कोन्योसोम गाँउपालिका-५ मा भएको विद्यालय निमार्ण गर्दा भ्रष्टचार भएको प्रमाणित


बालेश्वरी मा.वि.को निर्माण गर्दा भष्टचार भएको खुलसा ।।।
म एक साधारण विचार बोकेको मानिस हुँ । मलार्इ धेरै तर्क गर्न आउदैन । मेरो नजरमा जे ठिक देख्छु त्यसलार्इ ठिक भन्छु र जे लार्इ खराब देख्छु त्यसलार्इ खराब भन्छु । मलाइ बढाइ चढाइ, चिप्लो घसेर कुरा गर्न पनि आउदैन ।
        मैले गर्भ गर्ने मेरो जीवनमा एउटा महत्वपूर्ण कुरा थियो । मैले मेरा धेरै साथीहरूलार्इ छाती फुलाएर भन्थे कि म सरकारी विद्यालयमा पढेको हुँ । तर आज किन किन शर्मले मेरो अनुहार रातो भएको छ । किनकि म पढेको स्कुललार्इ भ्रष्टचारको मुद्दा लागेको छ ।
विगतका केही समय देखी म पढेको स्कूलमा राजनीतिक चलखेल भएको कुराहरू मेरा कानमा सुनेको थियो । मैले सोचे यो सायद विकास गर्ने क्रममा भएको केही हल्ला होला । त्यसको केही समय पछि मलाइ सबै भन्दा मन पर्ने शिक्षकलाइ विभिन्न राजनितिक व्यक्तिहरूले त्यस स्कूलबाट निकालि दिए । मलाइ अलि चित्त नबुझेको जस्तै भयो । मैले पछि कति व्यक्तिहरूबाट थाहा पाए कि स्कूल निमार्ण गर्दा केही राजनीतिक व्यक्तिहरूले आर्थिक हिनामिना गर्न लाग्दा उहाँले रोक्नु भएको कारण स्कुलबाट निकालिएको थियो ।
        नेपालीमा एउटा भनाइ छ, पाप घुरीबाट कराउँछ । स्कूल निमार्ण गर्दा गरेको आर्थिक हिनामिना छोप्नको लागि शिक्षकलाइ राजनीति गरी निकालियो । तर इश्वर पनि यति निस्ठुर छैन नि । त्यहीको पाप अहिले कराएको छ । त्यस भवन निर्माण गर्दा आर्थिक हिनामिना गरेको र विद्यालय भवनको निर्माणको मुल आर.सी.सी. संरचनामध्ये भवनको पिलर, Tie Beam, Plinth beam ढलान कार्यको Compressive Strength चेक गर्दा सम्झौतामा उल्लेख भए बमोजिमको Strength भन्दा न्यून पाइएकोले मुख्य निर्माण कार्य नै गुणस्तरहिन भएको कुरा प्रमाणित भएको छ । भ्रष्टचारमा डुवेको व्यक्तिहरूको बारेमा सुनेको थिए तर आज आफ्नै गाँउमा र आफुले नै पढेको स्कूलको बारेमा सुन्दा नरमाइलो लाग्दो रहेछ । म यहि कुरा भन्न चाहान्छु कि, त्यस बिषयमा स्पष्ट रूपमा छानविन होस् र कारबाही पनि होस् । सायद यसमा मैले चिनेको केही व्यक्तिहरूलाइ पनि मुद्दा परेको छ तर मलाइ यति थाहा छ कि अपराधीको कुनै पनि नातेदार र आफन्त हुदैन । उनीहरू अपराधी र भ्रष्टचारी हुन् त्यस भन्दा बढी केही होइनन् । उनीहरू मानव होइनन् तर समाजको फोहोर हो यस्तो फोहोरलाइ समाजबाट नफाले सम्म समाज सफा हुन सक्दैन । यसमा सम्लग्न व्यक्तिहरू अरू पनि हुन सक्छ त्यस विषयमा पनि सरकारको ध्यान गअाेस् । बहुला कुकुर र भ्रष्टचारमा डुवेको मानिस मेरो नजरमा बराबर हो दुवैलाइ शरण दिन खोज्दा टोक्छ । यसैले यस्तो कुरा हाम्रो समाजबाट पर राखाैँ । म कुनै क्रान्तिकारी अभियान्ता होइन तर असल समाजको निमार्ण हुनु पर्छ भन्ने मेरो विचार हो । भ्रष्टाचार चाहे त्यो जसले नै गरेको होस् त्यो भ्रष्टचारी हो र त्यो भन्दा बढी केही होइन । 
        त्यस भवन निर्माण गर्नको लागि भुक्तानी भएको रु. १५ लाख ५७ हजार ९८२ रुपैया रकम हानिनोक्सानी भएको पुष्टी हुन आएको छ । म यो भन्न शर्माउदिन कि म यही स्कूलमा पढेको हुँ तर अहिले भ्रष्टचारमा फसेको हो ।
अधिक जानकारीको लागि,

Logo

 द्वारा प्रकाशित भएको समाचार पढ्नु होला ।

काठमाडौं । ललितपुरको कोन्ज्योसोम–५ भारदेउमा पर्ने बालेश्वरी मा.वि. ललितपुरको निर्माण गर्दा पटक–पटक रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको छ । वडा नं. ५ का वडाअध्यक्षले उक्त वडामा पर्ने बालेश्वरी मा.वि.को निर्माण गर्दा पटक/पटक रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान उक्त भष्टचार भएको खुलेको हो ।
आयोगमा उजुरी पश्चात अनुसन्धान हुँदा विद्यालय भवनको निर्माणको मुल आर.सी.सी. संरचनामध्ये भवनको पिलर, Tie Beam, Plinth beam ढलान कार्यको Compressive Strength चेक गर्दा सम्झौतामा उल्लेख भए बमोजिमको Strength भन्दा न्यून पाइएकोले मुख्य निर्माण कार्य नै गुणस्तरहिन भएको पाइएको थियो ।
भवन निर्माणको लागि भुक्तानी भएको रु. १५ लाख ५७ हजार ९८२ रुपैया रकम हानिनोक्सानी भएको पुष्टी हुन आएकोले राष्ट्रसेवकको रुपमा रहेका कोन्ज्योसोम गाउँपालिकाका प्राविधिकहरु इन्जिनियर शिरोमणी ढकाल र सवइन्जिनियर अशोक रोकायले नेपाल सरकारलाई हानिनोक्सानी पु¥याउने गरी उपभोक्ता समितिबाट भएको बालेश्वरी मा.वि. कोन्ज्योसोम–५, भारदेउको विद्यालय भवनको गुणस्तरहीन निर्माणलाई निर्धारित गुणस्तरयुक्त तथा मापदण्डबमोजिम भएको भनी भुक्तानीको लागि सिरफारिस गरेको हुँदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) बमोजिम कसुर गरेको प्रमाणित हुन आएको हुँदा निजहरु शिरोमणी ढकाल र अशोक रोकायलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो १५ लाख ५७ हजार ९८२ रुपैइा कायम गरी सजाय हुन र ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम हानिनोक्सानी भएको बिगो निजहरुबाट असुर उपर हुन मागदाबी गरिएको छ ।
साथै निर्धारित शर्त र सम्झौता विपरीत कम गुणस्तरको विद्यालय भवन निर्माण गरी भुक्तानी लिने बालेश्वरी मा.वि. भवन निर्माण उपभोक्ता समिति, कोन्ज्योसोम–५ भारदेउ ललितपुरका अध्यक्ष मान बहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानु मैंया श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेकोले उक्त उपभोक्ता समितिका अध्यक्ष मान बहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानु मैंया श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम बिगो रु. १५ लाख ५७ हजार ९८२ रुपैया कायम गरी सजाय हुन एवं ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम हानिनोक्सानी भएको बिगो निजहरुबाट असुल उपर हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपक कुमार कोइरालाद्वारा जारी विज्ञपितमा उल्लेख छ ।

(क्रपया प्रतित्रिया दिनु हुदाँ यहि भित्र भएको कमेन्ट बक्स भित्र दिनु हुन अनुरोध गर्दछु ।)
सन्दर्भ सामग्रीः
https://dainikeenews.com/99096/2020/07/06?fbclid=IwAR1WWmvM4_Zao_CT-tTymKyli-clLv6wj1OGJdSSmZkPWHuvhEo7StG8ihg#.XwMEYqbHPG0.facebook

कोन्योसोम गाँउपालिका-५ मा भएको विद्यालय निमार्ण गर्दा भ्रष्टचार भएको प्रमाणित कोन्योसोम गाँउपालिका-५ मा भएको विद्यालय निमार्ण गर्दा भ्रष्टचार भएको प्रमाणित Reviewed by Sangam Shrestha on July 09, 2020 Rating: 5

1 comment:

Powered by Blogger.