हिब्रूको पुस्तक पावलले लेखेका हुन त ?


हिब्रूको पुस्तक पावलले वा अरूले नै लेखे ?



नयाँ करारमा २७ वटा पुस्तकहरु छन् । यस हिब्रूको पुस्तक कसले लेखेको हो भन्ने बिषयमा धेरै ईश्वरशास्त्रीहरु वादविवाद चलिरहेको छ । बिशेष गरी यसको लेखक को हो त्यो स्पष्ट अहिले सम्म भएको छैन । कति जना ईश्वरशास्त्रीहरुले पावल लेखेका हुन् भन्छन् भने कतिले पावलले लेखेका होइनन भन्ने बिवरणहरु दिदछन् ।
यसै सम्बन्धमा पावलले लेखका हुन र होइन भन्ने तर्कहरु तल दिएको छ ।

         

पावलले लेखेका होइन भन्ने तर्क
पावलले लेखेका हुन्

पावलको पत्रहरुमा भएकाभन्दा भिन्नै लेखाई ढाँचा र शब्दहरुको प्रयोग गरिएको छ ।
पावलीय विचारहरु छन् । प्रयोग गरिएका शब्दहरु उस्तै खालका छन् । कुनै पनि लेखकको लेखाई ढाँचा र शब्दहरु परिस्ततिअनुसार फरक फरक हुन सक्छन् ।

पत्रको शुरुले पावलका पत्रहरुका तरिकालाई पछ्याएको छैन ।
त्यो साँचो हो, तर पत्रको बाँकी भागले निश्चय नै आधारभुत बनावटलाई पछ्याएको छ ।

मोशाको व्यवस्थाप्रतिको प्रवृति बेग्लै छ ।  
आधारभूत कुराचाहिँ एउटै हो, तर उनले यहुदीहरुलाई लेख्दा उनको प्रस्तुत गर्ने तरिकाचाहिँ फरक छ ।

विश्वासको सम्बन्धमा सिकाइएको शिक्षा फरक छ ।
विश्वासको सम्बन्धमा दिएको जोड पावलीय नै हो भिन्नै रुपलाई जोड दिइएको छ ।

ख्रीष्टको प्रधान पूजाहरीपन पावलीय धारणा होइन ।
१ तिमोथी २ः५ मा ख्रीष्टलाई मध्यस्थकर्ताको रुपमा प्रस्तुत गरिएको छ । प्रधान पूजाहारीके धारणा बिशेष गरी यहुदीहरुका निम्ति अर्थपूर्ण थियो ।
लेखाई ढाँचाचाहिँ शास्त्रीय विद्धान् जस्तो छ ।
पावलले शास्त्रीय ढाचाँलाई प्रयोग गर्न सक्थे । उनले उच्च शिक्षा हासिल गरेका थिए ।

दार्शनिक शब्दहरुको प्रयोगमा अलेक्जेण्ड्रीयन चरित्र
शब्दको बिस्तारको प्रयोग । पावललाई ग्रीक दर्शनशास्त्र थाहा थियो । (उनले जानि जानि नै यसलाई कोरिन्थमा प्रयोग गरेनन् ।)
यसमा पावलको नाम उल्लेख भएको छैन ।
त्यो साँचो हो, तर पूरै परिचय नै संलग्न गरिएको छैन । तीनवटा पावलीय पत्रहरुका अन्तमा मात्र नाम उल्लेख गरिएको छ ।

प्रभुलाई चिन्नेहरुबाट सुसमाचार प्राप्त गरेका कुरा बताउँछन् । पावलले प्रभुबाट सिधै सुसमाचार प्राप्त गरेका थिए ।
आफूले पत्र लेखेका व्यक्तिहरुसँग नै लेखकहरुले आफूलाई परिचय गराएका थिए । पावलले प्रभुबाट सुसमाचार प्राप्त गरेका थिए, तर प्रभुको बचन सुनेका अरुहरुलाई यसलाई पक्का गरिएको थियो ।


हिब्रूको पुस्तक पावलले लेखेका हुन त ?    हिब्रूको पुस्तक पावलले लेखेका हुन त ? Reviewed by Sangam Shrestha on June 16, 2020 Rating: 5

No comments:

Powered by Blogger.