रामघाट मण्डली, पोखरा,को संक्षिप्त इतिहास ।


            रामघाट मण्डली, पोखरा (स्थापना सन्१९५२)

परिचयः

Forerunners | Welcome to my Blog


          २००७ सालको प्रजातान्त्रिक स्वतन्त्रता पछि नेपालमा ईशाईहरुले मण्डली स्थपनाका कार्यलाई प्राथमिकतामा रोखेको पाइन्छ । राम घाट मण्डली जसको स्थानपा पा. डेविट र प्रेमि मुखियाले आफ्नो बलिदानी पूर्ण सेवाकाईको क्रमममा स्थापना गरे । तत्कालिन समयमा सुसमाचार सुनाउनु र गवाही प्रचार गर्नु सहज वातावरण थिएन तर पनि डेविटले जेल नेल, दवाबलाई सहदै मुक्तिको सन्देशलाई नेपाली सिमानाबाट पोखरा सम्मै आएर मण्डली स्थापना गर्ने कार्य वास्तविय मानविय दंगबाट सहज चाहिँ थिएन । तर यो सबै परमेश्वरको अनुग्रहमा सम्भव भयो ।

Christianity in Nepal: Yale Divinity School Library exhibit
         
बि.सं.१०१७ साल भन्दा अगाडी प्रभु येशूका नाम सुन्दै नसुनेका पोखरा बासीहरुले एका एक सुसमाचार सुन्नु र ग्रहन गर्नु सहज थिएन । त्यो बेलाको समयमा सुसमाचार सुनाउन केवल बिहान बेलुका लुकि छिपी घर घरमा जानु पर्दथ्यो । त्यहाँका मानिसहरु ईशाईहरुको रहन सहन आनी बाणी देखि छक्क पर्दथे । पोखरा बजार भन्दा बाहिर पनि सुसमाचार प्रचार हुन्थ्यो । सुसमाचार सँग सँगै मुक्तिका भजनहरु, गीतहरु सुन्न पाउदा गाउँलेहरु पनि स्वादिला भोजना जुटाइदिन्थे । त्यस समयमा गाउँ घरमा स्वथ्य सम्बिन्धी शिक्षा दिदै बिरामीहरुलाई उपचार गर्दै सुसमाचार सुनाउने काम हुन्थ्यो । कहिले काहीँ ग्रामो फोन बजाएर, गाउँमा कटुवाल धोकाएर, तिजमा ढुङ्गे साधुमा गीत गाएर र बिकट क्षेत्रमा परमेश्वरको बचन बाड्ने काम गर्दथे । त्यस बेलाका मानिसहरुमा खुल्ला हृदय भएकाले सेवा सँगती गरेको देख्दा हाम्रो घरमा आएर गीत गाइदिनुस न भन्थे ।
File:The women's ward at INF's Green Pastures Hospital in Pokhara ...
         
यसरी प्रभुको अगुवाईमा आएको जिम्मेबारीलाई हृदयबाटै महसुस गरी सुसमाचार प्रचारको काम तिब्र रुपमा भई रहदा परमेश्वरले आत्माहरु पनि थपिदिनु भयो । यसै क्रममा इंस्बी १९५६ नेम्बर ८ मा पहिलो पटक परमेश्वरले १२ जना व्यक्तिहरुलाई ख्रीष्ट येशूमा विश्वास गर्ने मन दिनुभयो । यो खबर पोखराको नयाँ गाउँका एक गुरुङ्गले सुने र बुझ्नको निम्ति आए अनि सत्य कुरा थाहा पाए आफ्नो परिवार र दाजुभाई र छिमेकिलाई सुनाउन उत्साहित भए । पाष्टर डेविट र उनकी श्रीमती हरेक दिन परमेश्वरको वचन सुनाउन नयाँ नयाँ गाउँहरुमा जान्थे । सन् १९५९ डिसेम्बर महिनामा ८ जना व्यक्तिले बप्तिस्मा लिए ।

The insect that changed Nepal's history | Nepali Times

पञ्चायत काल (३० बर्ष)

          २०१७ साल पछि पञ्चायतकालिन व्यवस्थामा मण्डली अन्धकार पूर्ण अवस्थामा गुज्रिरहेको थियो । पञ्चायति शासकहरुले धर्म परिवर्तन गर्न र गराउन नपाउने र मेसिनरीहरलाई ओहोर दोहोरमा रोक लागाउने नियम बनाए । अब परमेश्वरको बचन प्रचार गर्न धेरै बाधा र सतावटहरु आए । यो समयका प्रशासनिक कठिनाइले गर्दा विश्वासीहरू प्रहरी कार्यलयमा धाउनु पर्ने जेलमा थुनिनु पर्ने र देशै छोडेर जानु पार्ने अवस्था पनि आए । सन् १९६० मा तानसेनका केही विश्वासीहरुलाई पानीको बप्तिस्मा दिई धर्म परिवर्तन गरेको आरोपमा दुःख  दिने काम भयो । बप्तिस्मा दिनलेलाई ६ बर्षको कैद र बप्तिस्मा लिने व्यक्तिहरुलाई १ बर्षको कैद दिइयो । यसै प्रसैगंलाई जोडेर पा.डेविट मुखियालाई कैदमा ल्याउने अनुमती दिए तर पा. नेपाल छोडि भारत तर्फ जान बाध्य भए । यति मात्र नभएर नेपाली प्रहरीले मण्डलीम निरिक्षण गर्ने काम गदएथे ।
          ४६ साल पछि सुसमाचारको गतिबिधी व्यापक रुपमा फैलिदै गयो । परमेश्वरको आशिषको कारण रामाघाट देखि बाहेक अरु बिभिन्न क्षेत्रहरमा पनि सेव संगती बढ्न थाले ।
Christian Nepal Ministries - Home | Facebook

मण्डली भवनको निमार्णः
आत्मिकी उन्नति सँग सँगै भौतिक संरचनाको लागि रामघाट मण्डलीको सदस्यले दिएको देन अविस्मणीय छ । श्री बुद्धि सागर गौतमले मण्डली भवन निमार्णको लागि सित्तैमा जग्गा दिनलाई खुशी हुनु भयो । वास्तवमा उहाँले प्रभु प्रति सर्मपनता हो । वास्तवमा त्यो समयको सामजिक संरचनालाई हेर्दा एउटा ब्राह्मणले अर्कौँ धर्म मान्ने वा बिदेशी धर्म मान्ने व्यक्तिलाई अधर्मी र नियम कानुन अनुसार दण्ड सजाय भोग्नु पर्ने कानुनी व्यवस्था भएको समयमा मण्डलीको निम्ति  जग्गा दिएर जुन सहास, त्याग देखाए त्यो हाम्रो निम्ति एउटा अनुकरणीय उदाहरण हो । वास्तवमा यो मण्डलीको सुरुको संगती बासँको छाहारीमा बसेर सुरु भएको थियो । त्यसपछि सन्१९५५ मा खरको छाना र बासले बारेको एउटा कटेरोमा संगती सुरु गरे । वास्तवमा यहि बासको कटेरो नै रामघाट मण्डलीको पहिलो मण्डली थियो । त्यस पछि दोस्रो पटक आकारमा अलि ठूलो तर पहिलो कै स्वरुपमा मण्डली बनाए । त्यस पछि तेस्रो पटक मण्डली भवन जस्ता पाताले छाएर आकारमा अझै ठूलो बनाए । पा.डेविट मुखियाको बाहुलीबाट सन् १९८८ को अगस्ट १ तारिखका दिन ठिक ५ बजे मण्डल भवनको उद्घाटन भयो ।
          यस मण्डलीको स्थापना काल देखि नै पाष्टर डेविट मुखियाले मण्डली प्रशासनको काम सम्हाल्दै आएका थिए । तर अब सन् १९६० मा आएर मण्डलीमा विश्वासीहरुको संख्या बृद्धि भई सकेको कारण एउटा समिति तयार गरेर राख्ने सोच बनाए । किनभने हिजो आज जस्तो त्यो समयमा मण्डलीमा एल्डर डिकन भनेर राख्ने चलन थिएन । बष्तिस्मा लिनेहरुको नाम एउटा खातामा लेख्ने काम गरिन्थ्यो । सन् १९६१ पछि मण्डलीम आएको सतावट सँगै यो बहि खाता पनि हरायो । पा.डेविट पनि अब नेपाल ख्रीष्टिय संगती को अध्यक्ष भए तर यो पदमा रहेर काम गर्न सकेन । पाष्टर डेविट पछि पाष्टरको काम दाउद मसिहीले सन् १९६४ सम्म सम्हाल्नु भयो । त्यस पछि उनले प्रचारको काम मात्र गरे । केही समय पछि पाष्टर रोवर्ट कार्थकको बाहुलीबाट श्री देबु सिंह दहाललाई पाष्टरको अभिषेक भयो । अब बल्ल पाष्टर मात्र सबै जिम्मेवारी सम्हाल्न नसक्ने भएको कारण एउटा संचालन समितिको गठन भयो । कारण बशं सन् १९७० मा आएर देबु सिंह दाहलले पाष्टरीय पदमा नरहने निर्णय गरे । सन् १९७० मा आएर ७० बर्षको उमेरमा फेरी पा.डेविटले पाष्टरको काम गर्न सुरु गरे । लगभव २० बर्ष सम्म सक्रिय भएर पाष्टर डेविले समितीका मानिसहरुसँग मिलेर गरे । यसरी सेवाकाई गरि रहदा सन् १९७७ मा मण्डली प्रशासनले बहु अगुवापन व्यवस्थाको सुरु गरे र ३ जना व्यक्तिहरुलाई एल्डर अभिषेक गरे । र अन्त्यमा सन् १०९१ मा उनले मृत्यु भयो ।
          डेविट मुखिया संसारबाट अस्तिाएता पनि रामघाट मण्डली आज सम्म पनि एउटा इतिहास बोकेर नेपालको सबै भन्दा पहिलो मण्डलीको रुपमा चिर परिचित प्रभुको सेवामा सर्मपित छ ।



हालको मण्डलीः

SAM_2660 Ram Ghat Church, Pokhara | Ian Scott-Thompson | Flickr


March | 2014 | Hilary & Neil in Nepal

March | 2014 | Hilary & Neil in Nepal

परमेश्वरले नेपाल देशमा अलाैकिक तरिकारले उहाँको राज्य विस्तार गर्दै हुनुहुन्छ । सुरूको  देखी लिएर अहिले सम्म परमेश्वरले मण्डलीमा प्रसस्त अनुग्रह गर्नुभएको छ ।




अधिक जानकारीको लागीः
Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
            sthasangam333@gmail.com
Phone: 9861310079
Blogger: https://sangamshresth.blogspot.com

Youtube Channel

Apologetics Faith's Channel






रामघाट मण्डली, पोखरा,को संक्षिप्त इतिहास ।  रामघाट मण्डली, पोखरा,को संक्षिप्त इतिहास । Reviewed by Sangam Shrestha on May 22, 2020 Rating: 5

2 comments:

Powered by Blogger.