हामी इसाइहरूले केही सुधार गर्नु पर्ने शब्दहरू-अहिन्दु होइन तर हिन्दु साथीहरु भनौँ ।


हामी इसाइहरूले केही सुधार गर्नु पर्ने शब्दहरू-अहिन्दु होइन तर हिन्दु साथीहरु भनौँ ।
Image result for toung
हामी २१ औँ शताब्दीमा बाचिरहेका छौँ । समय रुपान्तरण छ त्यही अनुसार नै हामी मानिसहरु पनि रुपान्तरीत हुन्छौँ । यहिँ बीचमा हामी ख्रीष्टियानहरु पनि बाचिँरहेको छौँ । समय सँगै हामीहरुको बोलिचालीहरु असल हुनु पर्दछ ।
गलाती ३ः२८ अनुसार अब हामी सबै ख्रीष्टमा एक हौँ तर पनि हामीहरुले बोलिचालीमा अरुलाई निरास पर्ने तरिकाले कुरा गरिरहेका हुन्छौँ । यदि हामी समाजमा असल दृष्टिकोणमा रहन चाहान्छौँ भने हामीहरुले हाम्रो बोल्ने शब्द सुधार गर्नु नै पर्दछ ।
हामीहरुको मण्डलीमा सबै भन्दा बढी प्रयोग गरिने शब्द हो , अन्यजाति । बिचार गर्नुहोस बाइबल अनुसार अन्य जाति को हो ? इस्राएल जाति बाहेक अरुहरु चाहिँ अन्य जाति हो । तर हामीले मण्डलीमा येशू ख्रीष्टमा विश्वास नगर्नू भएकाहरु लाई अन्यजाति भन्छौँ के यो असल हो । अन्य जाति हामी सबै हौँ । यहुदी बाहेक अरु सबै अन्य जाति हो । तर यहाँ कोही तर्फ गर्न सक्नु हुन्छ । विश्वास द्धारा अब्राहामको सन्तान हौँ र जो अब्राहामको सन्तान हो त्यो यहुदी हो । तर याद गर्नु होस् बाइबलमा यस्तो कुनै पनि उदाहरण छैन, कि येशू ख्रीष्टमा विश्वास गरेका कारण उ यहुदी भयो । येशू ख्रीष्टमा विश्वास गरे पछि परमेश्वरको सन्तान हुन्छौँ (यूहन्ना १ः१२) तर यहुदी होइनौँ । यदि हामी नै अन्यजाति हौँ भने अरुलाई अन्यजाति भन्ने अधिकार कसले दियो ? अन्यजाति को अर्थ के हो ? यो पहिला राम्रो सँग बुझ्नु पर्दछ । अरुलाई त्यसै अन्यजाति भन्न मिल्छ । हो हामीले येशू ख्रीष्ट माथि विश्वास गरेका छौँ तर यसको अर्थ हो होइन की हामी मात्र सही अरु सबै गलत । याद गरौँ हामीहरुले अरुलाई चोट पुग्ने शब्द होइन उहाँको पहिचान जनाउँने शब्द प्रयोग गर्नु पर्दछ । हामीहरुले सुधार गर्नु पर्ने केही शब्दहरुः
अन्य जाति होइन तर अरु मित्रहरु भनौँ ।
अविश्वासी होइन तर हाम्रा प्रिय अरु मित्रहरु भनौँ ।
अहिन्दु होइन तर हिन्दु साथीहरु भनौँ ।
        अब हामीमा केही सुधार त ल्याउनु नै पर्छ । बिशेष गरी तपाईंलाई यो अहिन्दु भन्ने शब्द प्रयोग गर्ने अधिकार कसले दियो ? के अलि कति पनि ख्याल गर्नु भएन यसले मानिसहरुलाई कस्तो चोट पुग्छ भनेर ? याद गरौँ । बोल्नु भन्दा अगाडी धेरै पटक सोचौँ । अविश्वासी रे मित्र विश्वासी वा अविश्वासी भन्ने अधिकार तपाईं सँग छैन् । यो परमेश्वर मात्र छ । याद गरौँ विश्वास सबैले गर्छन् याद गर्नुहोस् । येशू परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा शैतानले विश्वास गर्छ भने हामी त हामी मानिसहरु हौँ । उहाँ कै स्वरुपमा सृष्टि गरिएका हौँ । हामी कसरी अविश्वासी भयौँ । शब्द उच्चारण र शब्द चयनमा याद गरौँ । अनि मात्र सामाजिक सद्भाव कायम गर्न सक्छौँ ।



प्रतित्रिया दिदा यस भित्रको cmt मा नै दिनुहोला ।


अरूलाइ पनि सेयर गरिदिनुहाेला ।

अधिक जानकारीको लागीः

Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
            sthasangam333@gmail.com
Phone: 9861310079
blogger URL: https://sangamshresth.blogspot.com/?zx=cabfa43e17f0957f
Youtube: https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ?view_as=subscriber




हामी इसाइहरूले केही सुधार गर्नु पर्ने शब्दहरू-अहिन्दु होइन तर हिन्दु साथीहरु भनौँ । हामी इसाइहरूले केही सुधार गर्नु पर्ने शब्दहरू-अहिन्दु होइन तर हिन्दु साथीहरु भनौँ । Reviewed by Sangam Shrestha on February 27, 2020 Rating: 5

No comments:

Powered by Blogger.