डेविड
र प्रेमि मुखियाः
डेविट
मुखिया भारतको दाजलिंङमा जन्मिएका थिए । उनका माता पिता उनी जन्मनु भन्दा केही समय
अधि नेपालको इलामबाट बसाई सराई गरी दाजलिङ पुगेका थिए । डेविट १ दाजु र ४ दिदिहरु
थिए । दाजलिङमा नै रहदा बस्दा डेविटको परिवारले ईशाई धर्म माान्न सुरु गरे ।
स्कटिस् प्रवेटिरियन मण्डलीले उनीहरुलाई राम्रो प्रभाव पारेको थियो । डेविटल आफ्नो
उमेरको ५ बर्ष मा आफ्नो बुबालाई र १२ बर्षको उमेरमा आमालाई गुमाउनु परेको थियो ।
डेविटलाई उनका काकाले कालिम्पोङ मा शिक्षकको निम्ति तालिम लिन पठाए । त्यही सुखिया
पोखरीमा प्रेमी गुरुङलाई भेटेका थिए । सन् १९३५ मा विवाह भयो । विवाह पछि दई जना
केही समय सम्म डा.सिसिल डङ्कन सँग मिसनको काम गरे । त्यस पछि जोगमुनीमा यी मिसनरी
दिदि सँग मिलेर गरेको औद्यधी पसल र सुसमाचारको कामलाई छोडेर अब डेविट र प्रेमि
मुखिया नैतनवा महिला मेसिनरीहरुसँग सेवा गर्न गए । उनीहरुले २० बर्ष सम्म नेपालका
सिमाना क्षेत्रहरुमा काम गरे । १० बर्ष रक्सौलमा रहेर सेवाकाई गरे अनि १० बर्ष
चाहिँ नैतनवामा रहेर सेवा गरे । रक्सौलमा रहेका सुरुको संगती गर्ने समुहका उनी
पहिलो व्यक्ति भए । उनले दैनिक रुपमा १० बर्ष सम्म अस्पतालमा प्रार्थना संगती चलाए
र वरिवरिका गाउँहरुमा सुसमाचार प्रचार गरे ।
सन्
१९४१ मा डेविट र प्रेमि मुखिया नेपाली सुसमाचारि समुहमा प्रवेश गरे । उनीहरुको
मुख्य काम सुसमाचार प्रचार गर्नु आइतबारको आराधना सँगतीलाई संचालन गर्नु साना
बच्चाहरुको स्कूलमा काम गर्नु र क्निकका सहायता गर्नु थियो । वास्तवमा त्यो
क्षेत्रको एक परिपक्व सेवकको रुपमा सेवाकाई गर्दै रहे । डेबिटको असल चरित्र
उत्तरदायित्व बोध गर्ने स्वाभाव, प्रर्थानाका योद्धा जस्ता गुणहरुले गर्दा
मेसिनरीहरु समेत उनीसँग प्रभावित भएका थिए । प्रभुमा विश्वास गर्नेहरु, मेसिनरीहरु र उनका
चिनेजानेहरु समेत उनीकहाँ परामर्श लिनको लागि उनीकहाँ आउने गर्दथे । डेविट र
प्रेमि मुखियाले सम्मान पूर्ण जीवन जिएका थिए । सन् १९५१ मा प्रजातन्त्रको स्थापना
भयो तब सुसमाचारको ढोका खोलेको अनुभव भई पाष्टर डेविट मुखिया र प्रेमि मुखिया र
उनका समुह नेपालको पोखरामा आए र सुसमाचार प्रचार गरे । चार जना नेपालीहरुले
बिश्वास गरे र बष्तिस्मा लिए ।तत्कालिन समयको नेपाल सरकाले मिसनरीहरुलाई नेपालमा
बसेर काम गर्ने अनुमत्ती दिए पछि अब पोखरामा नै बसेर सेवाकाई गर्ने निर्णय गरे ।
सन् १९५२ को नोभेम्बर महिनामा मिसनरीहरु र नेपालीहरु समुह मिलेर संगती सुरु गरे ।
तर यो संगतीमा पनि पाष्टर डेबिट नै अगुवा तथा पाष्टर भए । वास्तवमा उनले र उनका
सम्हले नै नेपालमा सबै भन्दा पहिलो पटक नेपाली मण्डलीको स्थापना गरे । यस
मण्डलीलाई “रामघाट मण्डली” भनेर नाम राखे । यो मण्डलीको निम्ति भवन निमार्ण
गर्नलाई डेविटकै समुहका एक जना सदस्य बुद्धि सागर नाम गरेको व्यक्तिले मण्डली भवन
निमार्णको लागि जग्गा दिए । नेपालको यो पहिलो मण्डलीमा गरिएको पहिलो संगती बासको
झाङ्को छाहारी मुनी गरिएको थियो । पछि गएर सन् १९५५ मा बासले बारेर एउटा छाप्रो
बनाउने काम भयो । त्यही छाप्रोमा धेरै बर्ष सेवाकाई गरे । सन् १९५९ मा मण्डली
आसपासका गाउँबाट ८ जना मानिसहरुले प्रभुमा विश्वास गरे बप्तिस्मा लिए । सन् १९६०
मा डेविट मुखिया ल्।ऋ।ँ। को पहिलो अदक्ष भए । अब डेविट र प्रेमि मुखियालाई देश
छोडि जानलाई धेरै तिरबाट बिभिन्न प्रकारका दवाबहरु आउन थाले । डेविटले कुनै एक समय
तानसेनमा बप्तिस्माको कार्यक्रममा भाग लिन गएको कारण देखाई पक्राउ पूर्जी जारी भयो
। तर केही समयको पछि सन् १९६९ मा फेरी उनीहरु पोखरामा फर्किए । डेविट र प्रेमि
मुखियाको अनुपस्थितमा देबु सिंङले पाष्टरको सेवाकाई काम गरेको थिए । अब फर्किए आए
पछि डेविटले नै निरन्तर रुपमा सक्रिय भएर सेवाकाई गरे । नेपाली मण्डली इतिहासमा
डेबिट र प्रेमि मुखियाले प्रभुको लागि गरेको सेवाकाई आज सम्म पनि नेपाली इसाई
जगतले भुल्नै नसकिने एउटा असल नमुना थियो । उनको मृत्यु सन् १९९१ मा भएको थियो ।
अधिक जानकारीको लागीः
Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
sthasangam333@gmail.com
Phone: 9861310079
Blogger: https://sangamshresth.blogspot.com
Youtube Channel
Apologetics Faith's Channel
रामघाट मण्डलीको पहिलो पाष्टर डेविट मुखिया र प्रेमि मुखियाको जीवनी
Reviewed by Sangam Shrestha
on
June 06, 2020
Rating:
No comments: