बास्वतमा हाम्रो सफलताको
बाधक को हो ?
तिमो सफलताको बाधक धन होइन, किनभने चार्ली च्याप्लीन पनि गरिब थिए ।
तिमो सफलताको बाधक विद्यालयी शिक्षा होइन, किनभने थोमस एडीसन विदयालय नै गएका थिएनन्
तिमो सफलताको बाधक परिवारको साथ नहुनु होइन, किनभने अब्दुल कलाम परिवाराट टाढीनुपरेको थियो ।
तिमो सफलताको बाधक शारीरिक असक्षमता होइन, स्टेफन हकिङ, निक भुज्जी, झमक कुमारी
घिमीरे, सबै अपांग थिए ।
तिमो सफलताको बाधक कसैको
सहयोग नपाउनु होइन, किनभने क्रिष्टफोर कोलम्बसलाई
सबैले सहयोग गर्न अस्विकार गरेका थिए ।
तिमो सफलताको बाधक
बारम्बारको असफलता होइन अब्राहम लिंकन, ज्याक मा, अमिता बच्चन बारम्बार असफल भएका थिए ।
तिमो सफलताको बाधक त तिमी
स्वयं हौ जसले अघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ । तिमो असफलताको बाधक त
तिमो सानो सोचाइ हो र यो तिम्रो कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु हो, सुरक्षा
खोज्नु हो । तिमी सिवाय यो ब्रह्माण्डमा तिमो सपनालाई कुल्चाउन सक्ने कुनै दोश्रो
ताकत छैन ।
असफलता भन्ने शब्द चाहिँ
अल्छी र बाहाना बनाउनेहरूको मुखमा मात्र सुहाउँछ । यदिको दुर्वलता नै तपाइको शक्ति
हो । तपाइको अक्षमता नै तपाइको तागत हो । तपाइको प्रयास नै सफलताको कदम हो र
तपाइको असफलता नै सफलता प्राप्त गर्ने प्रमुख सुत्र हो । संसारको सबैभन्दा दयानीय
मानिस त्यो हो जसले आफूको भन्ने कुरा जान्दैन । हाम्रो सफलता कालो बादले छोपेको
मात्र हो, हावा चलेपछि त्यो कालो बादल हटेर जान्छ । यदि हामी इन्द्रेणी हेर्न
चाहान्छौँ भने कालो बादल र हावा हुरी त सहनु नै पर्छ । मर्नु अगाडी केही गरेर मरौँ
ताकि मर्न बेला थुक्क जिन्दगी भन्न नपरोस । मलाइ लाग्छ संसारमा मानिस मात्र यस्तो
प्राणी हो जो रूदै जन्मन्छ, गनगन गर्दै जीवन जिउँछ र अन्त्यमा निराश भएर मर्छ ।
तपाइ यस्तो जीवन जिउन चाहानु हुन्छ ? यसैले आफ्नो सिमाको घेरा भन्दा माथि
उठ्नुहोस् र संसारलाइ देखाइनु होस् कि म पनि केहि गर्न सक्छु ।
बास्वतमा हाम्रो सफलताको बाधक को हो ?
Reviewed by Sangam Shrestha
on
May 18, 2020
Rating:
No comments: