We have Aim and Hope .निश्चय नै हामीहरूको जीवनमा उद्देश्य छ र हामी बाच्ने छाैँ । उत्प्रेरणात्मक सन्देश



निश्चय नै हामीहरूको जीवनमा उद्देश्य छ र हामी बाच्ने छाैँ ।



हामीहरुको जीवनमा घट्ने हरेक घटनाको अर्थ हामी थाहा पाउँदैनौँ किन यस्तो भई रहेको छ तर यो चाहिँ पक्का हो कि हरेक घटनाको पछाडी एउटा कारण र उद्देश्य छ । हो अहिले समस्या छ तर यो समस्या सधै रहि रहदैन । यो समस्या पक्का हट्ने छ । जब घाम डुब्छ तब फेरी विहान उदाउने प्रतिज्ञा सहित घाम अस्तिाउँछ ।

हामीहरुलाई सहन गाह्रो होला केही क्षण सहौँ र हामीले उज्यालो दिन र भबिष्य देख्ने छौँ । पक्का हामीहरुको जीवनमा केही आशा छ केही लक्ष्य छ यसैले त हामी जीवित छौँ । हामी त्यसै छैनौँ केही कारण छ । हो हामी समस्यामा परेका छौँ, हामीमा डरले छाएको छ, हामी माथि पिर, चिन्ता, फिव्रmी छ तर नाश त भएका छौनौ नि । अझै केही गर्नु अगाडी बढ्नु छ यसको साथै हामीहरुको उज्जवत भबिष्य पनि छ । हामीले दुःख पायौँ भनेर कहिले आत्तिन र सुख पायौँ भनेर कहिले मात्तिन जानेका छौनौँ । किनकि हामी भबिष्यलाई हेरि बर्तमानमा जिउने मानिसहरु हौँ । हामीहरुलाई चारै तिर बाट बिपत्तीले घेरेको छ तर त्यस माथि बिजय हुने उपाय पनि हामीहरु छ ।

केही समय गाह्रो भएर के भो र ? फेरी नयाँ दिन देख्ने छौँ ।
केही समय समस्या भएर के भो र त्यस माथि बिस्तारै बिजय प्राप्त गर्ने छौँ ।
हो हामी जित्ने छौँ पक्का जित्ने छौँ । फेरी बिहानको झिसमिसे किरणको साथमा नयाँ उमंगको साथमा, नयाँ जोशको साथमा र नयाँ लक्ष्यको साथमा उठ्ने छौँ । हो हामी फेरी उठ्ने छौ । हामी फेरी उठ्ने छौँ । हामी पक्का उठ्ने छौँ ।



अधिक जानकारीको लागीः



Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com
            sthasangam333@gmail.com
Phone: 9861310079
Blogger: https://sangamshresth.blogspot.com
Youtube: Faith's Chanal
https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ








We have Aim and Hope .निश्चय नै हामीहरूको जीवनमा उद्देश्य छ र हामी बाच्ने छाैँ । उत्प्रेरणात्मक सन्देश We have Aim and Hope .निश्चय नै हामीहरूको जीवनमा उद्देश्य छ र हामी बाच्ने छाैँ । उत्प्रेरणात्मक सन्देश Reviewed by Sangam Shrestha on March 25, 2020 Rating: 5

No comments:

Powered by Blogger.