वास्तवमा प्रधान पूजाहारी को थिए ? हन्नास वा कैयाफा ? - बाइबल र यसका सत्यता


 पत्रुस र यूहन्ना महासभाको सामुन्ने उभ्याइँदा त्यसबेला हन्नास प्रधान पूजाहारी नभए तापनि किन प्रेरितको पुस्तकमा तिनलाई प्रधान पूजाहारी भनिएको छ (प्रेरित ४:६) ?

 

✟✟✟✟✟✟✟✟✟✟✟✟✟✟✟✟✟✟✟✟✟

हन्नासले प्रधान पूजाहारीको रूपमा दस वर्ष (ख्रीष्टाब्द ६–१५) सेवा गरे । पत्रुस र यूहन्ना पक्राउ पर्दा हन्नास नभईवास्तवमा कैयाफा प्रधान पूजाहारी थिए । कैयाफा ख्रीष्टाब्द १८–३६ सम्म प्रधान पूजाहारीको पदमा रहे । हन्नासअवकाश प्राप्त प्रधान पूजाहारी थिए भने कैयाफा औपचारिक । कैयाफा हन्नासका ज्वाइँ थिए । यस अध्यायमाभएको घटना प्रधान पूजाहारी कैयाफाको समयमा भएको थियो । तब स्वाभाविक प्रश्न यो हो कि प्रेरितको पुस्तककालेखक डा. लूकाले हन्नासलाई किन प्रधान पूजाहारीको रूपमा उल्लेख गरे यद्यपि त्यो समयमा तिनका ज्वाइँ प्रधानपूजाहारी थिए ?

 

भूतपूर्व प्रधान पूजाहारीले नाम मात्रै धारणा गर्दैनथ्यो तर ऊसँग थुप्रै अधिकार र जिम्मेवारीहरू पनि हुन्थ्यो ।निश्चय नै हन्नास आफ्नो सेवा अवधिमा निकै प्रभावशाली भएकाले तिनले औपचारिक रूपमा अवकाश पाइसकेकोभए तापनि तिनलाई प्रधान पूजाहारी भनिएको हुनुपर्छ ।

 

लूकाको सुसमाचारमा कैयाफा (औपचारिक प्रधान पूजाहारी) सँगै हन्नास (अवकाश प्राप्त प्रधान पूजाहारी) को नाउँआउँछ, “हन्नास र कैयाफाका प्रधान पूजाहारीगिरीको समयमा परमेश्वरको वचन ... आयो” (लूका ३:२) । (ख्यालगर्नुस् कि हन्नासको नाउँ अगाडि उल्लिखित छ) । यूहन्ना हामीलाई बताउँछन् कि छानबिनको निम्ति येशूलाईपहिले हन्नासकहाँ लगियो (यूहन्ना १८:१३) । ज्वाइँभन्दा ससुरा ज्यादै प्रभावशाली थिए भन्ने कुरामा कुनै शङ्काछैन ।


***************************************


अधिक जानकारीको लागीः

Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com

Youtube Channel







वास्तवमा प्रधान पूजाहारी को थिए ? हन्नास वा कैयाफा ? - बाइबल र यसका सत्यता वास्तवमा प्रधान पूजाहारी को थिए ? हन्नास वा कैयाफा ? - बाइबल र यसका सत्यता Reviewed by The Author on November 15, 2020 Rating: 5

No comments:

Powered by Blogger.