ख्रीस्टाब्द २०२० को उपलक्षमा हजरहरुलाई धेरै धेरै बधाई


    
भजनसंग्रह २०:
उहाँले तपाईंको मनोरथ पूरा गरून्‌,
र तपाईंका सबै योजनाहरू सफल गराऊन्‌।


















ख्रीस्टाब्द २०२० को उपलक्षमा हजरहरुलाई धेरै धेरै बधाई ,
परमेश्वरले हजुरको परिवारको, मण्डलीको मनोरथहरु पूरा गर्नुभएको होस्
नयाँ सालमा नयाँभई जीऔँ र अरुहरुको माझमा उदाहरणीय हौँ ।
नयाँ सालले नयाँ उमंग ल्यायोस र परिवारमा सुख शान्तिको बहारले सधै भरी छाओस् ।
यस नयाँ सालले हामीमा नयाँ जीवन जिउने शैली प्रदान गरोस ।
सादा जीवन उच्च बिचार भई बाच्न सिकायोस र हरपल परमेश्वरको अनुग्रह जीवन भई होइ रहोस् ।
बाइबलले हामीलाई स्पष्ट रुपमा बताउँछ कि हरेक दिन उहाँ कृपा नयाँ हुन्छ । अबको नयाँ सालको नयाँ दिनमा
परमेश्वरले हामीहरुको दिनमा नयाँ कृपा गर्नुहुनेछ । परमेश्वरले हामीहरु माथि जुन योजना यो बर्षमा राख्नु भएको छ । त्यो उहाँ जान्नुहुन्छ । त्यो हामीहरुको भलाई, आशा, भबिष्य र निश्चयता दिनको निम्ति हुनेछ तर हाम्रो हानी नोक्सानी गर्नको निम्ति होइन ।
यो नयाँ बर्ष हाम्रो जीवनको नयाँ जिउने पद्धती बनोस । यो नयाँ सालले हामीलाई नयाँ आशा उत्पन्न गरोस । अब यो नयाँ सालमा ख्रीष्टमा रही नयाँ सृष्टि भई नयाँ तरिकाबाट परमेश्वरको कृपा प्राप्त गरी नयाँ आत्माहरु जीति परमेश्वरको राज्यमा नयाँ आयाम ल्याउने व्यक्तिहरु हौँ । यो नयाँ सालमा कसैको निम्ति नयाँ आशा भएर बाचौँ र परमेश्वरको महिमा हने नयाँ काम यस बर्षमा गरौँ ।
आउदै गरेको नयाँ बर्ष ख्रिस्टाब्द २०२० को शुभकामना । परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस् आज अनि सदासर्वदालाई । आमेन ।

किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्‌, नोक्‍सानीको निम्‍ति होइनन्‌, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई। यर्मिया २९:११ 
यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ। २ कोरिन्थी ५:१७              


Thank you For Reading
Please Share 
अध्ययन गरिदिनुभएकोमा धन्यवाद 
परमेश्वरले अाशिष दिनुभएको होस् ।





Name: Sangam Shrestha
Email: sthasangam333@gmail.com
Church: Faith's Church
Facebook:Sangam Shrestha
Youtube Channel: Faith's Chanal


                                                                                                                                                                   

ख्रीस्टाब्द २०२० को उपलक्षमा हजरहरुलाई धेरै धेरै बधाई ख्रीस्टाब्द २०२० को उपलक्षमा हजरहरुलाई धेरै धेरै बधाई Reviewed by Sangam Shrestha on December 30, 2019 Rating: 5

No comments:

Powered by Blogger.