प्रेरित पावलले विवाह गरे त ?
धेरै इसाइहरुको मनमा
आउने प्रश्नहरु मध्ये यो प्रश्न पनि एक हो कि पावल ले विवाह गरे वा गरेनन् ? कति जनाले गरे भने तर्क
दिन्छन् भने कतिले विवाह गरेनन् भन्ने तर्क दिन्छन् । हुनु त बाइबलमा काही पनि आफ्नी श्रीमतीको नाम उल्लेख गरेका
छैनन र आफ्नो श्रीमती छिन् भन्ने कुरा गरेको पाइदैन । यसैले पनि मानिसहरुले पावलले
विवाह गरेनन् भन्ने तर्क दिन्छन् ।
बिशेष गरी उनले १
कोरिन्थी ७ः८ पदमा भनेका छन् कि .....तिनीहरु म जस्तै अविवाहित रहे तिनीहरुका
निम्ति असल हुनेछ ।
यहि पदको आधारमा धेरै
इसाइहरुले पावलले विवाह गरेनन् भन्ने तर्फ दिन्छन् ।
यो एक महत्वपूर्ण
प्रश्न हो जस माथि हामी इसाइहरुले एक पटक बहस गर्नु नै पर्दछ । वास्तवमा पावलले
विवाह गरे वा गरेनन त ?
१ कोरिन्थी ९ः५ पदलाई
हामी असल तरिकाबाट नियाल्ने हो भने, यहाँ लेखिएको छ ,
के अरू प्रेरितहरूजस्तै, प्रभुका भाइहरू र
केफासलाई जस्तै हामीलाई पनि पत्नी लिएर हिँड्ने अधिकार छैन ररु, यहाँ पत्नी लिएर जाने
अधिकार गरेका छन् ।
यसर्थ पावलले विवाह गरे
कि भन्न पनि सकिन्छ । पावल विवाह गरे भन्ने आधार लाई दुई बुदाँमा उल्लेख गर्ने
कोशिष गरेको छु ।
१.पावल एक ईश्वर भक्त
थिए । यसैले उनले विवाह गरेका थिएनन भनी विश्वास गर्न गाह्रो पर्दछ । किनकि यदि
हामी यहुदीहरुको नियम र यहुदी तालिमको बारेमा अध्ययन गर्दछौँ भने विवाह गर्नु एक
अनिवार्य नियम जस्तै थियो । तसर्थ विवाह नगर्नु चाहिँ यहुदी तालिमको विरुद्ध हो ।
२.यदि हामी बाइबल
अध्ययन गर्दछौँ भने यहुदी धार्मिक अदालत वा महासभाका सदस्य हुन विवाह हुनु पर्दछ ।
तर प्ररित २६ः ९,१०,११ मा लेखिएको छ कि, “नासरतका
येशूका नाउँको विरुद्धमा धेरै कारबाई गर्नुपर्छ भन्ने म आफैलाई पनि विश्वास
थियो। मैले यरूशलेममा त्यसै गरें, र मुख्य पूजाहारीहरूबाट अख्तियार पाएर धेरै सन्तहरूलाई
मैले झ्यालखानमा हालेको मात्र होइन, तर तिनीहरूलाई मार्दा तिनीहरूकै विरुद्धमा मैले
मेरो मत पनि दिएँ। अनि सबै सभाघरहरूमा तिनीहरूलाई बारम्बार सजाय दिईकन तिनीहरूलाई
विश्वास त्याग गराउने चेष्टा गर्थे। तिनीहरूका विरुद्धमा क्रोधले उन्मत्त भईकन
बाहिरका सहरहरूमा पनि मैले तिनीहरूलाई सताएँ। यसबाट हामी के थाहा पाउँछौँ भनी उनी
पनि त्यस समुहमा सदस्य थिए । यस समुहमा
विवाहित व्यक्तिहरु मात्र यसका सदस्यहरु हुन सक्थे ।
यसैले पावलको विवाहको
सन्दर्भ २ कुरा हुन सक्छ , कि त उनको श्रीमतीको मृत्यु भई सकेको थियो वा
उनीले ख्रीष्टलाई चिने पछि उनको पत्नीलाई छोडिदिएका थिए । तर विवाह विच्छेदको
बिषयमा कडा चेतावनी दिने व्यक्तिले यस्तो गरे जस्तो लाग्दैन । यसैले हामी के भन्न
सक्छौँ भने पावलको विवाह कुनै समय भएको थियो तर उनले यो पत्र लेख्दा उनी एक्लै थिए
। सम्भवतः उनको श्रीमतीको मृत्यु भई सकेको थियो वा यो पत्र लेख्दा उनी सँग थिएनन्
(१ कोरिन्थी ९:५)
कसै(कसैको विचारमा पावल
फरिसीको हैसियतमा विवाह भएको थियो। इतिहासले भन्छ कि महासभामा सामेल हुन एक मानिस
विवाहित हुनुपर्दछ। यद्यपि पावललाई महासभाको सदस्य भनेर कहिले चिनिन सकेन तर विद्वानहरूले
भने कि उनी सदस्य बन्ने बाटोमा थिए होलान्। उनी आफैं भन्छन, र म यहूदीहरुमा मेरो
आफ्नै उमेर भन्दा धेरै मेरा मानिसहरु भन्दा अगाडि बढिरहेको थिएँ, म मेरा पुर्खाहरूको
परम्पराको निम्ति अत्यन्त जोसिला थिए
गलाती १:१४ ।
यसैकारण पावलले विवाह गरेका थिए भन्न सकिन्छ ।
सन्दर्भ सामाग्रीः
https://www.gotquestions.org/apostle-Paul-married.html
https://www.compellingtruth.org/apostle-Paul-married.html
कोरिन्थीहरूलार्इ
पावलको पत्रहरू , I.C.I.
कृपया अरूलाइ पनि शेयर गरिदिनु होला ।।
अधिक जानकारीको लागीः
Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
sthasangam333@gmail.com
Phone: 9861310079
Blogger: https://sangamshresth.blogspot.com
Youtube: Faith's Chanal
https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ
St. Paul get Marrige? वास्तवमा प्रेरित पावलले विवाह गरे वा गरेनन् ?-बाइबल र यसका सत्यता
Reviewed by Sangam Shrestha
on
March 17, 2020
Rating:
बिबाह गरेको मान्छे मात्र महासभामा सदस्य हुन पाउथे भन्ने कथन को लागि स्रोत पनि उल्लेख भए असल हुने थियो साथै तपाइले उल्लेख गर्नुभएको स्रोतको पनि link भए असल हुन्थ्यो।
ReplyDelete