जोन काल्भिनको जीवनी र उनको शिक्षाले मण्डलीमा ल्याएको सुधार

 

जोन काल्भिनको जीवनी




जोन काल्भिनको जीवनीलाई दुई भागमा विभाजन गरेको पाइन्छ । काल्भिनको जीवनीको पुर्वाधमा (पहिलो अवस्थामा) काल्भिन प्रायः घुम फिरको जीवन विताउँथे भने विद्यार्थी भएको नाताले पढाइमा पनि समय दिन्थे वा विताउँथे । काल्भिनको जीवनको उत्तरार्धमा (पछिल्लो अवस्थामा) उनी आफु जेनेभामा एक उच्च नागरिक बनेर स्वीजरल्याण्डको फ्रेन्च भाषामा बोल्ने मानिसहरु बसोबास गर्ने ठाउँमा भएका मण्डलीहरुमा सुधार गर्ने काम गरे । जोन काल्भिनको जन्म फ्रान्सको उत्तरपूर्वी भाग नियोन (Noyon)  भन्ने ठाउँमा भएको थियो । त्यहि ठाउँमा काल्भिनका बाबुले असल काम र नाम पाएका थिए । काल्भिनको पढाइको लागी मण्डलीबाट सहयोग पनि उपलब्ध गराएका थिए । यसैकारण शिक्षा क्षेत्रमा लगनशील भएर सुधारको तयारी गर्ने काल्भिनलाई ठुलो मौका मिलेको थियो । पेरिस विश्वविद्यालयको अध्ययनको समयमा काल्भिनले एक जना मानविकी शास्त्रका शिक्षकलाई भेटे । यीनै शिक्षको जीवनबाट काल्भिन अत्यन्तै प्रभावीत भए र पेरिस विश्वविद्यालयमा नै काल्भिनले सुधारवादी सिद्धान्तको परिचय गराए । पेरिस विश्वविद्यालयको अध्ययन पछि उनी अरु दुइ विश्वविद्यालयमा पनि अध्ययनको लागी गए । A.D.1531  मा काल्भिनले कानुनको डिग्री प्राप्त गरे र वकिल बने । त्यस पछि मानविकी शास्त्रको विषयमा लेखहरु लेख्न थाले ।

पेरिस विश्व विद्यालयमा अध्ययन गरिरहँदा काल्भिनले अरु सुधारवादि सिद्धान्तलाई मान्ने व्यक्तिहरु संग मिलेर एउटा लेख प्रकाश गरे । त्यस पछि फ्रान्स छोडेर काल्भिन वासिलमा गए । त्यहाँ पनि उनी चुपचाप बस्न सकेनन् । उनले धरै सुधारवादि पुस्तकहरु लेखे । फ्रान्समा भएका प्रोटेस्टेन्टहरुलाई बचाउनको लागी फेरी एउटाले लेख लेखेर प्रकाशित गरे ताकि विश्वासीहरुको बचावट हुन सकोस् । यी दुःख भोगीरहेका प्रोटेस्टेन्टहरुलाई सुरक्षा प्रधान गर्न फ्रान्सका राजालाई समेत काल्भिनले सुधारवादि सिद्धान्त मान्नका लागी अनुरोध गरे । क्रमशः काल्भिनले लेखहरु लेख्दै गए । अन्त्यमा धेरै लेखहरुलाई ४ वटा पुस्तकहरुमा विभाजन गरियो । पुस्तकमा ८० वटा अध्यायहरु थिए । काल्भिनले लेखेका यी सबै पुस्तकहरुमा इसाइ सिद्धान्तका प्रत्येक विषयहरुमा छलफल गरिएका थिए । वास्तवमा काल्भिनले यी सबै कार्यहरु मार्टिन लुथरद्धारा प्रभावित भएर गरेका थिए । जोन काल्भिनले बाइबलका सम्पूर्ण कुराहरुलाई स्वीकार गरेको देखिदैन तर प्रत्येक विश्वासलाई बाइबलको आधारमा छलफल गरेर विकास गरेको पाइन्छ ।

 

जोन काल्भिनले विकास गरेका सिद्धान्तहरु

१.विश्वासद्धाराको धार्मिकता (रोमी ५:,:१७)

मार्टिन लुथरले जस्तै जोन काल्भिनले पनि विश्वासद्धाराको धार्मिकतालाई जोड दिए । अर्थात ख्रीष्ट येशुमा गरिएको विश्वासद्धारा मात्रै मानिस धर्मि ठहरिन सक्छ भन्ने कुरालाई जोड दिए । काल्भिनले परमेश्वरलाई सर्वज्ञानी, सर्वव्यापी र पूर्ण शक्तिमानको नामले सम्बोधन गरेका छन् ।

२.पूर्ण पतनः

आदमले पाप गरेको कारणले उ पूर्ण रुपमा पतन भयो र त्यो पतन हुने स्वभाव सबै मानिसहरुमा स¥यो वा फैलिदै आयो । आदमले आफ्नो पापबाट छुट्कारा पाउन अथवा मुक्तिको निम्ती केहि पनि गर्न सकेनन् । किनकी उनी पूर्ण रुपमा पतन भएका थिए । आदममा सबै मानिसहरु साहारा हिन(साहारा नपाएको) र आशा हिन(आशारहित) भएका छन् ।

३.चुनिएकाः

यो चुन्ने काम पनि मानिसको गुण र ज्ञानबाट होइन । चन्नु काम परमेश्वरको इच्छामा भर पर्दछ भनेर काल्भिनले सिद्धान्त बनाए । परमेश्वरले कसैलाई मुक्ति दिनको लागी कसैलाई दण्ड दिनको लागी चन्नुभएको छ (रोमी ८:२९,३०) ।

४.प्रयश्चितः

काल्भिनले विश्वास गरेका थिए कि ख्रीष्टले क्रुसमा गर्नुभएको काम ति मानिसहरुको लागी मात्र सिमीत छ, जसलाई परमेश्वरले मुक्तिको लागी चुनि सक्नुभएको छ ।

५.सन्तहरुको सुरक्षाः

काल्भिनले सन्तहरुको सुरक्षा, चुनिएकाहरु जो पवित्र आत्माको कामद्धारा अनिवार्य रुपमा बचाइएका छन्, तिनीहरु कहिल्यै पनि नष्ट हुने छैनन् । काल्भिनको सिद्धान्त अगस्टिनको सिद्धान्त संग मिल्दाजुल्दा छन् । काल्भिन बाइबलबाट अगस्टिनको सिद्धान्तमा गए तर अगस्टिनबाट बाइबलमा आएनन् ।

 

जोन काल्भिनका कामहरु

काल्भिनले आफ्नो महत्वपूर्ण काम÷समय सिद्धान्त लेख्ने काममा नै विताए । परमेश्वरको प्रभुत्वलाई आफ्नो लेखनमा जोड दिए । काल्भिनलाई एक महान लेखकको रुपमा चिनिन्छ । काल्भिनलाई एक जना असल सल्लाहकारको रुपमा पनि चिनिन्छ । किनभने युरोप महादेशका विभिन्न देशका मानिसहरुले काल्भिनबाट सर–सल्लाह लिन्थे । काल्भिनले मानिसहरुलाई परामर्श दिने, सिद्धान्तको ज्ञान सिकाउने र नैतिक चरित्रको विषयमा सिकाउने काम गर्दथे । यसरी सिकाइएका कुराहरुलाई पत्रहरु र लेखहरुमा जम्मा गरेर ग्रन्थको रुपमा छाप्ने काम पनि गरे । धेरै जनाको भनाइ अनुसार यस्ता लेख र पत्रहरु जम्मा गरे ७५ वटा भन्दा बढि ग्रन्थ(पुस्तक) हरु लेखेका थिए भन्ने भनाई छ । शिक्षाको क्षेत्रमा चासो राख्ने महान व्यक्तिहरु मध्ये काल्भिन पनि एक हुन । काल्भिनले नै जेनेभामा तिन तहमा शिक्षाको विकास गरे (प्राथमिक, माध्यमिक र उच्च तह) । काल्भिनले सुरु गरेको शिक्षाको यो तहले आज संसारभरी नै प्रभाव पारेको छ ।

काल्भिनले प्रजातान्त्रिक सरकार हुनुपर्छ भन्ने कुरामा जोड दिए । उनले भने कि मण्डली र राज्य दुवैलाई परमेश्वरले सृष्टि गर्नुभएको हो र दुवैले एक अर्कामा मिलेर काम गर्नुपर्छ । काम गर्ने कुरामा पनि काल्भिनले जोड दिए । काल्भिनले बाइबलको पुस्तकहरुको व्याख्या गरे र ठुला ठुला पुस्तकहरु  लेख्ने काम गरे । काल्भिनको सिद्धान्तलाई पालना गर्ने व्यक्तिहरुले त्यो बेला÷समय देखि नै यी काल्भिनको सिद्धान्तहरुलाई गहिरो अध्ययन गरिरहेका छन् । वास्तवमा काल्भिनको सिद्धान्तहरुले प्रचारको कामलाई त्यति महत्व दिएको छैन तर यदि हामीले इतिहासलाई नियाल्छौँ भने काल्भिनको सिद्धान्त पछ्याउने व्यक्तिहरु महान प्रचारक बनेका छन् र यिनै सिद्धान्तलाई प्रतिपादन गर्ने व्यक्तिहरुले मिसनरी कार्यक्रममा ठुलो योगदान दिएका छन् । शरिरमा कमजोर भएका काल्भिनले इसाई मण्डलीलाई भने बलियो योगदान दिएका छन् । यसैकारण प्रोटेस्टेन्ट समुहहरुमा काल्भिनलाई एक महत्वपूर्ण व्यक्तिहरुको रुपमा लिइन्छ ।


Name: Sangam Shrestha

sthasangam33@gmail.com
Email:sthasangam333@gmail.com

https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ

9861310079

u

जोन काल्भिनको जीवनी र उनको शिक्षाले मण्डलीमा ल्याएको सुधार जोन काल्भिनको जीवनी र उनको शिक्षाले मण्डलीमा  ल्याएको सुधार Reviewed by Sangam Shrestha on January 08, 2021 Rating: 5

No comments:

Powered by Blogger.