लकडाउने सिकाएको पाठहरू


यो लकडाउनेले सायद धेरै मानिसहरूलाइ धेरै कुराहरू सिकाए होला मलाइ पनि यो लकडाउने धेरै कुराहरू सिकाए ।


१.      गरिब मानिसहरू जति रोग सँग लड्न सक्छ त्यति धनी मानिसहरू सक्दैनन् ।
२.      शहरमा घर नजिक नजिक हुन्छ तर सहयोगका हातहरू पर पर हुन्छ ।
३.      शहर भन्ने यस्तो स्थान रहेछ जहाँ मानिस भोकले मर्न लाग्दा पनि सहयोगको मन नभएका बस्ने स्थान ।
४.      मृत्यु देखी सबैलाइ डर लाग्दो रहेछ ।
५.      हामीले प्रयास गर्छौँ भने जस्तो अवस्थामा पनि बाच्न सक्दा रहेछौँ ।
६.      धेरै आराम गराइ पनि मानिसलाइ थकान हुदो रहेछ ।
७.      जब रोगको प्रकोप बढ्छ सबै भन्दा पहिला धनीहरू डराउँछन् ।
८.      संसारको सबैभन्दा ठूलो भाइरस मानिस आफै हो ।
९.      गरिबहरू कसरी परिवार पाल्ने भनेर सोच्दा रहेछन् भने धनीहरू कसरी रोगबाट बच्ने भनेर सोच्दा रहेछन् ।
१०. जब मानिसहरूको प्रयासबाट केही गर्न पनि सम्भव हुदैन तब मात्र परमेश्वरलाइ याद गर्छन् ।
११. जनावर र मानिसलाइ एकै स्थानमा थुनेर राखे भने कस्तो महसुस हुदो रहेछ ।
१२. घरमा नै बसेर पनि जीवन बिताउँन सक्दो रहेछ ।
१३. चटपटे, पानीपूरी, मःम र चाउमिन नखाइकन पनि जिउँन सक्दो रहेछ ।
१४. गाडी भएन भनी पनि हामी हिडेर भए पनि गन्तब्यमा पुग्दा रहेछौँ ।
१५. हामीहरूसँग समय धेरै नै छ यदि हामी ठिक सँग प्रयोग गछौँ भने ।
१६. संसारले जति सुकै धाक लगाओस तर अन्त्यमा झुक्नु पर्दो रहेछ ।
१७.मानिसहरूले वास्तवमा सुविधा खोजेका हाेइनन रहेछ तर बाच्ने तरिका खोजेको रहेछ ।
१८.सधै सरकारलाइ गाली गर्ने व्यक्तिहरू पनि सरकारको सहयोगको अाशा 
गर्दो रहेछ ।
१९. युद्धले संसार जित्न सकिदैन रहेछ तर प्रेमले जित्न  सकिदो रहेछ ।
२०. मानिस त्यस बेला सम्म मानव हुन्छ जब सम्म उसमा मानवता रहन्छ ।
२१. एक अर्काको उत्साहद्वारा पनि मानिस बाच्दो रहेछ ।
२२. बिना गनगन पनि जीविन चलाउन सक्दो रहेछ ।
२३.कोठा भित्र थुनिएर पनि शत्रुलाइ जित्न सकिदो रहेछ ।
२४. हामीहरूसँग स्रोतको कमी भएको होइन रहेछ तर भएको स्रोतलाइ प्रयोग गर्न 
नजानेका रहेछाैँ ।
२५.समयले मानिसलाइ अात्मा निर्भर बनाउदो रहेछ ।
२६. यदि हामीले बाच्ने तरिका जान्याैँ भने जस्तो अवस्थामा पनि जीवन सरल
हुदो रहेछ ।
२७. मानिस अभावले होइन तर बेमतलबले मर्दा रहेछ ।
२८...............................................................

by Sangam Shrestha

लकडाउने सिकाएको पाठहरू लकडाउने सिकाएको पाठहरू Reviewed by Sangam Shrestha on May 19, 2020 Rating: 5

No comments:

Powered by Blogger.