नेकपाकी सासंसले भनिन स्वस्थानी व्रत कथाका पानाहरू च्याउनुर्छ


श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद यशोदा सुवेदी गुरुङले  छाउपडी जस्तो संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रत कथा र ऋषिपञ्चमी व्रत कथाका पानाहरू च्याउनुपर्ने भनेर माग गर्नुभएको छ । उहाँले भन्नुभयो, छाउजस्ता परम्परा र संस्कृतिलाई मजबुत पार्ने स्वस्थानी ब्रत कथा र ऋषी पञ्चमी ब्रत कथाका पाना च्यात्न सकोस्’ भन्नुभएर ‘सम्माननीय सभामुखज्यूमार्फत म यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु।’



उहाँले सरकारले सुरूवात गरेको छाउगोठ भत्काउने अभियान स्वागतयोग्य रहेको बताउनुभयो । ‘सदियौंदेखि महिलालाई जगडेर राखेको यो कुरीतिलाई हटाउन केबल बारीमा भएको छाउगोठ मात्र भत्काएर हुँदैन। मान्छेको मन मस्तिकबाट छाउगोठ भत्काउनुपर्छ,’ भनेर ध्यानकार्षण गर्नुभएको थियो । यस्तो कुरीति हटाउन देशको हरेक क्षेत्रबाट सबैको उतिकै खाँचो रहेको छ भनेर बताउनु भयो ।  के गाउँ, के सहर, के पश्चिम, के पूर्व कुनै न कुनै रुपमा छाउ भत्काउन सरकार लगायत सबै नागरिकको खाँचो रहेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभयो । यसको साथै स्वस्थानी र ऋषी पञ्चमी ब्रत कथाले छाउ प्रथालाई मजबुद बनाइराखेको छ भन्ने कुरा उल्लेख गर्नु भयो । मान्छेका मन मस्तिष्कबाट छाउगोठ भत्काउन सरकार, राजनीतिक दल, नागरिक समाज सबैको संयुक्त प्रयास जरुरी छ । जसले छाउसंग जोडिएर आउने धार्मिक अन्धविश्वासहरु भत्काउन सकोस् भन्नुभएको थियो ।
                यसको कारणले देश भरका हिन्दु धर्मका अनुयायीहरू उहाँको यस कुरालार्इ सामाजिक सज्जानलबाट उत्तर दिर्इ रहनु भएको छ । यसको जबाफमा अध्यक्ष थापाले सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै भनेका छन्, ‘मनपर्दैन भने नपढनु,तदनुरुप व्यवहार नगर्नु,उदाहरण बनेर आदर्श कायम गर्नु । तर, अरुको आस्था र विश्वासमा आघात पुर्‍याउने र लाखौं जनताले पुजा/आराधना र उपासना गर्ने बिषयमा अहंकार र  उत्ताउलोपना प्रदर्शन गर्नु सांसदलाई सुहाउंदैन। स्वस्थानी लगायतका पुराणरकथा प्रतिकात्मक हुन् भन्ने नबुझ्नु अज्ञानता हो ।’


नेकपाकी सासंसले भनिन स्वस्थानी व्रत कथाका पानाहरू च्याउनुर्छ नेकपाकी सासंसले भनिन स्वस्थानी व्रत कथाका पानाहरू च्याउनुर्छ Reviewed by Sangam Shrestha on February 12, 2020 Rating: 5

No comments:

Powered by Blogger.