वैज्ञानिक लुई पास्चर जसले परमेश्वरमाथि विश्वास गर्थे || परमेश्वर माथि विश्वास गर्ने वैज्ञानिक ||

वैज्ञानिक लुई पास्चर जसले परमेश्वरमाथि विश्वास गर्थे

 लुई पास्चर 


            लुई पास्चर सन् १८२२ मा फ्रान्समा जन्मेका रसायन विज्ञानको क्षेत्रमा मानव जगतमा ठूलो योगदान पुर्यायाका विश्वप्रसिद्ध वैज्ञानिक हुन् । लुई पास्चर फ्रान्सका रसाएनशास्त्रीसाथै सुक्ष्म–जीवशास्त्री हुन्  उनको जन्म २७ डिसेम्बर १८२२ मा फ्रांसको डोल जुरा स्थानमा भएको थियो । संसारका प्रसिद्ध रसायनज्ञ (chemist)  रोगहरूका कारण र रोकथामको निम्ति उनले बिशेष योगदानका गरेका छन् । यसैले उनलाई अधिकांश वैज्ञानिकहरूले महान्तम जीवशास्त्रीको रूपमा आदर गर्छन् । उनलाई “सुक्ष्म–जीवविज्ञान” का पिता भनिन्छ ।

https://twitter.com/UIMP/status/1343130620067803137


            पास्चर रेविज रोगको विरुद्ध लगाइने खोपका कारण विश्वमा प्रसिद्ध छन् ।  रेविज रोगका कारण र रोकथाममा सम्बन्ध तथ्यहरु पत्ता लगाई रेविज बिरुद्धको औषधी पत्ता लगाएको कारण लाखौँ मानिसको ज्यान बचाएका छन् । उनीद्वारा गरिएका खोजहरूले शिशु जरो(puerperal fever)को कारण हुने मृत्युदरमा कमी आयो साथै रेबिज् (कुकुर स्याल आदि जानवरको बौलाउने बिमार) रोकथामको सर्वप्रथम भ्याक्सिन (Vaccine) उनले बनाए्र बनाएका थिए ।[1]  रेबिज, भ्यागुते रोग, साङ्घातिक खटिराजस्ता थुप्रै घातक रोगहरूको विरुद्धमा तिनले खोपहरूको विकार गरे । मानव जीवन बचाउनको लागि पास्चरले सर्वाधिक योगदान पुर्याए ।[2]  पास्चरले टि.वी., रेसा कीरा, रेबिजको भ्याक्सिन पत्ता लगायाका थिए। पास्चरले यसका अतिरिक्त खाद्य पदार्थ सुरक्षित राख्ने उपाय पनि पत्ता लगाएका थिए । उनी पास्चराइजेसन विधिका अविस्कारक हुन ।
धेरै जसो मानिसहरुले लुई पास्चरले परमेश्वरको अस्तित्वलाई इन्कार गरेका थिए भनी विश्वास गर्दथे । वास्तवमा उनी रोमन क्याथोलिक विश्वासी थिए । उनी एक आध्यात्मिक व्यक्ति पनि थिए । उनी विश्वास गर्थे कि यो ब्रह्माण्ड व्यवस्थित हुनु र संगठित हुनुमा परमेश्वरको हात छ ।[3]

https://roar.media/hindi/main/around-the-world/the-great-scientist-louis-pasteur-hindi-article


            उनले पत्ता लगाएका अधिक खोजहरु १८ औँ शताब्दीमा महान वैज्ञानिक चाल्र्स डार्विनले विकास गरेका ‘डार्बिनवादी सिद्धान्त’को विपरीत थिए ।[4]  पास्चरका खोजहरू स्वतः जनन र डार्बिनवादी सिद्धान्तको विरुद्धमा देखा परेकाले त्यस बेला तिनले उग्र विरोधको सामना गर्नुपरेको थियो । तर  निर्जीव वस्तुबाट सजीव वस्तुको उदय हुन्छ भन्ने डार्बिनवादी सिद्धान्तलाई पास्चरको आविष्कारले धुजाधुजा बनाइदियो ।[5]  उनी ख्रीष्टियान थिए । पास्चरले परमेश्वर र अनन्ततामाथि विश्वास गर्दथे । उनले जीवनको अन्तिम समय सम्म पनि परमेश्वरमा विश्वास गरि रहे । उनको मृत्यु २८ सेप्टेम्बर १८९५ मा भएको थियो ।

[1]https://ne.wikipedia.org/wiki/%E0%A4%B2%E0%A5%81%E0%A4%88_%E0%A4%AA%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%9A%E0%A4%B0
[2] https://www.britannica.com/biography/Louis-Pasteur
[3] https://www.pasteurbrewing.com/louis-pasteur-a-religious-man/
[4] https://www.facebook.com/418617918471691/posts/620839498249531/
[5] Ibit.


अधिक जानकारीकाे लागि

About Author

Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com


B.Th., M.Div.(Running), BSW (Running) Founder of Apologetics Faith's Channel and बाइबल र यसका सत्यता, and Also Author of  ख्रीष्टियान विश्वास, बाैद्धिक विश्वास ।

वैज्ञानिक लुई पास्चर जसले परमेश्वरमाथि विश्वास गर्थे || परमेश्वर माथि विश्वास गर्ने वैज्ञानिक || वैज्ञानिक लुई पास्चर जसले परमेश्वरमाथि विश्वास गर्थे || परमेश्वर माथि विश्वास गर्ने वैज्ञानिक || Reviewed by Sangam Shrestha on June 19, 2021 Rating: 5

No comments:

Powered by Blogger.