा भन्छ, “राष्ट्रियता र भौगोलिक सीमाका आधारमा छुट्टिने मनुष्यका जातिको विभाग” यसैले जात र जाति फरक बिषय हो । बाइबलले जातिय आधारमा विभेद गर्नु पर्छ भन्ने कुरा काहीँ पनि सिकाएको छैन । बरु बाइबलले हामीलाई बताउँछ कि “हामीले अब ख्रीष्ट येशू, जो महिमाको प्रभुमाथि विश्वास गरेको हुनाले कसैमाथि हामी भेदभाव नदेखाऔँ ।” किनकि जब परमेश्वरले मानिसको सृष्टि गर्न लाग्नु भयो तब भन्नु भयो, “यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरुपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरुलाई सृष्टि गर्नुभयो ।” “परमेश्वरको अघि सबै मानिसहरु समान छन् । येशू सबै जातिहरुका मानिसहरुका निम्ति मर्नुभयो (यूहन्ना ३ः१६) सबैले उद्धार पाउन् भन्ने परमेश्वरको इच्छा गर्नुहुन्छ (यूहन्ना ३ः१७)” परमेश्वरले मानिसलाई सृष्टि गरी उहाँले काममा खटाउनुभयो तर काम या अन्य आधारमा बर्गीकरण गर्नुभएन । बाइबलले पनि हामीलाई सिकाउँछ कि, “अब न त यहूदी छ न ग्रीक न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरु सबै एउटै हौँ ” गलाती ३ः२८ । यसैले बाइबले पनि हामीलाई यही सिकाउँछ कि हामी सबै एउटै हौँ । यसको अर्थ हामीहरुमा विभिन्न जात छैन एउटै जातका हौँ । १ पत्रुस २ः९ ले पनि भन्दछ, “तर तिमीहरु त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका प्रजा हौँ ...” यसैले हामीहरुमाझमा अरु कुनै जात छैन हामी परमेश्वरका पवित्र जाति हौँ । यसैले मण्डलीमा एक अर्का प्रति कुनै भेदभाव देखाउँनु हुदैन । यस्तै येशू ख्रीष्टले पनि भन्नु भएको छ, “तैंले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू ।” यसैले हामीले सबैलाई आफैलाई झै प्रेम गर्नु पर्दछ । हामीहरुले मानिस मानिस बीचमा जातयि भेदभाव गर्नु हुदैन । यदि हामी आफैले एक अर्कामा विभेद गछौँ भनेता हामीमा ख्रीष्टको प्रेम झल्किदैन र हामीले ख्रीष्टको बचनलाई असल तरिकाबाट बुझेका हुदैनौँ । यसैले जातीय भेदभाव अन्त्यको लागि हरेक मण्डलीले आवाज उठाउनु पर्छ । अहिले नगरे कहिले गर्ने र हामीले नगरे कसले गर्ने ? लेखक साथै अनुवादक कमल अधिकारी लेख्छन्, “बाइबलीय विवरणअनुसार परमेश्वरले केवल पुरुष र स्त्रीलाई सृष्टि गर्नुभयो, कथित माथिल्लो र तल्लो जातिलाई होइन ।”
About Author
Name: Sangam Shresthasthasangam333@gmail.comPhone: 9861310079Blogger: https://sangamshresth.blogspot.comB.Th., M.Div.(Running), BSW (Running) Founder of Apologetics Faith's Channel and बाइबल र यसका सत्यता, and Also Author of ख्रीष्टियान विश्वास, बाैद्धिक विश्वास ।
Reviewed by Sangam Shrestha
on
June 26, 2021
Rating:



No comments: