के जीवन भरी येशु लाई बिस्वास गरे तापनि बप्तिस्मा लिएन भने मुक्ति गुम्न सक्छ ?




के जीवन भरी येशु लाई बिस्वास गरे तापनि बप्तिस्मा लिएन भने मुक्ति गुम्न सक्छ ?

बबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबब





बबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबब


जयममसिह, बाइबल र यसका सत्यता, ललिपूर, नेपाल
          नेपालमा ख्रीष्टियान मण्डलीको बृद्धि सँग सँगै बाइबल अध्ययन गर्ने क्रम दिनानु दिन बढ्दो छ । बाइबल माथि चासो राख्ने मानिसहरुको अकल्पनिय ढङ्गबाट बढ्दो छ । यो साह्रै र निकै खुशीको कुरा हो । किनकि बाइबले हामीलाई नैतिकबान र चरित्रवान मात्र होइन तर बौद्धिक रुपमा पनि निमार्ण गर्न मद्दत गर्दछ । बाइबल अध्ययन गर्ने क्रममा विभिन्न प्रश्नहरु हामीहरुको मनमा आउँने गर्दछ, जसको उत्तर हामी कति त सजिलै पाउँछौँ भने कति त्यसको जवाफ पाउँन अलि गाह्रो हुन्छ । ती प्रश्नहरुको संगालोहरु मध्ये आज म हजुरहरुको बीचमा एउटा प्रश्न लिएर आएको छु “के जीवन भरी येशु लाई विश्वास गरे तापनि बप्तिस्मा लिएन भने मुक्ति गुम्न सक्छ ?
          बप्तिस्मा सम्बन्धी सरल रुपमा भन्नु पर्दा यहाँ २ धारणाहरु प्रचलित छन्ः
१.रोमन क्याथलिक दृष्टिकोण
२.प्रोटेस्टेन्ट दृष्टिकोण

१. रोमन क्याथलिक दृष्टिकोणः
          यस दृष्टिकोण अन्तर्गत कुनै पनि व्यक्तिले मुक्ति प्राप्त गर्नको लागि बप्तिस्मा अनिवार्य छ र बप्तिस्मा बिना मुक्ति सम्भव छैन भन्ने तर्क राख्छन् । अर्थात बप्तिस्मा पनि मुक्ति प्राप्त गर्ने स्रोतको रुपमा उनीहरु विश्वास गर्छन् । यस बिषयमा ईश्वरशास्त्री वेन ग्रडम लेख्छन्, “...रोमन क्याथोलिक मण्डलीले बप्तिस्मा मुक्तिको लागि अनिवार्य छ भनी विश्वास गर्छ, अनि बप्तिीमाको कार्यैले पुनजीवन ल्याउँछ भनी विश्वास गर्छ । यसकारण, यो दृष्टिकोण अनुसार।, बप्तिस्मा त्यो साधन हो जसद्वारा मण्डलीले मानिसहरुमा उद्धारकारी अनुग्रह प्रदान गर्छ ।”1   यसैले यस दृष्टिकोण अनुसार मुक्तिको लागि बप्तिस्मा अनिवार्य छ भनी सिकाउँछ ।

२.प्रोटेस्टेन्ट दृष्टिकोणः
          यस दृष्टिकोण अनुसार, बप्तिस्माले मानिसको उद्धार गर्न सक्दैन तर येशू ख्रीष्टमा विश्वास द्वारा मात्र मुक्ति पाउँन सकिन्छ भन्दछ । यस बिषयमा लेखक अल्बाल डग्लस लेख्छन्,  बप्तिस्माले न त नानीहरुको उद्धार गरेको हुन्छ न त दण्डको भागिदार बनाएको हुन्छ । उद्धार प्रभु येशूबाट प्राप्त हुन्छ, बप्तिस्माद्वारा होइन ।”2
          यस दृष्टिकोण अनुसार मुक्ति पाउँनको लागि बप्तिस्मा लिइदैन भन्ने कुरा स्पष्ट रुपमा सिकाउँछ ।
हामीले यहाँ २ दृष्टिकोणहरुको बारेमा हे¥यौँ तर यस बिषयमा बाइबलले के भन्छ भन्ने कुरा चाहिँ प्रमुख हुन्छ । किनकि हामीहरुको प्रमुख मान्यताको आधार भनेको नै पवित्र बाइबल हो । कुन सिद्धान्तले र दृष्टिकोणले के भन्छ भन्दा पनि पवित्र बाइबले के भन्छ त्यो बढी मान्य हुन्छ । किनकि हामी बाइबल भित्रका सिद्धान्तको कुरा गर्दै छौँ । हामीहरुको केवल ३ वटा मात्र विधि मण्डलीको निम्ति दिइएको छ १. प्रभुभोज, २ बप्तिस्मा , यी दुबै विधिहरु पालना गरेर मुक्ति पाउँछ भनेर बाइबलमा काहीँ पनि लेखिएको छैन तर ख्रीष्टलाई पक्ष्याएको र विश्वास गरेको कारणले यो गर्नको निम्ति बाइबलले हामीलाई बताउँछ ।
          यसैकारण यदि कसैले बप्तिस्मा नलिनै उसको मृत्यु हुन्छ भने यसले मुक्ति पाउँदैन भनेर बाइबलले हामीलाई बाताउँदैन । बप्तिस्मा भनेको भित्री विश्वासको बाहिरी प्रकटीकरण हो । यसकारण बप्तिस्मा मुक्ति भन्दा पनि विश्वास सँग सम्बन्धीत छ अर्थात मैले येशूमा विश्वास गरेको छु भन्ने भित्री विश्वासलाई बाहिरी रुपमा देखाउँने चिन्ह बप्तिस्मा हो तर यो नै मुक्ति प्राप्त गर्ने मुख्य स्रोत भने होइन ।
त्यसो भए

मर्कूस १६:१५–१६ र प्रेरित २:३८ को अर्थ के हो ?
बप्तिस्मा द्धारा उद्धार पाइन्छ र ?
          कति मण्डलीहरुले मुक्ति पाउन बप्तिमा अपरिहार्य भएको दावी गर्छन् । तिनीहरुले प्रमाण स्वरुप अधि सार्ने गरेका पदहरु निम्नि छन्ः
     मर्कूस १६:१५–१६
   प्रेरित २:३८
मर्कूस १६:१५–१६ लाई बिचार गरौँः
          यस खण्डमा बष्तिमा, विश्वास गर्ने कार्यसित सम्बन्धित कुरा त हो तर त्यो मुक्तिसँग भने असम्बन्धित कुरो हो । कोही पनि पापी व्यक्ति बप्तिस्मा नलिएकोले दोषी ठहरिँदैन तर विश्वास नगरेको दोषी ठहरिन्छ । शब्दहरुलाई यहाँ राम्ररी ध्यान दिइरहनु पर्छ र ती महत्वपूर्ण छ । बप्तिस्मा चाहिँ निजले साँच्चै विश्वास गरेको छ भन्ने कुराको संकेत हो । येशूमा विश्वास गरेको दावी गर्ने तर बप्तिस्मा लिन इन्कार गर्नेहरु साँचो विश्वासीहरु होइनन् । उहाँलाई प्रेम गर्नेहरुले उहाँको आज्ञापालना गर्दछन् भनेर येशूले बताउनुभएको छ । यूहन्ना१४:२३ ।
प्रेरित २:३८ लाई बिचार गरौँः
          एक विश्वासीले आफ्नो पापहरुको क्षमा पाउनलाई बप्तिस्मा लिदैन तर आफ्ना पापहरुको क्षमा भइसकेकाले उसको बप्तिस्मा लिइन्छ । “पापहरुका क्षमका निम्ति” भन्ने वाक्यको निम्ति कि त “पापहरु क्षमा पाउनको लागि” भन्ने हुन्छ। कि त “पाप क्षमा भएकाले ” भन्ने हुन सक्छ । यस्तै बाक्य लूका ५:१३ –१४ मा पाउन सक्छौँ । आफ्नो शुद्धको निम्ति ” आफूलाई पूजाहारीलाई देखाउ भनेर कोरीलाईँ बताइयो किनकी उ ख्रीष्टद्धारा शुद्ध भइसकेको थियो ।
    पवित्र बाइबलले भन्दछ कि हामीलाई बचाउने ख्रीष्टको सुसमाचार र हामीले गरेको विश्वसद्धारा हो (रोमी १ः१६) । बप्तिस्मा नै सुसमाचार होइन भनेर पावलले सिकाएका छन् । (१ कोरिन्थी १:१७, १५:१–४)

  बप्तिस्मा लिदा के हुन्छ ?
·      तपाइँ येशुको मृत्युमा सहभागी हुन्छ                                                                  
·      ख्रीष्टलाई धारणा गरेका हुन्छ
·      मरेकाहरुबाट येशुलाई जीवित पार्नु हुने परमेस्वोरको कार्यमा गरेको बिश्वासद्वारा बप्तिस्मामा तपाइँ येशुसंगै गाडिएको र उहा संगै जीवित पारिएको  हुन्छ

बप्तिस्मा लिन नामान्नुका कारणहरुस
१ साचो हृदयले विस्वास नगर्नु
२ ख्रीष्टको आज्ञा पालन गर्न नचाहनु
३ साँचो रुपले येशुलाई नचिन्ने मान्छेको कुरा सुन्नु
४ बेठिक उदेश्यले संगतिमा मात्र सहाभागी हुनु
५ बप्तिस्माको महत्व नबुझ्नु
       झुठो शिक्षाको संगतमा फस्नु
       दुषित मान्छेको फन्दामा फस्नु
       अन्य
यसैकारणले अन्त्यमा, यदि कोही बप्तिस्मा नलिन नै मृत्यु हुन्छ भने त्यसको मुक्ति गुम्छ भन्न मिल्दैन किनकि बाइबलले हामीलाई कहिल्यै पनि यस्तो शिक्षा दिएको छैन । कुन सिद्धान्तले के भन्छ भन्दा पनि बाइबले के भन्छ त्यसमा हामी बिशेष ध्यान दिन आवश्यक छ । वप्तिस्मा विश्वास सँग सम्बन्धीत छ र विश्वास मुक्ति सँग तर बप्तिस्मा नलिएको कारण मुक्ति गुम्छ भन्नु चाहिँ बाइबलीय उत्तर होइन । यदि बप्तिस्मा नलिएमा मुक्ति प्राप्त नगर्ने भएमा येशू सँग क्रूसमा झुण्डीएको अपराधीले मुक्ति प्राप्त गरेन त ? कदापी होइन किनकि बाइबलले यस्तो कुरा उल्लेख गरिउको छैन तर येशूले भन्नु भएको छ, आजै नै तिमी म सँग स्वर्गलोकमा हुनेछौँ । यसको अर्थ आज तिमी मसँग हुनेछौँ । यसैले बप्तिस्मा मुक्ति प्राप्त गर्नको निम्ति लिइदैन तर येशूमा विश्वास गरेको कारण प्रमाणको स्वरुपमा लिइन्छ ।
यदि यस लेख सम्बन्धी हजुरलाई केही गुनासो भएमा कृपाय यही लेखको कमेन्ट बक्समा लेखिदिनु हुन अनुरोध गर्दछु् । धन्यवाद, सबैलाई जयमसहि

सन्दर्भ सामाग्री
[1] वेन ग्रुडम, सुव्यवस्थित र्इश्वरशास्त्र, पेज, १२७८-१२७९।

[1] अल्बान डग्लस, वचनबाट सयपाठहरू, ३०६।
(पवित्र बाइबल र एक बर्षे चेलापन तालिम बाट )




   अधिक जानकारीको लागीः

Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com

Youtube Channel

Apologetics Faith's Channel






                               


के जीवन भरी येशु लाई बिस्वास गरे तापनि बप्तिस्मा लिएन भने मुक्ति गुम्न सक्छ ? के जीवन भरी येशु लाई बिस्वास गरे तापनि बप्तिस्मा लिएन भने मुक्ति गुम्न सक्छ ? Reviewed by Sangam Shrestha on September 15, 2020 Rating: 5

No comments:

Powered by Blogger.