👉️हामी किन गरिब ?
उत्तर = हिन्दु शास्त्रले शुद्रलाई सम्पत्ति राख्न निषेध गरेकोले ।
👉️हामी किन अशिक्षित ?
उत्तर =  हिन्दु धर्म शास्त्रले शुद्रलाई विद्या आर्जनमा निषेध गरेकोले ।
👉️हामी किन राज्य संचालनको तहतप्कामा पुगेनौं?
उत्तर = हिन्दु शास्त्रले शुद्रलाई माथिल्लो वर्णको सेवाको काम मात्रै तोकेकोले ।
👉️माओवादी द्वन्द्वकाल अगाडि सम्म हामीलाई  किन सेनामा भर्ती लिइदैन थियो अपवाद बाहेक?
उत्तर = हिन्दु शास्त्र अनुसार राज्य संचालन र सुरक्षाको जिम्मा क्षत्रीको भागमा परेको थियो।

👉️सत् प्रतिशत मन्दिरमा किन बाहुन पुजारी हुन्छ?
उत्तर = हिन्दु शास्त्र अनुसार स्वर्ग नर्कको कन्ट्याक्ट्रर,दान,दक्षिणा लिने देखी अध्यन, अध्यापन र राजकाजको आरामदायी काम उसलाई तोकिएको थियो ।

👉️दलित समुदायको घर किन एकान्तमा, पाखामा,खोलाको छेउमा,ऐलानी जग्गामा, जंगलमा हुन्छ ?
 उत्तर = हिन्दु धर्म शास्त्र अनुसार कथित माथिल्लो ब्राह्मण क्षत्री वर्णलाई  शुद्रको छाया पर्न हुन्थेन।

👉️हामी किन सबैभन्दा तल पर्यौं ?

उत्तर = हिन्दु शास्त्रले शुद्र पैताला बाट उत्पती भएको भनेको छ। त्यसैले समाजले पैताला कै स्थान दियो ।

👉️हामी किन अपहेलित र तिरस्कृत भयौं ?

उत्तर = हिन्दु शास्त्रले शुद्रमाथी उत्पीडन गर्न निर्देशन दिन्छ।

👉️हाम्रो घर किन सानोतिनो झुप्रो झाप्रो,बर्षा याममा पानी चुहिने,जाडोमा सित चुहिने र गर्मीमा पुरै घाम भित्र छिर्ने हुन्छ ?

उत्तर = हिन्दु शास्त्र अनुसारको, हिन्दु वर्ण व्यवस्थाले शुद्रको सर्वाधिकार खोसेर पशुतुल्य निरिह बनाइदियो । सम्पत्तिको नाममा प्राण बाहेक केहि बाँकी राखेन । अनि कसरी हुन्छ महल?

  अझैपनि म हिन्दु धर्म प्रति गौरव गर्छु, धर्म परिवर्तनको बिरोध गर्छु । हिन्दुधर्ममा विभेद छैन रे , ए बाबा देशको सामाजिक संरचना हेर्दा छर्लङ्ग देखिएको छ त । धर्मको प्रभावले टट्टु बनाउदा पनि आँखा नखोल्ने ? परिवर्तन भन्ने बित्तिकै इसाई बनाउछ भनेर बुझ्ने ? यो गलत मानसिकताको उपज हो । यो आरोप मात्र  हो कि सत्य पनि हो त ?


शुद्र या दलितहरु धेरै गरीव हुनुको कारण .....शुद्रलाई जुठो अन्न, पुराना कपडा, ओछ्याउनलाई पराल र ओढ्नलाई थोत्रा थाङ्ना दिनू ।(मनुस्मृति १०/१२५)

-जति सुकै धन कमाउन सक्ने भए पनि शुद्रहरूले धन संग्रह गर्नु हुँदैन । किनभने शुद्र धनी भयो भने  त्यसले ब्राम्हणलाई नै बाधा पुर्‍याउँछ ।” मनुस्मृति १०/१२९)

–शुद्रजातिले ब्राम्हण- क्षेत्री र वैश्यजातिप्रति कडा वचन बोल्छ भने त्यस्को जिब्रो काटीदिनू। किनभने जिब्रो काटिने जघन्य अपराध त्यसले गरेको हो । (मनुस्मृति ८/२७०)
–बाहुनको सेवासुश्रुषा गर्नु र दासत्वमा रहनुनै शुद्रहरुको विशिष्ट काम मानिन्छ । यदि दास र शुद्रले अरुकाम गर्न खोजे भने त्यो विफल हुनेछ । मनुस्मृति १०/१२३ )

अब कसले होइन भन्न सक्छ  ।

Reviewed by Sangam Shrestha on March 05, 2020 Rating: 5

No comments:

Powered by Blogger.