के येशु ख्रीष्टले विवाह गर्नु भयो ? येशू ख्रीष्टले विवाह नगर्नुको १३ कारणहरू

 

के येशु ख्रीष्टले विवाह गर्नु भयो ?


कति पय मानिसहरूले यो दाबी गर्छन कि येशु ख्रीष्टले विवाह गर्नुभयो । कतिले त यो पनि भन्छन कि येशु ख्रीष्टको परिवारको सन्तान अहिले पनि भारत देशमा छन् । तर अब हामी पवित्र बाइबलले के भन्छ त्यसमा ध्यान दिउ । सम्पूर्ण पवित्र बाइबलमा काहिँ पनि येशु ख्रीष्टले विवाह गर्नु भएको विवरण पाउदैनौँ । येशु विवाह नगर्नुको कारणहरू निम्न छन् :१. येशु ख्रीष्ट भगवान हुनुहुन्न : हिन्दु धर्मको दृष्टिकोण अनुसार भगवानले विवाह गरेको पाइन्छ तर येशु भगवान हुनुहुन्न । येशू हिन्दु दर्शनको व्यक्ति हुनुहुन्न । हो येशु शरीरमा हुनुहुन्थ्यो तर यो होइन कि येशु यस संसारको मानिसहरू अनुसार नै जीउनु भयो वा शारीरिक अभिलाषाहरू पूरा गर्नुभयो तर उहाँ बुद्विमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो (लूका २:५२) ।२. येशुले विवाह गर्नु भएन किनकि उहाँ यस संसारमा छोटो समयको लागि मात्र आउनु भएको थियो । येशु यस संसारमा केही छोटो समयमा मात्र बस्नु भयो करिव साढे ३३ बर्ष । उहाँको सेवाकार्इंको अबधिमा कहिले पनि येशुले श्रीमती छिन भन्ने कुरा गर्नु भएन र कहिले पनि येशुलार्इ श्रीमतीले खोज्न पनि आइनन् तर उहाँको आमा र भार्इहरूले खोज्न आएका थिए । (मर्कूस ३:३१–३५, लूका ८:१९–२१,मत्ती१२:४६–५०) यसैले येशुले विवाह गर्नु भएको छैन ।३. येशु ख्रीष्ट आफैँले मैले विवाह गरे भनेर भन्नु भएको छैन ।४. येशुलार्इ योग्य स्त्री कोही पनि थिएन ।५. येशु ख्रीष्टलार्इ विवाह गर्ने समय नै भएन ।६. येशु ख्रीष्ट पूर्ण रूपले परमेश्वर हुनुहुन्छ ।७. उहाँ निष्खोट थुमाको बलिको आवश्यकता भएकाले विवाह गर्नु भएन ।८. विवाह गर्नु र छोराछोरी जन्माउन येशुलाई संसारमा पठाइएको थिइएनन् । मर्कूस १०:४५ ले यो कुरा पृष्टि गर्छ, “त्यसरी नैमानिसको पुत्र (येशु) सेवा लिन होइनतर सेवा गर्न आएको हो । मानिसको पुत्र उनको आफ्नै जीवन दिन अ नि अरु धेरै मानिसलाई बचाउन आएको हो ।”९. येशुको पुनरूउत्थान पछि येशुले विवाह गर्नु भयो भन्ने बिषयमा धेरै पुस्तकहरू लेखिए तर हामीलार्इ कहिले पनि यो कुरा बाइबलले बताउँदैन । हामी बाइबलमा विश्वास राख्छौ तर अरू पुस्तकहरूमा होइन । हाम्रो निम्ति बाइबल नै प्रमुख येशुको जीवनीको बारेमा बताउने ग्रन्थ हो । अरू मानिसहरूले जे सुकै भनेता पनि जति नै बाइबललार्इ झुटो दोष लगएता पनि सत्य कहिले पनि झुटो ठहरिदैन । येशुले विवाह विवाह गर्ने छु भनेर पनि कहिले पनि भन्नु भएको छैन यसैले हामी यो कुरा कहिले पनि विश्वास गर्दैनौँ । सम्पूर्ण बाइबलमा कहिले पनि येशुले विवाह गर्नु हुन्छ भन्ने कुरा कहिले पनि कुनै पनि अगमबक्ताहरूले अगमबानी गरेको कुरा पाउदैनौ ।१०.                 पुनरूयत्थान पछि येशुले विवाह गर्नु भएको भए बाइबलमा उल्लेख गर्ने थियो तर उहाँ त ४० दिन पछि स्वर्गरोहन हुनु भयो (प्रेरित १:९) ।११.                 लूका ९:५८ पदले येशुले कहिले पनि विवाह गर्नु भएन भन्ने कुराको संकेत दिदछ, यहाँ लेखिएको छ, स्यालका दुला छन्, र आकाशका चराचुरूङ्गीहरूका गुँड, तर मानिसको पुत्रको त शिर राख्ने ठाउँ पनि छैन् ।१२.                 यूहन्ना १४:२ र ३ पद अनुसार येशु स्वर्ग नै जानु भयो ।१३.                 येशुको राज्य चाहिँ यस संसार थिएन, यसैले येशुले कहिले पनि विवाह गर्नु भएन । यूहन्ना १८:३६के हो त द भिन्ची कोड ?डान ब्राउनले लेखेका येशू ख्रीष्टको पुनरूत्थान पछिको बारेमा लेखिएको पुस्तक ‘द भिन्ची कोड हो । यस पुस्तक सन् २००३ मा अप्रिलमा अमेरिकामा प्रकाशन गरिएको हो ।
Publisher



यस पुस्तक अनुसार येशूले विवाहा गर्नुभयो र उहाँके सन्ताहरू अझै पनि यस संसारमा रहिरहेका छन् भनी भन्छन्।एवम् थुप्रै साहित्यिक कृतिहरुमा येशुको मग्दलिनीसित विवाह भएको कुरामा दाबी गरेका छन् । तर उनीहरुसित कुनै प्रमाण छैनउनीहरु अनुमानको भरमा यसो लेखिरहेका छन् ।
यसैकारण येशूले कहिले पनि विवाह गर्नु भएन । मानिसहरूले उहाँको बिषयमा मानिसहरूले जे भने पनि बाइबलले येशूले विवाह गर्नुभएको कुनै विवरण दिदैन । यसैले येशूले विवाह गर्नुभएन ।  

Name: Sangam Shrestha
sthasangam33@gmail.comEmail:sthasangam333@gmail.com


9861310079
u


के येशु ख्रीष्टले विवाह गर्नु भयो ? येशू ख्रीष्टले विवाह नगर्नुको १३ कारणहरू के येशु ख्रीष्टले विवाह गर्नु भयो ? येशू ख्रीष्टले विवाह नगर्नुको १३ कारणहरू Reviewed by Sangam Shrestha on May 30, 2020 Rating: 5

No comments:

Powered by Blogger.