बाइबलको परिचय, के हो त बाइबल? ||Sangam Shrestha||

बाइबलको परिचय, के हो त बाइबल?

 

परिचयः

संसारमा करिब ४,३०० धर्महरु रहेको पाइन्छ ।  यी धर्महरुमा प्रमुख धर्महरु ख्रीष्टियान, इस्लाम, हिन्दु, बुद्धिष्ट र यहुदी धर्म मानिन्छ । संसारमा ख्रीष्टियन ३३ प्रतिशत, इस्लाम २१ प्रतिशत, हिन्दु १४ प्रतिशत, बौद्ध ५ प्रतिशत र यहुदी ०.२२ प्रतिशत रहेको पाइन्छ ।  हेरक धर्मको आफ्नो आस्था अनुरुपको आफ्नै धर्मशास्त्र हुने गर्दछ । ख्रीष्टियानको बाइबल, इस्लामको कुअरान, हिन्दुको वेद, बुद्धिष्टको त्रिपिटक र यहुदीको तालमुड नै उनीहरुको धर्मशास्त्र हो । बिशेषगरी धर्मशास्त्रले त्यस धर्मका अनुयायीहरुलाई धार्मिक कुराहरुको बारेमा सिकाउँने गर्दछ र समाजमा एक चरित्रवान नैतिक व्यक्तिको रुपमा स्थापित गर्न सिकाउँछ । साथै उनीहरुले गर्ने विश्वास र परम्पराको बारेमा पनि धर्मशास्त्रले बताउँछ । साथै धर्मशास्त्रले ईश्वरको अस्तित्वको बारेमा पनि केही हद सम्म जानकारी दिने गर्दछ ।

बाइबलको परिचयः

बाइबल एक धार्मिक पुस्तक होइन । न त यो ईसाइहरुको मात्र पुस्तक हो । बाइबल ६६ वटा पुस्तकहरुको संग्रह हो, जसलाई विभिन्न ठाउँमा चालिसभन्दा बढी व्यक्तिहरुले १५०० वर्षको अवधिभित्र लेखे । उनीहरुमध्ये कोही साधारण व्यक्ति थिए, कोही राजाहरु थिए, कोही माझिहरु थिए, कोही दासहरु थिए भने कोही पढेका र कोही अनपढ थिए । उनीहरुमध्ये धेरै जसो गरीब अवस्थाका थिए । परमेश्वरको आत्माले उनीहरुलाई अगुवाई गर्नुहुदाँ उनीहरु परमेश्वरको वचन लेख्थे तर धेरै जसो समय उनीहरुलाई यो कुरा थाहा हुदैनथ्यो  र आफूले के लेखिरहेका छन् भन्ने कुरा उनीहरु बुझ्दैनथे ।  “बाइबल नाम ग्रीक शब्द बिब्लियाबाट आएको हो जसको अर्थ “धेरै पुस्तकहरु” भन्ने हुन्छ । बाइबल ४० जनाभन्दा बढी लेखकहरुद्वारा धेरै भूमिहरुमा १४००–१६०० वर्षको अवधिमा लेखिएको थियो । बाइबलमा भएका ६६ वटा पुस्तकहरु विभिन्न भाषाहरु र भिन्न–भिन्न परिस्थितिहरुमा लेखिएका थिए र पनि त्यहाँ एउटा मात्र महान् पुस्तक र एउटा मात्र मुख्य विषयवस्तु छ ।  यी विभिन्न लेखाइहरुको एउटा मात्र मुख्य सन्देश भएको तथ्यले यही कुराको प्रमाणित गर्छ कि बाइबलको स्रोत मानिसकम होइन तर परमेश्वरमा छ । यसको अस्तित्वले नै यही तथ्यको साक्षी दिन्छ । यो अरु सबैभन्दा भिन्न पुस्तक हो ।”  बाइबलको परिचयको बारेमा लेखक दिल बहादुर तामाङ लेख्छन्, “बाइबल शब्द ल्याटिन भाषाको शब्द बिब्लिया (द्यष्दष्बि) बाट लिइएको हो, जसको अर्थ ‘पुस्तकहरु’ भन्ने हुन्छ । ल्याटिन भाषाको शब्द बिब्लिया (द्यष्दष्बि) बहुवचन शब्द भएकोले बाइबललाई पुस्तकहरुको पुस्तक भनेर भनिन्छ । त्यसैगरी ग्रीक भाषाको बिब्लियोन (द्यष्दष्यिल) शब्दबाट भने पपिरस (एबउथचगक) मा लेखिएको कुनै पनि लिखत भन्ने हुन्छ ।”  तसर्थ बाइबल भन्ने शब्द ल्याटिन र ग्रीक शब्द बाट आएको हो जसको अर्थ चाहिँ पुस्तक भन्ने हुन्छ । बाइबल कुनै एक धार्मिक पुस्तक होइन यो ईशाइहरूको मात्र पुस्तक पनि होइन तर यो त मानव जातीले कसरी मुक्ति पाउन सक्छ भनी सबै मानव जातीको लागि लेखिएको जीवित पुस्तक हो । बाइबल ६६ वटा पुस्तकहरूको संग्रह हो । जसलाई २ भागमा बिभाजन गरिन्छ । १. पुरानो करार,जसमा ३९ वटा पुस्तकहरू छन् । २. नयाँ करार, जसमा २७ वटा पुस्तकहरू छन् । यी ६६ वटा पुस्तकहरूको संगालो नै पवित्र बाइबल हो । यी पुस्तकहरूलाई बिभिन्न स्थानहरूमा करिब ४० भन्दा बढी व्यक्तिहरूले विभिन्न काल खण्डमा करिव १५०० बर्षको अवधीमा लेखेका हुन् । यी लेखकहरू कोही राजाहरू थिए ( राजा दाउद, सोलोमन) कोही माझीहरू (पत्रुस,यूहन्ना), कोही दासहरू (दानिएल, एज्रा, नेहेम्याह) कोही गोठालाहरू ( मोशा) कोही पाल बन्ने (पावल), कोही अगमबक्ता (यशैया, यर्मिया,इजकिएल), कोही डाक्टर (लूका) थिए । यसमा कोही पढेका व्यक्तिहरू र कोही नपढेका व्यक्तिहरू थिए । बाइबल बिशेष गरी ३ भाषामा लेखिउको छ । ग्रीक, आरमेइक, हिब्रू भाषामा लेखिएको थियो । बिशेष गरी बाइबल एशिया, अफ्रिका र यूरोप देशहरूमा लेखिएको थियो । “ बाइबल एक धार्मिक पुस्तक होइन । न त यो ईशाइशरूको मात्र पुस्तक हो । बाइबल ६६ वटा पुस्तकहरूको संग्रह हो, जसलाई विभिन्न ठाउँका चालिसभन्दा बढी व्यक्तिहरूले १५०० वर्षको अवधिभित्र लेखे । उनीहरूमध्ये कोही साधारण ब्यक्ति थिए, कोही राजाहरू थिए, कोही माझिहरू थिए , कोही दासहरू थिए भने कोही पढेका र कोही अनपढ थिए । उनीहरूमध्ये धेरै जसो गरीब अवस्थाका थिए । परमेश्वरको आत्माले उनीहरूलाई अगुवाई गर्नुहुदाँ उनीहरू परमेश्वरको बचन लेख्थे तर धेरै जसो समय उनीहरूलाई यो कुरा थाहा हुदैनथ्यो र आफूले के लेखिरहेका छन् भन्ने कुरा उनीहरू बुझ्दैनथे ।”

                बाइबल परमेश्वरको वचन हो । यसमा ६६ वटा पुस्तकहरु, ११८९ वटा अध्यायहरु र ३१,१७३ ओटा पदहरु छन् । बाइबलमा परमेश्वरको मन, मानिसको वृतान्त र अवस्था, मुक्तिको मार्ग र विश्वासीहरुको साँचो आनन्दको कुरा पाइन्छ । बाइबलमा उल्लेख गरिएका इतिहास र ऐतिहासिक विवरणहरु पूर्ण रुपमा सत्य छन् । यस्तै वचनले मानिसलाई साँचो मार्गमा निर्देशन गर्नुका साथै पढ्नेहरुको निम्ति यो आत्मिक भोजन, सान्त्वनाको स्रोत र आत्मिक बृद्धिको स्रोत पनि सावित भएको छ । “ संसारमा सबभन्दा बढी पढिएका पुस्तकहरूमध्ये बाइबल एउटा हो । प्रसिद्ध नास्तिक दाशनिक भोल्टेयर बाइबललाई होच्याउँदै करिब एक शताब्दीभित्रै इसाइ मत पतन हुनेछ भनी भबिष्यवाणी गरेका थिए । त्यही घर जहाँ भोल्टयर रहेका थिए, त्यहाँ नै फ्रान्स बाइबल सोसाइटी भण्डार हुनुपुग्यो जहाँ हजारौ बाइबलहरू वितरण भएका छन् ।”


सम्बन्धित स्रोतहरू


https://www.google.com/search?client=opera&q=how+many+religions+are+there+in+the+world&sourceid=opera&ie=UTF-8&oe=UTF-8,7/21/2020,10:04.

  शर्मा, बाल कृष्ण, विश्वका धर्महरु (काठमाण्डौँःआई.आई.टि.ई.ईं.एन्, २०१५) पेज,१ ।

  पुस्तकः र्इश्वर सृष्टि, मानिस,पाप,मृत्यु र मोक्षसँग सम्बन्धित जवाफ,प्रकाशकः शिष्यश्राम,नेपाल,लेखक शिष्य थोम्प्सन, पेज,१३,१४।

  हावार्ड,सि.रिक,पालहरु,मन्दिरहरु र दरवाहरु पुरानो करारको निरीक्षण (काठमाण्डौँःआई.सी.ई युनिभर्सिटी, २००४)पेज, २०,२१।

  तामाङ, दिलबहादुर, बाइबल अध्ययन सहयोगी (ललिपुरःदिल पव्लिकेशन प्राइभेट लिमिटेड, २०१२)पेज,३९८।

  पुस्तकः र्इश्वर सृष्टि, मानिस,पाप,मृत्यु र मोक्षसँग सम्बन्धित जवाफ,प्रकाशकः शिष्यश्राम,नेपाल,लेखक शिष्य थोम्प्सन, पेज,१३,१४

  डेल रोटन।विश्वासको प्रमाण,९काठमाण्डौः सत्यबाटो प्रकाशन, २००४०,पेज नं। ३६


About Author

Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com


B.Th., M.Div.(Running), BSW (Running) Founder of Apologetics Faith's Channel and बाइबल र यसका सत्यता, and Also Author of  ख्रीष्टियान विश्वास, बाैद्धिक विश्वास ।

बाइबलको परिचय, के हो त बाइबल? ||Sangam Shrestha|| बाइबलको परिचय, के हो त बाइबल? ||Sangam Shrestha|| Reviewed by Sangam Shrestha on May 20, 2021 Rating: 5

No comments:

Powered by Blogger.