के जीवन भरी येशु लाई बिस्वास गरे तापनि बप्तिस्मा लिएन भने मुक्ति गुम्न सक्छ ?




के जीवन भरी येशु लाई बिस्वास गरे तापनि बप्तिस्मा लिएन भने मुक्ति गुम्न सक्छ ?

बबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबब





बबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबबब


जयममसिह, बाइबल र यसका सत्यता, ललिपूर, नेपाल
          नेपालमा ख्रीष्टियान मण्डलीको बृद्धि सँग सँगै बाइबल अध्ययन गर्ने क्रम दिनानु दिन बढ्दो छ । बाइबल माथि चासो राख्ने मानिसहरुको अकल्पनिय ढङ्गबाट बढ्दो छ । यो साह्रै र निकै खुशीको कुरा हो । किनकि बाइबले हामीलाई नैतिकबान र चरित्रवान मात्र होइन तर बौद्धिक रुपमा पनि निमार्ण गर्न मद्दत गर्दछ । बाइबल अध्ययन गर्ने क्रममा विभिन्न प्रश्नहरु हामीहरुको मनमा आउँने गर्दछ, जसको उत्तर हामी कति त सजिलै पाउँछौँ भने कति त्यसको जवाफ पाउँन अलि गाह्रो हुन्छ । ती प्रश्नहरुको संगालोहरु मध्ये आज म हजुरहरुको बीचमा एउटा प्रश्न लिएर आएको छु “के जीवन भरी येशु लाई विश्वास गरे तापनि बप्तिस्मा लिएन भने मुक्ति गुम्न सक्छ ?”
          बप्तिस्मा सम्बन्धी सरल रुपमा भन्नु पर्दा यहाँ २ धारणाहरु प्रचलित छन्ः
१.रोमन क्याथलिक दृष्टिकोण
२.प्रोटेस्टेन्ट दृष्टिकोण

१. रोमन क्याथलिक दृष्टिकोणः
          यस दृष्टिकोण अन्तर्गत कुनै पनि व्यक्तिले मुक्ति प्राप्त गर्नको लागि बप्तिस्मा अनिवार्य छ र बप्तिस्मा बिना मुक्ति सम्भव छैन भन्ने तर्क राख्छन् । अर्थात बप्तिस्मा पनि मुक्ति प्राप्त गर्ने स्रोतको रुपमा उनीहरु विश्वास गर्छन् । यस बिषयमा ईश्वरशास्त्री वेन ग्रडम लेख्छन्, “...रोमन क्याथोलिक मण्डलीले बप्तिस्मा मुक्तिको लागि अनिवार्य छ भनी विश्वास गर्छ, अनि बप्तिीमाको कार्यैले पुनजीवन ल्याउँछ भनी विश्वास गर्छ । यसकारण, यो दृष्टिकोण अनुसार।, बप्तिस्मा त्यो साधन हो जसद्वारा मण्डलीले मानिसहरुमा उद्धारकारी अनुग्रह प्रदान गर्छ ।”1   यसैले यस दृष्टिकोण अनुसार मुक्तिको लागि बप्तिस्मा अनिवार्य छ भनी सिकाउँछ ।

२.प्रोटेस्टेन्ट दृष्टिकोणः
          यस दृष्टिकोण अनुसार, बप्तिस्माले मानिसको उद्धार गर्न सक्दैन तर येशू ख्रीष्टमा विश्वास द्वारा मात्र मुक्ति पाउँन सकिन्छ भन्दछ । यस बिषयमा लेखक अल्बाल डग्लस लेख्छन्,  “बप्तिस्माले न त नानीहरुको उद्धार गरेको हुन्छ न त दण्डको भागिदार बनाएको हुन्छ । उद्धार प्रभु येशूबाट प्राप्त हुन्छ, बप्तिस्माद्वारा होइन ।”2
          यस दृष्टिकोण अनुसार मुक्ति पाउँनको लागि बप्तिस्मा लिइदैन भन्ने कुरा स्पष्ट रुपमा सिकाउँछ ।
हामीले यहाँ २ दृष्टिकोणहरुको बारेमा हे¥यौँ तर यस बिषयमा बाइबलले के भन्छ भन्ने कुरा चाहिँ प्रमुख हुन्छ । किनकि हामीहरुको प्रमुख मान्यताको आधार भनेको नै पवित्र बाइबल हो । कुन सिद्धान्तले र दृष्टिकोणले के भन्छ भन्दा पनि पवित्र बाइबले के भन्छ त्यो बढी मान्य हुन्छ । किनकि हामी बाइबल भित्रका सिद्धान्तको कुरा गर्दै छौँ । हामीहरुको केवल ३ वटा मात्र विधि मण्डलीको निम्ति दिइएको छ १. प्रभुभोज, २ बप्तिस्मा , यी दुबै विधिहरु पालना गरेर मुक्ति पाउँछ भनेर बाइबलमा काहीँ पनि लेखिएको छैन तर ख्रीष्टलाई पक्ष्याएको र विश्वास गरेको कारणले यो गर्नको निम्ति बाइबलले हामीलाई बताउँछ ।
          यसैकारण यदि कसैले बप्तिस्मा नलिनै उसको मृत्यु हुन्छ भने यसले मुक्ति पाउँदैन भनेर बाइबलले हामीलाई बाताउँदैन । बप्तिस्मा भनेको भित्री विश्वासको बाहिरी प्रकटीकरण हो । यसकारण बप्तिस्मा मुक्ति भन्दा पनि विश्वास सँग सम्बन्धीत छ अर्थात मैले येशूमा विश्वास गरेको छु भन्ने भित्री विश्वासलाई बाहिरी रुपमा देखाउँने चिन्ह बप्तिस्मा हो तर यो नै मुक्ति प्राप्त गर्ने मुख्य स्रोत भने होइन ।
त्यसो भए

मर्कूस १६:१५–१६ र प्रेरित २:३८ को अर्थ के हो ?
बप्तिस्मा द्धारा उद्धार पाइन्छ र ?
          कति मण्डलीहरुले मुक्ति पाउन बप्तिमा अपरिहार्य भएको दावी गर्छन् । तिनीहरुले प्रमाण स्वरुप अधि सार्ने गरेका पदहरु निम्नि छन्ः
     मर्कूस १६:१५–१६
   प्रेरित २:३८
मर्कूस १६:१५–१६ लाई बिचार गरौँः
          यस खण्डमा बष्तिमा, विश्वास गर्ने कार्यसित सम्बन्धित कुरा त हो तर त्यो मुक्तिसँग भने असम्बन्धित कुरो हो । कोही पनि पापी व्यक्ति बप्तिस्मा नलिएकोले दोषी ठहरिँदैन तर विश्वास नगरेको दोषी ठहरिन्छ । शब्दहरुलाई यहाँ राम्ररी ध्यान दिइरहनु पर्छ र ती महत्वपूर्ण छ । बप्तिस्मा चाहिँ निजले साँच्चै विश्वास गरेको छ भन्ने कुराको संकेत हो । येशूमा विश्वास गरेको दावी गर्ने तर बप्तिस्मा लिन इन्कार गर्नेहरु साँचो विश्वासीहरु होइनन् । उहाँलाई प्रेम गर्नेहरुले उहाँको आज्ञापालना गर्दछन् भनेर येशूले बताउनुभएको छ । यूहन्ना१४:२३ ।
प्रेरित २:३८ लाई बिचार गरौँः
          एक विश्वासीले आफ्नो पापहरुको क्षमा पाउनलाई बप्तिस्मा लिदैन तर आफ्ना पापहरुको क्षमा भइसकेकाले उसको बप्तिस्मा लिइन्छ । “पापहरुका क्षमका निम्ति” भन्ने वाक्यको निम्ति कि त “पापहरु क्षमा पाउनको लागि” भन्ने हुन्छ। कि त “पाप क्षमा भएकाले ” भन्ने हुन सक्छ । यस्तै बाक्य लूका ५:१३ –१४ मा पाउन सक्छौँ । आफ्नो शुद्धको निम्ति ” आफूलाई पूजाहारीलाई देखाउ भनेर कोरीलाईँ बताइयो किनकी उ ख्रीष्टद्धारा शुद्ध भइसकेको थियो ।
    पवित्र बाइबलले भन्दछ कि हामीलाई बचाउने ख्रीष्टको सुसमाचार र हामीले गरेको विश्वसद्धारा हो (रोमी १ः१६) । बप्तिस्मा नै सुसमाचार होइन भनेर पावलले सिकाएका छन् । (१ कोरिन्थी १:१७, १५:१–४)

  बप्तिस्मा लिदा के हुन्छ ?
·      तपाइँ येशुको मृत्युमा सहभागी हुन्छ                                                                  
·      ख्रीष्टलाई धारणा गरेका हुन्छ
·      मरेकाहरुबाट येशुलाई जीवित पार्नु हुने परमेस्वोरको कार्यमा गरेको बिश्वासद्वारा बप्तिस्मामा तपाइँ येशुसंगै गाडिएको र उहा संगै जीवित पारिएको  हुन्छ

बप्तिस्मा लिन नामान्नुका कारणहरुस
१ साचो हृदयले विस्वास नगर्नु
२ ख्रीष्टको आज्ञा पालन गर्न नचाहनु
३ साँचो रुपले येशुलाई नचिन्ने मान्छेको कुरा सुन्नु
४ बेठिक उदेश्यले संगतिमा मात्र सहाभागी हुनु
५ बप्तिस्माको महत्व नबुझ्नु
६       झुठो शिक्षाको संगतमा फस्नु
७       दुषित मान्छेको फन्दामा फस्नु
८       अन्य
यसैकारणले अन्त्यमा, यदि कोही बप्तिस्मा नलिन नै मृत्यु हुन्छ भने त्यसको मुक्ति गुम्छ भन्न मिल्दैन किनकि बाइबलले हामीलाई कहिल्यै पनि यस्तो शिक्षा दिएको छैन । कुन सिद्धान्तले के भन्छ भन्दा पनि बाइबले के भन्छ त्यसमा हामी बिशेष ध्यान दिन आवश्यक छ । वप्तिस्मा विश्वास सँग सम्बन्धीत छ र विश्वास मुक्ति सँग तर बप्तिस्मा नलिएको कारण मुक्ति गुम्छ भन्नु चाहिँ बाइबलीय उत्तर होइन । यदि बप्तिस्मा नलिएमा मुक्ति प्राप्त नगर्ने भएमा येशू सँग क्रूसमा झुण्डीएको अपराधीले मुक्ति प्राप्त गरेन त ? कदापी होइन किनकि बाइबलले यस्तो कुरा उल्लेख गरिउको छैन तर येशूले भन्नु भएको छ, आजै नै तिमी म सँग स्वर्गलोकमा हुनेछौँ । यसको अर्थ आज तिमी मसँग हुनेछौँ । यसैले बप्तिस्मा मुक्ति प्राप्त गर्नको निम्ति लिइदैन तर येशूमा विश्वास गरेको कारण प्रमाणको स्वरुपमा लिइन्छ ।
यदि यस लेख सम्बन्धी हजुरलाई केही गुनासो भएमा कृपाय यही लेखको कमेन्ट बक्समा लेखिदिनु हुन अनुरोध गर्दछु् । धन्यवाद, सबैलाई जयमसहि

सन्दर्भ सामाग्री
[1] वेन ग्रुडम, सुव्यवस्थित र्इश्वरशास्त्र, पेज, १२७८-१२७९।

[1] अल्बान डग्लस, वचनबाट सयपाठहरू, ३०६।
(पवित्र बाइबल र एक बर्षे चेलापन तालिम बाट )




   अधिक जानकारीको लागीः

Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com

Youtube Channel

Apologetics Faith's Channel






                               


के जीवन भरी येशु लाई बिस्वास गरे तापनि बप्तिस्मा लिएन भने मुक्ति गुम्न सक्छ ? के जीवन भरी येशु लाई बिस्वास गरे तापनि बप्तिस्मा लिएन भने मुक्ति गुम्न सक्छ ? Reviewed by The Author on September 15, 2020 Rating: 5

No comments:

Powered by Blogger.