के दलिले चाहिँ प्रेम गर्नै नपाउँने हाे ? रुकुम घटनाले मनमा उब्जाएको प्रश्नहरु, कृपया २ मिनेट छुट्याएर पढिदिनु हाेला ।


रुकुम घटनाले मनमा उब्जाएको प्रश्नहरु :



मैले सुनेको थिए, प्रेम अन्धो हुन्छ तर होइन रहेछ प्रेम त दलितको लागि मृत्यु पो रहेछ । प्रेम दुई आत्माको मिलन हो भन्थे तर दलितको लागि मृत्युको बाटो रहेछ ।
प्रेमको कारणले दलितको ज्यान जानु दुःखको कुरा हो तर यहाँ ज्यान गएको भन्दा पनि मानिसको घटिया सोचको हो । हामी २१ औँ शताब्दीमा छौँ र पनि बिचार चाहिँ उही पूरानो गछौँ । हिन्दु धर्मले कहिले पनि दलितलाई मानिस भनेर सम्बोधन गरेन, कामी, सार्की, दमाई, पोडे जस्ता शब्द प्रयोग गरे ।
संसारका देशहरुमा मानिसको व्यक्तित्वले चिनिन्छ तर नेपालमा जातले मानिस चिनिन्छ । दलितले चाहे जति सुकै असल काम गरोस बाहुनको नजरमा उ एक दलित हो त्यो भन्दा माथि उठ्न कहिल्यै सक्दैन ।
धेरैले मलाईं सोध्छ किन तैले हिन्दु धर्म छोडेको ?
मित्र मैले हिन्दु धर्म छोडेको होइन तर मेरो बिचार सँग हिन्दु धर्म मिल्न नसकेको हो । म विचार गर्छु मानिसमा कुनै जात हुदैन तर हिन्दुमा ४ जात छन् । म बिचार गर्छु मानिस सबै बराबार छ तर हिन्दु धर्म भन्छ, त गलत छस् मानिस सबै बरारबर छैन यहाँ धेरै जात छ । म बिचार गर्छु सबैले समान अधिकार पाउँनु पर्दछ तर हिन्दु धर्मले भन्छ होइन सबैलाई समान अधिकार दिनु हुदैन नत्र हाम्रो अस्तित्तव समाप्त हुन्छ । म बिचार गर्छु सबैले शिक्षा पाउँनु पर्छ तर हिन्दु धर्मले भन्छ दलितले पढेभने हाम्रो सेवा र गुलाम कसले गर्छ यसैले सकेसम्म दलितलाई पढ्न दिनु हुन्न । म विचार गर्छु हामी पहिला मावन हुनु पर्छ र मानवता देखाउँनु पर्छ तर हिन्दु धर्मले भन्छ दलित माथि कुनै मानवता देखाउँनु हुदैन, दलितलाई सकेसम्म तल राख्नु पर्छ, छुवाछुत गर्नु पर्दछ र सानो दर्जामा राख्नु पर्छ र पशु बरारबर सोच्नु पर्छ ।
अब मित्रहरु भन्नुहोस के मैले हिन्दु धर्म छोडेको हो र ? हिन्दु धर्मले मलाई छोडेको हो । हिन्दु धर्मले मलाई कहिल्यै मानवता सिकाएन तर जातित्व भेदभाव मात्र सिकाए । हिन्दु धर्मले मलाई कहिल्यै नैतिक कुरा सिकाएन तर सके सम्म दलितलाई हेप्नु पर्छ र शोषण गर्नु पर्दछ भनेर सिकायो 
मैले पछि स्पष्ट रुपमा थाहा पाए कि कुनै पनि दलितले यदि हिन्दु धर्म नै मेरो धर्म हो भनेर विचार गर्छ भने उसले यो कुरा स्वीकार गरिरहेको हुन्छ कि म भन्दा उच्च जातको म गुलाम हो , म पशु हुँ, मेरो अस्तित्व केही छैन, म मानिस होइन तर म दलित हुँ, म हिन्दु धर्ममा यसकारण जन्मे कि मैले यो भन्दा अधिल्लो जुनीमा पाप गरेको छु, मेरो भगवान बाहुन हो, त्यसले मात्र पाल्न सक्छ ।

रुकुमको घटनाले उव्जाएको प्रश्नहरु
·      के दलितको लागि मन हुदैन र ?
·      के दलितले चाहिँ प्रेम गर्न हुदैन र ?
·      के दलितले चाहिँ उच्च जातिसँग जीवन बिताउन नपाउने हो र?
·      उच्च जातिहरुले रगत किन्न जात जात सोध्छ होला त?
·      सबै गाउँले मिलेर एक केटालाई मार्दा त्यहाँ मानवता भएको कोही हिन्दु थिए होला ?
·      हिन्दु धर्म माथि विश्वास गर्ने मानिसहरु सँग अलिकता पनि मानवता बाकीँ छ ?
·      कहिले देखी हिन्दुहरुले दलितलाई हेर्ने नजर समान हुन्छ ?
·      कहिले सम्म बाहुनको अधिनमा दलितहरु बसिरहने ?
·      दलित पछि परेको होकि पछि पारिएको हो ?
·      यदि भन्दैमा वा लेख्दैमा जायित भेदभाव हट्ने हो भने आज भन्दा ५० बर्ष अधि नै जातिय भेदभाव हटिसक्थ्यो तर किन हटेन ? अब कसरी हट्ला?
·      फेरी पनि दलित माथि शोषण गरिएको समाचार कति सुन्नु पर्ला ?
·      प्रेमको कारणले नै एक दलितले आफ्नो ज्यान गुमाउनु पर्छ भने के दलितहरुलाई प्रेम गर्ने अधिकार हिन्दु धर्मले दिएको छ ?
·      उच्च जातका सँग तल्लो जात विवाह गर्न हुदैन भनेर नियम कसले बनायो ? के मुस्लिमले बनायो ? कि ख्रीष्टियानहरुले बनायो ?
·      दलित र हिन्दु धर्म छोडेर अर्काे धर्ममा विश्वास गर्नै व्यक्ति बराबर हो भनेर कसले भने ? ख्रीष्टियान भने ? मुस्लिमले भने ?
·      दलित मित्रहरु म तपाईहरुलाई सोध्न चाहान्छु, तपाईले हिन्दु धर्म मानै विश्वास गरि राख्नु कारण के हो ? के तपाईंलाई दासत्व मन पर्छ हो ? तपाईंलाई अरुको गुलाम बन्न मन पर्छ हो ? तपाईंलाई भेदभाव मन पर्छ हो ? तपाईंलाई अशिक्षित भई रहन मन पर्छ हो ? तपाईंलाई तल्लो जात भनेर भनेको सुनि रहन मन लाग्छ हो ? या तपाईं लाई बाहुनको लालचिपूर्ण खोक्रो आश्वासन मन पर्छ हो ?
·      आज सम्म कुन चाहिँ मन्दिरको उपाध्याय वाहुनले एक दलित स्त्रीहरु विवाह गरेर त्यस स्त्रीलाई उपाध्याय वाहुनी बनाई पुजाहारी काम गर्न लगाएको छ ?
·      तपाईं दलित भनेर नामकरण कसले गरेको थिए ? के मुस्लिम आएर भने वा ख्रीष्टियानले भने ?
·      छुवाछुत प्रथा आफै हट्छ कि हटाउनु पर्छ ? हटाउनु पर्छ भने किन ढिला ? विल्पक खोजौँ ।
·      तपाईंले हिन्दु धर्मलाई छोड्नु धर्म परिवर्त गरेको भनिदैन मित्र तर स्वतन्त्र भएको भनिन्छ । अब स्वतन्त्र चाहानु हुन्छ वा गुलामी नै बनि रहनु हुन्छ ?
·      जुन घरमा तपाईंको सम्मान नै हुदैन भने किन तपाईं त्यही घरमा नै बसि रहनु हुन्छ ? के तपाईंको लागि अरु कुनै विकल्प छैन र ?

देखिने रुपमा आज एक केटा मारिए तर नदेखिने रुपमा हरेक दिन हाम्रा दलित दाजुभाई दिदि बहिनीहरु मरिरहेका छन् । आफ्नो भाग्यमा नै यस्तो रहेछ भनेर भाग्यलाई दोष दिई रहेका छन् । मित्र  वास्तवमा भाग्य हुदैन यो त बाहुनहरुले आफ्नो कमाई खानको निम्ति बनाएको जाल मात्र हो । हामी यदि  भाग्यमा नै विश्वास गरिराख्यौ भने हेरेक दलित शोषणमा पर्छ र हरेक बाहुन शोषणकारी बन्छ । आफ्नो सिमाको घेरा भन्दा माथि उठ्नु होस् । जातिय भेदभाव हटाउनको लागि हातेमालो गरौँ । जे काम तपाईं गर्न सक्नुहुन्छ त्यो काम म गर्न सक्दिन, जुन काम म गर्न सक्छु त्यो काम तपाईं गर्न सक्नु हुन्न तर हामी मिलेर महान काम गर्न सक्छौँ । तथाकथित जातिय भेदभाव विरुद्धमा नउठेसम्म यहाँ केही हुदैन । मार्टिन लुथर किंगको पहलमा काला र गोरा जातको भेदभाव हटे, विलियम केरीको संलग्नतामा वालविवाह रोकिए अब हाम्रो पालोमा यो जातिय भेदभाव रोकिनु पर्छ र दलित मारिने काम बन्द गरिनु पर्छ ।
        उनले प्रेम गरेको कारण आफ्नो ज्यान गुमाएको होइन तर दलित भएर आट गरेकोमा ज्यान गएको हो । उनले समाजलाई रुपान्तरण गर्न खोजे तर निज सोच भएको समाजले मारिदिए । उनी वास्तवमा कुनै दलित होइन तर दलित त त्यो व्यक्तिहरु हो जसले दलित भनेर उसलाई मारे । खोलामा फाले । उ मरेको होइन तर समाज परिवर्तको लागि शहिद भएको हो । उ अस्तिाएको छैन तर तारा झै सधै चम्किरहेको छ ।
उ मेरेको होइन तर मारिएको हो । उ मरेको होइन तर समाजको लागि शहिद भएको हो । हो शहिद भएको हो । त्यस्ता व्यक्तिहरु कहिल्यै मर्दैन जसले समाज परिवर्तनको लागि आफ्नो ज्यान दिन्छ ।







प्रतित्रिया कृपया यही भित्रको प्रतित्रिया बक्स भित्र दिनुहुन अनुरोध गर्दछु ।





                                                                             अधिक जानकारीको लागीः

Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com

Youtube Channel

Apologetics Faith's Channel







                               






के दलिले चाहिँ प्रेम गर्नै नपाउँने हाे ? रुकुम घटनाले मनमा उब्जाएको प्रश्नहरु, कृपया २ मिनेट छुट्याएर पढिदिनु हाेला । के दलिले चाहिँ प्रेम गर्नै नपाउँने हाे ? रुकुम घटनाले मनमा उब्जाएको प्रश्नहरु, कृपया २ मिनेट छुट्याएर पढिदिनु हाेला । Reviewed by Sangam Shrestha on May 27, 2020 Rating: 5

No comments:

Powered by Blogger.