के परमेश्वरको पुत्र भन्नाले येशू उहाँभन्दा सानो वा कम महिमाको भन्ने बुझिन्छ? - बाइबल र यसका सत्यता


के परमेश्वरको पुत्र भन्नाले येशू उहाभन्दा सानो वा कम महिमाको भन्ने बुझिन्छ?





कतिपय अवस्थामा हामीहरूले बाइबल अध्ययन गर्ने क्रममा हामीहरूलाइ यो प्रश्न हुन सक्छ, पुत्र भन्दा पिता ठूलो हुनुहुन्छ ? यस बारेमा सम्पूर्ण बाइबल र बिशेष गरी नयाँ करारले के भन्दछ त ? यस बारेमा हामी हेर्ने छौँ ।
तेस्तो कदापी पनि होइन। हामी बाइबलमा यहुदा स्कोरियत लाई बिनाशको छोरा भनेकी पाउछौ ( युहन्ना 17:2) जब कि उनी सिमोनका छोरा थिए।( युहन्ना 6:7). बिनाशको अर्थ नाश, उजाड, ब्यर्थ हो। शाब्दिक अर्थमा यहुदा स्कोरियत नाश, उजाड, ब्यर्थका छोरा थियनन। त्यो सांकेतिक थियो। उनको स्वभाबलाइ बुझाउन बिनाश शब्द प्रयोग भएको थियो। त्यस्तै परमेश्वरको पुत्रको अर्थ पनि पुत्र नै नभै स्वभाब, अधिकार को साथै बाराबरिको कुरालाइ दर्साउन खोजेको हो। अर्को उदाहरण मा युहन्ना 8:44 लै नै हेरौ  येशूले भन्नू भो तिमिहरुको पिता दियाबलस हो; त के ती साच्चै दियाबलस बाट जन्मिएका थिए? तर होइन त्यो उहाले स्वभाबको कुरा गर्न खोज्नु भएको हो। होइन भने यहुदी हरुले जब येशूले उहाँ परमेश्वरको पुत्र भनी दाबी गर्नु भो तब किन परमेश्वरको पुत्रको रुपमा परमेश्वरकै बराबरी तुल्याएको भनेर बुझे र उहालाइ मार्न खोजे? (युहन्ना 5:17-18). त्यसैले यहुदी समाजको लागि पुत्र भनेको सानो होइन तर बराबरि थियो। र हामिले पनि त्यसरी नै बुझ्न पर्छ।ख्रीस्टलाइ "परमेश्वरको पुत्र" भन्ने उपाधी प्रयोग गर्दा यसले त्रीएकत्वमा अनन्त पुत्रको रुपमा उहाको ईश्वरत्व, परमेश्वर पिता समान उहामा सबै गुणहरु भएको कुरालाइ ससक्त रुपमा पुष्टि गर्दछ।
मत्ती 26:65-66 मा हामी येशूले मानिशको पुत्र भनी दाबी गर्दा पनि ईश्वरनिन्दा भनी यहुदी हरु रिसाए र मार्न खोजे। किन? किनकी उहाले दानिएल 7:13-14 मा लेखिएको अधिकार, महिमा, र सार्बभौम भएको सबै मानिहरु र जातिहरुले आराधना गर्ने र कहिल्यै अन्त्य नहुने राज्य उहाको हो भनी दाबी गरिरहेको कुरा बुझे। सच्चै उहाँ त्यही ब्यक्ती हुनुहुन्छ । यसैले पिता भन्दा पुत्र सानो हुनुहुन्न  तर उहाँ एक सम्मान हुनुहुन्छ । अब यसो भन्दै गर्दा हामीलाइ यो प्रश्न आउँन सक्छ त्यसो भए यूहन्ना १०:३० को वास्तविक अर्थ के हो त ?
पिता र म एक हौं । यहाँ वास्तवमा येशूले आफ्नो बिषयमा ३ महत्वपूर्ण कुरा भन्न लाग्नु भएको थियो ।
१.   पिता र पुत्र एक समान हुनुहुन्छ ।
२.   पितामा भएको सम्पूर्ण र्इश्वरत्व गुण उहाँमा छ ।
३.   उहाँ परमेश्वर हुनुहुन्छ ।
यसैले पिता भन्दा पुत्र सानो हुनुहुन्न तर उहाँहरू एक समान हुनुहुन्छ ।



कृपया अरूलाइ पनि शेयर गरिदिनु होला ।।


अधिक जानकारीको लागीः



Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com
            sthasangam333@gmail.com
Phone: 9861310079
Blogger: https://sangamshresth.blogspot.com
Youtube: Faith's Chanal
https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ











के परमेश्वरको पुत्र भन्नाले येशू उहाँभन्दा सानो वा कम महिमाको भन्ने बुझिन्छ? - बाइबल र यसका सत्यता के परमेश्वरको पुत्र भन्नाले येशू उहाँभन्दा सानो वा कम महिमाको भन्ने बुझिन्छ? - बाइबल र यसका सत्यता Reviewed by Sangam Shrestha on March 13, 2020 Rating: 5

No comments:

Powered by Blogger.