के येशु ख्रीष्ट वास्तवमै हुनुहुन्थ्यो र? (१७ वटा प्रमाणाहरू) के येशू एेतिहासिक व्यक्ति हुनुहुन्छ ?


के येशु ख्रीष्ट वास्तवमै हुनुहुन्थ्यो र? 
के येशू एेतिहासिक हुनुहुन्छ?


        
    के येशु सत्य रुपमा नै संसारमा आउनु भएको थियो त यसको आधार के छ त जस्ता प्रश्नहरु उठ्नु स्वभाविक हो । किनकी हामीले येशुलाई देखेका छैनौँ र उहाँ कस्तो हुनुहुन्छ र हुनुहुन्थ्यो भन्ने कुनै फोटो र भिडियो पनि छैन । यसैले हामीलााई यो संका आउन सक्छ कि येशु वास्तवमा नै हुनुहुन्थ्यो त येशु ख्रीष्ट हुनुहुन्थ्यो भन्ने बिभिन्न प्रमाणहरु मध्ये केही महत्वपूर्ण ईश्वर शास्त्री र ब्यक्तिहरुको भनाईहरुलाई हामी अध्यायन गर्ने छौँ ।
१) अल्वर्ट आइन्स्टाइनः
        अल्वर्ट आइन्स्टाइन एक निकै प्रख्यात बैज्ञानिक थिए । उनी एक यहुदी थिए र उनको जन्म जर्मनी देशमा भएको थियो । उनी भौतिकशास्त्री थिए । उनले येशु ख्रीष्टबारे यसो भने म यहुदी हुँ । तर नासरी येशुको आर्कषक व्यक्तित्व देखेर निकै प्रभावित भएको छु । अल्वर्टलाई येशुलाई
ऐतिहासिक व्यक्तिहको रुपमा हेर्छन कि हेर्दैनन भनेर सोधिदा उनले यसरी जवाफ दिएका थिए यसमा शंका गर्ने त कुरै आउँदैन । सुसमाचारका पुस्तकहरु पढ्ने कसैले पनि येशु काल्पनिक व्यक्ति हुन भनेर भन्न सक्दैन । किनभने हरेक शब्दमा उहाँको व्यक्तित्व झल्किन्छ । यस्तो जीवनी काल्पनिक हुनै सक्दैन ।  उनले यस्तो पनि भने सुसमाचारका पुस्तकहरु पढ्ने कसैले पनि येशु काल्पनिक व्यक्ति हुन भनेर भन्न सक्दैन ।


२) रुडोल्फ बल्टमनः
    उनी नयाँ करारको अध्यायन गर्ने प्राध्यापक थिए । तिनले यस्तो भने येशु वास्तविक व्यक्ति हुन् भनेर शंका गर्नुको कुनै आधार  छैन यसरी शंका गर्नु व्यर्थ छ । कुनै पनि सद्दे मानिसले येशु ऐतिहासिक परिर्वतनका सुरुवातकर्ता हुन् भनेर नकार्न सक्दैन । यस्तो परिवर्तनको सुरुवात प्राचिन प्यालेस्टाइनको (ख्रीष्टियन) समाजबाट भएको थियो । 
३) माइकल ग्रान्टः
    माइकल ग्रान्ट इतिहासकार र प्राचिन मानव सभ्यताका विशेषज्ञ थिए । उनले येशु ख्रीष्टको बारेमा यसरी भनेप्राचिन लेखोटहरुमा उल्लेख गरिएका पात्रहरु वास्तविक हुन भनेर प्रमाणित गर्न केही मापदण्ड नयाँ करारमा उल्लेख गरिएका येशुको सन्दर्भमा लागु गर्ने हो भने उहाँ वास्तविक व्यक्ति हुनुहुन्छ भनेर नकार्न सक्दैनौ । तर यही कुरा इतिहासमा कहिल्यै शंका नगरिएका गैर ईशाइहरुको सन्दर्भमा लागु गर्ने हो भने तिनीहरुको अस्तित्वमाथि प्रश्न खडा हुन सक्छ ।
३) पिट डुराल्टः
   उनी पनि एक इतिहासकार थिए । यति मात्र होइन उनी लेखक र दार्शनिक पनि थिए । उनले येशु ख्रीष्टको बारेमा यसरी भनेका थिए यदि केही साधारण मानिसले येशु सबैले मन पराउनेमानिसको जीवन परिवर्त गराउन सक्नेउच्च नैतिक स्थर भएको अनि प्रेम गर्न सिकाउने व्यक्ति थिए भनेर कथा लेखेका हुन भने त्यो एउटा ठूलो चमत्कार हुनेछसुसमाचारका पुस्तकहरुमा बताइएका कुनै पनि चमत्कारभन्दा ठूलो चकत्कार । 

४.विल डुरान्टः
  उनले यसप्रकार तर्क गरे ःएकै  पुस्ताभित्र केही साधारण मानिसले यति शक्तिशाली र मन लोभ्याउने व्यक्तित्वयतिका उच्च नैतिक स्तर र मानव भ्रातृत्वको यति प्रेरणादायी दर्शन आविष्कार गर्न सक्नु नै येशुको जीवनीमा उल्लिखित सबै चमत्कारमध्ये सबै भन्दा पत्याउन नसकिने चमत्कार हुनेछ । 

५.कर्नीलियस ट्यासिटसः
 उनी प्रथम शताब्दीका एक जना प्रतिष्ठित रोमी इतिहासकार थिए । उनले भनेका छन्  (ख्रीष्टीयन) भन्ने नाम ख्रीष्टबाट सुरु भएको होजसलाई राज्यपाल पन्तियस पिलातसले टाइबेरियसको राज्य कालमा मृत्युदण्ड दिएका थिए ।

६.फ्लेभिएस जोसेफस
        उनी एक फरिसी थिए । उनी इतिहासरराजनैतिक अगुवा र सैनिक अधिकारी पनि थिए । उनलाई यहूदीहरुको इतिहास लेख्ने रोमी सरकारले नै खटाएको थियो । उनले यहूदीहरुको पुरातत्व – भन्ने प्रख्यात पुस्तक लेखेका थिए । त्यो पुस्तक यहूदी पौराणिक संस्कृतिको विषयमा लखिएको थियो । उक्त पुस्तकको १८ औँ भागको २३ पृष्ठमा येशु ख्रीष्टको बारेमा निम्नि कुरा लेखेको छ ः येशुले धेरै वटा आश्चर्यकर्महरु गरेका थिए । उहाँ धेरै बुद्धिमानी र असल शिक्षक हुनुहुन्थ्यो । धेरै यहुदी र अयहुदीले उनलाई पछ्याए । उनलाई ख्रीष्ट भनिन्थ्यिो तर पन्तियस पिलातसले उनलाई क्रूसमा झुण्ड्याए  तीन दिन पछि उनले पुनरुत्थान भयो । पुनरुत्थान पछि चेलाहरुले लगातार उनलाई पछ्याइरहे । उनलाई पछ्याउनेहरुलाई उनकै नाउँअनुसार ख्रीष्टियन भनेर भनियो । आजको समयमा पनि धेरै मानिसहरुले उनको शिक्षा र सिद्धान्तलाई पछ्याइरहेका छन् (इ.सं. ९३–९४) । 

७.ट्यासिटसः
(करिब इं.सं. ५६–१२०) उनी प्राचीन रोमका सबै भन्दा प्रख्यात इतिहासकार थिए । तिनले लेखेका पुरुतक एनल्स मा इ.सं. १४–६८ सम्म रोमी साम्राज्याम घटेका घटनाहरुको विवरण पाइन्छ । (येशुको मृत्यु इ.सं. ३३ मा भएको थियो) सम्राट नेरोको कारण इ.सं. ६४ मा भएको ठूलो आगालागीले रोम तहसनहस भएको कुरा उनले लेखेका छन् । तर यस्तो हल्ला फैलन नदिन  नेरोले ख्रीष्टियनहरुमाथि दोक्ष् थोपरे भनेर पनि तिनले लेखे । तिनले थप भनेःटाइबेरियसको शासनकालमा राज्यपाल पन्तियस पिलातसले यस (ख्रीष्टियन) नामको स्थापक ख्रीष्टलाई मृत्युदण्ड दिए । 

८.स्युटोनियसः
इ.सं. ६९ देखी १२२ पछि ) उनले रोमी इतिहासको बारेमा लेखेका लेखक थिए । उनले रोमी इतिहासकार थिए । उनले लाइभ्स अफ सिजर्स भन्ने पुस्तकमा रोमी साम्रज्यको सुरुका ११ जना सम्राटको शासनकालमा घटेका घटनाहरु लेखे । अनि क्लैडियसबारे लेखिएको विवरणमा येशुले गर्दा रोममा यहूदीहरुबीच भएको खलबलीबारे उल्लेख गरिएको छ (प्रेरित १८ः२) तिनले यस्तो लेखेः ख्रीष्टको बिषयलाई लिएर यहूदीहरुले बारम्बार अशान्ति मच्चाए । त्यसैले तिनले –क्लौडियसले) यहूदीहरुलाई रोमबाट देश निकाला गरे । (द  डिफाइड क्लौडियसह्ह्ख् द्ध । हुन त स्युटोनियसले येशुलाई अशान्ति मच्चाएको गलत आरोप लगाए । तर तिनले येशुको अस्तित्वमाथि कुनै शंका गरेनन् ।

९.फ्लेभियस जोसेफसः
(इसंं. ३७–१००) उनी यहूदी पुजाहारी र इतिहासकार थिए । तिनले यहूदी प्रधान पुजाहारी अनानस जोसित राजनैतिक शक्ति पनि थियो । उनीबारे यस्तो लेखेः  (अनानसले¬) यहूदी न्यायपरिषेद्को (उच्च अदालत) बैठक बोलाए अनि याकूब नाम गरेका व्यक्तिलाई तिनीहरुसामु खडा गराए । यी याकूब ‘ख्रीष्ट’ भनिने येशुका भाइ थिए  – ज्युइस एन्टिक्विटिजह्ह्।द्दण्ण्

१०.ताल्मुदः
ताल्मुद यहूदी धर्मगुरुहरुले तेस्रा शताब्दीदेखी छैटौँ शताब्दीमा लेखेका किताबहरुको संग्रह हो यस संग्रहमा येशुका शत्रुहरुले समेत उहाँ वास्तविक व्यक्ति हुनुहुन्छ भनेर स्विकारेको विवरण पाइन्छ । ताल्मुदको एउटा अंशमा यस्तो लेखेको पाइन्छः निस्तार चाडको दिन नासरी येशुलाई झुन्ड्याइयो । (बेबिलोनी ताल्मुदसानहेड्रिन ४३ कम्युनिक कोडेक्स)  यहुदीहरु ईशाइहरु थिएनन तर पनि सत्य घटना भएकाले उनीहरुले यस कुराको उल्लेख गरेका थिए । उनीहरुले आफ्नो इतिहासको पुस्तकमा येशुको बारेमा लेखेका थिए ।

११.ताल्मुदको यबामोथ भन्ने अध्यायको ४९ पृष्ठमा यस्तो लेखिएको छः येशु ख्रीष्ट कन्या मरियमबाट जन्मेका थिए । मरियम एउटी कपाल काट्ने र सृङ्गारगरिदिने महिला थिइन । विवाह नै नगरिकन बच्चा जन्माएकीले तिनलाई नराम्रो व्यवहार गरियो यद्यपि मरियम राजा दाउद वशंको एक महिला थिइन ।

११.विष्टि इतिहासकार लेकीले यसरी लेख्छन्ः
   येशुको चरित्र नैतिक उच्चताको सर्बेच्च नमुना मात्र नभएरयसको अभ्यासमा सबभन्दा पे्ररणादायी पनि छअनि यति गहिरो प्रभाव पारेको कि यसो भन्न सकिन्छ – दार्शनिकहरु सबै अन्वेषणहरु अनि नैतिकवादीहरुले उपदेशहरुले भन्दा उहाँको ३ बर्षे छोटो क्रियाशील जीवनको इतिहासले मानवजातिलाई बढी मात्रामा नौलो रुप र नम्रता प्रदान गरेको छ ।

१३.दार्शनिक जोहन स्टुआर्ट मिल अनुसारः
        येशुको भनाई र जीवनभित्र यस्तो अन्तज्र्ञानको गहिराई भएको ब्यक्तिगत मोलिकताको चिन्ह पाइन्छकि जसको कारण नासरतको भविष्यवक्ताजसको प्रेरणा विश्वास नगर्नेहरुले पनि उहाँलाई विशिष्ट प्रभावशाली मानिसहरुको पहिलो दर्जामा बिरामान गराउनु पर्छ जसमा हाम्रा जातिहरुले घमण्ड्रगर्न सकुन । यस उत्कृष्ट प्रतिभाशाली व्यक्तिलाई महान नैतिकको सुधारकको गुणहरुसँग एकाकार गर्दाएक समय पृथ्वीमा जीवित हुनुभएकोअनि त्यसका कार्यहरुको निम्ति शहीद हुनुभएको जो मानवताको अगुवा र प्रतिनिधी हुनुहुन्छ । उहाँलाई चुन्नुमा धर्मले भूल गरेन,  नत आज एक अविश्वसीलाई निराकार नैतिक सिद्धान्तलाई साकार तुल्याउँने जीवन भेट्टाउन सजिलो छ जुन ख्रीष्टले हाम्रो जीवनमा मञ्जुर गर्न सक्नुहुन्छ ।  

१४.रुसोः
        आफ्ना साथीहरुसँग शान्तसँग आफ्नो दर्शन प्रचार्दै मर्ने सोक्रेटस्को मृत्यु जोसुकैले पनि मन पराउने खालको हुनसक्छः तर सम्पूर्ण राष्ट्रको यातानाघृणानिन्दा अनि दोष सहेर मर्नुहुने येशुको मृत्यु मात्र कोही पनि डराउने खालको हुनसक्छ र सोक्टरले आफ्नो हातमा  बिषको प्याला निएर रुदै उसको प्राण हत्या गर्नेहरुलाई आशिष दिएका थिएतर येशुले सहनै नसक्ने खालको यातानाहरुको बीचमा पनि उहाँलाई निर्दयतासाथ  सताउनेहरुको निम्ति प्रार्थना गरिदिनु भयो । होसोक्रेटस्को जीवन र मृत्यु कुनै एक महात्माको जस्तो थियो भने येशुको जीवन र मृत्यु परमेश्वरको जस्तो थियो । 

१५. एक अ–ईसाई इतिहासकारजोसेफसले भनेका छन्ः
        अब लगभग यही समयतिरउहाँले आश्चर्यकर्महरु गर्नुहुन्थ्थोउहाँ एक ज्ञानी मानिस अर्थात येशु हुनुहुन्थ्थयोजसले सिकाउनु भएको सत्यलाई मानिसहरुले खुशीसाथ ग्रहन गर्दथे । उहाँ ख्रीष्ट हुनुहुन्थ्यो अनि जब पिलातसले हामीहरु मध्ये मुख्य मानिसहरुको रायमुताविक उआँलाई क्रुसमा टागियोउहाँलाई शुरुबाटै प्रेम गर्नेहरुले उहाँलाई त्यागेनन्उहाँ तेस्रो दिनमा फेरी देखा पर्नुभयोईश्वरीय भबिष्यवक्ताहरुले उहाँलाको बारेमा यी सब बाहेक अरु दशौँ हजार अचम्ममा कुराहरु भने अनुसार नै उक्त घटना घटेको थियो । उहाँकै नाउँबाट बोलाइने ख्रीष्टियन जाति आजको दिनसम्म लोप भएको छैन् ।

१६.दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति नेल्सन मन्डेला(१९९४ को इस्टरको अवसरमा भन्नुभएको महत्वपूर्ण भनाई)ः
        पुनरुत्थान हुनु भएका हाम्रा मसिहले एउटा जातिलाई मात्र छान्नु भएनएउटा देशलाई मात्र छान्नु भएनएउटा भाषालाई मात्र छान्नुभएनएउटा कुललाई मात्र छान्नु भएन तर सारा मावन जातिलाई छान्नुभयो ।

१७.येशुको मृत्यु करिब ३५ ए.डी तिर भयो भन्ने अनुमान गरिन्छ । जब येशु क्रुसमा हुनुहुन्थ्यो तब बाइबलमा उल्लेख गरिएको छ कि त्यहाँ अन्धकार भएको थियो (मत्ती २७ः४५ – अब मध्याह्नदेखि तीन बजे सम्म सारा देशमा अन्धकार भयो  । ) ईश्वी ५२ को समय तिर इतिहासकार थालसले लेखेको कुरा तेस्रो शताब्दीको शुरु तिर एक ईसाई लेखक जुलियस अफ्रिकानसले लेखेका थिए कि येशुलाई क्रुसमा टोगेको समयमा दिउसै वा मध्यदिनमा नै अन्धकार भएको रहस्यको कुरा लेखिएको थियो । उनले आफ्नो तेस्रो इतिहासको पुस्तकमा यो अन्धकार छाउनुको कारण सूर्य ग्रहन भनेको थियो । यसकारण क्रूसमा टागेको घटनाबारे रोमका अविश्वासीहरुको माझ केही बर्षभित्रै सनसनाहट फैलिएको थियो । यस कुराले पनि स्पष्ट रुपमा प्रमाण दिदछ कि येशु क्रुसमा मर्नु भएको थियो । येशु वास्तवमा नै इतिहासमा एक महान व्यक्तिको रुपमा हुनहुन्थ्यो ।

ईसाई हरुले मात्र होइन तर उहाँको विरोध गर्ने विभिन्न मानिसहरुले पनि उहाँ हुनुहुन्थ्यो भन्ने कुराको बारेमा उल्लेख गर्दछन् । उहाँ यस संसारमा जिउनु भएको र उहाले आश्चर्यकर्महरु गर्नुभएको र क्रूसमा मर्नु भएको कुरालई विश्वास गर्दछन् ।

कृपया भिडियो हेरेर साथ दिनुहोला । 

सन्दर्भ सामाग्री

  1. कमल  अधिकारी, येशू को हुनुहुन्छ ?
  2. थाेमस ह्वाङ , सृष्टिको उद्देश्य के हो ?
  3. वेन ग्रड्रम, सुव्यवस्थित इश्वरशास्त्र
  4. डेल रोटन, विश्वासको प्रमाण







सल्लाह र सुझाबको लागिः

Name:Sangam Shrestha

Email: sthsangam333@gmail.com

9861310079
के येशु ख्रीष्ट वास्तवमै हुनुहुन्थ्यो र? (१७ वटा प्रमाणाहरू) के येशू एेतिहासिक व्यक्ति हुनुहुन्छ ? के येशु ख्रीष्ट वास्तवमै हुनुहुन्थ्यो र? (१७ वटा प्रमाणाहरू) के येशू एेतिहासिक व्यक्ति हुनुहुन्छ ? Reviewed by Sangam Shrestha on May 20, 2020 Rating: 5

No comments:

Powered by Blogger.