मोसा किन दूध र मह बग्ने देशमा पस्न पाएनन?-बाइबल र यसका सत्यता



मोसा किन दूध र मह बग्ने देशमा पस्न पाएनन?

हामीहरूले बाइबल अध्ययन गर्ने क्रममा हामीलार्इ मनमा हुने प्रश्न मध्ये किन मोशा प्रतिज्ञाको देशमा जान पाएनन भन्ने पनि हुन्छ । उनले करिब ६ लाख यहुदीहरू (पुरूष मात्र) मिश्र देशबाट प्रतिज्ञाको देशमा लानको निम्ति अगुवाइ गरे र पछि उनी आफै चाहिँ प्रतिज्ञाको देशमा प्रवेश गर्न पाएनन्  वास्तवमा किन मोशा प्रतिज्ञाको  देशमा जान पाएनन् र किन यसमा परमेश्वर यति कठोर बन्नु भयो । यहि हामी गन्ती १२:३ लार्इ पढ्छौँ भने त्यहाँ लेखिएको छ "मोशाचाहिँ पृथ्वी भरीमा सबैभन्दा विनम्र थिए ।" यदि उनी विनम्र थिए भने किन प्रतिज्ञाको देशमा जान पाएनन्र त ?

हो हामी यो विश्वास गछौँ कि मोशा विनम्र थिए तर त्यसको साथै उनी  पछि अनाज्ञाकारी भए, परमप्रभुमा भरोसा गरेनन अनि अर्को अचम्मको काम को श्रेय परमप्रभुलाई दिएनन्
गन्ति २०:१-१२ 
"इस्राएलीहरूका सारा समुदाय पहिलो महिनामा जीनको उजाड़-स्‍थानमा आइपुगे, र कादेशमा वास बसे। अनि मिरियम त्‍यहीँ मरिन्, र तिनीहरूले तिनलाई त्‍यहीँ नै गाड़े।  समुदायको निम्‍ति त्‍यहाँ पानी थिएन, अनि मानिसहरू मोशा र हारूनका विरुद्धमा जम्‍मा भए। तिनीहरूले मोशासित झगड़ा गरेर यसो भने, “हाम्रा दाजुभाइहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेको भए असल हुनेथियो, किनभने अब हाम्रा गाईबस्‍तुसमेत हामी सब यहाँ मर्नेछौं। किन परमप्रभुको समुदायलाई तपाईंले यस उजाड़-स्‍थानमा ल्‍याउनुभयो? मिश्रबाट किन हामीलाई यस खराब ठाउँमा ल्‍याउनुभयो? यस ठाउँमा अन्‍न, अथवा नेभारा वा दाख वा अनारहरू केही छैनन्‌। यहाँ पिउने पानी पनि छैन।”  तब मोशा र हारून समुदायको सामुबाट भेट हुने पालको ढोकामा गएर घोप्‍टो परे, र परमप्रभुको महिमा तिनीहरूकहाँ देखा पर्‍यो। परमप्रभुले मोशालाई भन्‍नुभयो, “यो लहुरो लिएर तँ र तेरो दाजु हारून गएर समुदायलाई जम्‍मा गर। तिनीहरूका आँखाकै सामुन्‍ने यस चट्टानलाई हुकुम गर्‌ र चट्टानबाट पानी निस्‍कनेछ, र तैंले यस चट्टानबाट तिनीहरूका निम्‍ति पानी निकाल्‍नेछस्‌। यसरी तैंले समुदाय र तिनका गाईबस्‍तुहरूलाई पानी दिनेछस्‌।”  तब परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा लहुरो लिएर उहाँको सामुन्‍नेबाट गए, अनि मोशा र हारूनले चट्टानको सामुन्‍ने समुदायलाई जम्‍मा गरे। तब मोशाले तिनीहरूलाई भने, “सुन, ए विद्रोही मानिस हो! के यही चट्टानबाट हामी तिमीहरूका निम्‍ति पानी निकालिदिऔँ?” अनि मोशाले आफ्‍नो हात उठाएर दुई पल्‍ट आफ्‍नो लहुरोले चट्टान हिर्काए। तब त्‍यहाँबाट प्रशस्‍त पानी फुटेर निस्‍क्‍यो, अनि समुदाय र तिनीहरूका गाईबस्‍तुले पिए।  तर परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “मलाई इस्राएलीहरूका सामु पवित्र तुल्‍याउनलाई तिमीहरूले ममाथि विश्‍वास नगरेको हुनाले मैले तिनीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्‍याउन पाउनेछैनौ।”

किन परमेश्वरले यस्तो भन्नु भयो ?
परमेश्वरले पद ८ मा भन्नु भएको थियो " चट्टानलाई हुकुम गर्‌ र चट्टानबाट पानी निस्‍कनेछ तर मोशा अनाज्ञाकारी र क्रोधित भए । यसैले उनीले  हात उठाएर दुई पल्‍ट आफ्‍नो लहुरोले चट्टान हिर्काए। परमेश्वरले उनलार्इ जे गर्नु भन्नु भएको थियो त्यो नगरेर अर्कै काम उनले गरे । याकूब १: २० ले भन्दछ कि रीसले परमेश्वरको धार्मिकता ल्याउँदैन । यहाँ मोशाको जीवनमा यस्तै भएको कुरा हामी पाउँछौँ ।          

किन त्यस चट्टान यति महत्व त ?
 त्यो चट्टान ख्रिस्ट हुनुहुन्थ्यो १ कोरन्थी १०:४ 

ख्रिस्ट ले दिने पानि जीवन को पानि हो यूहन्ना ४:१४ 
त्यो चट्टान र पानि ले नया नियम मा ख्रिस्ट र अनन्त जीवन को पानि लाइ उजागर गर्दछ |


यस्तै अरूको कारण को रूपमा गन्ती २०:१२ लार्इ हेर्न सक्छौँ ।
मोसाले जुन अचम्म को काम को श्रेय परमेश्वर  दिनु पर्ने थियो उनले परमेश्वरलाइ दिएनन् जुन अर्को गल्ति ठहरियो अनि अर्को कुरा मोसाले उहाँ मा भरोसा गरेनन भन्ने कुरा पनि ठहरिएको छ त्यसैले परमेश्वर ले भन्नु भयो - गन्ति २०:१२ - " त्यसपछि परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “इस्राएलका सबै मानिसहरू यहाँ भेला भएका थिए तर तिमीहरूले म प्रति सम्मान देखाएनौ। तिमीहरूले इस्राएलका मानिसहरूलाई त्यो पानी निक्लने शक्तिको श्रोत म हुँ भन्ने देखाएनौ। तिमीहरूले उनीहरूलाई यो देखाएनौ की तिमीहरूले म माथि भरोसा गर्यौ। यसकारण यी समुदायलाई मैले दिन्छु भनेको भूमिमा लैजान अगुवाई गर्न पाउने छैनौ।” 

हामी यस घटनाबाट यहि सिक्न सक्छौँ कि हामी कस्तो थियौँ परमेश्वर त्यसमा वास्ता राख्नु हुन्न तर हामी कस्तो छौँ र कस्तो जीवन बिताइ रहेका छौँ त्यसमा परमेश्वर बढी वास्ता गर्नु हुन्छ । परमेश्वरले जे भन्नु हुन्छ त्यही गर्नु नै आज्ञा पालन हो । उहाँले भन्नु भएको भन्दा बढी वा घटी गर्नु चाहिँ पाप हो । यहि नै परमेश्वरको नियम हो । हो उनी प्रतिज्ञाको देशमा पुग्न पाएनन तर के हामीलार्इ थाहा छ उनले कहिने पनि प्रतिज्ञाको देशमा जान पाएनन भनेर गनगन गरेनन् तर उनले अरू मानिसहरलाइ भविष्य देखाइ दिएका छन् । व्यवस्था ३१:-
आज म एक सय बीस वर्ष पुगें। अब म तिमीहरूलाई नेतृत्‍व गर्न सक्‍दिनँ। ‘तँ यर्दन पारि जानेछैनस्‌’ भनी परमप्रभुले मलाई भन्‍नुभएको छ।  परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका अगि पारि जानुहुनेछ। उहाँले तिमीहरूका सामुन्‍नेबाट यी जातिहरूलाई नष्‍ट पार्नुहुनेछ, र तिमीहरूले उनीहरूको देश ओगट्‌नेछौ। परमप्रभुले भन्‍नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि पारि जानेछन्‌।
यसैले हामीहरूले मोशाको जीवनबाट सिक्नु पर्ने धेरै कुरा मध्ये यो पनि हो कि हामीले अरूलाइ भबिष्य देखाउँन सक्नु पर्छ ।




कृपया अरूलाइ पनि शेयर गरिदिनु होला ।।


अधिक जानकारीको लागीः



Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
            sthasangam333@gmail.com
Phone: 9861310079
Blogger: https://sangamshresth.blogspot.com
Youtube: Faith's Chanal
https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ








मोसा किन दूध र मह बग्ने देशमा पस्न पाएनन?-बाइबल र यसका सत्यता  मोसा किन दूध र मह बग्ने देशमा पस्न पाएनन?-बाइबल र यसका सत्यता Reviewed by Sangam Shrestha on March 12, 2020 Rating: 5

No comments:

Powered by Blogger.