येशु आफैले बाइबललमा कहाँ भन्नुभएको छ त “म परमेश्वर हुँ मेरो आराधना गर ।” ?


येशु आफैले बाइबललमा कहाँ भन्नुभएको छ त “म परमेश्वर हुँ मेरो आराधना गर ।” ?


कुनै पनि धर्मका स्थापकले आफू परमेश्वरका पुत्र वा ईश्वरीय व्यक्ति हुँ भनी दावी गरेको छैनन्। तर येशूले भन्नुभएझैँ उहाँ परमेश्वर हुनुहुन्छ भनी ख्रीष्टियनहरुले विश्वास गर्छन् । येशूले जे गर्नुभयो, जे भन्नुभयो, र उहाँ जो हुनुहुन्थ्यो त्यसको कारणले उहाँ घोषणा गर्नुभयो । उहाँ जताततै भलाई गर्दै जानुभयो । “यस मानिस जस्तो त कुनै मानिसले बोलेन” (यूहन्ना ७:४६) । “हामीले उहाँको महिमा देख्यौँ”(यूहन्ना १:१४) । आफ्नो सेवाको अन्त्यथिर येशूले उहाँ को हुनुहुन्छ भनी आफ्ना तीनजना नजिकका चेलाहरुलाई सोध्नुभयो, र “तपाई ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र” (मत्ती १६:१६) भनी पत्रुसले जवाफ दिएका थिए । यो प्रकाश परमेश्वरबाट नै आएको हो भनी येशूले पत्रुसलाई भन्नुभएको थियो ।
यो निकै महत्वपूर्ण प्रश्न हो । सम्पूर्ण ईशाई समाजलाई यो प्रश्न निकै पटक सोधिन्छ । बाइबलको बिषयमा प्रश्न गर्दा विश्वास नगरेका र बाइबल बिरोधीहरुले सोध्ने प्रश्नहरु मध्ये यो पनि एक हो । यो प्रश्नले सम्पूर्ण ईशाई समाजलाई चुनौती दिन्छ । मुस्लिम धर्मको एक प्रचारक डा. जाकेर नाइकले भनेका थिए “सम्पूर्ण बाइबलमा येशु आफैले कहाँ भन्नुभएको छ म परमेश्वर हुँ र मेरो आराधना गर । यदि यस्तो लेखिएको छ भनी म ईशाई हुनेछु ।”  डा. जाकेर नाइकले गरेको यो प्रश्न र उसको कुरा सुनेर धेरै ब्यक्तिले ताली पनि बजाए र ईशाईहरु माथि पनि चुनौती दिए ।
स्पष्ट रुपमा यो सत्य हो कि बाइबललमा येशुले काही पनि म परमेश्वर हुँ र मेरो आराधाना गर भन्नु भएको छैन् । कुरा हामी स्वकार गर्दछौँ तर हामी यो स्वीकार गर्दैनौ कि येशु परमेश्वर हुनुहुन्न । लूका ४:८ मा येशुले भन्नुभयो “.... तैले आफ्नो परमप्रभु, आफ्ना परमेश्वरलाई दण्डवत् गर्नु र उहाँको मात्र सेवा गर्नू ।” यहाँ येशुले म नै परमेश्वर हुँ भन्ने कुरा गर्दै हुनुहुन्छ । म बाहेक अरु कोहिँ ईश्वर छैन भन्ने कुरा येशु यहाँ गर्दै हुनुहुन्छ । उहाँ येशु शैतानलाई भन्न खोज्नुभएको कुरा “तैले चाहिँ मलाई दण्डवत् गर्नुपर्दछ” भन्न खाजेको हो । येशुले सिधै म नै परमेश्वर हुँ भनी भन्नुभएको छैन । तर म नै परमेश्वर हुँ भन्ने कुरालाई संकेतिक रुपमा प्रष्ट पार्नुभएको छ । येशुले भन्नु भयो ‘म नै आदि र अन्त्य हुँ’ प्रकाश १:१७ , यशैया ४४:६ । येशू आफैले भन्नुभयो “ पिता र म म एक हौँ ।”(यूहन्ना १०:३० । येशु पनि परमेश्वर जस्तै र परमेश्वर नै हुनुहुन्छ । पिता र म एक हौँ भन्नु अर्थ यो होइन कि पिता पनि उहाँ नै र पुत्र पनि उहाँ नै हो तर यसको अर्थ यो हो कि पिता पनि म जस्तै हुनुहुन्छ । परमेश्र पिताको प्रतिरुप र प्रतिबिम्ब म मा छ भन्न खोजेको हो । येशु परमेश्वर पिताको प्रतिरुप
हुनुहुन्छ (कलस्सी १:१५) । येशुले यूहन्ना १४:६ मा भन्नु भयो “बाटो सत्य र जीवन म नै हुँ ।” यहाँ येशुले स्पष्ट सँग भन्नुभएको छ म नै परमेश्वर हुँ । बाटो सत्य मात्र होइन तर येशु त जीवन पनि हुनुहुन्छ । जीवन दिनु हुने परमेश्वर नै  हुनुहुन्छ ।
प्रकाश १:,८–हेर, उहाँ बालदहरुसाथ आउदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछन् । तिनीहरु पनि, जसले उहाँलाई घोचे, र पृथ्वीका सबै कुलहरुले उहाँको कारण विलाप गर्नेछन् । यस्तै होस् । आमेन । “अल्फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ । अल्फा ग्रीक वर्णमालाको पहिले अक्षर हो भने ओमेगा अन्तिम अक्षर हो । येशु ख्रीष्ट सुरु गर्ने परमेश्वर पनि हुनुहुन्छ भने अन्नतको पनि परमेश्वर हुनुहुन्छ । यस पदमा येशु ख्रीष्टको बारेमा स्पष्ट रुपमा व्याख्या गर्दछ । अल्फा र ओमेगा शब्द येशु नै बोल्नुभएको हो । यसमा येशु ख्रीष्टलाई सर्बशक्तिमान परमप्रभु परमेश्वर भनिएको छ । यसबाट हामी स्पष्ट सँग बुझ्छौँ येशु ख्रीष्ट सर्वशक्तिमान परमप्रभु परमेश्वर हुनुहुन्छ । हामीलाई पवित्र शात्र बाइबलले पनि सिकाउने यही हो ।
कुनै कुराहरु यस्तो हुन्छ जसलाई प्रमाणित गर्न भन्नु नै पर्दछ । बिभिन्न कुराहरु, लेखहरु र कामहरु द्धारा पनि प्रमाणित गर्न सकिन्छ । प्रमाण चाहिँ विश्वास नगर्ने मानिसहरुको लागि हो ।
भजनसंग्रह ११०:१ मा “परम्रभु मेरो परमेश्वरलाई भन्नुहुन्छ ” यसको अर्थ के हो परप्रभु ले पनि मेरो परमेश्वरलाई भन्नुभयो । मेरो परमेश्वरले येशु ख्रीष्ट लाई संकेत गर्दछ । येशु ख्रीष्ट निश्चिय नै बिना शंका उहाँ परमेश्वर नै हुनुहुन्छ । यशैया ९:६ मा येशु ख्रीष्टलाई शक्तिशाली परमेश्वर भनी सम्बोधन गरिएको छ ।
भजनसंग्रह ९०:२ “पहाड उत्पन्न हुनुभन्दा अघि, अथवा तपाईले पृथ्वी र संसार सृजनुभन्दा अघि, अनादिदेखि अन्नतसम्म तपाईंनै परमेश्वर हुनुहुन्छ ।” साथै प्रकाश २१:६“... आदि र अन्त्य म नै हुँ ।” यी दुई खण्डहरुले येशु ख्रीष्ट नै परमेश्वर हुनुहुन्छ भन्ने कुराको स्पष्ट विवरण दिदछ । कलस्सी १:१६ ले भन्दछ “किनकी उहाँमा नै (येशु ख्रीष्टमानै) सबै थोक सृष्टि भएका थिए । स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरु, चाहे सिंहासनहरु, चाहे प्रभुत्वहरु, चाहे अधिकारहरु सबैथोक उहाँद्धारै । उहाँकै निम्ति सृजिएका हुन ।” यस पदले पनि येशुलाई सृष्टिकर्ता परमेश्वरको रुपमा चिनाउँदछ । येशु ख्रीष्ट सुष्टिकर्ता परमेश्वर हुनुहुन्छ ।
येशु ख्रीष्ट स्वयम परमेश्वर हुनुहुन्छ । मानव स्वरुपमा उहाँ यस संसारमा आउनुहुदाँ पवित्र आत्माको शक्तिद्धारा कन्या स्त्रीको कोखबाट जन्मनुभयो । यसरी जन्मेको कारण उहाँ मानिसको पुत्र कहलाइनुभयो । मानिसको पुत्र भएता पनि उहाँ परमेश्वर हुनुहुन्थ्यो । येशुले कहिले पनि म परमेश्वर हुँ भन्ने वाक्य त प्रयोग गर्नु भएन तर उहाँले गर्नुभएको कार्य र उहाँले बोल्नुभएको वाक्यमा म नै परमेश्वर हु भन्ने कुरा लाक्षिणिक तरिकाले भन्नुभयो ।
येशुसँग परमेश्वरका सबै गुणहरु छन् । उहाँको आदि (सुरु) थिएन, उहाँ अनन्त (अजम्बरी) हुनुहुन्छ । उहाँको मृत्यु कहिले पनि हुदैन र हुने पनि छैन । उहाँ सधै परमेश्वर सँग हुनुहुन्थ्यो (यूहन्ना १७:१–७) ।


येशु पूर्ण रुपले परमेश्वर हुनुहुन्छ भन्ने बाइबलीय प्रमाणहरुः
            पिता र येशु अस्तित्वमा एक हुनुहुन्छ । यूहन्ना १०:३०
            येशु पूर्ण रुपले परमेश्वर हुनुहुन्थ्यो र उहाँमा परमेश्वरीय स्वभाव र गुण रहेको थियो र फिलीप्पी २:, कलस्सी १:१५,:, हिब्रू १:
            येशु मानिसलाई परमेश्वरको स्वभाव प्रकट गर्नुभयो । यूहन्ना १:१४,१८, यूहन्ना १४:९–११, हिब्रू १:
            येशु त्रिएकत्वको एउटा अभिन्न भाग हुनुहुन्छ । मत्ती २८:१९ , १ कोरिन्थी १३:१४
तसर्थ येशू आफैले म परमेश्वर हुँ भनेर नभन्नु भएता पनि उहाँ परमेश्वर हुनुहुन्छ । उहाँ परमेश्वर हुनुहुन्न भनेर धेरै मानिसहरूले दाबी गरेता पनि उहाँको इश्रत्वलाइ कसैले पूर्ण रूपमा इन्कार गर्न सक्दैन । येशू परमेश्वर हुनुहुन्न भन्ने जति प्रमाणहरू मानिसहरूले दिन्छन् ती भन्दा धेरै मात्रामा येशू परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण हामीहरू सँग छ । येशू आफैले म परमेश्वर हुँ भनेर नभन्नु भएता पनि उहाँ परमेश्वर हुनुहन्छ । किनकि उहाँ परमेश्वर हुनुहुन्न भन्ने प्रमाण धेरै छन् । रोग निको पार्ने, दुःखीलाइ सान्त्वना दिने, मृतकलाइ जिवित पार्ने, शत्रुलाइ क्षमा गर्ने, आफू जस्तै चेलाहरू निमार्ण गर्ने, आदर्शको जीवन देखाउने, सत्य मार्गको बारेमा मानिसहरूलाइ शिक्षा दिने, उहाँले दिनु भएको शिक्षाबाट धेरै मानिसहरू असल जीवनमा परिवर्तन हुने, मानिसहरूलाइ आशा र भविष्य देखाउने र अरूको पापको निम्ति बलिदान हुन तयार हुने व्यक्ति परमेश्वर बाहेक अरू हुन् सक्दैन् ।





                                                              के येशू परमेश्वर हुनुहुन्छ ?

https://www.youtube.com/watch?v=LRssuHvC9k8




   अधिक जानकारीको लागीः

Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com

Youtube Channel

Apologetics Faith's Channel







                               






येशु आफैले बाइबललमा कहाँ भन्नुभएको छ त “म परमेश्वर हुँ मेरो आराधना गर ।” ? येशु आफैले बाइबललमा कहाँ भन्नुभएको छ त “म परमेश्वर हुँ मेरो आराधना गर ।” ? Reviewed by Sangam Shrestha on August 18, 2020 Rating: 5

No comments:

Powered by Blogger.