क्वाइनोनिया पाटन मण्डलीः स्थापना, सेवाकाइ र हालको अवस्था ।

पाटन मण्डलीः क्वाइनोनिया पाटन मण्डलीः स्थापना १९७८, कुमारीपाटील ललितपूर






सुरूको  अवस्थाः

सन् १९७४ अगस्ट , बि.सं.२०३१ साल भदौ महिनाबाट बाइबल अध्ययनको एउटा सानो झुण्ड ललितपूर जिल्लाको महापाल स्थित हर्ष सुन्दर श्रेष्ठको घरमा ज्ञानेश्वर मण्डलीमाको एल्डर एडोन रोंगोंगको कोठाबाट सुरु गरे । त्यो बेला सुर्य प्रसाद आचार्य, राम चन्द्र तिमोथी, लाल बहादुर गैचन, प्रकाश सुब्बा, सहदेब महत, अहिलेका पाष्टर त्यो संगतीमा सहभागी हुन्थे । त्यसै गरी सन् १९७५ मा काजी रत्न महर्जन, भिमलाल महर्जनर दिलिप राई अन्य धेरै व्यक्तिहरु संगतीमा थपिदै गए । सन् १०७७ मा आइपुग्दा यो संगतीमा ४० जना भन्दा बढी मानिसहरुको सहभागीत थियो । ती सबै व्यक्तिहरु ज्ञानेश्वरमा नै संगती जानु पर्दथ्यो । तर सन् १९७८ को मे महिनामा आएर यो संगतीलाई पाटन ख्रीष्टिय मण्डली भनेर नामकरण गरे र ज्ञानेश्व मण्डली सँगै आपद्ध भएर संगती पाटनमा नै संगती गरे । सन् १९८० मा मंगलमान मर्हजन ज्ञानेश्वर मण्डलीको डिकनमा नियुक्त भयो । यो समय सम्म आइपूग्दा पाटन मण्डलीमा १५० जना विश्वासीहरु सेवामा सहभागी हुन्थे । जस मध्ये ८५ जानाले बप्तिस्मा लिइ सकेका थिए । सन् १९८१ को अगस्ट महिनामा मंगलमान महर्जन बाइबलीय उच्च शिक्षा हासिल गर्न इन्टर नेशनल स्कूल अफ थियोलोजी, फिलीपीन्समा जानु भयो । अब पाटर क्षेत्रमा विश्वासीहरुको बृद्धि तिब्र रुपमा भएको कारण कति पय व्यहारीक कठिनाईहरुको  कारणले ज्ञानेश्वर मण्डलीको दर्शन र उद्देश्य अनुसार सन् १९८२ अप्रिल महिनामा ज्ञानेश्वर मण्डलीबाट स्वतन्त्र हुने बिषयमा छलफल गर्ने र प्रार्थना गरे । परिणाम स्वरुप पाटन मण्डली अब स्वतन्त्र मण्डली भयो र ज्ञानेश्वर मण्डलीले डिकन एडोन रोंगोंग र डिकन एम एस् को जिम्मामा सुम्पे । मण्डलीमा पाष्टरको उत्तर दायित्व एडोन रोंगोंनले सम्हाले । पाष्टरीय समितीमा प्रकाश सुब्बा, काजी रत्न मर्जहन, महत र अब्रहाम केसी बसे । मण्डलीमा विश्वासीहरुको संख्या बृद्धि भई नै रहयो । त्यसैले स्थानीय पाष्टरको महसुस गरी धेरै समयमो प्रार्थना पछि सन् १९८५ को मार्च महिनामा मंगलमान महर्जनले मण्डलीले पाष्टरमा नियुक्त गरे र पाष्टर रोवर्ट कार्थक, निकोनर तामाङ,एडोन रोंगोंग मिलेर   मंगलमानलाई पाष्टर अभिषेक गरे ।  तत्कालिन मण्डलीमा पाष्टरको बहन गर्दै आएका आफ्नो जिम्मेवारीलाई पूर्ण रुपमा पाष्टरलाई सुम्पे पछि उनी आफु चाहिँ साधारण विश्वासी डिकनमा रहेर डिकनको रुपमा रहेर प्रभुको सेवा गरे । 



    सन् १९८३ जुन देखि पाटन मण्डलीलाई नेपाल सरकारका अधिकारीहरुले सतावट दिन प्रयास गरे । अगस्ट महिनामा आएर तत्कालिन समयका ललिपूर जिल्लाका प्रमुख जिल्ला अधिकारीले (प्र.जि.अ) ले पाटनको महापालमा भइरहेका संगतीलाई बन्द गर्न लगाए । यस पछि यो संगती छ स्थानमा संचालन गर्नु पर्ने भयो र यस संगतीका मुख्य अगुवाहरुले आफ्नो क्षेत्रमा भएका विश्वासीहरुलाई संगती दिने निश्चिय गरे । मंगलमान महर्जनले आफ्नै घर वैलाछेमा परिपरीमा भएका बिश्वासीहरु भेला गरी संगती सुरु गरे । काजी रत्न महर्जनले आफ्नै घर मतागामा परिवरीका विश्वासीहरु सँग संगती गरे । आइलिन दिदिले आफ्नो डेरा लगनखेलमा परिवरीका विश्वासीहरुलाई भेला गरेर संगती चलाईन । त्यसैगरी एन.एल.टी को अफिस टुटेपानीमा पनि एउटा संगती सुरु भयो । लुभुमा जय बहादुर थापाको घरमा अर्काे संगती सुरु भयो । त्यसै गरी गोपाल के.सी. र तिर्थ थापाले पनि आफ्नो कोठामा ससाना संगतीहरु गर्ने गर्दथे ।  यसरी घरेलु संगती र सना संगती भएतापनि महिनाको अन्तिम हप्ताको शनिबार भने एकै ठाउँमा भेला भएर प्रभु भोजको आयोजना एकै साथमा गर्दथे । सन् १९८३को अगस्ट महिनामा एडरोन रोंगोगलाई ख्रीष्टयन धर्म प्रचार गरेर र अरुहरुलाई धमै परिवर्तन गराएको अभियोगमा तत्कालिन समयको नेपाल सरकारले पक्राउ गरे । त्यस पछि सहदेब महत र अब्राहाम के.सी.लाई पनि पक्राउ परिे । लगतै काजी रत्न महर्जन र   धर्म परिवर्तनको आरोप लगाई मुद्दा लगायो तर यस्ता प्रकारको दुखत अवस्थामा पनि मण्डलीको सेवा निरन्तर चलि नै रहयो । ख्रीष्टमा विश्वास गर्ने सबै निरन्तर प्रार्थना गरिरहे र दिनै विश्वासीहरु बढ्दै गयो । 



    सन् १९८१ मा ज्ञानेश्वर मण्डलीले र पाटन मण्डलीका विश्वासीहरुले यथासक्य भेटी संकलन गरेर मण्डलीको लागि जग्गा किन्ने काम गरे । मण्डलीका विश्वासीहरुले जगगा मात्र भएर सन्तोस मान्न सकेन तर त्यो जग्गामा एउटा मण्डली हुनै पर्ने महसुस गरे । यसैले सन् १९८३ को अन्त्य तिर आएर भवन निमार्ण गर्ने कायै पनि सुरु गरे । निमार्ण कार्यको लागि मण्डलीका विश्वासीहरु मध्ये कति जनाले आफूले लाएको गहना, कसैले घटी, कसैले सुनको औठी, कसैले महिना भरीको तलब र कसैले त बर्ष भरीको बाली पनि मण्डली भवन निमार्णको लागि संकल्प गरे । यसरी छोटो समयमा नै सन् १९८४ मा भवन तयार भयो र यहि सालको डिसेम्बर महिनामा पाष्टर रोवर्ट कार्थको हातद्धारा प्रभुमा अपैन गर्ने कार्य भयो । यो मण्डली संगती निरन्तर रुपमा चलि रहदा सन् १९८८ सम्म आइपुग्दा अव निमार्ण गरिएको भवनमा विश्वासीहरु नअटाउने भयो । यस पछि अब बिभिन्न स्थानमा चल्दै आएको संगीहरु छोरी मण्डलीको रुपमा बृद्धि भयो परिणाम स्वरुप भक्तपुरमा र लुभुमा शाखा मण्डलीको सुरु भयो । त्यस देखि बाहेक अरु बिभिन्न जग्गाहरु पनि छोरी मण्डलीको सुरुवात भयो तर पनि पाटन मण्डलीमा भई रहेको संगतीमा तिब्र रुपमा तिब्र रुपमा विश्वासी बढेकोले यस मण्डलीमा चाप भने घटेन । वरिणाम स्वरुप सन् १९९३ मा आएर पुरानो मण्डलीलाई भत्काई ठूलो मण्डली भवनको कायै सुरु भयो । सन् १९९३ मा निमार्णाधिन ३ तले भवन आज सम्म पनि संगतीको लागि निरन्तर प्रयोग गर्दै आएको देखिन्छ । 



    पाटन मण्डलीमा शनिबारेको सेवा ३ चरणमा हुने गर्दछ । साथै आइतबार पनि अंग्रेजी भाषामा सेवा हुने गर्दछ । यस आइतबारको संगतीमा काठमाण्डौ भित्रका बिभिन्न मण्डलीका अगुाव पाष्टर लगाएत बिदेशी संघ संस्था मिशन एजेन्सीका प्रतिननिधीहरु समेत सेवाकाईमा सहभागी हुने गर्दछ । मण्डलीले धेरुे वटा बसन्तहरु पार गरिसकेका छन् । काठमाण्डौँ उपत्यका र बाहिर पनि मण्डलीले सेवा संगतीहरु बिस्तार गरी सकेका छन् । यस मण्डलीले बिभिन्न देशहरुमा मेसिनरी पठाउने कामहरु पनि गरिरहेको छ । यस मण्डलीमा साचो सेवक, र असल लेखकको रुपमा मंगलमान महर्जनले पाष्टरको जिम्मेवारी सम्हालि रहनु भई रहेको छ । 






 
सन्दर्भ सामाग्रीहरूः
https://www.oxfordreference.com/view/10.1093/acref/9780198073857.001.0001/acref-9780198073857-e-0706
https://www.localprayers.com/NP/Patan/62578587078/Koinonia-Patan-Church
https://maps.me/catalog/attractions/amenity-place_of_worship-christian/koinonia-patan-church-1122674113/
https://np.linkedin.com/in/mangal-man-maharjan-a4844282
https://www.flickr.com/photos/vikingman/2408543408/in/photostream/



यस लेख सम्बन्धी केही गुनासो तथा प्रतित्रिया भएमा कृपया । तलको प्रतित्रिया बक्समा दिन सक्नु हुनेछ ।
धन्यवाद ।
यदि यस लेखमा केही त्रुटी र भुलचुक भएमा म फेरी सच्चाउनको निम्ति तयार हुनेछु । हामी सबै मिलेर परमेश्वरको राज्य विस्तार गर्ने काममा हालेमालो गर्ने छाैँ ।
परमेश्वरले सबेलाइ अनुग्रह गर्नु भएको होस् ।


   अधिक जानकारीको लागीः

Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com

Youtube Channel







                               




क्वाइनोनिया पाटन मण्डलीः स्थापना, सेवाकाइ र हालको अवस्था ।  क्वाइनोनिया पाटन मण्डलीः स्थापना, सेवाकाइ र हालको अवस्था । Reviewed by Sangam Shrestha on September 24, 2020 Rating: 5

No comments:

Powered by Blogger.