येशू को हुनुहुन्छ ? रक्षाशास्त्र पक्षबाट अध्ययन- Who is Jesus ?


येशू को हुनुहुन्छ ?

Kamal Adhikari || येशू को हुनुहुन्छ ? (पुस्तक ...

यो लेख ख्रीष्टियान रक्षाशास्त्री कमल अधिकारी ज्यूले लेख्नु भएको येशू को हुनुहुन्छ ? भन्ने पुस्तकको साराशं हाे । रक्षाशास्त्र दृष्टिकोणबाट बाट येशूको बारेमा लेखिएको यो पुस्तक निकै रोचक र सत्यताले भरिएको छ ।



येशू को हुनुहुन्छ भन्ने पुस्तकको लेखक कमल अधिकारी ज्यू हुनुहुन्छ । उहाँ लेखकका साथै अनुवादक हुनुहुन्छ । उहाँको जन्म गोरखामा भएको थियो भने उहाँको हुर्काइ धादिङ जिल्लामा भएको हो । उहाँ तात्कालिन समयमा ललिपूरमा जिल्लामा बस्नुहुन्छ र इम्मानुएल बाइबल इन्स्टिच्युटका प्रधानध्यापकको कार्यपदमा रही कार्य गरिरहनु भएको छ । उहाँले हालसम्म ५० वटा भन्दा बढी पुस्तकहरु अनुवाद गरिसक्नु भएको छ भने उहाँले ५ वटा भन्दा बढी पुस्तकहरु प्रकाशन गरिसक्नु भईसकेको छ । उहाँले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College and Seminary बाट B.Div हासिल गर्नु भएको छ । यसको साथै Development Associates International Nepal Ebenezer Bible College को सहकार्यमा सञ्चालित स्नातकोत्तर प्रोग्राम अर्थात Master of Arts in Organizational Leadership २०१६ मा पुरा गर्नुभएको छ । उहाँ खास गरी रक्षाशास्त्र सम्बन्धी कलम चलाउने व्यक्ति हुनुहुन्छ ।
            यस पुस्तकमा बिशेष गरी येशू को हुनुहुन्छ भन्ने महान प्रश्नको उत्तर सरल र बुझ्ने प्रकारले उल्लेख गरिएको छ । बिशेषगरी येशूको व्यक्तिगत पहिचानलाई हस्तक्षेप गर्ने मानिसहरुको निम्ति यो पुस्तक कुनेढुङ्गो झै साबित भएको छ । येशू यस संसारमा बाच्नुभयो भयो भन्ने ऐतिहासिक प्रमाणहरु यस पुस्तकमा स्पष्ट रुपमा उल्लेख गरिएको छ । येशू ऐतिहासिक व्यक्ति हुनुहुन्छ कारण उहाँलाई देख्ने प्रत्यक्षदर्शी विवरणहरु हामीहरुको माझमा पनि छन् । बाइबलमा सबै भन्दा बिबादित प्रश्न मध्ये के येशू कन्याबाट जन्मनु भयो भन्ने जटिल प्रश्नहरुको सहज तरिकाबाट स्पष्ट र बुझिने प्रकारले प्रश्नको उत्तर दिएको पाइन्छ । येशू पुरानो नियमका भविष्यवाणीहरु अनुसार नै यस संसारमा आउनु भएको थियो । यसैले पुरानो करारमा लेखिए अनुसार नै उहाँले आश्चर्यकार्य गर्नु भयो र पाप रहित नै जीवन बिताउनु भयो । येशू बाइबलले मात्र हुनुहुन्छ भन्ने कुरा भन्दैन तर पुरातात्विक साक्षीहरुले पनि उहाँ हुनुहुन्थ्यो भन्ने कुरा उहाँको जीवनीलाई समर्थन गर्दछन् । यति मात्र होइन उहाँले धेरै नास्तिक व्यक्तिहरुलाई पनि येशूका बचनहरुले परिवर्तन गर्नुभएको छ । यसका साथै बाइबलमा येशूले “म परमेश्वर हुँ ।” भन्ने कुरा दावी नगर्नु भएता पनि बाइबलमा उल्लेख गरिएका पदहरु र येशूका दाबीहरुहरुको बारेमा उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा प्रमाण दिदछ ।
            येशूको बारेमा सोधिने प्रश्नहरु मध्ये के येशू ऐतिहासिक व्यक्ति हुनुहुन्छ ? भन्ने प्रश्न पनि रहेको पाइन्छ । येशू ऐतिहासिक व्यक्ति हुनुहुन्छ भन्ने कुरा कति मानिसहरुले स्वीकार गर्दैनन् । उनीहरुले येशू वास्तवमै जन्मनुभयो भन्ने कुरामा विश्वास गर्दैन र उहाँ एक काल्पनिक व्यक्ति हुनुहुन्छ भन्ने कुरा पूर्ण रुपले इन्कार गर्दछन् । येशू ऐतिहासिक व्यक्ति हुनुहुन्छ भन्ने कुरा प्रमाण दिनको लागि हामीहरुको माझमा २ वटा बलियो स्रोतहरु छन् । पहिलोः ख्रिस्टियान स्रोतहरु, दोस्रोः गैरख्रिस्टियान स्रोतहरु । खीष्टियान स्रोतहरुमा नयाँ करार एक बिशेष अभिलेक हो । नयाँ करारमा भएका २७ वटा पुस्तकहरु भरपर्दा स्रोतहरु हुन् । नयाँ करारको २७ वटा पुस्तकहरु मध्ये करिब १० जना लेखकहरु उहाँको साथ साथ हिड्ने व्यक्तिहरु वा चेलाहरुले लेखेका थिए । यसको साथै पुनरुउत्थानको साक्षी पावलले पनि १३ वटा पुस्तकहरु लेखेका छन् । यी २७ वटा पुस्तकहरुले येशू ऐतिहासिक व्यक्ति हुनुहुन्छ भन्ने कुराको प्रमाणित गर्नको लागि कुनै कसुर छोडेको छैन वा स्पष्ट रुपमा बिना बिबाद प्रमाण पेश गर्दछ । प्रेरितहरुले आफूले सिकेका शिक्षाहरु एक पुस्ताबाट अर्काे पुस्तालाई होसियारीपूर्वक सिकाएका थिए । त्यो शिक्षा एक पुस्ताबाट अर्काे पुस्तामा बिस्तारै सर्दै वा होशियारी पूर्वक सिकाएका थिए ।
            गैरख्रिस्टियान स्रोतहरु पनि हामीहरुकोे बिचमा रहेको पाइन्छ । गैरख्रिस्टियान स्रोत अन्तर्गत यहूदीहरु स्रोत पनि एक हो जसमा योसिफस नाम गरेका यहूदी इतिहाकारले पनि येशू पहिलो शताब्दीमा हुनुहुन्थ्यो भन्ने कुरा उल्लेख गरिएको छ । यस्तै ताल्मुडले पनि येशू वास्तवमा नै ऐतिहासिक व्यक्ति हुनुहुन्छ भन्ने कुराको प्रमाण दिदछ । येशूको बारेमा असल कुरा नलेखे पनि उहाँ हुनुहुन्थो भन्ने कुरा चाहिँ उल्लेख गरिएको छ । यस्तै गैरख्रिस्टियान स्रोत मध्ये रोमी स्रोतहरु पनि रहेको पाइन्छ । कर्नेलियस टासिटल एक रोमका इतिहासकार थिए । उनले पनि येशू ऐतिहासिक व्यक्ति हुनुहुन्छ भन्ने कुरा उल्लेख गरेका छन् । यस्तै प्लिनी द योङ्गर पनि येशू ऐतिहासिक व्यक्ति हुनुहुन्छ भन्ने कुरा उल्लेख गरिएको छ । उनी एसिया माइनरमा अवस्थित बिथानियाका गभर्नर थिए । उनले पनि इसाइहरुलाई सताएका थिए र येशूको बारेमा आफ्नो पत्रमा उल्लेख गरेका छन् । 
येसु मानिसहरुको बिचमा यसकारणले पनि प्रसिद्ध हुनुहुन्थ्यो कि पवित्र धर्मशास्त्रले उहाँको बारेमा भन्दछ कि उहाँ पापरहित हुनुहुन्थ्यो । येसुको जीवनीलाई हामीले हेर्दा उहाँ पाप रहित जीवन बिताउनुभयो । यसको निम्ति येसु आफैले पनि गवाही दिनुभयो । यसको साथै पन्तियस पिलातसको गवाही, पिलातसकी पत्नीको गवाही, रोमी कप्तानको गवाही, क्रुसमा टागिएका चोरको गवाही, येसुका चेला यूहन्नाको गवाही, येसुका चेला पत्रुसको गवाही, प्रेरित पावलको गवाही, यहूदा इस्करियोतको गवाही, हिब्रूको लेखको गवाही यी १० वटा गवाहीहरुको कारणले हामीलाई पूर्ण रुपमा विश्वास दिलाउँछ कि येशू पाप रहित जीवन बिताउनु भयो । येसुले आफ्नो करिब ३३ बर्ष जीवन दुष्ट र भ्रष्ट मानिसहरुको बिचमा बिचाउनुभएता पनि उहाँ पवित्र  वा पापरहित जीवन बिताउनु भयो । पूर्ण बाइबलमा येसुको पाप रहित जीवन बिताउनु भएन भनेर कसैले दोष लगाउन सकेन । यसैले त येसुको यस्तो जीवनी र उहाँले गरेका कामहरुको कारण धेरै मानिसहरुले येशूको नाममा घुडा टेकेका छन् । यी मध्ये लि स्टो«बेल हुन जो एक नास्तिक थिए । उनी उनको श्रीमतीको जीवनमा आएको परिवर्तन आएको देखेर ख्रिस्टमा परिवर्तन भएका थिए । तब उनले द केस फर क्राइस्ट नामक पुस्तक लेखेका थिए । यस्तै लिउ वालेस पनि एक प्रख्यात नाम हो । उनी एक तटस्थ व्यक्ति थिए तर रेलमा एक जना साथीको कारण उनी ख्रिस्ट प्रति विश्वास गरेका थिए । साधु सुन्दर सिंह को बारेमा नसुनेका मानिस त नेपालमा धेरै थोरै होला । उनी एक दर्शन बाट येसुको बारेमा सुनेका थिए । जोन न्युटन, सी.एल.लेविस, फ्रा्याङ्क मोरिसन, चिफ तारिरी पनि प्रत्यक्ष उदाहरणहरु हुन् । येसुले मानिसहरुलाई मात्र होइन तर संसारमा पनि रुपान्तरण गर्नु भएको छ । येसु आज २००० अगाडी यस संसारमा आउनु भएता पनि उहाँले त्यस समय देखी अहिले सम्म अथाह रुपान्तरण ल्याउनु भएको छ । येसुको जन्मले पात्रोलाई पनि दुई भाग गरेको इतिहास दिउसोको घाम झैँ स्पष्ट छ । येसुको जन्मले ख्रिस्टपूर्व र ख्रिस्टाब्द गरि दुई भागमा बिभाजन ग¥यो । यस्तै येशूको जीवनीले २ वटा विश्वव्यापी पर्वहरुको लागि केन्द्रिय व्यक्ति हुनुहुन्छ । ख्रिस्टमस र इस्टर दुई बिशेष दिन येसुको कारणले नै विश्वव्यापी पर्वको रुपमा स्थापित भएको छ । येसुको आगमनले शिक्षाको क्षेत्रमा पनि उल्लेखनीय  भुमिका खेलेको छ । बिभिन्न शताब्दीहरुमा शिक्षाको शिक्षाको रुपान्तरण गर्नको निम्ति येसुको शिक्षाले बिशेष भुमिका खेलेको छ । सरकारी स्कुलको अवधारणलाई सुरुवात गर्ने व्यक्ति पनि बाइबललाई निकै प्रेम गर्ने व्यक्ति थिए,जसको नाम मार्टिन लुथर हो । येसुको कारणले बालबालिकाहरुलाई मार्ने प्रचलनको पनि अन्त्य भयो । रोमी र ग्रीकहरुको बीचमा पनि यदि छोरी जन्मिए भने मारिन्थ्यो । तर जब यस संसारमा आउनु भयो यी सबै कुरालाई अन्त्य गर्नुभयो । येशूले बालबालिकाहरुको निम्ति पनि परमेश्वरको राज्यमा समानहक छ भन्ने कु्रा उल्लेख गर्नुभएको छ । सबै मानिसहरु र बालिका परमेश्वरको प्रतिरुपमा सृष्टि गरिएको हो भन्ने कुरा येसुले प्रमाणित गर्नु भयो (मत्ती १९ः१४) । येसुको आगमनले महिला र पुरुष बीच पनि समानता हुन थाल्यो । येसुले महिला र पुरुष परमेश्वको नजरमा समान छन् भन्ने कुरा उल्लेख गनुभयो । उहाँले आफ्नो सेवाकाईमा कहिले पनि महिला र पुरुष बीच विभेद गर्नु भएन । यसैले उहाँको चेला पावलले भनेका छन् कि ख्रीष्ट येशूमा सबै एउटै हौँ (गलाती ३ः२८) । येसुले अरु मानिसहरुलाई सहायता गर्न पनि सिकाउनु भयो । यसको प्रभाव अहिले सम्म पनि छ । उहाँ निकै दयालु हुनुहुन्थ्यो यसैले उहाँले अरुलाई दया गर्नु पर्दछ भन्ने कुरा सिकाउनु भयो । यस्तै येसुको शिक्षाको कारणले संसारमा धेरै अस्पताहरु स्थापना भएका छन् । यसले स्पष्ट उहादरण भनेको फ्लोरेन्स नाइटिङ्गेल हुन जो नर्स थिइन । जसले अस्पतालमा मानिसहरुको सेवा गर्दा गदै आफ्नो जीवन बिताए । यति मात्र होइन येशूको शिक्षा पाएका मासिनहरुले आधुनिक विज्ञानको उदय गराए । संसारमा यस्ता कयौ वैज्ञानिकहरु छन् जो येशूका शिक्षामा विश्वास गर्दछ र यहाँलाई पछ्याउदथे । लुई पास्चर,लर्ड केल्भिन, जोहनन केप्लर, रोवर्ट बोए आदी व्यक्तिहरु लाई लिन सकिन्छ । येशूको शिक्षाको प्रभावले संसारमा भएका दासत्व प्रथा पनि हटेको इतिहास हामीहरुको बीचमा छन् । यसको निम्ति येशूको शिक्षा नै महत्वपूर्ण मानिन्छ । हाम्रै छिमेकी देश भारतमा पनि दासप्रथा र शिशुहत्या गर्ने प्रथा पनि इसाइ शिक्षाबाट अन्त्य भएको थियो यो अन्त्य गर्ने व्यक्ति विलियम केरी हुन् ।
            कति मानिसहरुले येशूको बारेमा बताउने बाइबल मात्र हो अन्य स्थानमा वा लेखहरुमा येशूको बारेमा उल्लेख गरिउको छैन भन्ने कुरा उल्लेख गर्छन । तर येशूको बारेमा अन्य धर्मग्रन्थहरुले भनेका छन् वा उहाँ इतिहासको पानामा हुनुहुुन्थ्यो भन्ने कुरा उल्लेख गरिएको छ । कति चर्मपत्रहरुमा उहाँको बारेमा सही कुरा नलेखे पनि उहाँ इतिहासमा हुनुहुन्थ्यो भन्ने कुरा स्पष्ट रुपमा थाहा पाउन सकिन्छ । इस्लाम धर्मले पनि येशुको बारेमा उल्लेख गरिएको छ । येशू कन्यमरियमद्धारा जन्मनु भयो भन्ने कुरा उल्लेख गर्दछन् र यहाँ अल्लाहको एक अगमवक्ता हुनुुहन्छ र उहाँ शिक्षक हुुनुहुन्छ भन्ने कुरा उल्लेख गर्दछन् तर येशू परमेश्वर र परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा चाहिँ विश्वास गर्दैनन् । येशूको बारेमा हिन्दू धर्मले स्पष्ट रुपमा बताउदैन तर पनि उनीहरुले येशूलाई असल एक नैतिक शिक्षक रुपमा विश्वास गर्दछन् । उनीहरुको दृष्टिमा येशू एक साधु हुनुहुन्छ भन्ने कुरा पनि गर्दछन् । यसको साथै उहाँ पवित्र मानिस, बुद्धिमान शिक्षक र ईश्वर हुनुहुन्छ भनेर केही व्यक्तिहरुको विश्वास गर्दछन् । बौद्ध धर्मले पनि येशूको बारेमा स्पष्ट रुपमा बताउदैन तर पनि उनीहरुको नजरमा येशू एक ज्ञानोदय प्राप्त गर्ने व्यक्ति, बुद्धिमानी शिक्षक र पवित्र मान्छे हुनुहुन्थ्यो भन्ने कुरा गर्दछन् । १४ करोड जनसंख्या रहेको यहूदी धर्मले पनि येशूको बारेमा उल्लेख गरेका छन् । उनीहरुले येशूलाई मरियमको पुत्र, लोकप्रिय शिक्षक, आदरणीय व्यक्ति,आश्चर्यकर्म गर्नुहुने जन भनी उनीहरु विश्वास गर्दछन् । यस्तै बहाई धर्मको दृष्टिकोणमा पनि येशू एक महत्वपूर्ण व्यक्ति हुुनुहुन्छ । येशूको बारेमा उनीहरु आश्चर्यकर्म, मानिस, परमेश्वर, पुनरुउत्थान, महान शिक्षकको रुपमा विश्वास गर्दछन् । वास्तवमा उनीहरुले बाइबलमा भएका सबै बचनहरुलाई विश्वास गर्दछन् कारण उनीहरु सबै धर्म एकै हो भन्ने कुरामा विश्वास गर्दछन् तर यो कुरा उल्लेख गर्दै गर्दा हाम्रो मनमा एउटा प्रश्न आउन सक्छ के सबै धर्महरु उनी हुन् ? कति मानिसहरुको जवाफ सायद यही हुन्छ कि सबै धर्म एउटै नै हो । यदि यस्तो उत्तर दिए भने अन्य केही प्रश्नहरु फेरी आउने गर्दछ, के सबै धर्महरु साचो हुन् ?, सबै धर्मले सबैको कुरा स्वीकार गर्दछन् ? तर यहाँ यही कुरा पेश गर्न चाहान्छु कि सबै धर्महरु उही होइन तर फरक फरक हुन् । किनकि बिभिन्न धर्महरुले फरक फरक शिक्षा सिकाउँने गर्दछन् । संसारमा भएका धर्महरुको बारेमा कति पय कुराहरु समान देखिएतापनि यसमा समानता भन्दा पनि बेसमानता बढी रहेको पाइन्छ । हरेक धर्मको आफ्नै सिद्धान्तहरु हुने गर्दछन् । प्रायः धर्महरुले प्राय आफ्नो धर्मले मात्र मुक्ति दिदछ भनेर सिकाउँदछ । यसैले हामी कसरी भन्न सक्छौँ त सबै धर्म एउटै हुन् तर यहाँ अलि फरक कुरा सबै धर्मले भन्दछ यो धर्मले मुक्ति पाउँछ तर येशूले आफ्नो बचनमा भन्नु भयो कि मुक्तिको बाटो चाहिँ म नै हुँ वा येशू मात्र मुक्तिको एउटै बाटो हुनुहुन्छ । यसैले हामी स्पष्ट र सप्रमाणको आधारमा भन्न सक्छौ र प्रमाणित पनि गर्दछौ कि सबै धर्म उही होइन । यहि बिचमा केही हिन्दू साथीहरुले दाबी गर्छन कि येशू पनि हिन्दू हुुनुहुन्थ्यो । कति मानिसहरुले दाबी गर्दछ कि येशू १३ बर्ष देखी ३० बर्ष सम्म भारतमा आउनु भई हिन्दु गुरुहरुसँग हिन्दू धर्मको बारेमा सिक्नु भयो र बौद्धिक शिक्षा पनि लिनु भयो र तिव्वतमा केही समय भिक्षुहरु पनि समय बिताउनु भयो भनी दाबी गर्दछन् । तर यो बास्तवमा सत्य भने चाहिँ होइन । यो कुरा आउनुको कारण चाहिँ निकोलस नोटोविचले एउटा पुस्तक लेखेका थिए जसको नाम हो येशू ख्रीष्टको अज्ञान जीवन । यहि पुस्तकमा लेखिएको बिवरण अनुसार येशू पनि भारतमा आउनु भयो भन्ने कुरा उल्लेख गर्दछन् । तर यसको बिबरण बाइबलमा कति पनि पाइदैन । उनीले भने कि १८ बर्ष येशू भारतमा हिन्खु गरुहरुसँग सिक्नु् भयो तर उनले पत्ता अगाएको इशा (येशू) बाइबलको येशू भन्दा फरक हो । नोटविचको कृतिलाई जे.आर्खिबाल्ड डग्लासले अप्रमाणित गरिसकेका छन् । येशू हिन्दु हुनुहुन्न थियो किनभने उहाँको शिक्षा र हिन्दू गरुको शिक्षामा आकाश पतालको फरक पाइन्छ । हिन्दू गुरुहरुले बहुईश्वरबादको कुरा सिकाउँछन् भने येशूले एकेश्वरबाद कुरा सिकाउँनु हुन्छ । यस्तै येशूले कहिले पनि मुत्र्ति पूजाको कुरा सिकाउनु भएन तर हिन्द्ुुहरुले प्रमुख आस्था भनेको नै मुर्ति पूजा हो । येशूले कहिले पनि हिन्दुको वेदबाट सिकाउनु भएन । येशू भारमा आउनु भयो भन्ने कुराको साक्षीहरु शुन्य रहेको छ । यसैले यो एक कल्पनाको आधारमा मात्र भनिउको हो । यसको साथै येशू भारतमा आउनु भयो भनी बाइबलमा कहि पनि उल्लेख गरिएको छैन । यसैकारण हामी भन्न सक्छौ कि येशू महान्तम हुनुहुन्छ । येशू मोशा भन्दा महान अगमवक्ता, प्रकाश, पद,आश्चर्यकर्म, दाबीहरु रहेको छन् । येशू मुहम्मदभन्दा पनि महान हुनुहुन्छ । मुहम्मदको शिक्षा, मुक्तिको मार्ग, उदाहरणीय जीवन, भन्दा पनि येशूको अझै महान छ । वास्तवमा भनै भने त येशू सँग मुहम्मदको त तुलना नै गर्न मिल्दैन । यस्तै येशू हिन्दू गुरुहरु भन्दा पनि अति महान हुनुहुन्छ । हिन्दु गुरुहरुले भन्दा येशूले निकै प्रभावकारी पूर्ण तरिकाले सिकाउनु भयो । हिन्दू गुरुहरुको भन्दा येशूको नैतिक शिक्षा महान थियो । येशू बुद्ध पनि महान हुनुहन्छ । किनकि येशू आशा सहित जीवन बिताउनु भयो, उहाँले उत्तम मार्ग बताउनु भयो । उहाँ संसारको सबै ज्ञानी मानिस भन्दा पनि महान हुनुहुन्छ ।यसैले उहाँ बारेमा सबै भन्दा बढी गीत लेखिन्छ, कविता भनिन्छ, उहाँको नाममा शहिद हुन्छ र उहाँलाई प्रेम गर्नुहुन्छ । किनकि उहाँ पूर्ण मानिस र पूर्ण परमेश्वर हुनुहुन्छ । यसैकारण उहाँ सबै भन्दा महान हुनुहुन्छ ।
            कति मानिसहरुले येशू क्रुसमा मर्नु भएन यो एक छल हो भन्ने कुरा उल्लेख गर्दछन् । उनीहरुले यो पनि दाबी गर्न कोसिस गर्छन कि येशू पुनरुउत्थान हुुनु भएको होइन । तर हामीलाई बाइबलले स्पष्ट रुपमा भन्दछ कि उहाँ वास्तवमा नै क्रुसमा मर्नु भयो । हो बाइबलमा केही कठिनाइहरु छन् तर हामीहरुसँग त्यसको उत्तम जवाफ दिने तरिका र सत्य विवरणहरु छन् । येशू क्रुसमा मर्नु भयो भन्ने विवरण बाइबलले मात्र दिदैन तर अन्य बाहिरी स्रोतहरुले पनि दिने गर्दछन् । यहुदीहरुका इतिहासकार योसेफसका अनुसार येशूलाई मृत्यु दण्ड दिइयो भन्ने कुरा उल्लेख गरेका छन् । यस्तै यहुदीहरुको ताल्मुडले पनि येशुलाई क्रुसमा भुण्डा्याइएको थियो भन्ने कुरा उल्लेख गरेका छन् । कति मानिसहरुले येशू पुनरुउत्थान हुनु भएन भन्ने कुरा पनि उल्लेख गर्दछन् । तर येशूको रित्तो चिहानले यो स्पष्ट गर्दछ कि येशू साच्चै पुनरुउत्थान हुनु भएको हो । चार ओटै सुसमाचारले येशूको रित्तो चिहानको बारेमा उल्लेख गर्छन कि येशू वास्तवमा नै पुनरुउत्थान हुनु भयो । येशू पुनरुउत्थान पछि बिभिन्नद मानिसहरुको सामु देखा पर्नु भयो । स्त्रीहरुले पनि येशूको पुनरुउत्थान सम्बन्धी गबाही दिए । हुनत उहाँ पुनरुउत्थान हुनु भएको होइन भन्ने सिद्धान्तहरु हामीहरुको बीचमा नभएको चाहिँ होइन र चोरीको सिद्धान्त, दृष्टि भ्रम भएको सिद्धान्त, मूछाृको सिद्धान्त र काल्पनिक सिद्धान्त रहेका पाइन्छ । येशूको पुनरुउत्थानको बिरोधमा जतिनै सिद्धान्त बनाएतापनि उहाँ पुनरुउत्थान भएकै हो भन्ने सठिक प्रमाण बाइबल हामीसँग छ । यसको उत्तर बाइबलले नै दिदछ ,
            धैरै मानिसहरुले हामी इसाइहरुलाई सोध्ने प्रश्नहरु मध्ये यो पनि एक हो कि के येशूले आफू परमेश्वर हुँ भनी दाबी गर्नुभयो ? यसको एउटै उत्तर हुन्छ । हो येशूले आफू परमेश्वर हुँ भनी दावी गर्नुभयो । किनभने येशूले भन्नुभयो पिता र म एकै हौँ । येशूले भन्नुभयो कि म छँदैछु, म हँु, स्वर्ग र पृथ्वीको अधिकार मलाई दिइएको छ । यसैले उहाँले परमेश्वरको दावी गर्नु भयो , उहाँले दाबी मात्र गर्नु भएन तर आफ्नो कामद्धारा पनि प्रमाणित गर्नुभयो । उहाँले पाप क्षमा गर्नुभयो, उहाँले आश्चर्यकर्महरु गर्नुभयो, उहाँले अधिकार सहित सिकाउनु भयो । यस्तै उहाँको नामले पनि उहाँ परमेश्वरको दाबीको प्रमाण दिदछ । मानिसको पुत्र, परमेश्वरका पुत्र, प्रभु वा परमप्रभु, परमेश्वर नामले येशू परमेश्वर हुनुुहुन्छ भन्ने कुरा स्पष्ट रुपमा दाबी गर्दछ । यो भन्दै गर्दा फेरी एउटा प्रश्न आउन सक्छ के येशू परमेश्वर हुुनुहन्छ ?  जसको जीवनमा ३०० वटा भन्दा बढी अगमवाणी पूरा भए, जसले पाप रहित जीवन विताउनुभयो, जो मृतकबाट पुनरुउत्था हुनुभयो के हामी उहाँलाई परमेश्वर भन्न सक्दैनौ र ? पक्का पनि सक्छौँ र यसैले येशू पूर्ण रुपमा यस संसारमा मानव भएर जन्मनु भएता पनि उहाँ परमेश्वर हुनुहुन्थ्यो, परमेश्वर हुनुहुन्छ र परमेश्वर भई रहनुहुनेछ । आफू परमश्वर हुँ भन्ने दाबी गर्ने एक मात्र धार्मिक अगुवा येशू हुनुहुन्छ । उहाँ परमेश्वर हुनुहुन्छ भनी संसारको ठुलो हिस्सा विश्वास दिलाउने उहाँ मात्र एउटै व्यक्तित्व हुनुहुन्छ ।
            यी माथिको लेखबाट हामी यही निष्कर्षमा पुग्छौ कि येशू एक ऐतिहासिक व्यक्ति हुनुहुन्थ्यो, यसको प्रमाण चाहिँ प्रत्यक्षदर्शीहरुका विवरणहरु र जाचँ पडतालले प्रमाण दिदछ साथै उहाँ कन्या मरियमद्धारा जन्मिएर सम्पूर्ण भबिष्यबाणीहरु पूरा गरी आश्यकर्महरु मात्र गर्नु भई पाप रहित जीवन बिताइ पुरातात्विक साक्षीहरुलाई छक्क पारी बिभिन्न मानिसहरुलाई अदभुत तरिकाले रुपान्तरण मात्र गर्नु भएन तर संसारलाई रुपान्तरण गरी सबै भन्दा महान्तम हुनु भयो र क्रुसमा मृत्यु भई पुनरुउत्थान भई आफैलाई परमेश्वर हुँ भन्ने कुरालाई सम्पूर्ण मानव जातिको निम्ति स्पष्ट रुपमा प्रमाणित गरिदिनु भयो । अन्त्यमा येशू एक वास्तविक ऐतिहासिक व्यक्ति हुनुहुन्थो, परमेश्वर पुत्र हुनुहुन्छ र परमेश्वर सदासर्वदा भई रहनुहुनेछ । उहाँ हिजो पनि हुनुहुन्थ्यो आज पनि हुनुहुन्छ र भोली र सदासर्वदा पनि हुनुहुनेछ ।      




धिक जानकारीको लागीः

Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com

Youtube Channel

Apologetics Faith's Channel







                               

येशू को हुनुहुन्छ ? रक्षाशास्त्र पक्षबाट अध्ययन- Who is Jesus ? येशू को हुनुहुन्छ ? रक्षाशास्त्र पक्षबाट अध्ययन- Who is Jesus ? Reviewed by Sangam Shrestha on May 01, 2020 Rating: 5

No comments:

Powered by Blogger.