येशूले किन आफूलाइ मानिसको मानिसको पुत्र भन्नुभयो ?


येशूले किन आफूलाइ मानिसको मानिसको पुत्र भन्नुभयो ?



           
      बाइबलमा येशू आफैलाई मानिसको पुत्रको नामले चिनाउँनु भएको छ । यूहन्ना १ः१४ अनुसार उहाँ मानिस भई यस पृथ्वीमा आउँनु भयो र आफूलाई मानिसको पुत्रको रुपमा चिनाउँनु भयो । “येशू आफैले “मानिसको पुत्र” भन्ने शब्द करिब ८० पटक प्रयोग गर्नुभएको छ । ३२ पटक मत्तीको पुस्तकमा, १४ पटक मर्कूसको पुस्तमा, २६ पटक लूकामा र १० पटक सुसमाचार यूहन्नाको पुस्तकमा प्रयोग गरिएको छ । सुसमाचारको पुस्तक भन्दा बाहिर पनि येशूलाई “मानिसको पुत्र” भनिएको छ । प्रेरित ७ः५६ मा स्तिफनसले भने “हेर, स्वर्ग उघ्रेको म देख्छु, र मानिसको पुत्रलाई परमेश्वरको दाहिपट्टि उभिरहनुभएको म देख्तछु ।” हिब्रू २ः६ “...मानिस के हो, र तपाईं त्यसको वास्ता राख्नुहुन्छ ? अथावा मानिसको छोरा को हो, र तपाईं त्यसको फिव्रिm गर्नुहुन्छ ।” र प्रकाश १ः१३–१५,१४ः१४ मा एक “मानिसको पुत्र जस्तै” भन्ने वाक्य लेखिएको छ ।”  नयाँ करारमा येशू मानिसको पुत्रको रुपमा ८० पटक भन्दा बढी चिनिनु भएको छ । आखिर किन येशूले आफूलाई मानिसको पुत्र भनी भनु भयो . मानिसको पुत्र र पुरानो करारसँग केही सम्बन्ध छ .
                        यस विषयमा जीन–बप्तिस्टे स्वाडोगो र मारसीया ए. मङ्गर आफ्नो पुस्तकमा लेख्छन् “येशू ख्रीष्टले आफैलाई मानिसको पुत्रको नाम प्रयोग गरी दानिएलले उनको भविष्यत दर्शनमा देखेको व्यक्तिसँग परिचित गराउनु भएको छ । उहाँले त्यो भन्दा पनि अझ धेरै गर्नुभयो । मानिसको पुत्रको रुपमा उहाँले दुःख भोग्नु, मर्नु र बौरी उठ्नु पर्नेछ भनी बताउँनु भयो (लूका ९ः२२) । चेलाहरुले बुझ्नै नसकेको बयान पनि यही नै थियो (लूका ९ः४४,४५) । यसले देखाउँछ कि महान शक्ति र महिमामा आउँनुहुने परमेश्वरका पुत्र पहिलो पल्ट तिरस्कार हुनुहुनेछ ।”   येशू मानिसको पुत्र हुनुहुन्छ भन्ने कुरा विशेषरुमा व्याख्या भने लूकाको पुस्तकमा लूकाले गरेका छन् । “लूकाले प्रस्तुत गरेको येशू ख्रीष्टको मानवत्व अति महत्वपूर्ण वास्तविकता हो । धेरै बाइबलका विद्यार्थीहरुले लूकाको सुसमाचारलाई येशू ख्र्रीष्टको मानवत्वको सुसमाचारको रुपमा वर्णन गरेका छन् । येशू ख्रीष्ट हामी जस्तै हुनुहुन्थ्यो र उहाँ पूर्ण रुपमा मानव जीवनको अनुभव पाउनुभएको थियो  भन्ने कुरा लूकालृ देखाएका छन् ।”
                        मानिसको पुत्रको सन्दर्भमा नेपालका ख्रीष्टियान रक्षाशास्त्री कमल अधिकारी आफ्नो पुस्तकमा लेख्छन्, “येशू आफैलाई बारम्बमर “मानिसको पुत्र” को रुपमा उल्लेख गर्नुभयो । चार ओटा सुसमाचारमा यो नाम झण्डै ८२ पटक देखा पर्छ । भिडले उहाँका वचनहरु उद्धत गर्दा (यूहन्ना १२ः३४) र स्तिफनस (प्रेरित ७ः५६) ले बाहेक नयाँ करारमा अरु कसैको मुखमा यो नाम पाईंदैन, केवल येशूले आफ्ना लागि यो नाम प्रयोग  गर्नुभयो । उहाँले यस नामलाई तिन ओट पृथक तरिकामा प्रयोग गर्नुभयोः क.पृथ्वीमा भएको उहाँको सेवा–कार्यको सम्बन्धमा (जस्तैः मत्ती ८ः२०), ख.वेदनाको बारेमा अगमवाणी गर्नुहुँदा (जस्तैः मत्ती १२ः४०) र ग.उहाँको दोस्रो आगमनको सम्बन्धमा (जस्तैः मत्ती १३ः४१) ।
            दानिएल ७ः१३–१४ अनुसार “मानिसको पुत्र” मसीहको एउटा नाम हो जसँग अधिकार, महिमा र सार्वभौमिकता छ । दानिएलको विवरणअनुसार उहाँलाई नै सबै मानिसहरुले आराधना चढाए र उहाँको प्रभुत्व अनन्त छ । येशूले यस नामद्वारा आफूलाई अनन्त न्यायकर्ताको रुपमा उभ्याउँदै हुनुहुन्थ्यो । ईश्वरशास्त्रीसाथै दार्शनिक विलियम लेन क्रेग लेख्छन् “मानिसको पुत्र पुरानो करारको दानिएलको पुस्तकमा देखा पर्नुभएको ईश्वरीय व्यक्तित्व हुनुहुन्थ्यो जो संसारको अन्त्यमा मानव–जातिलाई न्याय गर्न र सदासर्वदा राज्य गर्न आउनुहुन्छ यसरी, मानिसको पुत्र हुँ भन्ने दाबी परमेश्वर हुँ भन्ने दाबीसँग बरारबर छ ।” 




                                                                                      अधिक जानकारीको लागीः
Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
            sthasangam333@gmail.com
Phone: 9861310079
Blogger: https://sangamshresth.blogspot.com

Youtube Channel

Apologetics Faith's Channel







येशूले किन आफूलाइ मानिसको मानिसको पुत्र भन्नुभयो ? येशूले किन आफूलाइ मानिसको मानिसको पुत्र भन्नुभयो ? Reviewed by Sangam Shrestha on June 01, 2020 Rating: 5

No comments:

Powered by Blogger.