सच्चाइ धर्म झुटो शिक्षा र हिन्दु र इसाइ बीच भएको एकताको तगारो ।
नेपाल
एक धर्म निरपेक्ष राष्ट्र हो । यहाँ सबैले आफ्नो इच्छा अनुरूपको विश्वासर र
धर्मलार्इ अंङ्गाल्न पाउँछन् । यसका कसैको रोक तोक छैन । तर यसो भन्दैमा
मानिसहरूको आस्था माथि चोट पुग्ने तरिकाले
आफ्नो धर्म र विश्वासलार्इ फैलाउनु हुदैन । हामी समाजमा एकता चाहान्छौँ
बिभाजन होइन । भनिन्छ, गु को मुला चाडो बढ्छ हो त्यस्तै भएको छ नेपालमा । केही समय
देखी नेपालीमा सच्चार्इ नामले चिनिने धर्मको विगविगी सुरू भएको छ । अहिले यी
धर्मले गर्दा नेपाली हिन्दु साथीहरू निकै आक्रोशित देखिनु भर्इ रहेको छ । वास्तवमा
यीनिहरू हिन्दु र इसाइ दुबैको शत्रु झै हुन् किनकि उनीहरू न त पूर्ण रूपमा हिन्दु
धर्म मान्छन् न त पूर्ण रूपमा इसाइ धर्मलार्इ
नै अङ्गाल्छन् । उनीहरू आफूलार्इ
इसाइ हुँ भनेर परिचय त दिन्छन् तर वास्तवमा उनीहरू इसाइहरूको नाममा धव्वा वा खराब
दाग हुन् । उनीहरूले येशूको नाममा प्रार्थना गर्छन् र येशूलार्इ विश्वास गर्छन् ।
हामीले याद ।राख्नु पर्ने कुरा के हो भने येशूमा विश्वास त शैतानले पनि राख्छ ।
येशू परमेश्वरको पुत्र हुनुन्छ भनेर शैतान पनि विश्वास गर्दछ ।
हामीले उनीहरूलार्इ भन्नु नै भन्दछ कि
उनीहरू झुटा शिक्षाहरू हुन् र इसाइहरूको नाममा उनीहरू खराब परिचय बोकेमा मानिसहरू हुन्
। बाइबलमा कही पनि भनिएको छैन कि सोझा मानिसहरूलार्इ बिभिन्न आशाहरू देखाएर मण्डली
ल्याउ तर जाउँ र चेला बनाउन र पालना गर्न सिकाउँ भन्नु भएको छ ।
कतिले
दाबी गर्छन की रोगीहरू निको हुन्छन् । प्रिय मित्र रोग निको हुनु ठूलो कुरा होइन
तर साच्चो परमेश्वर चिन्नु महत्वपूर्ण कुरा हो । याद गरौँ निको पार्दैमा सही हो
भने त यहाँ यस्ता हजारै येशू जन्मन्छन् । तर याद गरौँ हामीलार्इ उद्घार र मुक्ति
दिने चाहिँ उहाँ मात्र एक येशू हुनुहुन्छ । कुनै व्यक्ति निको भयो भन्दैमा यहि सही
हो भन्नु मर्ख बाहेक केही होइन ।
कि
त पूर्ण रूपमा हिन्दु होउँ कि त पूर्ण रूपमा इसाइ होउ तर बिन्ती यो बीचको नहोउ ।
तिमीहरूको कारणले हिन्दू र इसाइ बीच भएको एकता भाड्दै छौँ । हो हामी विश्वास गछौ
येशूले निको पार्नु हुन्छ तर तिमीहरूले गरेको तरिकाले होइन ।
सच्चार्इ
नामक धर्म पूर्ण रूपमा झुटो हो । यसमा हामी इसाइ समुदाय कुनै तरिकाबाट संलग्न
छैनौँ । यो उनीहरूको नीजी मामिला हो बिन्ती हाम्रा हिन्दु साथीहरू, बुद्भिष्ट
मित्रहरू हामीलार्इ यस समुह सँग तुलना नगर्नु होस् । म फेरी पनि भन्दछु कि यो सच्चार्इ
हिन्दु र इसाइ दुबैको बीचमा बिभाजन ल्याउने धर्म हो यसले हामीहरूमा भएको एकतालार्इ
भाड्ने काम गरेको छ ।यसले अबाइबली शिक्षा लागु गरेर हिन्दुहरू र इसाइहरू दुबैको
विश्वास माथि ठूलो चोट पुराएको छ ।
परिचय
उनीहरूले आफूलार्इ
सच्चाइ केन्द्र नामले चिनाउँनृ गर्दछ र उनीहरू बिशेष गरी ईश्वरीय मार्ग भजन मण्डल पनि भन्छन् । यस धर्मको
सुरूवात कहिले भयो भन्ने स्पष्ट विवरण हामीलार्इ थाहा छैन तर अलि चर्चामा चाहिँ बि.सं.
२०७४ मा पोखरामा आधिकारिक सच्चाइ केन्द्रनै संस्थागत रुपमा उद्घाट भए पछि भएको हो
। यसको सुरूवात गर्ने व्यक्तिहरू चाहिँ
प्रकाशदिप गैरे र सुसिला कट्टेल हुन् । उनीहरूको दाबी अनुसार उनीहरूको अनुयीहरू १४
लाख छन् भनी भन्छन् । तर बास्तवमा यो सत्य भने होइनन् ।
उनीहरूले
संगती भन्न रूचाउदैनन् तर उनीहश्र सतसंग भन्न चाहान्छन् । उनीहरू मण्डली वा चर्च
भन्दैनन् तर सच्चार्इ केन्द्र भन्छन् । मेरा हिन्दु मित्रहरू बिन्ती नझुक्नुस यीनिहरू
इसाइहरू होइन तर उनीहरू सच्चार्इ धर्ममा विश्वास गर्छन् । उनीहरू येशूलार्इ केवल
स्वर्थको कारणले मात्र नाम लसन्छन् तर वास्तवमा उनीहरू येशूमाथि विश्वास राख्दैनन्
। उनीहरू येशूको शिक्षा भन्दा पनि शारीरिक चंगार्इमा बढी जोड दिन्छन् । उनीहरू
येशूलार्इ केवल प्रयोग गर्ने साधन मात्र सम्झन्छन् । येशूको शिक्षालार्इ बिल्कुलै
ध्यान दिदैनन् । याद गर्नुहोस कुनै पनि धर्म माथि विश्वास राख्ने व्यक्तिले उसको
धर्मशास्त्र भन्दा अरू कुरालार्इ बढी कुराहरूमा ध्यान दिन्छ वा धर्मशास्त्रले भने
भन्दा पनि बढी गर्दछ भने त्यसलार्इ धर्मको नाममा धब्बा भनि नामकरण गरिन्छ । यसैले
यीनीहरू साच्चा अनुयायी होइनन् । उनीहरूलार्इ एउटै नामले चिनिन्छ धर्मको नाममा
कलङ्क मात्र हो । उनीहरू अबाइबलीय विवाह गर्छन् । हिन्दु धर्ममाथि सिधै चोट पर्ने
तरिकाबाट र इसाइ विश्वासलार्इ लज्जित पारेका छन् । यसबाट हिन्दु र इसाइ बीच युद्ध
गराउने उद्देश्य बाहेक अरू केही होइन । यस्ता बिकृतिलार्इ हामी मिले हटाउनु नै
पर्दछ । कि त पूरै हिन्दु धर्ममा विश्वास गर कि त पूर्ण रूपमा इसाइ विश्वासलार्इ
अङ्गानु तर बीचमा लागेर एकतामा नभाड्नु । मूर्तिपूजा, चाडवाड र मन्त्रतन्त्र गर्न पाइन्छ । सत्य लुकाउने, बाइबल
पदलाई काँटछाँट गर्ने र आज्ञापालन गर्न नसिकाउने साथै बाइबल पढ्न निरुत्साह गरिन्छ ।
सान्दर्भ
सामग्रीः
https://thomasbogatyministries.com/2020/02/26/सच्चाइ-केन्द्रकै-सदस्यहर/?fbclid=IwAR1IGQcAFbb3Ibzt3imF4OjMoz2wP10E8_ItKcxbQQjTC6Iz9OvvX8DvoJc
अरूलाइ पनि सेयर गरिदिनुहाेला ।
अधिक जानकारीको लागीः
Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
sthasangam333@gmail.com
blogger URL: https://sangamshresth.blogspot.com/?zx=cabfa43e17f0957f
Youtube: https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ?view_as=subscriber
सच्चाइ धर्म - हिन्दु र इसाइ बीच भएको एकता भाड्दै
Reviewed by Sangam Shrestha
on
February 26, 2020
Rating:

No comments: