वर्तमान नेपाल मण्डलीकाे समस्या र समाधान-Problems and solutions of the present Nepal Church


वर्तमान नेपाल मण्डलीकाे समस्या र समाधान




बर्तमान समयमा मण्डलीको बृद्धि तिब्र रुपमा भईरहेको छ । मण्डलीको बृद्धिसँगै मण्डलीमा धेरै समस्याहरु पनि रहिआएको छ । समय सँगै र मानिसहरु वा विश्वासीहरुको संख्या बृद्धि सँगै मण्डलीमा समस्यापनि आउने गर्दछ । समस्या नभएको मण्डली सयाद संसारमा नै छैन । सानो मण्डली होस वा ठूलो मण्डली होस् हरेक मण्डलीमा समस्याहरु हुने गर्दछ । समस्याबाट गुज्रिरहेको मण्डलीमा समाधन हुन आवश्यक छ । समस्याले भरिएको संसारमा परमेश्वरीय समाधानको आवश्यक पर्दछ ।
मण्डलीका समस्याहरुः

१.         सुसमाचामा कमीः
मण्डलीमा सुसमाचारको कमी वा सुसमाचार सुनाउने र परमेश्वरको राज्य बिस्तार गर्ने कार्यमा कमी भईरहेको छ । बर्तमान समयमा सुसमाचार सुनाउने कार्य मा निकै सुस्त भएको छ ।

समाधनः सुसमाचार विस्तार गर्नु पर्दछ । मण्डलीमा भएका विश्वासीहरुलाई सुसमाचारमा सम्बन्धी शिक्षा दिई सुसमाचार प्रचार गर्न प्रत्साहण दिनु पर्दछ । सुसमाचार प्रचार गर्ने व्यक्तिहरुलाई अझै प्रत्साह दिनु पर्दछ र सुसमाचार सुनाउने चेलाहरु पनि निर्माण गर्नुपर्दछ ।

२.         बाइबलिय शिक्षाको आवश्यकताः
बर्तमान मण्डलीहरुमा भई रहेका समस्याहरु मध्ये बाइबलीय शिक्षाको कमी वा आवश्यकता हो । मण्डलीमा संख्यात्मक रुपमा मानिसहरु धेरै रहेको हुन्छ तर बाइबलिय शिक्षामा पनि विश्वासीहरु, अगुवाहरु, पाष्टरहरु निकै पछि परेका छन् । मण्डलीमा बाइबलीय शिक्षाको कमीको कारणले गर्दा मण्डलीमा बिभिन्न समस्याहरु जस्तै ः मण्डली बिभाजन, एक अर्कामा कुरा नमिल्ने जस्ता कार्यहरु भई रहेका छन् ।

समाधानः मण्डलीलाई अधिबढाउन बाइबलीय शिक्षा दिने, विभिन्न अगुवा पन सम्बन्धी तालिमहरु सुरु गर्ने, बिभिन्न तालिमहरुमा मण्डलीका विश्वासीहरु र अगुवाहरुलाई समावेश गराउने, इछुक व्यक्तिहरुलाई बाइबल कलेज तथा तालिमहरुमा पठाउने ।

३.         तनाब ग्रस्त मानिसहरुः
मण्डलीमा तनाब ग्रस्त व्यक्तिहरु धेरै आउने गर्दछ । समाजबाट पेलिएका, हेपिएका, तल्लो तहमा भएका मानिसहरु बढी रुपमा आउने गर्दछ । उनीहरु तनाब गस्त रुपमा हुने गर्दछ । उनीहरु समाजबाट त्यागिएकाहरु हुन् । उनस्हरु प्राय निरास अवस्थामा रहेको हुन्छ । उनीहरु बढी रुपमा आफ्नो बारेमा सोच्ने गर्दछ । मण्डलीका अगुवाजन र पाष्टरहरुले हेरिदियोस, मेरो कुरा सुनिदियोस्, मलाई ख्याल राखोस भनेर चाहान्छन् ।
समाधानः उनीहरुरुको समस्यालाई ध्यान दिने र उनिहरुको कुरा सुन्ने, उनीहरुको आवश्यताहरु सके सम्म पूरा गर्ने, उनीहरुलाई अरु भन्दाबढी ख्याल राख्ने र परमेश्वरको बचनबाट सिकाउने, परमेश्वरबाटको सान्त्वना दिने कार्य गर्नु मण्डलीले गर्नु पर्दछ ।

३.         उपभोक्ता इसाइहरुः
बर्तमान समय मण्डलीमा विभिन्न समस्याहरु मध्ये उपभोक्ता ईशाइहरु पनि हुन् । उनीहरु मण्डलीमा परमेश्वरलाई भेटन र मुक्ति वा उद्धारको निम्ति भन्दा मण्डलीले केही दिन्छ भनेर आउने गर्दछ । मण्डलीमा आत्मिक चंगाई भन्दा शारीर चंगाईमा बढी विश्वास राखि मण्डलीमा आउने गर्दछ र निको भए पछि मण्डली छोड्ने गर्दछ । विश्वसीहरु उपभोक्ता केन्द्रित भएको छ ।

यसको समाधानः मण्डलीमा उपभोक्ता इसाइहरुको लागि परमेश्वरको बचन बाट सिकाउने । शारीरिक चंगाई भन्दा आत्मिक चंगाई र उद्धार र मुत्तिः महत्वूर्ण हो भनेर सिकाउने,

४.         प्रलोभनमा परेका विश्वासीहरुः
संसामा धरै मण्डलीहरु रहेको छ । यी मण्डलीहरुको समस्याहरु मध्ये प्रलोभनमा परेका विश्वासी पनि हो । यो नेपालको मात्र समस्या होइन तर सम्पूर्ण मण्डलीहरुको समस्या हो । मण्डलीमा आउने प्राय विश्वासहरु केही कुराको लोभमा परेर आउने गरेको पाइन्छ ।

समाधानः मण्डलीको उद्देश्य स्पष्ट रुपमा बताउने र प्रलोभनमा नपर्न बचन बाट प्रार्थनाद्धार सल्लाह तथा परामर्श दिने ।

५.         मण्डली विभाजनः
बर्तमान समयमा मण्डली बिभाजन प्रमुख समस्या हो । बर्तमान समयममा मण्डलीमा बिभाजन नक्कल गर्ने कार्य जस्तै भई सकेको छ । हरेक मण्डलीमा फूट या बिभाजन ल्याउने कार्य निरन्तर रुपमा भई रहेको छ । बिचारहरु, सिद्धान्तहरु र अन्य विविध कारणहरु गर्दा मण्डलीमा बिभाजन ल्याइरहेको छ ।

समाधानः बर्तमान समयमा भई रहेमा मण्डली विभाजनको कार्य रोक्नको लागि त्यति सजिलो कार्य होइन तर यसको समाधान छदै छैन भने होइन । भजनसंग्रह १३१ः१ पदले भन्दछ “दनजुभाईहरु एक आपसमा मिले बस्नु कति भलो र मनोहरको कुरा हुन्छ” । यसको समाधानको लागि पहिले त हामीले यो बुझ्नु पर्दछ कि यो परमेश्वरको इच्छा हो कि मानिस आफैको ? यसैले मण्डली बिभाजन नगर्न सबैको कुरा सुनी मण्डली बिभाजन गर्न खोज्ने मानिसहरुको चित दुखाई पक्षलाई मनन गर्दा उनीहरुको इच्छालाई पनि ध्यानमा राख्नु पर्दछ । उनीहरुको आवाजलाई पनि सुन्नु पर्दछ र एकतामा बस्नु पर्दछ । एकतनको लाति दुबै पक्षबीच शिटतापूर्ण वार्ता हुनु पर्दछ र बाइबलीय शिक्षालाई अंगाल्दै अधी बढ्नु पर्दछ । हुन सक्छ भने छोरी मण्डली स्थापना गर्ने, वा सल्लाहमा प्रार्थनाद्धारा अर्काे मण्डली स्थापना गर्न सहि परामर्श दिने ।

६.         बरदानलाई नचिन्नुः
मण्डलीका कति व्यक्तिहरुले विश्वासीहरुको बरदान चिन्न सकेको हुदैन तर उसलाई सेवाकाईको उचित स्थान दिइदैन । यो निकै निरसाजनक कुरा हो । यस्तो गर्नाले मण्डलीमा भएको विश्वासीहरु मण्डलीबाट निरुत्साहित हुने गर्दछ ।
समाधानः मण्डलीका विश्वासीहरुको बरदान चिन्नु पर्दछ । उनीहरुको बरदान अनुसार सेवाकाई गर्न प्रत्साहन दिनु पर्दछ । विश्वासीहरुको बरदान चिनेर परमेश्वरको महिमा गर्न प्रत्साहण दिएका परमेश्वरको राज्य विस्तारमा तिब्रता प्राप्त हुन्छ ।

७.         बाहिय शक्ति तथा स्रोत र अनुदानमा भर पर्नु ः
मण्डलीको समस्याहरु मध्ये यो पनि एक हो । बिशेष गरी बिदेशी अनुदानमा भर पर्ने मण्डलीहरु धेरै रहेका छन् । यस्तो गर्नाले मण्डलीमा परनिर्भर भएको छ । नेपाली मण्डली पनि स्वनिर्भर छ भन्ने कुरा अरुलाई पनि थाह दिनु पर्दछ ।

समाधानः मण्डली परनिर्भर भन्दा स्वनिर्भर हुनु पर्दछ । बिदेशीको अनुदानमा होइन तर परमेश्वरको अनुग्रहमा भर पर्नु पर्दछ । आफू बाटै वा मण्डली आफैमा निर्भर हुने वातावरण सिर्जना गर्नु पर्दछ ।

८.         प्रविध ः
आधुनिक प्रविधीले मण्डलीमा समस्या आइरहेको छ । मेवाईलको प्रयोग, ईन्टरनेटको प्रयोगले मण्डलीमा बिकृति ल्याईरहेको छ । सेवा संगतीको समयमा मोवाइलबाट नेटको उपभोग गर्ने विश्वासीहरु मण्डलीमा धेरै पाइन्छ । मोवाइलमा बाइबल र भजन हर्ने भन्ने तर वास्तविक रुपमा नेटको प्रयोग गरिरहेको मण्डलीमा भईरहेको छ । यस्तो गर्नु र हुन दिनु असल होइन । यसको अन्त्य हुनु नै पर्दछ ।


निष्कर्षः
 यी र यस्ता समस्याहरुको कारण मण्डलीमा आत्मिक रुपमा गिरावट भई रहेको छ । ययसको लागि मण्डलीमा आत्मिक जागृति आउन आवश्यक छ । मण्डलीका अगुवाहरुले यस सम्बन्धी सोच बिचार गर्नू पनि आवश्यक छ ।



अधिक जानकारीको लागीः
Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
            sthasangam333@gmail.com
Phone: 9861310079
Blogger: https://sangamshresth.blogspot.com

Youtube Channel

Apologetics Faith's Channel





वर्तमान नेपाल मण्डलीकाे समस्या र समाधान-Problems and solutions of the present Nepal Church वर्तमान नेपाल मण्डलीकाे समस्या र समाधान-Problems and solutions of the present Nepal Church Reviewed by Sangam Shrestha on May 03, 2020 Rating: 5

No comments:

Powered by Blogger.