Who wrote The Book of Hebrew ? हिब्रूको पुस्तक कसले लेखेका हुन् ? वा परमेश्वरलाइ कसलाइ प्रयोग गर्नुभयो ?
हिब्रूको पुस्तक कसले लेखेका हुन् ? वा परमेश्वरलाइ कसलाइ प्रयोग गर्नुभयो ?
नयाँ करारमा २७ वटा
पुस्तकहरु छन् । यस हिब्रूको पुस्तक कसले लेखेको हो भन्ने बिषयमा धेरै
ईश्वरशास्त्रीहरु वादविवाद चलिरहेको छ । बिशेष गरी यसको लेखक को हो त्यो स्पष्ट
अहिले सम्म भएको छैन । कति जना ईश्वरशास्त्रीहरुले पावल लेखेका हुन् भन्छन् भने
कतिले पावलले लेखेका होइनन भन्ने बिवरणहरु दिदछन् । जे भएता पनि एउटा कुरा चाहिँ पक्का हो कि यस पुस्तक A.D ७० भन्दा अधि लेखिएको थियो । किनकि टाइटसकाे अधिनमा भएकाे राेमी सेनाहरूले यरूशलेमकाे मन्दिर बिनाश गरेका थिए । किनकि यस पुस्तकमा मन्दिरको, पूजाहारीको बारेमा उल्लेख गरिएको छ तर मन्दिर बिनाश र यरूशलेमकाे नष्टको बारेमा केही बताएको छैन । यसै सम्बन्धमा पावलले
लेखका हुन र होइन भन्ने तर्कहरु तल दिएको छ ।
पावलले लेखेका होइन भन्ने तर्क
|
पावलले लेखेका हुन्
|
|
१
|
पावलको पत्रहरुमा भएकाभन्दा भिन्नै लेखाई ढाँचा
र शब्दहरुको प्रयोग गरिएको छ ।
|
पावलीय विचारहरु छन् । प्रयोग गरिएका शब्दहरु
उस्तै खालका छन् । कुनै पनि लेखकको लेखाई ढाँचा र शब्दहरु परिस्ततिअनुसार फरक
फरक हुन सक्छन् ।
|
२
|
पत्रको शुरुले पावलका पत्रहरुका तरिकालाई पछ्याएको
छैन ।
|
त्यो साँचो हो, तर
पत्रको बाँकी भागले निश्चय नै आधारभुत बनावटलाई पछ्याएको छ ।
|
३
|
मोशाको व्यवस्थाप्रतिको प्रवृति बेग्लै छ ।
|
आधारभूत कुराचाहिँ एउटै हो,
तर उनले यहुदीहरुलाई लेख्दा उनको प्रस्तुत गर्ने
तरिकाचाहिँ फरक छ ।
|
४
|
विश्वासको सम्बन्धमा सिकाइएको शिक्षा फरक छ ।
|
विश्वासको सम्बन्धमा दिएको जोड पावलीय नै हो
भिन्नै रुपलाई जोड दिइएको छ ।
|
५
|
ख्रीष्टको प्रधान पूजाहरीपन पावलीय धारणा होइन ।
|
१ तिमोथी २ः५ मा ख्रीष्टलाई मध्यस्थकर्ताको
रुपमा प्रस्तुत गरिएको छ । प्रधान पूजाहारीके धारणा बिशेष गरी यहुदीहरुका निम्ति
अर्थपूर्ण थियो ।
|
६
|
लेखाई ढाँचाचाहिँ शास्त्रीय विद्धान् जस्तो छ ।
|
पावलले शास्त्रीय ढाचाँलाई प्रयोग गर्न सक्थे ।
उनले उच्च शिक्षा हासिल गरेका थिए ।
|
७
|
दार्शनिक शब्दहरुको प्रयोगमा अलेक्जेण्ड्रीयन
चरित्र
|
शब्दको बिस्तारको प्रयोग । पावललाई ग्रीक
दर्शनशास्त्र थाहा थियो । (उनले जानि जानि नै यसलाई कोरिन्थमा प्रयोग गरेनन् ।)
|
८
|
यसमा पावलको नाम उल्लेख भएको छैन ।
|
त्यो साँचो हो, तर
पूरै परिचय नै संलग्न गरिएको छैन । तीनवटा पावलीय पत्रहरुका अन्तमा मात्र नाम
उल्लेख गरिएको छ ।
|
९
|
प्रभुलाई चिन्नेहरुबाट सुसमाचार प्राप्त गरेका
कुरा बताउँछन् । पावलले प्रभुबाट सिधै सुसमाचार प्राप्त गरेका थिए ।
|
आफूले पत्र लेखेका व्यक्तिहरुसँग नै लेखकहरुले
आफूलाई परिचय गराएका थिए । पावलले प्रभुबाट सुसमाचार प्राप्त गरेका थिए,
तर प्रभुको बचन सुनेका अरुहरुलाई यसलाई पक्का
गरिएको थियो ।
|
२.हिब्रू १३ः२४ अनुसार लेखक इटालियाका मानिस थिए । तर हामीलाइ थाहा छ कि पावल त्यहाँकाे कैदमा परेका थिए ।
३.हिब्रूको पुस्तक र अन्य पावलका १३ वटा पत्रहरू बीचमा अधिक कुरा समान छन् ।
तिसर्थ निष्कर्षमा भन्नु पर्दा यो पत्र पावलले लेखेका हुन सक्छ । किनकि यसका प्रमाणहरू अधिक छ ।
प्रश्न ः यस बिषयमा तपाइ के सोच्नु हुन्छ ???????
अरूलाइ पनि सेयर गरिदिनुहाेला ।
अधिक जानकारीको लागीः
Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
sthasangam333@gmail.com
Phone: 9861310079
blogger URL: https://sangamshresth.blogspot.com/?zx=cabfa43e17f0957f
Youtube: https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ?view_as=subscriber
Who wrote The Book of Hebrew ? हिब्रूको पुस्तक कसले लेखेका हुन् ? वा परमेश्वरलाइ कसलाइ प्रयोग गर्नुभयो ?
Reviewed by Sangam Shrestha
on
March 01, 2020
Rating:
No comments: